Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

बङ्गुरपालनबाट मनग्य आम्दानी

बङ्गुरपालनबाट मनग्य आम्दानी

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ८ आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जम्नु भएको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उहाँ घर फर्किनुभयो । घर फर्किएपछि घर खर्च चलाउन उहाँलाई धौधौ प¥यो । अनी घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरुपमा बङ्गुुरपालन सुरु गर्नुभयो । उहाँले २१ वर्षसम्म भारतमा होटलमा काम गर्नुभयो । कोरोनाबाट सङ्क्रमित भएपछि घर्तीमगर घर फर्किन बाध्य हुनुभयो । केही गर्नुपर्छ भन्ने मनसायले उहाँले घर छेउमा सानो खोर बनाउनुभयो । “दुईवटा बङ्गुरबाट व्यवसाय सुरु गरे”, उहाँले भन्नुभयो । कारोना कहर नघटेपछि घर्तीमगरलाई भारत जान सम्भव भएन । यही व्यवसायलाई विस्तार गर्ने सोचले उहाँले १५ कट्ठा जग्गा वार्षिक रु १० हजारका दरले भाडामा लिई व्यवसाय बढाउनुभयो । रु दुई लाख ५० हजारको लगानीमा १२ पाठापाठी र ६ खोर थपेर व्यवसाय...
चट्याङबाट आत्तिएर लड्दा महिलाको मृत्यु

चट्याङबाट आत्तिएर लड्दा महिलाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ८ मेलम्ची नगरपालिका–१० भन्ज्याङकी एक महिलाको मृत्यु भएको छ । मेलम्ची–१० की ५२ वर्षीया पम्फा कार्कीको मृत्यु भएको हो । उनको चट्याङका कारण मृत्यु भएको आशङ्का गरिएको छ । कार्कीको खेतबाट घर जाने क्रममा बुधबार बेलुका नै मृत्यु भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । अहिले इलाका प्रहरी कार्यालय मेलम्चीको टोली घटनास्थलमा पुगेको छ । स्थानीयवासीले चट्याङबाट मृत्यु भएको आशङ्का गरे पनि घटना हेर्दा चट्याङ लागेको नदेखिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख, प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार “टाउकोमा चोट रहेको, चट्याङबाट आत्तिएर लड्दा टाउको बजारिएको देखिन्छ ।” बिहानै डेरीमा दूध लिएर आउने स्थानीयासीले देखेपछि घटनाका बारेमा थाहा भएको थियो । त्यसपछि प्रहरी घटनास्थलमा गएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको र शव परीक्षणका लागि मेलम्ची लगिएको ...
उदयपुरमा मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना

उदयपुरमा मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ८ गते । उदयपुरमा आज (बिहिवार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेस्थित पशु सेवा कार्यालयको भवनमा कार्यालय स्थापना भएको हो । मुख्य निर्वाचन अधिकृत दिपक खनाल प्रमुख, जिल्ला अधिकारी विरेन्द्र कुमार यादव लगाएतबाट कार्यालय स्थापना गरिएको छ । मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै आजबाट सो कार्यालयले उदयपुर भरिका पालिकाको निर्वाचन सम्बन्धी समन्वय गर्ने छ । यही कार्यालयले त्रियुगा नगरपालिकाको चुनाव समेत गराउने छ । जिल्लाका बाँकी सात पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय आजै  स्थापना हुने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जानकारी दिएको छ ।...
लागुऔषध ट्याब्लेट सहित २ युवक पक्राउ

लागुऔषध ट्याब्लेट सहित २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ८ मोरङको बिराटनगर महानगरपालिका–१६ भत्केको वालबाट निषेधित लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका–६ का १७ बर्षीय बिक्की सरदार र बिराटनगर–७ का २८ बर्षीय गणेश बि. क. रहेका छन् । हिजो बेलुका ४ बजे भारतबाट नेपालतर्फ आउदै गरेका सरदारको साथबाट १५ थान नाईट्रोजन ट्याब्लेट र बि. क. को साथबाट डाईजोपाम ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन १ एम्पुल सहित सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । निषेधित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
मोटरसाईकल दुर्घटनाहुँदा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनाहुँदा चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ८ सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी नगरपालिका–८ का ४३ बर्षीय धुर्व कुमार चौधरी रहेका छन् । बुधवार राती पौने ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई हसनपुर स्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालक समेत बेपत्ता भएको हो । ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा साँढे ९ बजे नहरमा खसेको मोटरसाईकल सहित चालक रामधुनी नगरपालिका–८ का ४३ बर्षीय धुर्व कुमार चौधरी मृत अवस्थामा फेला परेका हुन् । मृत फेला परेका चौधरीको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी धरानको बि.पी.कोईरालका स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ। &nb...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा

Breaking News 1, समाचार
काठमाण्डौँ, बैशाख ८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा ९रुपन्देही० मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ । ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो । परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छौँ।” महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धाव...
त्रिनपा १३ मा पन्च बर्षिय प्रगतिको प्रतिवेदन पुस्तक सार्वजानिक सँगै सार्वजानिक सुनुवाई

त्रिनपा १३ मा पन्च बर्षिय प्रगतिको प्रतिवेदन पुस्तक सार्वजानिक सँगै सार्वजानिक सुनुवाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ७ त्रियुगा नगरपालिका १३ नं वडाले जनप्रतिनिधिको पाँच बर्षिय कार्याकालको प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ । वडाले पुस्तक मार्फत आफ्नो पाँच बर्षिय विकास योजनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको हो । प्रगति प्रतिवेदन परामर्शदाता विनोद कुमार कार्कीले प्रस्तुत गरेका थिए । प्रगति प्रतिवेदन अनुसार वडाले ५ वर्षमा वडागत बजेट ४ करोड १३ लाख २५ हजार र विभिन्न विकास साझोदारबाट ४२ करोड, ३९ लाख ६८ हजार ८६३ गरी जम्मा ४६ करोड ५२ लाख ९३ हजार ८६३ बजेट वडाको विकासमा लगानी गर्न सफल भएको जनाएको छ । वडाले भौतिक पूर्वाधार विकासदेखि छिटो छरितो सेवा प्रवाह र सुशासनसम्मको कुरालाई १२ बुँदामा प्राथमिकताको क्षेत्र निर्धारण गरेर पाँचवर्षे कार्यकाल पुरा गरेको छ । कृषिमा आधुनिकीकरण र ब्यवसायिकरण, सीप र प्रविधीयुक्त तालिम सन्चालन र रोजगारी विकास, खानेपानी तथा सरसफाई, जेष्ठ नागरिक सम्मान, महिला, बालबाल...
युद्ध मैदानकी चेली

युद्ध मैदानकी चेली

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ७ युद्धको मैदानामा हुन्छन् एक दिदीभाइ । दिदी विद्रोही लडाकू र भाइ सेनाका सिपाही । यतिकैमा आइलाग्छ विपत । युद्ध मैदानमै भाइको गोलीबाट भिनाजुको मृत्यु हुनपुग्छ अकस्मात् । गोली ताक्दै जब भाइ नजिक पुग्छन् तब आफ्नै दिदी देख्छन् र झस्किन्छन् । कस्तो दुर्भाग्य १ गोली हान्ने आफ्नै भाइ अनि मृत्युवरण गर्ने प्रेमी । दिदीले सहनसक्ने कुरै भएन । दिदीभाइको बोलचाल बन्द हुन्छ तर सम्बन्ध विस्तारको प्रयास भाइले राखी नै रहन्छन् । उनका अनेकन प्रयास सफल हुँदैनन् । शान्ति सेनामा जाने तयारीसम्मै खुसी हुदैन सिपाहीको मन । मनभरि अशान्ति बोकेर शान्ति खोज्न जानु पो कहाँ रु भाइलाई छटपटी हुन्छ । लगत्तै आएको भाइटीकामा दिदीको घर पुग्छन् भाइ तर दिदीले भाइटीका लगाइदिन्नन् । “अचानक भएको मुठभेडमा कर्तव्य निर्वाह मात्र गरेको थिएँ, सक्छेउ भने माफ देउ”, त्यस दिनको घटना परिबन्दमा परेर भएको कुरा भाइले सु...

अन्तत एमाले पनि गठबन्धन गर्न बाध्य

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख ७ एमालेले कुनै दलसँग गठबन्धन नगर्नै भन्दै अध्यक्ष के पि ओलिले बारम्बार बताउदै आउनु भएको थियो। तर सत्तारुढ दलले गठबन्धन गरेर चुनावमा जाने भएपछी चुनाबी परिणाम आफ्नो प्रतिकुल आउने आकलन गर्दै एमाले पनि गठबन्धन गरेर जाने निधोमा पुगेको छ । एमालेले कट्टर हिन्दु बादी दलदेखी कृश्चियन समर्थक दल सग गठबन्धन गर्न जिल्ला समिति लाई निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीका जिल्ला इन्चार्ज र अध्यक्षलाई पत्र पठाउँदै राप्रपा नेपाल, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिसँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् । पार्टीको प्रभाव र अवस्था हेरी तालमेल गर्न उनको निर्देशन छ ।...
गठबन्धन सँग एमाले डराउँदैन : परमेश्वर घिमिरे

गठबन्धन सँग एमाले डराउँदैन : परमेश्वर घिमिरे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ७ ने.क.पा. एमालेका उदयपुर जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले सत्ता गठबन्धनसँग नडराउने बताउनसु भएको छ । पूर्णपुष्टि खवरको कार्यक्रम चुनावी संवादमा उहाँले सत्ता गठबन्धनसँग एमाले एक्लै लड्ने सक्षम धारण राख्नुभयो । एमालेले उदयपुरको सबै पालिका जित्ने दावी गर्दै घिमिरे पार्टीभित्र धेरै आकाङ्क्षी भएपनी चुनाव जित्ने उम्मेदवारलाई उठाउने बताउनुभयो । पुरै कार्यक्रम हेर्न तलको लिंकमा जानुहोस् । https://youtu.be/KHS4N04Mg8M...