Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा पनि वन्दको प्रभाव

उदयपुरमा पनि वन्दको प्रभाव

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ४ एमसीसीको विरोधमा बिभिन्न साना पार्टीहरुले गरेको नेपाल बन्दले उदयपुरमा असर देखिएको छ । उदयपुरको गाईघाटमा सामान्य दुईपांग्रे सवारी र अत्यावश्यक सवारी बाहेक अन्य चल्न सकेको छैन् । बजार पसल, विद्यालयहरु सबै ठप्प छ । सवारीको आवतजावत ठप्प भए पछि यात्रुहरुलाई गन्तव्य सम्म पुग्नै मुस्कील भएको छ । बुधबार एमसीसी टेबुल हुँदै गर्दा यसले झन बन्दलाई प्रभाव बनाउँदै आएको हो । बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले संयुक्त बन्दको आह्वन गरेका थिए ।...
उदयपुरमा टिफर दुर्घटना : एकको मृत्यु ३ घाईते

उदयपुरमा टिफर दुर्घटना : एकको मृत्यु ३ घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ४ उदयपुरमा भएको टिफर दुर्घटनामा एकको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मंगलबार करिब ६ः५० बजेको समय जिल्लाको उदयपुरगढी गाउँपालिका ७ हाडेवास चिउरीवासको बाधखोर कोल्टे भित्री सडक खण्डमा स १ क १९० नं को टिफर ब्रेक फेलका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नेपालटार देखी कोल्टे तर्फ गैरहेको पवित्रा निर्माण कम्पनीको टिफर दुर्घटनामा हुदा करिब ४० मिटर तल खसेको प्रहरीको भनाई छ । उक्त टिफरमा चालक सहित ४ जना सवार रहेका थिए । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ७ का १९ बर्षिय उज्वल खपाङगी रहेका छन् । उनको टाउको र शरिरमा चोट लाग्दा बोल्न नसक्ने अवस्था रहेकोमा उपचारको क्रममै जिल्ला अस्पताल उदयपुरमा ज्यान गएको जनाएको छ । यस्तै घाईते हुनेहरुमा सोही ठाउँका १७ बर्षिय युवराज खपाङगी, २४ बर्षिय भरत खपाङगी, सप्तरी कल्याणपुर २ का २९ बर्षिय उमेश कुम...
१६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको ४ सडक योजना उद्घाटन, १०९ घरधुरीले पाए रोजगार

१६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको ४ सडक योजना उद्घाटन, १०९ घरधुरीले पाए रोजगार

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३ १६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत महत्वपूर्ण ४ योजनाको उद्घाटन, १०९ घरधुरीले पाए रोजगार त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत४ योजना मंगलबार उद्घाटन भएको छ । योजनाको उद्घाटन त्रियुगा नगरपालिकी उपमेयर देवी कुमारी चौधरीले गरिन् । १६ नं वडाको अयोजनामा बिभिन्न महत्वपूर्ण ४ योजनाको औपचारिक उद्घाटन सँगै रोजगार पाएको व्यक्तिहरुलाई एक दिने अभिमुखीकरण तालिम समेत दिएको छ । वडा भित्र रहेका बिकट स्थानहरुमा विकासको योजना पुराउँदै काम सुरु गरिएको वाड अध्यक्ष मान वहादुर राईले जनाए । अध्यक्ष राईका अनुसार आर्थिक बर्ष २०७८र ०७९ मा सन्चालित ४ ओटा योजनाहरु गोरेम्पा रातमाटे चमेरे सडक, सिम्ले राता पानी सडक, सिमलपानी खरिटार आधारभूत विद्यालय सडक र तिनधारे आँपडाँडाँ सडकको उद्घाटन सँगै काम अगाडी बढाईएको जनाए । रातमाटे चमेरे सडक २ हजार २ सय पचार मिटर ...
अब गाईघाटमा पनि आफ्नै सवारी बाट ट्रायल दिन पाउने

अब गाईघाटमा पनि आफ्नै सवारी बाट ट्रायल दिन पाउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३ गाईघाटमा पनि अब प्रयोगात्मक परिक्षाको लागि आफ्नै सवारी प्रयोग गर्न पाउने भएको छ । हाल सम्म गाईघाटमा परिक्षार्थीहरुले ट्रायल सेन्टरकै सवारीमा प्रयोगात्मक परिक्षा दिरहेको अवस्थामा अब भने आफ्नै सवारी बाट ट्रायल दिन पाईने यातायात व्यवस्था तथा सेवा कार्यालय गाईघाटले जनाएको छ । कार्यालयले सूचना प्रकाशन गर्दै उक्त जानकारी गराएको छ । आफ्नै सवारी बाट ट्रायल दिन भने केहि विधिहरु समेत अपनाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ । यसका लागि बिल बुक नविकरण हुनु पर्ने, सवारी साधनको तेस्रो पक्षको अनिवार्य विमा, ट्रायल दिन आउँदा लाईसेन्स भएको व्यक्ति सँग आउनु पर्ने, सवारी साधन सवारी चालक अनुमति पत्र परिक्षा संञ्चालन कार्यविधि निर्देशिका २०७७ ले निर्देशिक गरेको मापदण्डबमोजिम भएको हुनु पर्ने जस्ता कार्यहरु भने अनिवार्य रहेको समेत कार्यालयले जनाएको छ ।यो नियम फागुन ५ गते बाट लागु हुने सूचन...
सदरमुकाम गाईघाट क्षेत्रका सिसि क्यामेरा मर्मत–सम्भार नहुँदा सुरक्षा चुनौती बढ्यो

सदरमुकाम गाईघाट क्षेत्रका सिसि क्यामेरा मर्मत–सम्भार नहुँदा सुरक्षा चुनौती बढ्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३ । जिल्लाको मुख्य संवेदनशील ठाउँ सदरमुकाम गाईघाट बजार क्षेत्रमा आपराधिक गतिविधिको निगरानी सिसि क्यामेराबाट हुदै आएकोमा मर्मत–सम्भारको कार्य हुन नसक्दा हाल बन्द छ । यसले शान्ति, सुरक्षामा चुनौती थपेको छ भने सर्बसाधारण असुरक्षित महशुस गर्न थालेका छन् । त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र जिल्ला प्रहरी कार्यालय उदयपुरको सहकार्यमा त्रियुगा नगरपालिकाको गाईघाट बजार क्षेत्र र आसपासमा हुनसक्ने आपराधिक गतिविधि निगरानीको उद्देश्यले सिसि क्यामेराहरु जडान भएपनि सोको मर्मत–सम्भार हुन नसकेको हो । २०७५ सालमा बजारको मुख्य चौक तथा आसपासमा ११ वटा क्यामेरा जडान भएकोमा एकवटा बाहेक सबै विग्रेको अवस्थामा छन् । २०७६ सालमा बजार क्षेत्र भन्दा अझ परको क्षेत्रहरु समेटेरे थप २२ वटा जडान भएका थिए । त्यसमध्ये ६ वटा मात्र चालु छन् । बाँकी सबै विग्रेका छन् । जिल्ला प्रहरी कार्य...
एमसिसीमा सबै दलको समर्थन हुने प्रधानमन्त्री देउवाको विश्वास

एमसिसीमा सबै दलको समर्थन हुने प्रधानमन्त्री देउवाको विश्वास

Breaking News 1, समाचार
काठमाडौँ, फागुन ३ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उहाँले कांग्रेससँगै सबै दलको सहयोगमा एमसिसी अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । एमसिसीसम्बन्धी प्रस्ताव तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट पारित गरी २०७६ साल असार ३० गते संसद्मा दर्ता गराएको र सो दलमा आबद्ध सबै सांसद हाल विभिन्न दलमा भए पनि एमसिसी प्रस्तावमा समर्थन हुने प्रधानमन्त्रीको विश्वास थियो । उक्त समयमा नेकपामा रहनुभका सांसदहरु हाल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (ए...
आफ्नै नाबालिका छोरीलाई जबरजस्ती करणी गरी फरार रहेको दुलाल १५ वर्षपछि पक्राउ

आफ्नै नाबालिका छोरीलाई जबरजस्ती करणी गरी फरार रहेको दुलाल १५ वर्षपछि पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन ३ जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ । उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ परेका हुन् । प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार २०६३ साल वैशाख १९ गते साविक ठूलो सिरुवारी वडा नं १, हाल चौतारा साँगाचोकगढी नगरपालिका– १३ स्थित सल्लाघारी जङ्गलमा नाबालिका छोरीलाई जबरर्जस्ती करणी गरी दुलाल फरार भएका थिए । जिल्ला अदालतको सोमबारको आदेशले पूर्पक्षको लागि उनीलाई जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ । (रासस)...
फ्रान्समा आगलागीमा सात जनाको मृत्यु

फ्रान्समा आगलागीमा सात जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, फागुन ३ दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले सोमबार बताएका छन्। फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो। आगो भुइँ तल्लामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरूमा फैलिदा कम्तिमा ११ अपार्टमेन्टहरूलाई असर गरेको थियो । आगलागीमा परी करिब ३० जना घाइते भएको बताइएको छ । मन्त्रीका अनुसार घटना बारे अनुसन्धान थालिएको छ । (रासस)...
अन्तर्वार्ताः ‘भन्सार कार्यालय स्थापना भएकै दिन चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ’

अन्तर्वार्ताः ‘भन्सार कार्यालय स्थापना भएकै दिन चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ’

Breaking News 2, समाचार
काठमाडौँ, फागुन ३ सरकारले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति स्थापना गरेको छ । दुई दशक अगाडि स्थापना भएको समितिले वैदेशिक व्यापार प्रवद्र्धन तथा सहजीकरण क्षेत्रमा गैरभन्सारजन्य अवरोध न्यूनीकरण एवं व्यापारिक कारोबारजन्य समय र लागत कर्म गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । नेपालको बन्दरगाह व्यवस्थापनलाई प्रभावकारी बनाउने र बन्दरगाहबाट प्रवाह हुने सेवालाई अनुमानयोग्य बनाउन उपयुक्त व्यवस्थापकीय तथा प्राविधिक उपायको अवलम्बनमा समिति क्रियाशील छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः राससः नेपाल इन्टरमोडल यातायत विकास समितिका मुख्य...
भ्यालेन्टाइन्स डेमा सयौँको विवाह

भ्यालेन्टाइन्स डेमा सयौँको विवाह

Breaking News 2, समाचार, संसार
काठमाण्डौँ, फागुन ३ प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी–प्रेमीकाले विवाह गरेका छन् । मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ । विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो र ६७ बर्षिया रोसाल्बा सिल्भाको जोडी पनि रहेको छ । उनीहरुको भेटघाट पाँच बर्ष अगाडि भएको थियो । वैवाहिक कार्यक्रममा सहभागीहरूले वैवाहिक कार्यक्रम निकै रोमाञ्चक र पारिवारिक देखिएको अनुभव सुनाएका थिए । “मेरो परिवारका दुई दिदीले यस्तै कार्यक्रम मार्फत यसअघि नै विवाह गर्नु भएको हो, उहाँहरु अहिले खुशी नै हुनुहुन्छ, त्यसैले मैले पनि यही तरिका अपनाएँ,” विवाह गरेका ४९ वर्षीय एक व्यक्तिले भने । धेरै जनाको विवाह भएकाले व्यवस्थापनमा केही कठिनाइ भने भएको आयोजकहरूले बताएका छन् । उनीहरूलाई कार्यक्रमस्थलमै विवाह दर्ता प्रमाणपत्...