Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

जलयात्रा प्रवद्र्धन गर्दै पोखरा पर्यटन परिषद्

जलयात्रा प्रवद्र्धन गर्दै पोखरा पर्यटन परिषद्

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, जेठ ९ साहसिक पर्यटनको रुपमा लिइने जलयात्रा (¥याफ्टिङ) प्रवद्र्धनका लागि पोखरा पर्यटन परिषद्ले तल्लो मस्र्याङ्दीलाई छनोट गरेकोे छ । परिषद्को नेतृत्वमा पोखराका विभिन्न पर्यटनसँग सम्बद्ध संघ संस्थाका प्रतिनिधिसहितको एक टोलीले हालै लमजुङ राइनासको तल्लो मस्र्याङ्दीे नदीमा करिब २६ किलोमिटर जलयात्रा गरेर पर्यटन प्रवद्र्धनको प्रयास गरेको होे । पोखरास्थित ¥यापिड रनर एक्सपिडिसन्स प्रालिसँगको सहकार्य र नेपाल पर्यटन बोर्डको सहयोगमा ओझेलमा परेका गन्तव्यलाई प्रवद्र्धन गर्नका लागि परिषद्ले मस्र्याङ्दी नदीको तल्लो भाग ¥याफ्टिङलाई छनोट गरेको अध्यक्ष गोपीबहादुर भटृराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कोरोना पछि विस्तारै चलायमान हुँदै आएको पर्यटन क्षेत्रमा साहसिक खेलको रुपमा पर्यटकले मनोरञ्जन लिन सक्ने ¥याफ्टिङ प्रवद्र्धन गर्नका लागि पोखरा नजिकको उक्त गन्तव्यलाई छनोट गरेका हौँ ।” अध्यक्ष ...
बलात्कारसम्बन्धी कानुनमा हदम्याद खारेज गर्न माग

बलात्कारसम्बन्धी कानुनमा हदम्याद खारेज गर्न माग

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ महिला अधिकारकर्मीले बलात्कारसम्बन्धी कानुनमा तत्काल संशोधन गरी हदम्याद खारेज गर्न माग गरेका छन् । उहाँहरुले नाबालिका, किरोशी तथा महिलाको भयरहित वातावरणमा स्वतन्त्र एवं सुरक्षित भई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न बलात्कारसम्बन्धी फितलो कानुनलाई तत्काल संशोधन गर्न, पीडितलाई तत्काल न्याय दिलाउनसमेत सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभएको छ । समृद्धि फाउण्डेसन नेपालको आयोजनामा आज विभिन्न सङ्घसंस्थाका महिला अधिकारकर्मी तथा सञ्चारकर्मीले राष्ट्रिय महिला आयोग पुगेर सो विषयमा ध्यानाकर्षण गराउनुभएको हो । फाउण्डेसनका अध्यक्ष सङ्गीता श्रेष्ठले आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडालाई ध्यानाकर्षण पत्र बुझाउँदै हालै मात्र एक युवतीले सार्वजनिक गरेको आठ वर्षअघि आफू बलात्कार भएको घट्नाले सिङ्गो समाजलाई स्तब्ध बनाएको उल्लेख गर्नुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “न्याय पाइने...
झापाको गौरादह नगरपालिकामा प्रमुख उपप्रमुखमा एमाले

झापाको गौरादह नगरपालिकामा प्रमुख उपप्रमुखमा एमाले

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जीतेको छ । बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित हुनुभयो । उहाँले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका रोहित कुमार शाहलाई पराजित गर्नुभयो । शाहले ११ हजार ४४८ मत प्राप्त गर्नुभयो । शाह यसअघि सोही नगरको नगर प्रमुख पदमा निर्वाचित हुनुहुन्थ्यो । उपप्रमुखमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी हुनुभएको छ । राजवंशीले ११ हजार ९१४ मत प्राप्त गर्नुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गर्नुभयो । ढकालले १० हजार ३४८ मत प्राप्त गर्नुभएको छ । गौरादह नगरपालिकामा कांग्रेसले माओवादीलगायतका दलसँग गठबन्धन गरेको थियो । यो नगरमा नौ वडा रहेका छन् । जसमा वडा नं १ मा एमालेका तर्फब...
छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित ४ युवक पक्राउ

छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित ४ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ९ झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिले र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका–११ दुधेबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–७ का १९ बर्षीय हरदिप राजबंशी, भारतिय नागरीक दार्जेलिङ दुलालजोतका २२ बर्षीय सुरेन मरमन र २३ बर्षीय अर्जुन रोय रहेका छन् । उनीहरुको साथबाट प्रहरीले२०३.४१०(दुइ सय तीन ग्राम चार सय दश मिलि ग्राम) लागुऔषध ब्राउनसुगर , नगद ३८,७३० (अट्तिस हजार सात सय तिस) रुपैयाँ र उनीहरुले प्रयोग गरेको प्रदेश १–१०–१५ प ४२१८ तथा WB 74 V 6439 नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । यसैगरी मोरङको बेलवारी नगरपालिका–३ बाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको ...
टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु

टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ९ मोरङको बेलावारी नगरपालिका–५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका चालक सुन्दरहरैचा नगरपालिका–८ सलकपुरका ३० बर्षीय नगेन्द्र कार्की रहेका छन । आईतवार दिउँसो साँढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।...
बेनी–तातोपानी सडक कालोपत्र

बेनी–तातोपानी सडक कालोपत्र

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ प्राकृतिक उपचारस्थलको रुपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्र भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–तातोपानी खण्डको सडक कालोपत्र सकिएको जानकारी दिनुभयो । “पहिरोको समस्या र जग्गा विवाद भएकोबाहेकका ठाउँमा कालोपत्र सकिएको छ”, उहाँले भन्नुभयो, “११ मिटर फराकिलो सडकमा सात मिटर चौडाइका दरले कालोपत्र गरिएको हो ।” नौ किलोमिटर दूरीमा डिबिएसटी प्रविधिको कालोपत्र गरिएको उहाँले बताउनुभयो । सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्र गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई स...
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा ९एमाले०का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याउनुभएको छ भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी०का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाउनुभएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ । ...
बलात्कृत युवतीको न्यायका लागि उदयपुरमा पनि विरोध प्रदर्शन

बलात्कृत युवतीको न्यायका लागि उदयपुरमा पनि विरोध प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ९ आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी एक युवतीका लागि न्याय माग्दै उदयपुरको गाईघाटमा आईतबार विरोध प्रदर्शन गरेको हो । उदयपुरका युवाहरुको अगुवाई र ओरेक उदयपुर, महिला सशक्तीकरण श्रोत केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल र उदयपुरका महिला अधिकार कर्मीहरुको एक्यबद्धतामा न्यायका लागि दवाब मुलक कार्यक्रम गरिएको हो ।युवाहरु रञ्जना मगर र सिताराम राउत लगाएको नेतृत्वमा स्वतन्त्र युवाहरुले दबाब मुलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा युवाहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् । युवाहरुले कार्यक्रममा बलात्कारी होसियार, बलात्कार र अन्य यौनजन्य हिंसा सम्बन्धि कानुनको हदम्यादको व्यवस्था हटाउ, सुन्दरी प्रतियोगिता खारेज गर, पीडितलाई न्याय दे, युवाहरु एक हौऔं, न्यायालय होसियार लगातका नारा लगाई पीडकलाई कडा कार्बाहिको माग सहितको नारा लगाएका थिए ।आठ वर्षअघि भएको एउटा ...
अर्थतन्त्र सबलीकरणका लागि बजेट

अर्थतन्त्र सबलीकरणका लागि बजेट

Breaking News 1, समाचार
                                                                                                                                                                                        जनार्दन शर्मा प्रभाकर                                                                                                     अर्थमन्त्री ३ जेठमा संघीय संसदका दुवै सदनमा बिनियोजन विद्येयक, २०७९ को सिद्धान्त र प्राथमिकता पेश भएपछि माननीय सदस्यहरुले अत्यन्त गम्भिरताका साथ प्रस्तुत सिद्धान्त र प्राथमिकताहरुमा आफ्नो बिचार र सुझावहरु राख्नुभएको छ । यी सबै बिचार र सुझावलाई मैले आगामी बजेटको मार्गनिर्देशनका रुपमा लिएको छु । बिनियोजन विद्येयकका बिषयमा अलि ढिला गरी छलफल भयो । किनभने हामी सबै स्थानीय निर्वाचनको परिस्थितिमा थियौं । यहीं निर्वाचनकै कारण छोटो समयमा बजेट बनाउनुपर्ने आवश्यकता पनि छ । विषयगत क्षेत्रका व...
धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क राई विजयी

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क राई विजयी

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ८ धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी हुनुभएको छ । चार हजार ७६२ मतान्तरसहित उहाँ प्रमुखमा विजयी हुनुभएको हो । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उहाँका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गर्नुभयो । उहाँ लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिनुभएको थियो । नेकपा (एमाले) का मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गर्नुभयो । प्रमुखमा विजयी राईले २०७५ सालको उपनिर्वाचनमा ४२२ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा ९माओवादी केन्द्र०का अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी नेकपा ९एमाले०का पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत प्राप्त गर्नुभयो । बीस वडा रहेको धरान उपमहानगरमा वडा नं १, ३, ९, ११, १६, १८ र २० मा नेपा...