Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

केन्द्रीय परिपत्र भन्दा बाहिर नजानु : चितवन काङ्ग्रेस

केन्द्रीय परिपत्र भन्दा बाहिर नजानु : चितवन काङ्ग्रेस

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख ९ गते । नेपाली कांग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ । जिल्ला सभापति राजेश्वर खनालले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन । विज्ञप्तिमा भनिएको छ, “यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गर्दछु ।” “आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिएको अवस्था र कांग्रेसले गठबन्धनलाई आत्मसाथ गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै केन्द्रीय परिपत्रअनुसार गठबन्धनलाई पूर्णपालना गरी अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु” विज्ञप्तिमा भनिएको छ ।...
मन्दिरमा विवाह गर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य

मन्दिरमा विवाह गर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख ९ गते । जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र ल्याउन पर्ने व्यवस्था गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट उमेर खुल्ने प्रमाणपत्र ल्याउनुपर्ने व्यवस्था गरिएको हो । चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा रत्नप्रसाद आचार्यका अनुसार पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि बढाइएको हो । मन्दिरमा सुटुक्क विवाह गर्ने तथा उमेरको सोधीखोजी गरिँदैैन भन्ने सोचका कारण उमेर नपुगेकाले पनि मन्दिरमा विवाह गर्ने गरेको गुनासो आएपछि सो व्यवस्था गरिएको उनको भनाई छ । अहिले उमेर पुगेका मात्र विवाह गर्न मन्दिरमा आउन थालेको समितिले जनाएको छ । विवाह गर्न आएकाहरुको अभिभावकलाई अनिवार्य उपस्थित हुन समितिले आग्रह गरेको छ । उमेर नुपगेकालाई सम्झाइबुझाइ गरेर...
उदयपुरको कटारीबाट महिला बेचविखनमा संलग्न थापा ३२ वर्षपछि पक्राउ

उदयपुरको कटारीबाट महिला बेचविखनमा संलग्न थापा ३२ वर्षपछि पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ९ महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो । उनी घटनापछि फरार थिए । थापाले २०४६ भदौ १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो । थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सामा बुझाइएको छ ।...
उदयपुरमा ६ हजार ४७७ विद्यार्थी एसईईमा सहभागी

उदयपुरमा ६ हजार ४७७ विद्यार्थी एसईईमा सहभागी

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, बैशाख ९ करिब २ बर्ष पछि भौतिक उपस्थितिमै भएको एसईई परिक्षा यो बर्ष भने विद्यालयहरुमा भैरहेको छ । ७७ र ७८ सालाको परिक्षालाई कोरोनाले असर पारेपछि विद्यार्थीहरुको अनुपस्थितिमै बिभिन्न आधार तथा विधि प्रयोग गरी अंक चढाएर उतिर्ण गराईएको थियो । एसईई शुक्रबार देखी देशैभर संञ्चालनमा आए सँगै उदयपुरमा पनि शान्त वातावरणले सुरु भएको छ । उदपुरमा यस बर्ष रेगुलर तर्फ ६ हजार ४७७ जना विद्यार्थीहरुले एसईईमा सहभागी जनाएको छ भने ग्रेड बृद्धि तर्फ १२९ जना सहभागी छन् । यस मध्ये रेगुलर तर्फ ३०४४ छात्र र ३४३३ छात्राहरु सहभागी रहेको शिक्षा विकास तथा समन्वय समिति ईकाई उदयपुरका प्रमुख बावुराम पोखरेलले जानकारी दिए । पोखरेललका अनुसार एसईईका लागि सम्पूर्ण मापदण्ड अनुसारको व्यवस्थापन भई परिक्षा सुरु गरिएको जानकारी दिए । जिल्लामा करिब २५ ओटा केन्द्र र ४२ ओटा साहायक केन्द्रहरु रहेको छ भने ६३ जना परिक्षा...
उदयपुरमा गठबन्धनको निर्णय : त्रियुगामा कांग्रेस र ताप्लीमा जसपा सिंगल भिड्ने, अन्यमा निर्णय बाँकी

उदयपुरमा गठबन्धनको निर्णय : त्रियुगामा कांग्रेस र ताप्लीमा जसपा सिंगल भिड्ने, अन्यमा निर्णय बाँकी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ८ उदयपुरमा आज बसेको गठबन्धनको बैठकले दुईओटा निर्णय तय गरेको छ । बैठकमा त्रियुगा नगरपालिकामा कांग्रेस एक्लै चुनावी मैदानमा जाने भएको छ भने ताप्ली गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) एक्लै चुनावी मैदानमा उत्रने निर्णय भएको छ । बैठकमा सहभागी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राहुल यादवका अनुसार त्रियुगा नगरपालिकामा कांग्रेस मित्रवत सिंगल लडेपनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी बिच गठबन्धन हुने जनाएको छ । यता ताप्लीमा भने फेरी जनता समाजवादी पार्टी मित्रवत सबै पदमा सिंगल लड्ने निर्णय भएको जनाएको छ । ताप्लीमा जनता समाजवादी वाहेक नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले भने गठबन्धन गर्ने भएको सदस्य यादवले जानकारी दिए । आज बसेको बैठकले दुई पालिकाको मात्र निर्णय गरेको छ भने अन्य पालिकाको निर्णय हुा बाँ...
भिरबाट लडेर म्यादी प्रहरीको ज्यान गयो

भिरबाट लडेर म्यादी प्रहरीको ज्यान गयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ८ सिन्धुपाल्चोकमा एक म्यादी प्रहरीको भिरबाट लडेर ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय दुर्गा सिंह बस्नेत छन्। सिन्धुपाल्चोकमा भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु भएको छ। बिहीबार बिहान ६ बजे चौतारा साँगाचोकगढी नगरपालिका(६ पिपलडाँडास्थित चौतारा नवलपुर सडकमुनी म्यादी प्रहरी मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। उनी बुधबार अपराह्न साढे ४ बजे म्यादी प्रहरीको प्रशिक्षण समेर घर फर्किएका थिए। तर बिहीबार बिहान उनी सडकको डिलबाट ४० मिटर तल मृत अवस्थामा फेला परेका हुन् ।...
दृष्टिविहीन र बटुक विद्यार्थी पनि एसइईमा हुँदै

दृष्टिविहीन र बटुक विद्यार्थी पनि एसइईमा हुँदै

Breaking News 1, शिक्षा, समाचार
काठमाण्डौँ, बैशाख ८ कोरोना भाइरसका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको माध्यमिक शिक्षा परीक्षा ९एसइई० यस वर्ष भोलि शुक्रबारदेखि सुरु हुँदैछ । बागलुङमा एस वर्ष एसइईमा चार हजार ८९६ विद्यार्थी सहभागी हुँदैछन् । तीमध्ये दुई दृष्टिविहीन, पाँच संस्कृत विद्यालयका बटुक र २५५ प्राविधिक धारका विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । विगत दुई वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन गरिएको परीक्षा यो वर्ष पुनः त्यसअघिको जस्तै परीक्षा केन्द्रमार्फत सञ्चालन हुन लागेको हो । उक्त परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय एकाइले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । जिल्लाभरका १०८ सामुदायिक विद्यालय र ३२ निजी विद्यालय र एक खुला विद्यालय गरी जम्मा १४१ विद्यालयका चार हजार ८९६ विद्यार्थी परीक्षामा सम्मिलित हुने एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभ...
स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेट

स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेट

Breaking News 2, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख ८ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ० का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टचार भेटवार्ता भएको छ । स्वास्थ्य मन्त्रालयमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा स्वास्थ्यमन्त्री खतिवडाले नेपालले जनस्वास्थ्य क्षेत्रमा केही ठोस उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले मातृ तथा बाल मृत्यु न्यूनीकरणमा प्राप्त भएको उपलब्धि उल्लेखनीय रहेको बताउनुभयो । ट्रकोमा निवारण तथा कालाजार उन्मूलनका लागि नेपालले चालेका निर्णायक कदमका सम्बन्धमा डब्लुएचओको सहयोग सराहनीय रहेको उहाँको भनाइ रहेको थियो । सरकारले सन् २०३० सम्ममा राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यमध्येको लक्ष्य नं ३ ‘जनताको सुस्वास्थ र तन्दुरुस्ती’सम्बन्धी प्रतिबद्धता पूरा गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । “कोभिड–१९ को महामारीमा विश्वभरका मान...
सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी र नेकपा एसको मात्रै गठबन्धन

सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी र नेकपा एसको मात्रै गठबन्धन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ७८ सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एसविच मात्र गठबन्धन भएको । स्थानीय तह निर्वाचनको लागि यी दुई पार्टीले मात्रै चुनावी तालमेल गर्ने जनाएको छ । सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने सहमति अनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन गरिएको हो । परिवर्तन विरोधी शक्तिहरु सक्रिय भईरहेको अवस्थामा देशको परिस्थिति अनुसार अगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा जिल्ला जिल्लामा स्थानिय तहलाई परिवर्तनकारी पार्टीहरु मिलेर बनेको महागठबन्धनको भावना अनुसार दुई पार्टीले चुनाव तालमेल गरेको प्रेस विज्ञाप्तीमा उल्लेख छ । समाजवादी)का नगर अध्यक्ष विजय कुमार द्धारा जारी संयुक्त विज्ञप्तीमा नगरपालिकालाई सहि दिशा, नीति र सक्षम नेतृत्व प्रदान गर्न दुवै पार्टीले नगरपालिकाको वडाहरुमा समेत तालमेल गरी जाने सहमति भएको जनाएको छ । साथै चुनावी कार्यक्रम र प्र...
छिमेकीको कुटपिटबाट १ महिलाको मृत्यु

छिमेकीको कुटपिटबाट १ महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ८ ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा कुटपिटबाट १ महिलाको मृत्यु भएको छ । बैशाख २ गते बिहान ८ बजे स्थानिय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले छिमेकी ४४ बर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाईते भएकी सार्कीको आज बिहान मृत्यु भएको हो । यसरी कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो । हत्या अभियोगमा पक्राउ परेकी लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...