उदयपुरमा संक्रमित ४७६ पुग्याे, १६ काे मृत्यु, देशभर ४ लाख ८० हजार संक्रमित
पूर्णपुष्टि, जेठ ५ ।
उदयपुरमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । १८ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ७६ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरी २७० पुरुष र २०६ जना महिलामा संक्रमण पुष्टि भएको छ । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २२ पुरुष र ८ महिला गरी ३० जना हरेका छन् ।
आजपनि कोरोनाले मृत्युको खबर टुटेन । चारदिनदेखि कोरोनाले उदयपुरका विरामीको ज्यान गइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले थप २ जनाको मृत्यु भयो । योसंगै जिल्लामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । चारदिनअघि जेठ २ गते एकैदिन ५ जनाको ज्यान गएको थियो । जेठ ३ मा २ जना, जेठ ४ मा १ जना र आज २ जनाको ज्यान गएको हो । त्यसअघि ७ जनाको ज्यान गइसकेको थियो ।
मृतकहरु मध्ये दुईजनाको उदयपुरको अस्पतालमै ज्यान गएको हो भने बाँकीको...







