Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

४ गते बाट दशैँको लागि नयाँ नोट वितरण हुने

४ गते बाट दशैँको लागि नयाँ नोट वितरण हुने

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २८यो बर्षको दशैँका लागि असोज ४ गते बाट नयाँ नोट वितरण गर्ने भएको छ । नोट वालुवाटार र सातै ओटा प्रदेश कार्यालयहरु बाट हुने राष्ट्र बैँकले जनाएको छ । हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा विहानको राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए ।‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेको नेपालले बताए ।...
बाँकेमा फेरी बाघले मान्छे खायो, शरिरको माथिल्लो भाग खाईसकेको अवस्थामा शव फेला

बाँकेमा फेरी बाघले मान्छे खायो, शरिरको माथिल्लो भाग खाईसकेको अवस्थामा शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २८बाँकेमा पाटेबाघले फेरी मान्छे खाएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरबाट एक जना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा पाटे बाघले भारतीय नागरिकको ज्यान लिएको हो ।बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भए पनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने खुलेको एसपी अधिकारीले बताए । ‘बाघले ती व्यक्तिको शरिरको माथिल्लो भाग खाइसकेको अवस्थामा खुट्टामात्रै बिहान साढे ७ बजेतिर निकुञ्ज क्षेत्रभित्र फेला परेको एसपी अधिकारीले बताए ।...
ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा मोटरसाईकल यात्रीको मृत्यु

ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा मोटरसाईकल यात्रीको मृत्यु

Breaking News 3, बिचार, समाचार
पूर्णपुष्टि, भदौ २८ धनकुटा सागुरीगढी गाऊपालिका ६ मालबासे स्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार धनकुटा शहिदभुमी गाऊपालिका ४ का ३६ बर्षीय गणेशमान राई रहेका छन् । हिजो बेलुका पौने ५ बजे संखुवासभाबाट धरान तर्फ आउदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्कीदा घाईते राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार गणेशमानको धरान घोपामा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको थियो भने मोटरसाईकल चालक ईलाम चुलाचुली गाऊपालिका ६ का ३३ बर्षीय रत्न कुमार राई समेत सामान्य घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । बस र बस चालक सुनसरी धरान १३ का ५८ बर्षीय कृष्ण बहादुर पाख्रिन ईलाका प्रहरी कार्या...
ब्राउन सुगर सहित एक जना पक्राउ

ब्राउन सुगर सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २८ झापा भद्रपुर नगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । हिजो दिनको ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।...
प्रदेश नं १ मा आफन्त र परिवार सदस्यबाटै ५६ जनाको हत्या

प्रदेश नं १ मा आफन्त र परिवार सदस्यबाटै ५६ जनाको हत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २८१ नं प्रदेशमा परिवारको सदस्य र आफन्त बाट १ बर्षको अबधिमा ५६ जनाको हत्या भएको छ । सबै भन्दा सुरक्षित ठानिने परिवार र आफन्तबाटै ५६ जनाको हत्या भएको प्रदेश प्रहरीको तथ्याङकमा उल्लेख छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभरि आफन्त र परिवारका सदस्यबाट ५६ जनाको हत्या भएको पाइएको हो ।प्रहरीका अनुसार उक्त वर्ष आफन्त र परिवारका सदस्यको संलग्नतामा भएका कर्तव्य ज्यानका ५५ घटनामा ५६ जनाको मृत्यु भएको हो ।१४ जिल्ला रहेको प्रदेश १ आर्थिक वर्ष २०७७÷०७८ मा ७ हजार ३८४ वटा आपराधिक मुद्दा दर्ता भएकोमा १४३ वटा कर्तव्य ज्यान मुद्दा छन् । तीमध्ये ५५ वटा घटना आफन्त र परिवारका सदस्यको संलग्नतामा भएको तथ्याङ्क छ ।सोलुखुम्बुबाहेक प्रदेश १ का १३ जिल्लामा पारिवारिक विवादमा हत्याका घटना भएका छन् । झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँच÷पाँच, इलाम र उदयपु...
मलेसिया गएका एक युवा १६ बर्षदेखि बेपत्ता

मलेसिया गएका एक युवा १६ बर्षदेखि बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २८रोजगारीको शिलशिलामा मलेसिया गएका पर्वतका एक युवा १६ बर्षदेखि बेपत्ता रहेको परिवारले जनाएको छ । लामो समय सम्म परिवारको सम्पर्कमा नाएको भन्दै परिवारले खोजतलास गरिदिन अनुरोध गरेको छ ।महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् ।‘घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो छैन, हामी छोराकै पिरले दिनको भोक न रातको निद भएको परिवारले जनाए ।२०६२ मा मलेसिया गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका हुन् ।छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छन् । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताइन् ।काठमाडौँ मे...
प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २७मोरङ पथरी शनिश्चरे नगरपालिका १ स्थितबाट प्रतिबन्धित औषधी सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् । आज बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्की सहित पक्राउ गरेको हो । उनि बिरुद्ध थप अनुसन्धान भईरहेको छ ।...
संखुवासभामा सामुहिक हत्या काण्डमा संलग्न अभियुक्त सार्वजानिक, यस कारण परिवारलाई नै सखाप

संखुवासभामा सामुहिक हत्या काण्डमा संलग्न अभियुक्त सार्वजानिक, यस कारण परिवारलाई नै सखाप

Breaking News 1
पूर्णपुष्टि, भदौ २७ संखुवासभाको मादी नगरपालिका(१ मा भएको एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संग्लग्न स्थानीय २५ बर्षीय लोक बहादुर कार्की पक्राउ परेका छन् । कार्कीले भाद्र २१ गते छिमेकी ५५ बर्षीय तेज बहादुर कार्की, ५४ बर्षीया कमला भन्ने मनमाया कार्की, ३२ बर्षीया रञ्जना कार्की, ८ बर्षीय बिपिन भनिने दिपेन कार्की, ५ बर्षीया गोमा कार्की र ८४ बर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्या गरेका थिए । २१ गते बिहान करिव साँढे ६ बजेको समयमा कार्की परिवरको हत्या भएको भन्ने खबर प्राप्त भएसंगै तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली घटनास्थल पुगी सुरक्षित राखेको थियो । घटनाको थप अनुसन्धानको लागी संघिय प्रहरी ईकाई कार्यालय धरानबाट डग सहितको प्रहरी टोली, १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली तथा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली समेत परिचानल भएको थियो । घटनाको सु...
३ बर्षकी बालिका मृत फेला

३ बर्षकी बालिका मृत फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २७गुल्मीको मदाने गाउँपालिका वडानम्बर–२ भेडिखोरकी तिन बर्षिया बालिका मृत फेला परेकी छिन् । मृत भेटिएकी बालिका आयुशा पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रदास पाण्डेले बताए ।बालिका शनिबार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आइतबार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५०० मिटर पर खोल्सामा मृत फेला पारिएको डीएसपी पाण्डेले बताए। घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षकको टोली खटिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा चमत्कारी जडीबुटी संग्रह पुस्तक विममोचन

उदयपुरमा चमत्कारी जडीबुटी संग्रह पुस्तक विममोचन

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २७नेपाल आयुर्वेध औषधी व्यवसायी संघ उदयपुरले चमत्कारी जडीबुटी संग्रह पुस्तकको शनिवार विमोचन गरेको छ । गाईघाट स्थित ए वान होटलमा जडीबुटी सम्बन्धि बिभिन्न ज्ञानमा आधारीत चमत्कारी जडीबुटी संग्रह पुस्तक विमोचन गरिएको हो ।प्रदेश सांसद अम्विका थापा, समन्वय प्रमुख खड्ग परियार लगायतले पुस्तकको विमोचन गरेका छन् । पुस्तक विमोचन संगै सांसद थापाले नेपालमा जडीबुटीको अत्यादिक महत्व रहेको भन्दै यसलाई प्रयोग गर्ने तरिकाहरु निकै महत्वपूर्ण पक्ष रहेको बताईन् । उनिले जरिबुटीको सहि प्रयोगको निर्देशन गर्न सहयोग पुराउने यस पुस्तक निकै महत्वपूर्ण रहेको बताईन् । सांसद थापाले उदयपुरमा उत्पादन भएको जरिबुडीहरुलाई निकै महत्वका साथ आफुले ध्यानमा राखेको र उत्पादन जडीवुडीलाई आफुले सक्दो सहयोग गर्ने बताईन् । यस्तै संघका अध्यक्ष ओमराज लिम्वुले जडीबुडी प्रयोग सम्बन्धि यस पुस्तकले सबैलाई ज्ञान बा...