Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरका ८ पालिका मध्ये नवनिर्वाचित ६ पालिकाका प्रमुखहरुलाई सपथ ग्रहण, फोटो सहित

उदयपुरका ८ पालिका मध्ये नवनिर्वाचित ६ पालिकाका प्रमुखहरुलाई सपथ ग्रहण, फोटो सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ७ उदयपुरमा ६ पालिकाका प्रमुखहरुलाई सपथ ग्रहण गराईएको छ । आईतबार गाईघाट स्थित उदयपुर जिल्ला अदालतमा न्यायधिश दिपक खनालले सपथ खुवाउनु भयो । ४ गाउँपालिका र २ नगरपालिका गरी जम्मा ६ पालिका प्रमुखहरुलाई सपथ खुवाईएको हो । उदयपुरमा २ नगरपालिकाको भने मत परिणाम आउनै बाँकी रहेको अवस्था छ । बिवादका कारण त्रियुगामा मतगणनै हुन सकेको छैन भने कटारीमा भैरहेको छ । विवाद रहित समयमै सकिएका ६ गाउँपालिका मध्ये लिम्चुङबुङ गाउँपालिकाले सबै भन्दा पहिले मत परिणाम सार्वजानिक गरेका थिए । सपथ लिनेहरुमा सोहि पालिकाका प्रमुखमा निर्वाचित मेजर कुमार राई, रौतामाई गाउँपालिकामा निर्वाचित बिरेन्द्र मगर, उदयपुरगढी गाउँपालिकामा निर्वाचित मान वहादुर केप्छाकी मगर, ताप्ली गाउँपालिकामा निर्वाचित ढुंगराज विक र पालिका तर्फ चौदण्डीगढी नगरपालिकामा निर्वाचित कालु लामा र बेलका नगरपालिकामा निर्वाचित अशोक कार्कीला...
म्यादी प्रहरी बालिका करणी अभियोगमा पक्राउ

म्यादी प्रहरी बालिका करणी अभियोगमा पक्राउ

Breaking News 2, समाचार
काठामण्डौँ, जेठ ७ प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्रिएको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ । पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन् । (रासस)...
निर्वाचित वडाध्यक्षद्वारा अस्पतालमा रहेको शव ल्याउन सहयोग

निर्वाचित वडाध्यक्षद्वारा अस्पतालमा रहेको शव ल्याउन सहयोग

Breaking News 3, समाचार
काठामण्डौँ, जेठ ७ पैसा तिर्न नसकेर अस्पतालमा नै राखिएको शव नवनिर्वाचित वडाध्यक्षले ल्याउन सहयोग गर्नुभएको छ । इलामको माई नगरपालिका–७ का वडाध्यक्षमा निर्वाचित बुद्धि खनाले सपथ लिनु अगाबै आर्थिक अभावमा अस्पतालमा अलपत्र परेको एक महिलाको शव निकालेर घरसम्म ल्याउन सहयोग गर्नुभएको हो । उहाँले शपथ लिनु आगाबै अस्पतालमा अलपत्र युवतिको शव घरसम्म ल्याउन पहल गर्नुभएपछि परिवारले अन्तेष्ठी गरेको बताइएको छ । माई नगरपालिका–७ की २४ वर्षकी देउकला लुङ्गेली मगरको जेठ ४ गते काठमाडौँको मनमोहन मेमोरियल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँको मृत्युपछि अस्पतालले उपचार खर्च तिर्न र शव बुझ्नका लागि परिवारलाई बोलाएको थियो । आर्थिक अभावका कारण उहाँको परिवार काठमाडौँ गएर उपचार खर्च तिर्ने र शव ल्याउन सक्ने अवस्थामा थिएन । नवनिर्वाचित वडाध्यक्ष खनालले अस्पतालमा लागेको रकम भुक्तानी गरेर शव घरसम्म ल्याउने व्यवस्था म...
जीपको ठक्करबाट मोटरसाईकलमा सवार दुईको मृत्यु

जीपको ठक्करबाट मोटरसाईकलमा सवार दुईको मृत्यु

Breaking News 3, समाचार
काठामण्डौँ, जेठ ७ पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत दिशातर्फ आइरहेको म२प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको हो । प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते हुनुभएका बमद्धयको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । जीप र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको बताउँदै प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । (रासस)...
हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

Breaking News 3, समाचार
काठामण्डौँ, जेठ ७ शुक्रबार साँझ आएको हावाहुरीका कारण मृत्यु भएका तीन जनाको सनाखत भएको छ । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको थियो । यससँगै जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीका कारण ठूलो क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–११ को भोजाड जङ्गलमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना२ह २२४७ नम्बरको अटो सवारी साधन रुखले च्यापिँदा चालक स्थानीय ५१ वर्षीय प्रदीपकुमार लामाको मृत्यु भएको छ । सोही अटोमा सवार गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–७ कटहर चोक बस्ने २८ वर्षीया माया गुरुङको मृत्यु भएको हो । यस्तै सोही समयमा भरतपुरको बसेनी चोकमा ना१ज ६१४० नम्बरको म्याजिकलाई रुखले किच्दा त्यसमा सवार स्थानीय ४८ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरी...
डोटी बस दुर्घटनाः पाँचको अवस्था जटिल,  बालक बेपत्ता

डोटी बस दुर्घटनाः पाँचको अवस्था जटिल, बालक बेपत्ता

Breaking News 3, समाचार
काठामण्डौँ, जेठ ७ डोटीमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका १२मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो ।उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नंको रात्रिबस आज बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको थियो । अन्य घाइतेकोे पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । तीव्रगतिमा रहेका बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । (रासस)...
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

Breaking News 1, समाचार
पोखरा जेष्ठ ७ स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म ८० हजार १५४ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्यले ३२ हजार ४८० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा ९एमाले० का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले तीन हजार ४३९ मतान्तरसहित अग्रता हासिल गर्नुभएको हो । त्यस्तै प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शङ्कर खरालले तीन हजार ५२० मत प्राप्त गर्नुभएको छ भने अटेरी अभियानका तर्फबाट प्रमुख पदका उम्मेदवार गनेस पौडेलले दुई हजार २४९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ३३ हजार २२१ मतसहित अघि हुनुहुन्छ भने गठबन्धनबाट नेपाली कांग...
महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

Breaking News 3, समाचार
काभ्रेपलाञ्चोक जेष्ठ ७ काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा ९माओवादी केन्द्र०का कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी हुनुभएको छ । शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष जिम्बाले चार हजार ८९१ मत र उपाध्यक्ष मोक्तानले चार हजार १६९ मत मत प्राप्त गरी विजयी हुनुभएको हो । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर वाइबाले तीन हजार १९५ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी एमालेका शान्ति तितुङ रानामगरले एक हजार ५३० मत प्राप्त गर्नुभएको छ । पालिका अध्यक्ष जिम्बाको यो दोस्रो पटकको विजय हो । वडामा भने क्रमशः वडा नं १ मा नेकपा ९माओवादी केन्द्र०का कान्छामान जिम्बाले ७२० मत प्राप्त गरी विजयी हुनुभएको छ भने वडा नं २ मा नेपाली कांग्रेसका पदमबहादुर मोक्तानले...
विगु गाउँपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा एमाले निर्वाचित

विगु गाउँपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा एमाले निर्वाचित

Breaking News 1
दोलखा, जेष्ठ ७ दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ । गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपप्रमुखमा एमालेका देविका थामी निर्वाचित हुनुभएको हो । पालिका प्रमुखमा चार हजार १०० मत प्राप्त गरी ओली निर्वाचित हुनुभएको हो । प्रमुखमा एमालेका उम्मेदवार अच्छुतम केशीले तीन हजार ९७३ मत प्राप्त गर्नुभएको छ । गठबन्धनको तर्फबाट गाउँपालिका उपप्रमुखका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका आङनिमा शेर्पालाई पराजित गर्दै एमालेका थामी उपप्रखुममा निर्वाचित हुनुभएको हो । थामीले चार हजार १३ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी शेर्पाले तीन हजार ८२६ मत प्राप्त गर्नुभएको छ । आठ वडा रहेको विगु गाउँपालिकामा एमालेले तीन, माओवादी र कांग्रेसले दुई दुई र एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।रासस...
निर्वाचनमा फूलमाला बिक्री बढ्यो

निर्वाचनमा फूलमाला बिक्री बढ्यो

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ ७ रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापाले यस पटक फूल बिक्रीबाट राम्रो कमाइ गर्नुभएको छ । एक हप्तामा उहाँले रु एक लाख बराबरको सयपत्री फूल बिक्री गर्नुभयो । अहिले उहाँको बगैँचामा पहेँलपुर सयपत्री फूल फूलेका छन् । वैशाख ३० गते भएको निर्वाचनलाई लक्षित गरेर खेती गर्नुभएका थापाले मत परिणाम सार्वजनिक भएपछि फूलमाला बिक्री गर्न भ्याइनभ्याइ भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “निर्वाचनको समयलाई मध्यनजर गर्दै फूल लगाएको हो, व्यापार असाध्यै राम्रो छ, यस पटक आम्दानी गर्ने राम्रो अवसर मिलेको छ, समय ख्याल गरेर खेती गर्नुपर्ने रहेछ, अझै पनि फूलमालाको माग आइरहेको छ ।” यसभन्दा अघि पनि फूलखेती थापा अहिले नसोचेको व्यापार हँुदा दङ्ग हुनुहुन्छ । निर्वाचनलाई मात्रै केन्द्रित गरेको हँुदा उहाँले यस पटक एक रोपनीमा खेती गर्नुभएको हो । “छोटो समयमा धेरै व्यापार गर्न सफल भएको छु, कतिपय...