विश्वकप ग्लोबल क्रिकेट छनोट ः नेपालद्वारा ओमान पराजित
काठमाण्डौँ, फागुन ६
आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा नेपालले ओमानमाथि सहज जित निकालेको हो ।
एक सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । ओमानका नसिम शुखीले सर्वाधिक २४ रन बनाए भने आमिर कलिमले ९, जतिन्दर सिंहले ९, खवर अलीले ७, फैज बटले ६, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।
बलिङतर्फ नेपालका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । त्यसैगरी अविनाश...









