Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

कटारीको ६ नं. वडामा एमाले विजयी

कटारीको ६ नं. वडामा एमाले विजयी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ८ गते । उदयपुरको कटारी नगरपालिका–६ बाट नेकपा एमाले विजयी भएको छ । एमालेबाट वडा नं. ६ का वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रेमबहादुर मगर ४ सय २५ मतका साथ विजयी भएको छन् । मगरले आफ्नो प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृषणबहादुर मगरलाई ६० मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । यता एमालेबाटै महिला सदस्य मेलिना श्रेष्ठ, दलित महिला सदस्य अम्वीकाकुमारी नेपाली र खुल्ला सदस्यमा रामकुमार धिमाल विजयी भएका छन् । त्यस्तै, नेपाली काँग्रेसबाट एक जना खुल्ला सदस्य अम्बरबहादुर जर्घा मगरले जितेका छन् ।...
एमाले नेता सुवेदीमाथि कुटपिट, उपमेयर पदका पराजित उम्मेदवार विष्टका छोराले कुटपिट गरेको आरोप

एमाले नेता सुवेदीमाथि कुटपिट, उपमेयर पदका पराजित उम्मेदवार विष्टका छोराले कुटपिट गरेको आरोप

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ८ गते । नेकपा एमाले नेता तथा निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदीमाथि कुटपिट भएको छ । इटहरीमा उपमेयर पदका पराजित उम्मेदवार केशव कुमार विष्टका छोरा कैलाश विष्टसहित तीनजनाले आज आईतवार विहान आफूलाई कुटपिट गरेको सुवेदीले बताएका छन् । मतगणना सकेपश्चात इटहरी उपमहानगरपालिकाको कार्यालयबाट निस्किएपछि कुटपिट भएको सुवेदीले भएका छन् । घटनाको विरोधमा एमालेले पूर्व–पश्चिमा राजमार्ग बन्द गरेर विरोध प्रदर्शनमा उत्रिएको छ । बिहान ७ बजे आक्रमण भएको उनको आरोप छ । सुबेदीका अनुसार आक्रमण हुनुभन्दा १५ मिनेट अघि फेसबुकमा ज्यान मार्ने धम्कीसहित म्यासेज समेत आएको थियो । सुवेदीमाथि आक्रमण भएपछि अहिले इटहरीको पूर्व–पश्चिम राजमार्गमा एमालेका कार्यकर्ताहरूले नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण अहिले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन आवतजावत अवरुद्ध भएको छ । बाक्लो सङ्ख्यामा ने...
एपेक बैठकमा रसियाको विरोध

एपेक बैठकमा रसियाको विरोध

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेठ ८ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहका वाणिज्य मन्त्रीको शनिबार यहाँ भएको बैठकमा संयुक्त राज्य अमेरिका, क्यानडा र तीन अन्य राष्ट्रका प्रतिनिधिले युक्रेनमा जारी रुसीे आक्रमणको विरोध गरेका छन् । बैठकको उद्घाटन सत्रमा रुसी प्रतिनिधिले सम्बोधन गर्न थालेपछि उनीहरू बैठककक्षबाट बाहिरिएका हुन् । एकजना जापानी अधिकारीका अनुसार जापानका वाणिज्यमन्त्री कोइची हागिउडाका साथ अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका वाणिज्यमन्त्री युक्रेनमा रुसको आक्रमणको विरोध गर्न बैठकबाट बाहिर निस्केका थिए । युक्रेनमा जारी रुसी आक्रमणबाट कोभिड–१९ को महामारीले तहसनहस बनाएको अर्थतन्त्रमा थप प्रभाव परेको तथा आर्थिक सुधारका गतिविधिलाई सुस्त बनाउनका साथै मानव जीवन नराम्ररी प्रभावित बनाएकाले विरोधस्वरुप आफूहरूले रुसी समकक्षीको उद्घाटन सम्बोधन बहिष्कार गरेको न्युजिल्याण्डका वाणिज्यमन्त्रीको...
प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ८ प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहनुभएका उहाँ तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुग्नुभएको हो । (रासस)...
सी डिभिजन खेलमा उदयपुरे खेलाडी सुदिप श्रेष्ठ बने म्यान अफ दि म्याच

सी डिभिजन खेलमा उदयपुरे खेलाडी सुदिप श्रेष्ठ बने म्यान अफ दि म्याच

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ ८ काठमाण्डौँमा जारी सी डिभिज लिगको शनिवार भएको खेलमा उदयपुरका खेलाडी सुदिप श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै आयोकजले म्यान अफ दि म्यच घोषणा गरेको हो । श्रेष्ठ हाल भैरहेको काठमाण्डौँमा जारी सी डिभिजन खेलका लागि प्लानिङ ब्वाईज क्लवमा अनुवन्धित भई खेलिरहेका छ । शनिवार खलबारी क्लव सँग भएको प्रतिस्पर्धामा प्लानिङ व्वाईजले ३÷१ को अग्रता पाएका थिए । खालवारीका लागि ब्वाईज प्लानिङको तर्फबाट अर्जुन मगरले २ गोल र फागुराम चौधरीले १ गोल गरी ३ गोल गरेका थिए । उक्त खेलमा सुदिपको राम्रो प्रदर्शन रह्यो । सो खेलमा १४ टिम सहभागी रहेको छ । भने प्लानिङ व्वाईज तेस्रो स्थानमा रहेको छ । ९ खेल खेलिसकेको यस क्लवले बाँकी ४ खेल खेल्न बाँकी छ । म्यान अफ दी म्याच घोषित श्रेष्ठलाई रु ५ हजार सहित ट्रफि प्रदान गरिएको छ ।...
डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ८ डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म सङ्कलन गर्न पाउने निर्णय गरेको हो । स्थानीयवासी यार्सागुम्बा सङ्कलनबाट आम्दानीले लिन गर्दछन् । कोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा सङ्कलन गर्न नपाएको जनाउँदै यसपटक विभिन्न तयारीका साथ करिब एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो । यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्यि निकुञ्ज ऐन र नियामावलीअनुसार फरक–फरक प्रवेश शुल्क लाग्ने छ...
छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय चौधरी निर्वाचित

छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय चौधरी निर्वाचित

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ८ सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उहाँले दुई हजार ८९५ मत ल्याउनुभएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याउनुभयो । सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र ल्याउनुभयोे । लोसपाका चौधरी लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित हुनु भए पनि उपाध्यक्षसहित वडाध्यक्ष लोसपाले जित्न सकेन । उपाध्यक्षमा नेकपा (माओवा...
लिम्चुङबुङको नेतृत्वमा युवा पुस्ता आगमन, पालिका अध्यक्ष राई भन्छन्” देशकै नमुना पालिका बनाउछौँ

लिम्चुङबुङको नेतृत्वमा युवा पुस्ता आगमन, पालिका अध्यक्ष राई भन्छन्” देशकै नमुना पालिका बनाउछौँ

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ७ लिम्चुङबुङ गाउँपालिकाले दोस्रो स्थानीय सरकार प्राप्त गरिसकेको छ । पहिलो कार्याकाल सकेर पून ः निर्वाचनमा होमिएका जनप्रतिनिधिहरु निर्वाचित भएर आउँदै गर्दा यो पटक भने लिम्चुङबुङले युवा पुस्ताको नेतृत्व पाएका छन् । यहाँ ४३ बर्ष देखी २८ बर्ष सम्मका युवाहरु निर्वाचित भएर पालिका संञ्चालन गर्ने तयारी रहेको छ । पालिका अध्यक्ष मेजर कुमार राई स्वयम पालिका नेतृत्वका लागि युवा पुस्ता मानिन्छ । पहिले पनि नेतृत्व सम्हालेका राईले दोस्रो कार्याकाल पनि सम्हाल्ने मौका पाएका छन् । राईको दोस्रो कार्याकालमा भने सबै वडाहरुमा युवाहरुले नेतृत्वको अवसरमा पाएका छन् । राईको हालको नेतृत्वहरु ४३ बर्षिय पुष्प लाल राई पालिका उपाध्यक्षको रुपमा निर्वाचित भएका छन् । उनि नेपाली कांग्रेस बाट उम्मेदवार थिए । राईले जनताहरुमाझ लोक प्रिय मत प्राप्त गर्दै पालिका उपाध्यक्षको जिम्मेवारीमा आईपुगेको हो । राईले ४४...
सपथ ग्रहणपछि कार्याकाल दोहोर्याउँदै पून : निर्वाचित लिम्चुङबुङका अध्यक्ष मेजर कुमार राई

सपथ ग्रहणपछि कार्याकाल दोहोर्याउँदै पून : निर्वाचित लिम्चुङबुङका अध्यक्ष मेजर कुमार राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ७ उदयपुरको लिम्चुङबुङमा पून : निर्वाचित भएका मेजर कुमार राईले सपथ लिएका छन् । राई सहित कार्याकाल दोहोर्याउनेमा उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान वहादुर केप्छाकी पनि रहेका छन् । उनिहरु बाहेक अन्य ४ जनाले पनि सपथ लिएका छन् । यी ४ जना भने नयाँ जनप्रतिनिधिहरु हुन् । अध्यक्ष राईले गत ७४ को चुनावमा पनि लिम्चुङबुङको नेतृत्व गर्ने अवसर जनताहरु बाटै पाएका थिए । पहिलो कार्याकाल सँकिदै गर्दा फेरी चुनावी मैदानमा उत्रेका राईले २१ सय बढी मत प्राप्त गर्दै पून : गाउँपालिका अध्यक्षमा निर्वाचित भए । राईले एमालेका राज कुमार राईलाई पराजित गर्दै दोस्रो कार्याकालको इतिहाँस रचे । उनको प्रतिद्धन्दी राजकुमारको भने १६ सय मत आएका थिए । निर्वाचित पछि राईले शनिवार जिल्लाको सदरमुकाम स्थित उदयपुर जिल्ला अदालतमा सपथ खाए । अदालतका प्रमुख न्याधिश दिपक खानलले राई लगायत अन्य जनप्रतिनिधिहरुलाई सपथ खुवाए ।...
गठबन्धन मूलभूतरुपमा सफल : अध्यक्ष दाहाल

गठबन्धन मूलभूतरुपमा सफल : अध्यक्ष दाहाल

Breaking News 3, समाचार
काठामण्डौँ, जेठ ७ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताउनुभएको छ । उहाँले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थप्नुभयो, “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।” उहाँले यो गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दल दृढ रहेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई आज आफ्नै निवास खुमलटारमा बधाई दिँदै उहाँले गठबन्धनलाई निरन्तर अगाडि बढाउने विश्वास दिलाउनुभयो । उहाँले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको उल्लेख ...