Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

बसको ठक्कर बाट दुई पैदल यात्रीको मृत्यु

बसको ठक्कर बाट दुई पैदल यात्रीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ५ बसको ठक्कर बाट काठमाण्डौँमा दुई पदल यात्रीको मृत्यु भएको छ । बालाजु स्थित गंगाहल अगाडी बिहीबार बिहान करिब ६ बजे मिनीबसले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५०(५५ वर्षीया महिला रहेको महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माले जानकारी दिए । एसपी शर्माका अनुसार बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले उनीहरूलाई ठक्कर दिएर फरार भएको थियो। बसको नम्बर खुल्न सकेको छैन। यद्यपी दुई तीन वटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरू गरेको छ ।  ...
सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन ५  कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उहाँकै नाममा छ । झरनाको जग्गा, घर सबै उहाँको नाममा छ । झरनाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा बस्नुहुन्छ । भारतमा कमाएको कमाइ झरनाकै नाममा आउँछ । झरनाले घर चलाउने देखि लिएर अन्य सबै काम गर्नुहुन्छ तर सम्पत्ति किनबेच गर्दा श्रीमान्कै निर्णय अन्तिम हुन्छ । “मेरो नाममा सबै सम्पत्ति छ, तर किनबेच गर्ने काम श्रीमान्ले गर्नुहुन्छ”, झरनाले भन्नुभयो, “खर्चको सबै हरहिसाब पनि उहाँलाई बुझाउनुपर्छ, मैले सबै हिसाब लेखेर राख्छु, श्रीमान् घर आएको बेला देखाउँछु ।” झरनाजस्तै टीकापुर नगरपालिका–४ की प्रेमरानी चौधरीको पनि घर यसरी नै चल्छ । प्रेमरानीको एक कट्ठा मात्रै जमिन छ त्यो पनि उहाँकै नाममा छ । श्रीमान्ले कमाउने तर घर चलाउने जिम्मा प्रेमरानीकै काँधमा छ । प्रेमरानीले सबै हरहिसाब श्रीमान्लाई दिनुहुन्छ तर उहाँका श्रीमान्ले भने ...
सडक दुर्घटनामा परी दुवईमा नेपाली नर्सको ज्यान गयो

सडक दुर्घटनामा परी दुवईमा नेपाली नर्सको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ५ दुवईमा सडक दुर्घटनामा परी एक नेपाली नर्सको ज्यान गएको छ । बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा गुरुङको घटनास्थलमै मृत्‍यु भएको जनाईएको छ । यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्‍यु भएको हो। गुरुङको शब स्थानीय साकार अस्पतालमा राखिएको छ। दुर्घट्नामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाईते भएका छन् ।...
धरान भेडेटार सडक खण्डमा झोला भित्र मानिसको टाउको र खुट्टा फेला

धरान भेडेटार सडक खण्डमा झोला भित्र मानिसको टाउको र खुट्टा फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ५ धरान(भेडेटार सडक खण्डमा झोला भित्र पहिचान नखुलेको पुरुषको जस्तो देखिने टाउको र खुट्टा फेला परेको छ । सडको जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको प्रहरीले जनाएको छ । आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए ।पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।...
उदयपुर सिमेन्ट उद्योगका पूर्व जिएम र तरुण दलका केन्द्रीय सदस्य माओवादी प्रवेश

उदयपुर सिमेन्ट उद्योगका पूर्व जिएम र तरुण दलका केन्द्रीय सदस्य माओवादी प्रवेश

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ५ उदयपुर सिमेन्ट उद्योगका पूर्व माहाप्रवन्धक (जिएम) नवलकिशोर साह र तरुण दलका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका नेता लक्ष्मी नारायण यादव लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेको छ । उनिहरुलाई पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएको हो । पार्टी प्रवेश गर्नेहरुमा यादव र साह सहित काँग्रेस क्षेत्रीय प्रतिनिधिहरु राजबाबु यादव, इसराइल साफी तथा डा. नीरज नारायण यादव समेत रहेका छन् । लामो समयदेखि नेपाली काँग्रेसप्रति आस्था राख्दै आएका पूर्व जिएम साह ७ महिनाअघि मात्र उदयपुुर सिमेन्ट उद्योगबाट सेवा निबृत्त भएका थिए । पछिल्लो पहिचान र संघीयताको बाहक पार्टी भएको भन्दै उनी नेकपा माओबादीप्रति नजिकिदै गएका थिए । जागीरको क्रममा खुलेर राजनीति गर्न नमिल्ने भएकाले निबृत्त भएपछि पार्टी प्रवेश गरेको साहले बताए । आउँदो स्थानीयतहक...
राप्रपा उदयपुरका दुई पूर्व जिल्ल्ला अध्यक्ष केसी र चौधरी सहित १७ जनाले छाडे पार्टी

राप्रपा उदयपुरका दुई पूर्व जिल्ल्ला अध्यक्ष केसी र चौधरी सहित १७ जनाले छाडे पार्टी

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३ राप्रपा उदयपुरका पूर्व जिल्ला अध्यक्ष दत्तनारायण केसी र लल्कु कुमार चौधरी सहित १७ जनाले पार्टी परित्याग गरेको छ । केसी र चौधरीसँगै पार्टी परित्याग गर्नेमा पुर्व जिल्ला कमिटी सचिबद्धय नवराज पोखरेल, जगतबहादुर राउत रहेका छन् । उनीहरु दुबै जना तथा हालका जिल्ला सदस्य पनि हुन् । त्यसैगरी त्रियुगा नगर कमिटी अध्यक्ष तथा हालका जिल्ला रामकुमार कटुवाल, सदस्य लिला कार्की, तरबहादुर खत्री, लिम्चुङ्गबुङ्ग गाउँपालिका कमिटीका कमल थापा लगायत रहेका छन् । केसी २०६६ असोज १४ गतेको अधिवेशनबाट लगातार दुई कार्यकाल जिल्ला अध्यक्ष भएका हुन् । केन्द्रिय सदस्य तथा कार्यसम्पादन समितिको सदस्य समेतको जिम्वेवारी सम्हालीसकेका केसी हाल केन्द्रिय महाधिवेशन प्रतिनिधि र जिल्ला कमिटीको प्रमुख सल्लाहकार छन् । सामुहिकरुपमा १७ जनाले पार्टी परित्याग गरेपनि सबैको हस्ताक्षर गर्न तत्काल सम्भव नभएकाले २५...
नेपालमै क्यान्सरको औषधि उत्पादन

नेपालमै क्यान्सरको औषधि उत्पादन

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन ४ नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिनुभयो । टिजिग क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ । कम्पनीको उद्योग काभ्रेको बनेपामा रहेको छ । भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब ९एसपिएएल०सँग प्रविधि हस्तान्तरण सम्झौता गरेर कम्पनीले क्यान्सरविरुद्धको औषधि उत्पादन गरेको हो । कार्यकारी निर्देशक वैद्यले अहिले बजारमा ट्याब्लेट र क्याप्सुलको औषधि उत्पादन गरिएको बताउनुभयो । उहाँले खोप ९इन्जेक्सन०मा आधारित औषधि पनि चाँडै नै बनाउने योजना रहेको जानकारी दिनुभयो । कम्पनीले अ...
एमसीसी विरोधमा संसद भवन घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरी बिच झडप

एमसीसी विरोधमा संसद भवन घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरी बिच झडप

Breaking News 1, समाचार
काठमाडौँ, ४ फागुन  काठमाडौँको नयाँबानेश्वर क्षेत्रमा अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । सरकारले आज संसद्मा एमसीसी अनुमोदनका लागि पेश गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता कार्यकर्ता भेला भई प्रदर्शनमा उत्रिएका हुन् । मीनभवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा हानेको थियो । प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप हुँदा बानेश्वर क्षेत्रमा केही तनावको स्थिति देखिएको छ । विरोध प्रदर्शनका कारण अहिले माइतीघर–तीनकुने सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । उनीहरुले एमसीसी खारेज गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारी संघीय संसदको गेटमै पुगेपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट लखेट्न पानीको फोहरा हानेको छ ।  रासस)  –––...
बालविवाह मुक्त घोषणा अभियानले गति लिँदै

बालविवाह मुक्त घोषणा अभियानले गति लिँदै

Breaking News 3, समाचार
काठमाडौं, फागुन ४ । बाँकेमा स्थानीय सरकारले चासो देखाएपछि बालविवाह मुक्त घोषणा अभियानले गति लिएको छ । हालसम्म जिल्लाका तीन स्थानीय तहका ४३ वडा बालविवाह मुक्त घोषणा भइसकेका छन् । जानकी, बैजनाथ र खजुरा गाउँपालिका बालविवाह मुक्त घोषणा भइसकेको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो पटक मङ्गलबार खजुरा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो । कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकालाई पनि बालविवाह मुक्त घोषणा गर्ने तयारी गरिएको छ । उहाँले यही फागुनसम्ममा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारीका साथ काम भइरहेको जनाउँदै यसलाई सफल बनाउनमा स्थानीय तह र गैरसरकारी सङ्घसंस्थाको पनि उत्तिकै भूमिका रहेको उल्लेख गर्नुभयो । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न सकेकाम...
ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाईते

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन ४ भूमे गाउँपालिका–४ करालबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुमकोटतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिनुभयो । रा१च ३२४५ नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते हुनेमा ट्र्याक्टर चालकसहित चारजना रहेको छन् । प्रहरी निरीक्षक बानियाँका अनुसार अर्का भूमे–८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा उपचार भइरहेको छ । बाँकी तीनजनाको उपचार जिल्लास्थित अस्पतालमै भइरहेको बानियाँले बताउनुभयो । ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बानियाँको भनाइ छ...