Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

जस्तापाताले लागेर महिलाको मृत्यु

जस्तापाताले लागेर महिलाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ७ जलेश्वर नगरपालिका वडा नं ८ स्थित सानो रतवारा गाउँमा गए राति आएको हावाहुरीले उडाएको जस्तापाताले लाग्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया कुशनदेवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । गोठमा भैँसी बाध्न गएकी उनलाई आफ्नै गोठमाथि राखिएको जस्तापाता लागेको थियो । गम्भीर घाइते उनीलाई गए राति नै परिवारले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएका थिए । उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । (रासस)...
पाकिस्तानमा आगलागी : नौ बालबालिकाको मृत्यु, २० घाइते

पाकिस्तानमा आगलागी : नौ बालबालिकाको मृत्यु, २० घाइते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख ७ पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीबाट ५० घरमा क्षति भएको छ । घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् । घरको भान्साबाट हुरिका कारण फैलिएको आगोले गाउँ नै डढाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । मृत्यु भएका सबै बालबालिका रहेका छन् । स्थानीय समयानुसार मङ्गलबार राती ९ बजे आगलागी सुरु भएको थियो । (रासस)...
कृति परिचयः अँजुलीभरी अति सरल कविता र गीत

कृति परिचयः अँजुलीभरी अति सरल कविता र गीत

Breaking News 3, समाचार, साहित्य
काठमाण्डौँ, बैशाख ७ ‘बनावटी हाँसोको त सागर नै दिए पनि रित्तो हुन्छ, कामना हुँदैन, वासना हुँदैन भ्रम हुन्छ त्यो स्वच्छ अनि निर्मल हुँदैन त्यो...’ औपचारिकता हुन्छ नेपाली राष्ट्रसेवकहरू नियमित प्रशासनिक काम मात्र गर्दैनन्, सिर्जनात्मक लेखनमा पनि समय दिन्छन् भन्ने पछिल्लो उदाहरण सागर फुयाल हुनुभएको छ । विमल कोइराला, एस्पी कोइराला, लव गाउँले, दामोदर पुडासैनी किशोर, राम सञ्जेल आदि निजामती सेवाका कर्मचारीका लहरमा फुयाल ‘अँजुलीमा थाप्न पाए’ काव्यसङ्ग्रह ९प्रकाशक मैया फुयाल, २०७८० लिएर आउनुभएको छ । कविता र गीत गरी दुई भागमा विभाजित सङ्ग्रहमा एक सय एक रचना छन् । तीमध्ये केही पत्रपत्रिकामा प्रकाशित पनि भइसकेका छन् । सत्र वर्षअघिदेखि नै कविता, गीत र गजलमा कलम चलाउनुभएका फुयाल आफ्ना पिता ईश्वरीप्रसादको निधनपछि झनै उद्वेलित बन्नुभयो र उहाँमा भावावेग अझ बढ्यो जसमा मित्रहरूले पनि प्रेरणा दि...
‘भैँसी सुत्केरी भत्ता’ले पनौतीमा दूध उत्पादन दोब्बर

‘भैँसी सुत्केरी भत्ता’ले पनौतीमा दूध उत्पादन दोब्बर

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ७ झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी भैंसीलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि रु दुई हजारको दरले सुत्केरी भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन नगरपालिकाले ‘सुत्केरी भैंसीलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । दुग्धजन्य खाद्यवस्तुमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि पशुपालक घरपरिवारले पालेको भैँसी पहिलो बेतको सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि रु दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गरउँदै आएको नगरपालिकाले जनाएको छ । वर्षौंदेखि गाई पाल्दै आउनुभएको पनौती नगरपालिका–३ को विमला सापकोटाले तीन वर्षअघि गोठमा एउटा भैँसी थप्नुभयो । नगरपालिकाले ल्याएको अनुदानपछि भैँसी थपेर दूध बिक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आउनुभएको छ । ...
नाइजेरियामा बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २० जनाको मृत्यु

नाइजेरियामा बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २० जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख ७ नाइजेरियामा मंगलबार भएको सडक दुर्घटनामा परेर कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तर पश्चिमी राज्य बाउचीमा सडकमा गुडिरहेका बस एक आपसमा ठोक्किन पुग्दा यो दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर २० जनाको ज्यान गएको र अरु केही घाइते भएका सो राज्यका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती दुवै सवारी साधनको गति उच्च भएका कारण दुर्घटना भएको थियो । उक्त क्षेत्रको सडकको अवस्था तथा सवारी साधनका चालकहरुले प्रायः उच्च गतिमा सवारी गुडाउने भएकाले यसअघि पनि बारम्बार दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । नाइजेरियामा सडकको दुराबस्था, असुरक्षित ड्राइभिङका कारणले नै यहाँ प्रायः सडक दुर्घटना हुने गरेको प्रहरीको भनाई छ । (रासस)...

म्याग्दीमा एमाले बाट निर्बाचित वडाध्यक्ष माओबादी प्रबेश

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ७ म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष माओबादी केन्द्र प्रबेश गरेका छन । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित मालिका–३ डाँडागाउँका हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप–सचिव भुपेन्द्र नेपाली माओवादीमा प्रवेश गरेका हुन् । पुन र नेपालीलाई माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका रेशम जुग्जाली (सुविन), प्रदेश कमिटी सदस्य गौरी सेन्चुरी, माओवादीका पालिका कमिटी अध्यक्ष दोरन शेरचन र सचिब धनकुमार पाईजा लगायतले स्वागत गरेका थिए । (रासस)...
उदयपुरमा पत्रकारसँग निर्बाचन आचारसंहिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

उदयपुरमा पत्रकारसँग निर्बाचन आचारसंहिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ७ उदयपुरको गाइघाटमा पत्रकारलाई निर्बाचन आचारसंहिता सम्बन्धि जानकारी दिइएको छ । निर्बाचन कार्यलय उदयपुरद्दारा आयोजना गरिएको उक्त कार्यक्रममा ३० भन्दा बढी पत्रकारको उपस्थिति रहेको थियो । कर्मचारी मिलनकेन्द्रको सभाहल बोक्सेमा भएको कार्यक्रमको अध्यक्षता मुख्य निर्बाचन अधिकृत दिपक खनालले गरेका थिए । सो कार्यक्रम मा मुख्य निर्वाचन अधिकृत खनालले निर्बाचन लाई स्वच्छ र निश्पक्ष बनाउन पत्रकारीता क्षेत्रको भुमिका हुने उल्लेख गर्दै निर्बाचन मर्यादित बनाउन सहयोग गर्न अनुरोध गरेका थिए । प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादब लगायत जिल्लाका सबै सुरक्षा प्रमुख को उपास्थिती मा भएको कार्यक्रम मा आचारसंहितालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बिसयमा समेत छलफल भएको थियो। यस्तै भोलि बैशाख ८ गते उदयपुरका सबै पालिकामा निर्बाचन अधिकृतको कार्यलय स्थापना हुँदै छ भने त्रीयुगा नगरको हकमा भने म...
अङ्ग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्ला : आज विजय दिवस मनाइँदै

अङ्ग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्ला : आज विजय दिवस मनाइँदै

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख ७ नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ । बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको थियो । विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई हराएको थियो । विजय उत्सव दिवसका अवसरमा जितगढीमा आयोजित कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरिनुका साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराम सुवेदीले राष्ट्रिय एकता, अखण्डता र स्वाभिमानको रक्षा गर्ने सङ्कल्पको रुपमा यो दिनलाई स्मरण गर्नुपर्ने बताउनुभयो । “हाम्रा सन्ततिको जीवनमा समृद्धि र खुसी ल्याउने सङ्कल्पका रुपमा यसको संरक्षण र विकासका कामलाई अगाडि बढाएका छौँ”, उहाँले भ...
मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु, एक घाईते

मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ७ मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । त्यस्तै चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिनुभयो । (रासस)...
गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

Breaking News 3, समाचार, साहित्य
काठमाण्डौँ, बैशाख ७ वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी नेपाली डायस्पोरामा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण राख्न विशिष्ट योगदान दिएको भन्दै गुरागाईँलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु ७५ हजार रहेको छ । यस्तै आधुनिक नेपाली गीत, नाटक, चलचित्र र हास्यव्यङ्ग्यको सिर्जना र अभिनयद्वारा नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण यो...