Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

ओलाङ्चुङ्गोला नाका नखुल्दा

ओलाङ्चुङ्गोला नाका नखुल्दा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ८ ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका तीन वर्ष लागुन्जेल पनि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि टिप्ताला नाका बन्द भएको हो । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो । गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न – नगराउन जानकारी आएको फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो । आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो । वर्षा याममा याङ्मा, थुदा...
९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख ८ गते । नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका–७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घिमिरेले नौ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडी बढाएको छ ।...
भोलीबाट देशभर एसइई सुरु : परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता

भोलीबाट देशभर एसइई सुरु : परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता

Breaking News 3, शिक्षा, समाचार
काठमाडौं, वैशाख ८ गते । देशभर भोलिबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ । यहाँका दश सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ । ती विद्यालयमा पढ्ने विद्यार्थीका लागि एउटै मात्र परीक्षा केन्द्र तोकिएकाले समस्या भएको हो । सदरमुकामस्थित रुद्रेपिपल माध्यमिक विद्यालय– परीक्षा केन्द्रबाट दशै विद्यालयका २५५ विद्यार्थीले परीक्षा दिदैँछन् । टाढा–टाढाका विद्यार्थी हिजोअस्तिदेखि नै बागलुङ बजार झरेर होटलमा बसेका छन् । ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारी १५ विद्यार्थी लिएर आफै सदरमुकाम आउनुभएको छ । “विद्यार्थीलाई होटलमा राखेका छौँ, आज परीक्षा केन्द्र देखाउन लानु छ”, उहाँले भन्नुभयो, “परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीलाई समस्या छ ।” एकातिर अभिभाव...
उदयपुरमा विद्यार्थीहरुले मनाए वन्यजन्तु सप्ताह

उदयपुरमा विद्यार्थीहरुले मनाए वन्यजन्तु सप्ताह

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ८ उदयपुरमा प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरुले सात दिने २७ अ‍ौं वन्यजन्तु सप्ताह मनाएमन छन । वन क्याम्पस कटारिमा अध्यानरत विद्यार्थीहरुले वैशाख १ गते देखि ७ गते सम्म वन्यजन्तु सप्ताह कार्यक्रम मनाएका हुन् । विसं २०५३ देखि निरन्तर नयाँ वर्षको पहिलो सप्ताहसम्म वन्यजन्तु सप्ताह मनाउँदै आएको छ। यस वर्ष “‘मानव वन्यजन्तु सहअस्तित्व हाम्रो साझा दायित्व” नाराका साथ सप्ताह मनाएको हो । सप्ताह समापनका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा डिभिजन वन कार्यलय उदयपुर त्रिवेणीको डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले सप्ताहअन्तर्गत गरिएका विभिन्न कार्यक्रमले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सबै प्राणी मध्ये मानव जाति बढी चेतनशील भएकाले पृथ्वीलाई अझ सुन्दर र सबैको साझा बनाउन मानिसको महत्वपूर्ण भूमिका रहने बताउँदै अधिकृत घिमिरेल...
प्रत्येक पालिकामा निर्वाचन कार्यालय

प्रत्येक पालिकामा निर्वाचन कार्यालय

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ८ आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा आउने भएका छन् । पोखरा महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छे«, रुपा र मादी गाउँपालिकामा आजदेखि निर्वाचन कार्यालय खोल्ने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । पोखरा महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई हुनुहुन्छ भने अन्नपूर्णमा विष्णुप्रसाद आचार्य, मादीमा दुर्गाप्रसाद भट्टराई, माछापुच्छ«ेमा नवराज दङगाल र रुपामा रुद्रप्रसाद सुवेदी निर्वाचन अधिकृत हुनुहुन्छ । निर्वाचनको तयारीलाई तीव्र पारिएको बताउँदै सूचना अधिकारी न्यौपानेले सामग्री तथा जनशक्ति व्यवस्थापनका काम भइरहेको जानकारी दिनुभयो । निर्वाचनमा उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा उम्मेदवार टुङ्गोमा पु¥याउन दलहरू आ–आफ्नो तयारी...
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ८ कर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन कार्यतालिकाअनुसार आज जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ । वीरेन्द्रनगरमा पनि आजदेखि जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत डा राजेन्द्र आचार्य र वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले कार्यालयको शुभारम्भ गर्नुभयो । मुख्य निर्वाचन अधिकृत आचार्यले मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षणलगायतको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने जानकारी दिनुभयो । उम्मेदवारको मनोनयन दर्तालगायतका कार्य भने सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछ...
बेलका ४ नं वडाको लागि माओवादी बाट ललित राई सहित ४ जनाको नाम सिफारिस

बेलका ४ नं वडाको लागि माओवादी बाट ललित राई सहित ४ जनाको नाम सिफारिस

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ८ बेलका नगरपालिका ४ नं वडामा माओवादी केन्द्र बाट ४ जनाको नाम सिफारिस भएको छ । पुराना तथा अग्रज नेता ललित राई सहित ४ जनाको नाम सिफारिस भएको हो । सिफारिसमा परेका ललित राईले आफु पार्टीका पुराना तथा अनुभवी र योगदानमुखी व्यक्तित्व समेत रहेकाले आफुले नै वडाको टिकट पाउने आशावादी रहेको जनाए । राईको राजनितिक यात्रा र योगदान राईले २०५७ सालमा तत्कालीन भूमिगत नेकपा माओवादी पार्टी रामपुर ठोक्सिला गाविस वडा नं ७ को जन मिसिलसिया हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । २०५८ सालमा करिब २ बर्ष संकटकाल अबधिभर गृह जिल्ला छाडी काठ्मान्डौ लगायतका ठॉउहरुमा दुखका साथ लुकीछीपि ज्यान बचाए । पछि प्रहरीको लिस्टेड खोजिमा परेपछि राईले गाउँनै छाडेका थिए । २०६१ र ६२ मा संकटकाल अबधीमै रामपुर ठोक्शिलाबाट ‘संगिन ‘ रॉको ‘जस्ता मासिक भित्ते पत्रिका सम्पादक गगन नामबाट ३ अंक सम्म प्रकाशन समेत गर...
एसइई परीक्षाको सबै तयारी पूरा

एसइई परीक्षाको सबै तयारी पूरा

Breaking News 1, शिक्षा, समाचार
काठमाण्डौँ, बैशाख ८ वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उहाँले जानकारी दिनुभयो । एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट न...
फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख ८ फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ। प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या २ करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा १७५, ००० भन्दा बढीले आफ्नो घर छोडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन छन् । अप्रिल ९१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० वटा पहिरो निम्त्याएको छ। (रासस)...
बुद्धशान्तिमा हात्तीसँगै चितुवा आतङ्क

बुद्धशान्तिमा हात्तीसँगै चितुवा आतङ्क

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ८ बुद्धशान्ति गाउँपालिका–८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् । दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन् । आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलाका अनुसार दुई दिनदेखि चितुवाले गाउँ पसेर आतङ्क मच्चाउन थालेको छे । उहाँले बुधबार राति भोजराज बास्तोलाको बाख्रा मारेको, दीपक बास्तोलाको बाख्रा र देवीप्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताउनुभयो । चितुवाले अञ्जु प्रधानको दुई सुँगुर र पदमबहादुर एक्तेनको एउटा सुँगुर मारेको छ । “एकातिर हात्तीको पीर छ, अर्कोतिर चितुवाको पनि थपियो ”, उहाँले भन्नुभयो, “ज्यान जोगाउनै गाह्रो भयो ।” चितुवाले गाउँमा दुःख दिन थालेपछि डिजिभन वन कार्यालय र प्रहरी प्रशासनलाई गुहार्दा...