Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

कटारीमा एमालेको अग्रता कायमै

कटारीमा एमालेको अग्रता कायमै

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ७ कटारी नगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । हाल सम्म ७ देखी १४ सम्म गणना गरिसक्दा एमालेको उम्म्ेदवार ज्ञानेन्द्र श्रेष्ठले २८२७ मत प्राप्त गरेको छ भने गठबन्धनबाट कांग्रेस उम्मेदवार राजेशचनद्र श्रेष्ठले २७६४ मत पाएका छन् । यस्तै स्वतन्त्र तर्फ जेब्रा चुनाव चिन्ह केपी बरालले १४७८ मत प्राप्त गरेको छ । यसैगरी अन्य स्वतन्त्र उम्मेदवार मुढा चिन्हका बाल कृष्ण थापाले ९१०, भिम कुमारी राउत धाराले १३३, भाले चिन्ह प्रेम वहादुर आलेले ६४, राप्रपाका पुष्पराज भण्डारीले १९, नेपाल मजदुर किसान पार्टीका चन्द्र वहादुर कार्कीले ९ मत प्रमुख पदमा पाएका छन् । यसैगरी उपमेयरमा पनि एमालेकै गिता खड्का अग्र स्थानमा छिन् । उनले २९६८ मत प्राप्त गर्दा माओवादीका विनोद कटुवालले २४०३ मत प्राप्त प्राप्त गरेको छ । यसैगरी एकीकृत समाजवादीका हृदय बहादुर तामाङले ११७३, कृष्ण बहादुर थापाले १००२ मत ल्याएका...
१२ नं वडामा उम्मेदवारहरु स्वयम आफैले पनि मतदान गर्न पाएका छैनन्

१२ नं वडामा उम्मेदवारहरु स्वयम आफैले पनि मतदान गर्न पाएका छैनन्

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ६ त्रियुगा नगरपालिका १२ नं वडामा सामान्य मतदाताहरुलाई मात्रै अधिकार बन्चित गरिएको छैन् । यहाँ प्रदे सांसद सहितलाई झुक्याएर मतदान गर्नबाट बन्चित गराउने कार्य भएको मतदाताहरुले आरोप समेत लगाएको छ । गत बैशाख ३० को स्थानीय चुनाव कटारी र त्रियुगा बाहेक भव्य र सभ्य रुपमा सम्पन्न भयो । सबैको मतगणना सार्वाजानिक भैसक्यो सबै पालिकाहरुले जनप्रतिनिधि पाईसकेको अवस्था छ । तर त्रियुगा नगरपालिका भने अझै पनि जनप्रतिनिध पाउने कुरा अन्योल नै रहेको छ । त्रियुगाको पनि १५ ओटा वडाहरु सुरक्षित र शान्तिपूर्ण रुपमा उत्साहक साथ मतदान भएर सँकिदा १२ नं वडा भने विवादमा परे । त्यहाँको विवादका कारण नियोजित रुपमा मतदान अधिृकत सहितको कर्मचारीहरुले मतदाताहरुलाई अलमल्याउने, झन्जट दिने र मसि लगायर मतपत्र नदिई झुक्याउने काम गरेको मतदाताहरुको आरोप हो । यसै आरोपमा त्यहाँ मतदाताहरुले विवाद गर्दै त्यस्तो कार्यको...
त्रिनपाका स्वतन्त्र मेयर उपमेयरका उम्मेदवाररुद्धारा १२ नं वडाका मतदाताहरुलाई मतदान गर्ने अधिकार दिलाउन आग्रह

त्रिनपाका स्वतन्त्र मेयर उपमेयरका उम्मेदवाररुद्धारा १२ नं वडाका मतदाताहरुलाई मतदान गर्ने अधिकार दिलाउन आग्रह

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ ६ त्रियुगा नगरपालिका मेयर उपमेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका अम्विका कुमारी रेग्मी र उपमेयरका उम्मेदवार राम किसन सदाले १२ नं वडाको मतदाताहरुको मतदान गर्नु पाउने अधिकारलाई सुरक्षित गर्न अनुरोध गरेको छ । दुवैले प्रेस बिज्ञाप्ती सार्वजानिक गर्दै नियम परिधि भित्र रहेको कानुनी व्यवस्थाको प्रयोग गरी तत्काल पून ः मतदानको कार्य अघि बढाउनु पर्ने बिज्ञाप्तीमा उल्लेख गरिएको छ । बिज्ञाप्तीमा वडामा भएको मतदान कार्य सम्बन्धित निकायबाट तत्काल निर्णय गरी पून ः मतदानलाई प्राथामिकता दिन आह्वान गरिएको छ । १२ नं वडा मतदान स्थलका निर्वाचन अधिकृतकै चरम लापर्वाहि र नियोजित समस्याको कारण त्यस वडामा मतदाताहरुले बिरोध गरेको छ । मतदाताहरुलाई भ्रम र झन्जट सिर्जाना गर्दै उनिहरुको अधिकार बन्चित गर्न खोजेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण रहेको बिज्ञाप्तीमा उल्लेख छ ।...
जुवातास खेल्ने ६ जना पक्राउ

जुवातास खेल्ने ६ जना पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ६ तारकेश्वर नगरपालिका–५ लोलाङ धितालथोकमा जुवातास खेल्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले धितालथोककी २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहालसहित छ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले रु २३ हजार ३६० नगद र तीन बुक तास बरामद गरेको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)...
अमेरिकी डलर र कौडासहित ६ जना पक्राउ

अमेरिकी डलर र कौडासहित ६ जना पक्राउ

Breaking News 1
काठमाण्डौँ, जेठ ६ नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले नेपाली रु ७६ हजार नगद, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ । (रासस)...
त्रियुगा–१२ को मतदान केन्द्रबारे आयोगको छानबिन टोली

त्रियुगा–१२ को मतदान केन्द्रबारे आयोगको छानबिन टोली

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ६ काठमाडौँ–निर्वाचन आयोगले उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ मा अवरुद्ध भएको मतदानबारे स्थलगत अध्ययन गरी मुख्य निर्वाचन अधिकृतलाई आवश्यक निर्देशन दिन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा ती सदस्यीय उच्चस्तरीय टोली गठन गरेको छ । सो टोली हाल स्थलगत अध्ययनका क्रममा रहेको छ । आयोगको जेठ ५ गतेको निर्णयानुसार टोलीले स्थलगतरूपमा अध्ययन गरी आयोगका तर्फबाट अधिकार प्रयोग गरी आवश्यक निर्देशन दिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । गत वैशाख ३० गते सञ्चालन भएको उक्त वडाको जनप्रेमी आधारभूत विद्यालय (पुरानो गाईघाट) मतदान केन्द्रमा सञ्चालन भएको मतदान कार्यक्रम अवरुद्ध भएको थियो । आयोगले बूढीगङ्गा नगरपालिको मतदानबारे छानबिन गर्न आयुक्त सगुनशमशेर राणाको नेतृत्वमा गठन गरको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ । (रासस)...
त्रियुगाको १२ नं. वडामा सयौँ मतदाता मतदान गर्नबाट बञ्चित

त्रियुगाको १२ नं. वडामा सयौँ मतदाता मतदान गर्नबाट बञ्चित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । उदयपुरको त्रियुगा नगरपालिका–१२ नं. वडाका सयौँ मतदाता मतदान गर्नबाट वञ्चित भएका छन् । वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा मतदानको क्रमममा जनप्रेमी विद्यालयमा भएको विवादका कारण मतदान स्थगित भएको थियो । सूचनामा उल्लेख भए अनुसार वर्षाको कारण वडा नम्बर १२ को मतदान स्थगित भएको र अर्को सूचना टास गरि पुन: मतदान गरिने सूचनामा उल्लेख रहेको थियो । मतदान स्थगित भएको ८ दिन भइसक्दा पनि पुन ः निर्वाचन नहुदा स्थानीय मतदान गर्नबाट बञ्चित भएका हुन् । वडाबासीहरु आज (शुक्रवार) निर्वाचन कार्यालयमा गएर नवनियुक्त निर्वाचन अधिकृत उत्तम सिलवाललाई आफ्नो मत हालेर जनप्रतिनिधी छान्ने अधिकार हनन् भएको भन्दै ज्ञापन पत्र बुझाएका छन् । वडाका करिब २ सय भन्दा बढी मतदाताहरुले आफ्नो नामसहित लिखित रुपमै मतदानबाट बञ्चित भएको ज्ञापन पत्रमा उल्लेखित निर्वाचन कार्यालयलाई जानकारी गराएको छ । उनीहरुले पु...
मतदान गर्नबाट बन्चित  १२ नं वडाका मतदाताहरुले मतदान गर्न माग सहित बुझाए ज्ञापन पत्र

मतदान गर्नबाट बन्चित १२ नं वडाका मतदाताहरुले मतदान गर्न माग सहित बुझाए ज्ञापन पत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ६ उदयपुरको त्रियुगा नगरपालिका १२ नं वडाकामा पून ः मतदानको अन्योलनले गर्दा सयौँ मतदाताहरु मतदान गर्नबाट बन्चित बनेको छ । उनिहरुले मतदान गर्न पाउनु पर्ने अधिकारलाई नदबाउन माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार त्रियुगाको मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा १२ नं वडाका मतदाताहरुले निर्वाचन अधिकृत उत्तम सिलवालाई आफुहरुले मतदान गर्न पाउनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् । त्रियुगा नगरपालिका वडा नं १२ वडावासी नागरिकहरु यस वडाको जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाट मतदान केन्द्रमा मतदान गर्ने क्रममा यस केनद्रमा खटिएका कर्मचारीहरुको चरम लारबाहीले गर्दा बर्षको कारण देखाउँदै पून ः मतदान हुने लिखित सूचना प्रकाशित गरी स्थगित भएको मतदान कार्य यति लामो अबधि व्यतित भईसक्दा समेत सम्बन्धित निकायबाट कुनै ठोस निर्णय भई पून ः मतदान केनद्रमा मतदानको मि...
काठमाडौंमा बालेन र धरानमा हर्कराजको अग्रता अझै कायम

काठमाडौंमा बालेन र धरानमा हर्कराजको अग्रता अझै कायम

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाह र सुनरीमा हर्कराज साम्पाङको अग्रता कायमै रहेको छ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका (लौरो छाप) शाहले २० हजार ३ सय ९३ मतका साथ अग्रस्थानमा रहेका छन् । शाहले आफ्नो प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापीतलाई ९ हजार ६ सय ७ मतान्तरले पछाडी पारेको छ । एमालेका उम्मेदवार स्थापीतले १० हजार ७ सय ८६ मत ल्याउन सफल भएको छ । यता, धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १२ हजार १५ मतका साथ अगाडी रहेको छ । साम्पाङ गठबन्धनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार किशोर राईको मत भन्दा १ हजार २ सय ९७ मतका अगाडी रहेका छन् । यता, गठबन्धनले १० हजार ७ सय १८ मत ल्याएको छ ।...
त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा

त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ६ वैशाख ३० गते ४ बजे प्राविधिक र अन्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरिएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी स्कुल मतदान केन्द्रको मतदान प्रक्रिया कहिले हुने भन्ने विषयमा अझै अन्योल छ । दिनको १२ बजेदेखि मतदान गर्न लाइनमा बसेका मतदाताले समेत सो दिन समयमा मतदान गर्न गएर पनि मतदान गर्न नपाएका कारण यस क्षेत्रका मतदाताको मतदान गर्ने अधिकार नै हनन हुन पुगेको त्रियुगा–१२ का मतदाता बताउँछन् । मतदान गर्न लाइनमा बसिरहेका मतदातालाई बेलुकी ४ बजे सो मतदान केन्द्रका मतदान अधिकृतले वर्षा र विभिन्न प्राविधिक कारण देखाउँदै मतदान स्थगित गरिएको तथा पुनः उपयुक्त समयमा मतदान हुने भन्दै फर्काएको तर अहिलेसम्म मतदान गर्न नपाएपछि यस क्षेत्रका मतदाताले आफूहरुको मतदान गर्ने अधिकार हनन् भएकामा गुनासो गर्न थालेका छन् । तीन हजार २६७ मतदाता रहेको त्रियुगा–१२ मा सो दिन दिनको २ बजेसम्ममा एक ह...