Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ८ मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । मौसममा आएको खराबीका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हो । मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए हेलिकप्टर पोखरा फर्कनेछ । (रासस)...
विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु, एक घाईते

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ८ कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज दिउँसो १ः१५ बजे कार्यालयको बाहिरपट्टी झुण्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो । घटनामा परी भरतपुर–१० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षीया सुवेदीको मृत्यु भएको हो । सोही कार्यालयमा कार्यरत भरतपुर–७ निवासी अन्दाजी २२ वर्षीय तरुण थापा घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बोर्ड झिक्ने क्रममा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । उक्त आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवा...
देशभर काँगे्रसले ३३१ सिट जीतयो

देशभर काँगे्रसले ३३१ सिट जीतयो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ८ गते । देशभर नेपाली काँग्रेसले ३ सय ३१ स्थानीय तहमा मेयर पदमा विजयी गरेको छ, भने उप–प्रमुखमा २ सय ८८ स्थानमा जीत हासिल गरेको छ । यता नेकपा एमालेले देशभर १ सय ९२ स्थानीय तहमा आफुलाई स्थापित गरेको छ । एमालेमा उपमेयर पदमा २ सय १९ स्थानीय तहमा जीत हासिल गरेको छ । माओवादी केन्द्र १ सय २० प्रमुखमा विजयी भएको छ । माओवादीबाट उपमेयरमा १ सय २६ सिट आएको छ । जनता समाजवादी पार्टी नेपालले पनि २९ स्थानमा प्रमुख पदमा जीतेका छन् । यता उपमेयरमा ३१ स्थानमा जसपा आएको छ । एककिकृत समाजवादी पार्टीले १७ स्थानमा प्रमुख तथा २० स्थानमा उपप्रमुख पदमा विजयी भएका छन् । लोकतान्त्रीक समाजवादी पार्टीले देशभरमा १३ स्थानमा प्रमुख तथा ९ स्थानमा उपप्रमुखमा जीत हासिल गरेको छ ।...
धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या

धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ८ गते । धारिलो हतियार प्रहार गरी सिरहामा बाबु र छोराको हत्या गरिएको छ । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ । मृतकको बाबु–छोराको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो । विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु–छोराको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुवा एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०–१२ बर्षको बालकसँग सुतेका थिए। हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए । सन्त कुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै ...
प्रधानाध्यपकले २ वर्षसम्म बलात्कार गरेको घटान सार्वजनिक

प्रधानाध्यपकले २ वर्षसम्म बलात्कार गरेको घटान सार्वजनिक

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ८ गते । पछिल्लो समय सामाजिक सञ्जालमा ‘अल अबाउट डिवी स्किन’ मा १ दे २० भाग सम्मका टिकटक भिडियो पोस्ट गरेर एकजना बलात्कार पीडितले आफूमाथि ब्युटी पेजेन्टको नाममाथि आफूमाथि बलात्कार भएको घटना सुनाएपछि सो घटना सार्वजनिक भएको थियो । यो घटानसँगै आज आइतवार बिहान पुनः अर्को एक पीडितले आफू इटहरीको ब्लुमिङ लोटस इङ्गलिस स्कूलमा पढिरहेका बेला विद्यालयका प्रधानाध्यापकले उनीमाथि बलात्कार गरेको बताएकी छिन् । उनले प्राधानाध्यापकको नाम राज खड्का भएको जानकारी दिएकी छिन् । जसमा उनले २०७२–७३ को समयमा उनीमाथि भएको हिंसाको जिकिर गरिएको छ ।...
कटारीमा एमाले पछ्याउदै काँग्रेस

कटारीमा एमाले पछ्याउदै काँग्रेस

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ८ गते । उदयपुरको कटारी नगरपालिका–१० मा मतदान पश्चात गोली चल्दा १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको थियो भने १३ वर्षीय मोहन श्रेष्ठ घाइते भएका हुन् । सोही घटनाले कटरीको मत गणना केही समयको लागि स्थगित गरिएको थियो । अहिले निरन्तर मत गणनाको कार्य भईरहदा एमालेबाट मेयर पदका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ ३३०० मतका साथ अगाडी रहेका छन् । श्रेष्ठलाई ३१३३ मतका साथ गठबन्धका उम्मेवाद राजेश चन्द्र श्रेष्ठले पछ्याइरहेको छ । यता, उपमेयर पदमा एमालेकै उम्मेदवार गिता खड्का ३४३७ मतका साथ अगाडी रहेका छन् । खड्कालाई गठबन्धनबाट विनोद कटुवालले २५२३ मतका साथ पछ्याइरहेको छ । अहिले सम्म कटारीको ९ वटा वडामा गणना सकिएको छ । वडा १४ मा अम्बरबहादुर मगर, १३ मा शम्भु श्रेष्ठ, १२ मा यम्बरबहादुर कटुवाल, ११ मा अनन्त हायु, १० मा क्षेत्रबहादुर खड्का, ९ मा वेग बहादुर आलेमगर, ८ मा नविन्द्रकुमार तामाङ, ७ मा सुव...
धरानमा हर्क सम्पाङको जित निश्चित

धरानमा हर्क सम्पाङको जित निश्चित

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ८ धरानका स्वतन्त्र मेयर उम्मेदवार हर्क साम्पाङको जित निश्चित देखिएको छ । धरान उपमाहानगरपालिका स्थित ठुलो दलहरुको सामु स्वतन्त्र उम्मेदवार दिएका राईले आफ्नो जित सुनिश्चित बनाएका हुन् । राईले चुनावको क्रममा जनतामुखी काम गर्ने र धरानको समस्याको रुपमा सँधै खड्गीरहेको खानेपानी समस्याको एजेन्डालाई मुख्यतया अघि सारी चुनावी मैदानमा होमिएका थिए । राई ठुलो दल नेकपा एमाले र ५ दलीय गठबन्धनलाई पछि पार्दै आफु जित नजिक पुगेको हो । राईले मतगणना देखिनै ठुला दलहरुलाई चुनौति दिँदै आएका थिए । पछिल्लो समय आफ्नो कोर एरियामा मत गणना सँगै राईले अग्र स्थान जमाए । पछि लगतार अग्र स्थान ओगड्दै आएका राईले सम्वभत जितलाई नजिक पुराएको छ । धरानमा ५ दलिय गठबन्धनबाट कांग्रेस नेता किशोर राई र एमाले बाट पूर्व उपमेयर समेत रहेकी मञ्जु भण्डारी मुख्य प्रतिस्पधी छिन् । कुल खसेको मतमध्ये ३ हजार २८४ मतगणना गर्...
उदयपुरको कटारीमा चट्याङ लागि महिलाको मृत्यु

उदयपुरको कटारीमा चट्याङ लागि महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ८ उदयपुर जिल्लाको कटारी नगरपालिका–११ गोठडाँडामा चट्याङले लागेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षीया भक्त कुमारी बुढाथोकी रहेकी छिन । आज बिहान ८ बजेको समयमा आफ्नै घरमा बसीरहेको अबस्थामा पानी सँगै परेको चट्याङ लागि सक्त घाईते भएकी थिईन । घाईतेलाई तत्काल उपचारको लागि कटारी अस्पताल ल्याएकोमा उनको उपचारको क्रममा १०:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
नुवाकोटका १७ उम्मेदवारको शुन्य मत

नुवाकोटका १७ उम्मेदवारको शुन्य मत

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ८ स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । बैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये १७ जना उम्मेदवारले एकमत पनि पाएका छैनन् भने १२ जनाको एक–एक मत र १३ जनाले दुई–दुई मत मात्रै पाएका छन् । तथ्याङ्क अनुसार नुवाकोटका करीब एक सय उम्मेदवारले दोहोरो अङ्कको मत ल्याउन सकेका छैनन् । जिल्लामा मतान्तरण प्रतिशतको आधारमा सबैभन्दा फरक अंकको प्रतिस्पर्धा किस्पाङ–१ को दलित महिला सदस्यमा देखिएको छ । नेकपा ९माओवा...
प्रा जोशीको सात दशकको अनुभव : अमेरिकाले अकल्पनीय विकास गर्‍यो’

प्रा जोशीको सात दशकको अनुभव : अमेरिकाले अकल्पनीय विकास गर्‍यो’

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ८ सुरुमा अध्ययन र पछि प्राध्यापन गरी उहाँले अमेरिकामा ५८ वर्ष बिताउनुभयो । सन् १९६४ मा अमेरिका आउनुभएका डा तुलसीराम जोशीले यहाँ आउने नेपालीको पहिलो पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ भन्दा फरक नपर्ला । अमेरिकामा अध्ययन अध्यापनमा उहाँका ५८ वर्ष बिते । यसबीचमा अमेरिकाले विकासमा मारेको फड्को कल्पनाबाहिरको रहेको उहाँको अनुभव छ । करिब सात दशकको आफ्नो अनुभव सुनाउँदै उहाँ भन्नहुन्छ, “अहिलेको अमेरिकाको सूचना प्रविधिको फड्कोलाई हेर्दा मलाई अचम्म लाग्छ, निकै रोमाञ्चक यात्रामा अहिले पनि अमेरिका । कम रोमाञ्चक छैन आफ्नो जन्मस्थल बझाङ्गदेखि अमेरिकाको हवाई राज्यसम्मको उहाँको यात्रा । सात दशकअघिको बझाङ र काठमाडौँकै यात्रा पनि कति कठिन थियो भनेर अनुमान मात्र गर्न सकिन्छ । अनि काठमाडौँबाट अमेरिकाको त झन् कुरै भएन ।’’ बझाङबाट काठमाडौँका लागि चालेको पहिलो पाइलाले अमेरिकाको कल्पना सायदै गरेको...