Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

करणी मुद्धाका फरार प्रतिवादी उदपुरका राई भक्तपुरबाट पक्राउ

करणी मुद्धाका फरार प्रतिवादी उदपुरका राई भक्तपुरबाट पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ४ उदउपुरमा करणी गरी फरार रहेका एक जना प्रदिवादी भक्तपुरबाट पक्राउ परको छ । जिल्लाको त्रियुगा नगरपालिका–१३ बस्ने सुब्बे भन्ने सुवास राई पक्राउ परेको हो । राईलाई भक्तपुर सुर्यबिनायक एरियामा बिगत १० बर्ष देखि लुकिछीपी बसीरहेको अबस्थामा उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले पक्राउ गरेको छ । २०६८।०३।०५ गतेका जिल्ला अदालत उदयपुरको फैसलाले जबरजस्ती करणी मुद्धामा ५ बर्ष कैद सजाय तोकिएको र पुनराबेदन अदालत राजबिराजको मिति २०६९।०२।०१ गतेको फैसलाले जिल्ला अदालतको फैसला सदर हुने ठहरी फैसला गरेको थियो । पक्राउ परेका राईलाई जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार कार्यालय गाईघाट पठाईस जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले बताउनुभयो ।...
पक्राउ पर्न थाले प्र्याङस्टार, आकाश सेडाईलाई पक्राउ गर्यो सिआईवीले

पक्राउ पर्न थाले प्र्याङस्टार, आकाश सेडाईलाई पक्राउ गर्यो सिआईवीले

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ४ नेपाली प्र्याङस्टर युट्युव च्यानलमा प्र्याङक भिडियो बनाएर अपलोड गर्दै आएका आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको छ । भर्खरै जिल्ला गृह मन्त्रालयले सार्वजानिक स्थलमा मानिसलाई अनावश्यक दुख दिने कार्यलाई सजग गराउँदै यस्तो गरेको पाईएमा कार्वाही हुने सूचना जारी गरेका थिए । विद्युतिय कारोवार ऐन २०६३ अन्तरगत कसुर गरेको आरोपमा सेडाईलाई पक्राउ गरिएको साईवर व्युरोले जनाए । उनलाई फागुन ३ गते अनुमति लिएर पक्राउ गरिएको व्यरोले एक विज्ञाप्ती मार्फत जनाए । प्र्याङको नाममा सर्वाजानिक स्थलमा मजाक, ख्यालठट्टा, शारिरक तथा मानसिक पिडा हैरानी दिक्दार समयको वर्वाद जस्ता समस्याको झन्झट गाराई सर्वसाधारणहरुलाई दुख दिने र सामाजिक संञ्जालमा भिडियो अपलोड गर्ने गरेको भन्दै सेडाईलाई पक्राउ गरिएको जनाईएको छ । सेडाईलाई थप ७ दिन म्याद थपी अनुसन्धान गरिरहेको छ ।...
सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

Breaking News 3, आर्थिक, समाचार
काठमाडौँ, फागुन ४ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले घटेर रु ९५ हजार १०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ६०० कायम भएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु ९६ हजार २०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २८५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ । (रासस)...
आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त

आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त

Breaking News 3, समाचार
काठमाडौँ, फागुन ४ नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई र जारी पुँजी (रु २५ करोड ५०लाख)को शुन्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ७४ हजार ५६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ । सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म म...
दक्षिण कोरियामा एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित

दक्षिण कोरियामा एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, फागुन ४ दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ ।यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ९० हजार ४४३ जना कोरोना संक्रमित देखिएका छन् । सो निकायका अनुसार अहिलेसम्म यहाँ १५ लाख ५२ हजारजना कोरोना संक्रमित पाइएका हुन् ।यहाँ पछिल्ला केही दिनमा दैनिक ५० हजार जनाभन्दा बढी नै संक्रमित देखिएका छन् । तर यहाँ एकै दिन ९० हजार देखिएको भने यो पहिलो पटक हो । यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् । (रासस)...
उदयपुरमा टिपर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाईते

उदयपुरमा टिपर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ४ उदयपुर गढी गाँउपालिका–७ उदयपुरको बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ भएको टिपर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।उक्त सडक खण्डबाट बालुवा बोकेर जाँदै गरेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको थियो । टिपरमा सवार रहेका ४ जना घाईते भएका थिए । घाईते चारै जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएकोमा उपचारको क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुको सोहि अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
महिला फुटबल लिगको पहिलो चरण चितवनमा

महिला फुटबल लिगको पहिलो चरण चितवनमा

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, फागुन ४ राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करणका पहिलो चरणका खेल भरतपुरमा हुने भएको छ । भरतपुर महानगरपालिका भित्रका दुई खेल मैदानमा यही फागुन १० गतेदेखि खेल हुने भएको हो । लिगको पहिलो चरणको खेल सञ्चालनका लागि भरतपुर महानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० बीच सम्झौता भएको छ । सम्झौतापत्रमा महानगर प्रमुख रेनु दाहाल र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गर्नुभएको छ । महानगर प्रमुख दाहालले राष्ट्रिय महिला लिग भरतपुरमा आयोजना गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो । एन्फा अध्यक्ष शेर्पाले भरतपुर देशकै मध्यभागमा रहेकाले राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल यहाँ आयोजना गर्न लागिएको बताउनुभयो । सम्झौताअनुसार लिग सञ्चालनका लागि महानगरले एन्फालाई रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउनेछ । राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेल भने विराटनगरमा हुनेछ । लिगका ५६ मध्य...
मनकारी जनप्रतिनिधि, जो पारिश्रमिक लिँदैनन्

मनकारी जनप्रतिनिधि, जो पारिश्रमिक लिँदैनन्

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन ४ जनप्रतिनिधि नहुँदा पनि कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले चार वर्षसम्म आफूले पाउने पारिश्रमिक लिनु भएन । राजनीतिमा लागेको छोटो समयमै वडाध्यक्षमा निर्वाचित कुँवरले चार वर्षमा आफुले पाउन सबै पारिश्रमिक समाजसेवामा खर्चिनुभयो । वडाध्यक्ष कुँवरले वडाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको मनमात्रै जितेनन्, पारिश्रमिक बस्तीमै गएर वितरण गरेपछि उहाँको चर्चा चुलियो । वडाध्यक्ष हुनुअघि नै चुनावी घोषणाका क्रममा आर्थिक मुनाफालाई बेवास्ता गर्ने घोषणा गरेका कुँवरले चार वर्षसम्म पारिश्रमिकवापत पाएको रु १२ लाख वडामै वितरण गरेका छन् । “यो पाँचाँै वर्षको रकम पनि वितरण गर्छु”, कुँवरले भन्नुभयो, “मैले चर्चामा आउनलाई पारिश्रमिक नलिएको होइन ।” हरेक वर्ष उहाँले वडाका ज्येष्ठ ना...
एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

Breaking News 1
काठमाण्डौँ, माघ ४ पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पत...
मृगाैला पिडितलाई त्रिउवाकाे सहयाेग

मृगाैला पिडितलाई त्रिउवाकाे सहयाेग

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन ४ । बाेक्सेका मृगाैला पिडितलाई त्रियुगा उद्याेग वाणिज्य संघ गाईघाटले आर्थिक सहयाेग  गरेकाे छ । संघले त्रियुगा नगरपालिका १० बाेक्सेका दसबै मृगाैला बिग्रिएका कृष्णबहादुर मगरलाई आज सहयाेग गरेकाे हाे । संघले १७ हजार १५ रुपैया प्रदान गरेकाे हाे । संघका अध्यक्ष रमेश रसाईलीकाे नेतृत्वमा मगरकाे गाउँमै पुगेर संघकाे पदाधिकारी तथा सदस्यटाेलीले मगरकाे आफन्तलाई सहयाृग रकम प्रदान गरेकाे हाे । मगर उपचारकाे क्रममा काठमाडाै रहेका छन् ।...