Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

सुनको मूल्य प्रतितोला रु ९६ हजार ६००

सुनको मूल्य प्रतितोला रु ९६ हजार ६००

Breaking News 3, आर्थिक, समाचार
काठमाडौं, फागुन ८ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु १०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार १०० तोकिएको छ । जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९६ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३०५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९७ डलर आसपास कारोबार भइरहेको छ । रासस...
पूर्णपुष्टि तस्बिर : जानकारी लिँदै मन्त्री आले

पूर्णपुष्टि तस्बिर : जानकारी लिँदै मन्त्री आले

Breaking News 3, समाचार
जानकारी लिँदै मन्त्री आले : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको थाइ एअरको जहाजका बारेमा ककपिटमा बसेर जानकारी लिँदै । तस्वीर : विमलबहादुर (रासस)
भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ८ भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले जुम्ला कन्काइसुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया डेरा लिएर बस्ने कामीलाई भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्रामसहित पक्राउ गरेको हो । उनी बस्दै आएको डेराबाट ५०० ग्राम यार्सागुम्वा फेला पारेको प्रहरी निरीक्षक बमले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका कामीमाथि थप अनुसन्धानको कार्य भइरहेको छ । रासस...
निजामती कर्मचारी संगठन उदयपुरको अध्यक्षमा पौडेल

निजामती कर्मचारी संगठन उदयपुरको अध्यक्षमा पौडेल

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ८ नेपाल निजामती कर्मचारी संगठन उदयपुरको अध्यक्षमा पुण्यप्रसाद पौडेल चुनिएका छन् । शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न ११ औँ अधिवेशनको बन्दशत्रले पौडेलको अध्यक्षतामा २१ सदस्य जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा जिवन थापा र वविता परियार छन् । त्यसैगरी सचिवमा सिताराम फुयँल, सहसचिवमा बालकृष्ण आचार्य र कोषाध्यक्षमा विजय गेलाल रहेका छन् । बन्दशत्रले गायत्रा राई, रमा कटुवाल, रेणुका राई, वसन्ती काफ्ले, सुनिता प्रधान, केशवप्रसाद साह, रमेश श्रेष्ठलाई सदस्यको जिम्वेवारी दिएको छ । त्यसैगरी सदस्यमा टिका विक, खेम ओझा, मोहनकुमार पौडेल, शुरेस पाण्डे, लिलबहादुर साही, भोजराज कोईराला, गोपाल निरौला र प्रभाश भण्डारी रहेका छन् । अधिवेशनले केन्द्रिय महाधिवेशन र प्रदेश अधिवेशनका लागि ६÷६ जना प्रतिनिधि छनौट गरेको छ । अध्यक्ष मण्डलका अध्यक्ष जसबहादुर कार्कीका ...
लोपोन्मुख सालकको संरक्षणमा जुटे विद्यार्थी

लोपोन्मुख सालकको संरक्षणमा जुटे विद्यार्थी

Breaking News 1, समाचार
अभिमन्यु लामीछाने पूर्णपुष्टि, फागुन ८ उदयपुरमा लोपोन्मुख सालकको संरक्षणमा प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरु जुटेका छन् । बन्यजन्तु संरक्षण समाज कटारी उदयपुरमा आवद्ध विद्यार्थीहरुले शनिबार अन्र्तराष्ट्रिय सालक दिवश १९ फेब्रुअरीको अवसर पारेर कटारीमा जनचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेका छन् । विश्वमा ८ प्रजातिको सालकहरु पाईने र त्यसमा नेपालमा दुई प्रकार तामे र कालो जातको सालक पाईन्छ । बन्यजन्तु संरक्षण समाज कटारीका संयोजक विशाल भण्डारीका अनुसार जनचेतनामूलक र्याली सहित , पर्चा पम्ल्पेट टाँस्ने तथा जनचेतनामूलक भिडियो प्रदशर्नी गरिएको हो । समाजले यसको अध्ययन अनुसन्धान गरिरहेको भण्डारीले बताए । डिभिजन वन कार्यालय त्रिवेणी कटारी उदयपुरको सहयोगमा समाजले सालकसम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको हो । सालक नेपालको संरक्षित जनावर हो । वासस्थान विनाश र अवैध चोरी शिका...
डीएसपी गौतमको २९ औं पटक रक्तदान

डीएसपी गौतमको २९ औं पटक रक्तदान

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन ७ । जिल्ला प्रहरी कार्यालय उदयपुुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले २९ औं पटक रक्तदान गरेका छन् । उनले गाईघाटमा २९ औं पटक रक्तदान गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा उद्योग वाणिज्य संघले शनिबार गाईघाटमा आयोजना गरेको रक्तदान कार्यक्रममा जागिरको सिलसिलामा विभिन्न ठाउँमा २८ औं पटक रक्तदान गरिसकेका प्रनाउ गौतमले २९ औं पटक रक्तदान गरेका हुन् । कार्यक्रमको सुरुवातमै डिएसपी गौतमले रक्तदान गरेका थिए । उनीसंगै सिनियर तथा जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुले रक्तदान गरेका थिए । साथै कार्यक्रममा सशस्त्र प्रहरी, साईकिलिष्ट खेलाडी, पत्रकार, नागरिक अगुवा तथा ब्यापारी, ब्यवसायीहरुले रक्तदानमा भाग लिएका थिए । शरिरबाट निश्चित समयमा खेर जाने रगत दान गरेमा त्यसले धेरैको ज्यान बचाउन सक्ने भएकाले रक्तदान पुन्यको काम भएकोले प्रजातन्त्र दिवस जस्तो...
प्रजातन्त्र दिवसमा त्रियुगा उद्योग वाणिज्य संघको रक्तदान कार्यक्रम

प्रजातन्त्र दिवसमा त्रियुगा उद्योग वाणिज्य संघको रक्तदान कार्यक्रम

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन ७। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा उद्योग वाणिज्य संघले शनिबार गाईघाटमा रक्तदान कार्यक्रम आयोजना गर्यो । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले २९ औं पटक रक्तदान गरे । जागिरको सिलसिलामा विभिन्न ठाउँमा २८ औं पटक रक्तदान गरिसकेका प्रनाउ गौतमले २९ औं पटक रक्तदान गरेका हुन् । शरिरबाट निश्चित समयमा खेर जाने रगत दान गरेमा त्यसले धेरैको ज्यान बचाउन सक्ने भएकाले रक्तदान पुन्यको काम रहेको भन्दै कार्यक्रमको आयोजना गरिएको थियो । जेसिस उदयपुर, उदयपुर साईक्लिङ संघ, घरेलु तथा साना उद्योग महासंघ, उदयपुर सुनचाँदी ब्यवसायी संघ, जीवन विज्ञान परिवार र नेपाल काण्ठ फर्निचर ब्यवसायी संघको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी उदयपुरको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५० जना बढिले रक्तदान गरेको आयोजकले जनाएको छ । नेपाल प्रहरी सशस्त्र प्रह...
एमसीसी तीलको तार

एमसीसी तीलको तार

Breaking News 1, आर्थिक, बिचार, समाचार
अमेरिकन सहयोग नियोग मिलेनियम च्यलेन्ज कर्पोरेसनको बारेमा गरिएको संप्रेषण एकदम नराम्रोसंग गरिएको छ। यसले पूरा देश नै ५५ अर्ब मा बेचेको जस्तो देखिन्छ । यो संप्रेषणले हाम्रा जनता आक्रान्त भएका छन् । हाम्रो देशमा पहिले पनि यस्ता विकाशशील आयोजना आको छ। चीनबाट आएको BRI le Pani ऋण प्रदान गरेको छ जुन ब्याजसहित फिर्ता गर्नु पर्ने छ। यसमा जति पनि कामदार छन् सबै चिनियाँ हुनु पर्ने नियम छ । यसका सञ्चालक पनि चिनियाँ नै हुन्छन् । यस्ता IMF, WTO, BRI, MCC आयोजनाहरु सबै DEPENDENCY (निर्भरता) मा आधारित हुन्छन् । MCC बाट आएको सहयोगलाई फिर्ता गर्नु पर्दैन । यो सहयोग बिनाशर्त खर्च गरेर देश विकासको लागि हो । यसमा नेपाली कामदार नै राख्नु पर्ने हुन्छ जुन नेपालको लागि एउटा अवसर हो । यो राजनैतिक खिचातानीले यसको विचार धारा प्रष्ट हुन सकेको छैन । यो एमसीसीले जापान, दुबई, कतार, कोरिया जस्ता थुप्रै देशलाई दिएर देशको...
मोटरसाईकल दुर्घटना हुँदा २ जना चालकको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा २ जना चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ७ सुनसरी र मोरङको छुट्टा छुट्टै दुई स्थानमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ । शुक्रवार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका(८ स्थित कोशी लोकमार्गमा को।२०प ९८९६ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किएर दुर्घटना हुदा बिराटनगर(१४ का ३० बर्षीय श्याम कामतको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते कामतको उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होममा मृत्यु भएको हो । यस्तै मोरङको जहदा गाउँपालिका(६ स्थित भित्रि सडक खण्डमा सडक साईडमा पनि राखेको गोरुगाडामा को।३५प ३४०५ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक बिराटनगर(१९ का २६ बर्षीय लक्ष्मी सरदारको मृत्यु भएको छ । गम्भिर घाईते सरदारलाई उपचारको लागि कोशी अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ...
इथियोपियाको शरणार्थी शिविरमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु, हजारौं विस्थापित ः राष्ट्रसंघ

इथियोपियाको शरणार्थी शिविरमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु, हजारौं विस्थापित ः राष्ट्रसंघ

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, फागुन ६ उत्तरी इथियोपियाको अफर क्षेत्रमा एक सशस्त्र समूहले गरेको आक्रमणमा परी शुक्रबार कम्तीमा पाँच शरणार्थीको मृत्यु भएको छ । झडपका क्रममा एक सशस्त्र समूहले छिमेकी इरिट्रियाबाट आई शरणार्थीका रूपमा शिविरमा बस्दै आएका शरणार्थीमाथि आक्रमण गरेको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ । राष्ट्रसंघका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य हजारौं शरणार्थी शिविरबाट विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार सशस्त्र पुरुषहरूको एक समूहले फेब्रुअरी ३ मा टिग्रेसँगको सीमा नजिकैको बहरेल शिविरमा आक्रमण गरेपछि ‘कम्तीमा पनि पाँच शरणार्थी’ को मृत्यु भएको छ । त्यस्तै आक्रमणकारी समूहले केही महिलाहरूलाई अपहरण गरी लगेको बताइएको छ । (रासस)...