Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

कटारीमा एमालेको अग्रता कायमै

कटारीमा एमालेको अग्रता कायमै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेबाट मेयर पदका उम्मेदवार रहेका ज्ञानेन्द्र श्रेष्ठ २ हजार १ सय ११ मतका साथ अग्रस्थानमा रहेका छन् । यता नेपाली काँग्रेसबाट राजेस चन्द्र श्रेष्ठले १ हजार ९ सय ५६ मतका साथ ज्ञानेन्द्रलाई पछ्याइरहेको छ । स्वतन्त्र उम्मेदवार (जेब्रा छाप) मा कृष्ण प्रसाद बरालले १ हजार ४० मत ल्याउन सफल भएका छन् । त्यस्तै, उपमेयर पदमा एमालेबाट २ हजार २ सय २१ मतका साथ गिता खड्काले अग्रता कायम गरेकी छिन् । उपमेयर पदमा माओवादीबाट विनोद कटुवालले १ हजार ८ सय २८ मतका साथ खड्कालाई पछ्याइरहेको छ ।...
नाइजेरियाली सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु

नाइजेरियाली सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेठ ६ यहाँका करिब ४३ जना अतिवादी हतियारधारीहरु सेनाको कारबाहीमा मारिएका छन् । गएको तीन हप्तायता नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका हुन् । नाइजेरियाली सेनाले केही हप्ता यतादेखि सो क्षेत्रमा आतंककारीहरुका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ ।नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले दिएको जानकारीअनुसार सो क्षेत्रमा सेनाले गएका केही हप्तादेखि कारबाही जारी राखेको छ र त्यस क्रममा गएको तीन हप्ता यतामात्र ४३ जना अतिवादी हतियारधारी मारिएका छन् । साथै यस अवधिमा सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको छ । त्यस्तै अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको छ ।उनीहरुलाई यहाँ आतंक मच्चाइरहेका हतियारधारीहरुले अपहरण गरी लगेका थिए । ती अपहरणकारीहरुलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता ब...
कटारीको ९ नं. वडामा एकिकृत समाजवादी विजयी

कटारीको ९ नं. वडामा एकिकृत समाजवादी विजयी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । उदयपुरको कटारी नगरपालिका–९ मा एकिकृत समाजवादीको विजयी भएको छ । माओवादी केन्द्रबाट उम्मेदवार रहेका धुव्रकुमार कार्कीलाई १२७ मतले हराएर समाजवादीका बेगबहादुर आलेमगरले वडा अध्यक्षमा जीत हासिल गरेको हो । आलेमगको ४०७ मत आउदा कार्कीले २८० मत ल्याएका थिए । कटारी–९ मा समाजवादीको प्यानलै विजयी भएका छन् । महिला सदस्य निर्मला खप्तरी मगर, दलिद महिला सदस्यमा सिता कुमारी सार्की, खुल्ला सदस्यमा खम्ब सिँ थापा मगर र चक्रबहादुर कार्की विजयी भएको हुन् ।...
देशभर २७९ स्थानीय तहमा काँग्रेसको जीत : ४६ स्थानमा अग्रता

देशभर २७९ स्थानीय तहमा काँग्रेसको जीत : ४६ स्थानमा अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । स्थानीय तहको निर्वाचन सम्पन्न हुँना साथ मतगणनाको कार्य देशभर धमाधम भइरहेको छ । मतगणना भएको आठै दिन सम्मको मत परिणम अनुुसार देशभर नेपाली काँग्रेसले ७५३ वटा स्थानीय तह मध्ये २७९ प्रमुहको सिट जितिसकेको छ । उप–प्रमुखमा पनि काँग्रेसनै अगाडी रहेको देखिन्छ । त्यस्तै, यता अग्रताको कुरा गर्ने हो भने देशभर ४८ प्रमुख तथा ४६ उप–प्रमुखमा काँग्रेसनै अग्रस्थानमा देखिन्छ । नेकपा एमालेले देशभरमा १७५ प्रमुख तथा १९६ स्थानमा उप–प्रमुखमा जीत हासिल गरेर दोस्रो स्थानमा रहेको छ । अग्रतामा भने २३ स्थानमा प्रमुख र उप–प्रमुखमा ४४ स्थानमा अगाडी रहेको छ । यता माओवादी केन्द्रले भने ११२ स्थानमा प्रमुख पदमा तथा उप–प्रमुखमा १२० स्थानमा जितेको छ । देशभरमा प्रमुुखमा १० स्थानमा र उप–प्रमुखमा ९ स्थानमा माओवादी अगाडी रहेको छ । त्यस्तै, जसपा नेपालले प्रमुखमा २० र उप–प्रमुखमा २० स्थानमा जीतेको छ । एकि...
साँफेबगरमा पुनः मतदान जारी

साँफेबगरमा पुनः मतदान जारी

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ६ अछामको साँफेबगर नगरपालिका–१३ को राष्ट्रिय मावि, बाबलामा आज पुनः मतदान भइरहेको छ । मतदानका क्रममा हालसम्म शान्तिपूर्ण वातावरण कायम रहेको जनाइएको छ । गत वैशाख ३० गतेको मतदानमा हुलदङ्गा र विवादका कारण त्यहाँ पुनः मतदानको मिति तय गरिएको हो । वैशाख ३० गते देशभरका स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सञ्चालन भएकामा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई स्थगित हुन पुगेका अधिकांश केन्द्रमा मतदान सम्पन्न भइसकेको छ । स्थगन भएका ८५ केन्द्रमध्ये उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं १२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे आयोगबाट निर्णय हुन बाँकी छ । बूढीगङ्गा नगरपालिको मतदानबारे छानबिन गर्न निर्वाचन आयोगले आयुक्त सगुनशम्शेर राणाको नेतृत्वमा गठन गरको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ । (रासस)...
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ६ मोरङको सुनवर्षी नगरपालिका–६ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्सी नगरपालिका–५ का ४५ बर्षीय राज कुमार सरदार रहेका छन । बिहिवार दिउँसो अमरदहको भित्री सडक खण्डमा को २ त १४३७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सरदार घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।...
उदयपुरको कटारीमा गोली चलेको वडामा मतगणना सम्पन्न

उदयपुरको कटारीमा गोली चलेको वडामा मतगणना सम्पन्न

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । स्थानीय तहको निर्वाचनको मतदान भएको वैशाख ३० गते सामान्य विवादमा प्रहरीले उदयपुरको कटारीमा गोली चलाएको वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको कटारी नगरपालिका–१० सोरुङ्घ छविसेमा एमालेका क्षेत्रबहादुर खड्का वडा अध्यक्षमा विजयी भएका छन् । खड्का ५२१ म्त ल्याउदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काका निकटतम प्रतिस्पर्धी एकिकृत समाजवादीका लेट नारायण श्रेष्ठ ३७४ मत ल्याएर पराजित भएका छन् । कटारीको सोरुङ्घ छविसेमा मतदान सम्पन्न भइसकेपछि सामान्य विवादमा प्रहरीले गोली चलाउदा १९ वर्षीय नविन भनिने विरबहादुर कटुवालको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर कटुवालको मृत्यु भएसँगै स्थानीयले मतपेटीका उठाउन नदिदा कटारी–१० को मतगणना ढिलो भएको हो ।...
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे वेवास्थाप्रति ध्यानाकर्षण

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे वेवास्थाप्रति ध्यानाकर्षण

Breaking News 1
पूर्णपुष्टि, जेठ ६ मतदान अधिकृतकाे चरम लापरवाहिले स्थगित भएकाे त्रियुगा नगरपालिका वडा नं. १२ काे मतदानलाई पुन:मतदान गराउन मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे वेवास्थाप्रति दलहरुकाे ध्यानाकर्षण भएकाे छ । नेकपा (माओवादि केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले संयुक्त विज्ञप्ति जारि गर्दै यस्ताे सम्वेदनशिल विषयमा गम्भीर नभईदिएकाे भन्दै ध्यानाकर्षण गरेकाे छ । मतदाताकाे मताधिकारकाे सम्मान गर्दै पुन:मतदानकाे माग विज्ञप्तिमा गरिएकाे छ । यस्ताे सम्बेदनशिल विषयमा गम्भीर नभईदिदा उत्पन्न हुनसक्ने परिस्थितिकाे जिम्मेवार स्वयम् सम्बन्धित निकाय हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।...
त्रियुगा नपाकाे मतगणना अन्याैलताप्रति काङ्ग्रेसकाे आपत्ती, आयाेगप्रति आशङ्का

त्रियुगा नपाकाे मतगणना अन्याैलताप्रति काङ्ग्रेसकाे आपत्ती, आयाेगप्रति आशङ्का

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ५ - उदयपुरकाे त्रियुगा नगरपालिकाकाे मतगणनालाई निर्वाचन आयाेगले लामाे समय अन्याैलमा पारेकाेमा नेपाली काङ्ग्रेस उदयपुरले आपत्ती प्रकट गरेकाे छ । आज विज्ञप्ती जारी गर्दै काङ्ग्रेसले त्रिनपा -१२ काे पुन: मतदान वा त्यतिकैमा गणना गर्ने कुराकाे निर्णय नदिएकाेमा आपत्ति जनाएकाे छ । यसले आयाेगप्रति आशंका पैदा भएकाे जनाईएकाे छ । तत्काल निर्णय गरि त्रियुगा नपाकाे मतगणना सुरु नगरे आन्दाेलन गर्ने चेतावनी पनि दिईएकाे छ । काङ्ग्रेस उदयपुरका सभापति एवम् १ नं. प्रदेश मन्त्री हिमाल कार्कीले विज्ञप्ती जारी गरेका हुन् ।...
त्रिनपा १२ को मतदान अन्योल बारे कांग्रेसको ध्यानाकर्षण

त्रिनपा १२ को मतदान अन्योल बारे कांग्रेसको ध्यानाकर्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ५ त्रियुगा नगरपालिका १२ को पून : मतदान वा खसेकै मतलाई गन्ने बारे मुख्य निर्वाचन अधिकृत कार्यालयको अन्योल बारे उदयपुर कांग्रेसले ध्यानाकार्षण गरेको छ । जिल्ला सभापति हिमाल कार्कीको हस्ताक्षर बिज्ञाप्तीमा आज सम्म पनि कुनै निर्णय नआउँदा बिभिन्न आसंकाहरु उब्जीएको भन्दै यसलाई तत्काल निर्णय नगरेमा आफुहरु आन्दोलनमा उत्रने चेतावनी विज्ञाप्तीमा उल्लेख गरिएको छ । कांग्रेस उदयपुरले यसको ढिलाई सुस्ती प्रति गम्भीर ध्यानाकर्षण गराउँदै अन्य ठाउँहरुमा ३० गते रोकिएको चुनावहरु धमाधम भैरहेको र मतगणनाहरुको कार्य भैरहँदा उदयपुरमा भने यसको कुनै पनि ध्यान नपुगेको भन्दै यस बिषयमा तत्काल निर्णय सार्वजानिक गर्न अनुरोध गरेको छ ।...