Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

मतदान गर्न दवाव दिदै प्रदर्शन

मतदान गर्न दवाव दिदै प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ५ त्रियुगाको नगरपालिकाको मतगणना गर्नुपर्ने माग राख्दै एमालेले प्रदर्शन गरेको छ । एकालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरे , नगर प्रमुख पदका उम्मेदवार भागवत राउत लगायतले नेतृत्व गर्दै मालपोत कार्यालयबाट प्रदर्शन शुरु गरेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी पुगेर प्रदर्शन गरिरहेका छन । एमालेले त्रियुगाको मतगणना तत्काल शरु गर्नुपर्ने माग गदै आएका छन । त्रियुगा १२ को जनप्रेमी आधारभुत विद्यालयमा वर्षात तथा असमान्य परिस्थितीका कारण मतदान रोकिएको थियो । मतदान अधिकृतले पुन मतदान गर्ने मिति सार्वजनिक गर्नेभन्दै सुचना टासेका थिए । १२ नं वडाका जनताको मतदान गर्ने अधिकार कुष्ठित हुँदा समेत एमाले मतगन्नु पर्नेभन्दै प्रदर्शनमा उत्रिएको छ ।...
कटारी १२ मा माओवादीको एकल जित

कटारी १२ मा माओवादीको एकल जित

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ५ कटारी नगरपालिका वडा नं. १२ को वडाध्यक्षमा माओवादी केन्द्रका यम्बर ब. कटुवालले जितेका छन । उनले ४६७ मत प्राप्त गरी विजयी भएका छन । कटुवालले काग्रेसका क्षत्र ब. कार्कीलाई पराजित गरेका छन । काग्रेसका कार्कीले ३४१ मत प्राप्त गरेका थिए । सो वडामा १०९५ मत खसेको थियो ।
नौ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

नौ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

Breaking News 3, समाचार
काठमाडौं, जेठ ५ गते । अदालतबाट एक दिन कैद र रु नौ लाख जरिवाना तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–३ बस्ने वर्ष ३७ का प्रकाश रेग्मी रहेका छन् । उनले विसं २०७६ कात्तिक १० मा मुक्तिनाथ विकास बैंक लिमिटेड महाराजगञ्ज शाखामा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएका थिए । उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनको यही जेठ ३ गतेको फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा एक दिन कैद र रु नौ लाख जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका...
कुटपिटबाट घाइते भएका शाहीको मृत्यु : मृतकको शव आफन्तले बुझ्न मानेनन्

कुटपिटबाट घाइते भएका शाहीको मृत्यु : मृतकको शव आफन्तले बुझ्न मानेनन्

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ५ गते । एक समुहको कुटपिटबाट हुम्लाको खार्पुनाथमा ६० वर्षीय एक वृद्धको ज्यान गएको छ । आफ्नै घर बाहिर बसिरहेको बेला एक समुहको कुटपिटबाट गम्भीर घाइते भएका छत्रबहादुर शाहीको उपचारको क्रममा नेपालगन्जको नर्सिङ होममा ज्यान गएको हो । वैशाख ३१ गते घर बाहिर बसिरहेका बेला ६० वर्षीय शाहीलाई एक समूहले कुटपिट गरेको उनका छोरा सागर शाहीले बताए । सख्त घाइते भएका शाहीलाई हेलिकप्टरबाट उपचारका लागि सिमकोट ल्याइएको थियो । जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि सुर्खेत रेफर गरिएको थियो । त्यहाँबाट पनि नेपालगञ्ज पु¥याइएको थियो । मृतक शाहीको शव आफन्तले बुझ्न मानेका छैनन् । कुटपिटमा संलग्न भएको आरोपमा ९ जनाविरुद्ध उजुरी दर्ता गरे पनि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म प्रक्राउ नपरेपछि शव नबुझेको मृतकका छोरा सागरले बताए । ३१ गते शाहीसहित खार्पुनाथ–५ का मन्दिर ऐडी र ऐडीका छोरा पनि कुटिएका थिए...
झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट एकको मृत्यु

झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट एकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ५ ट्रकको ठक्करबाट झापामा एक व्यक्तिको मृत्युु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड–२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड–४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो । प्रदेश–१–१०–००१ख ३५९४ नंको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि बिर्तासिटी अस्पताल पु¥याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)...
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ५ सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले दिवस यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो । समितिले जेठ १४ गते साँझ सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं व्यानर सजाएर साँझ दिपावली गर्ने र आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिने समितिका सदस्यसचिव तथा गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो । उक्त दिन हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्र...
उदयपुरको ६ पालिकाको मतपरिणााम सार्वजनिक भईसक्दा पनि त्रियुगामा अन्योल

उदयपुरको ६ पालिकाको मतपरिणााम सार्वजनिक भईसक्दा पनि त्रियुगामा अन्योल

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ५ गते । उदयपुरमा सम्पन्न भएको वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुन थालेको छ । अहिलेसम्म जिल्लाको ६ पालिकामा निर्वाचन मत परिणाम आइसकेको छ । कटारी नगरपालिकामा मतगणना जारी छ । तर जिल्लाको सदमुकाम समेत पर्ने त्रियुगा नगरपालिकामा भने अझै अन्योल रहेको छ । स्यानीय तहको निर्वाचन सम्पन्न भएको ६ दिन भैसक्दापनि त्रियुगाको बारेमा निर्वाचन कार्यालय अनिर्णित देखिएको छ । वर्षात तथा असहज परिस्थितीको कारण मतदान कार्य स्थगित गरिएको भन्दै सूचना जारी गरी रोकिएपनि हालसम्म पुन निर्वाचन नहुदा निर्वाचन आयोग प्रति आशङका तथा अविश्वास बढ्दै गएको छ । समय अगावै मतदान स्पगित गरी मतदाताको अधिकार हनन् गर्ने तर पुन मतदानको मिति तोक्न आयोगले आलटाल गरेको भन्दै राजनीतिक दल तथा स्थानीयले असन्तुष्टी व्यक्त गर्न थालेका छन् । मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका कारण ढिला...
उदयपुरको चौदण्डीमा विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण

उदयपुरको चौदण्डीमा विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ५ गते । वैशाख ३० गते सम्पन्न भएको स्थानिय चुनावको मत परिणम सार्वजनिक भएसँगै विजयी भएका जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय चौदण्डीगढीमा आयोजित समारोहमा नवनिर्वाचित नजप्रतिनिधीलाई प्रमाणप्रत्र प्रदान गरिएको हो । प्रमाणपत्र वितरण समारोहमा चौदण्डीका निर्वाचन अधिकृत महेशकुमार दाहालले निर्वाचित जनप्रतिनिधीलाई बधाई दिनुका साथै सफलताको शुभकामना दिएका थिए । चौदण्डी नगरपालिकाको प्रमुख, उपप्रमुखसहित ८ वडामा एमालेले जितेको छ, भने बाँकी २ वडामा काँग्रेसले जित हात पारेको छ ।...
चौदण्डीको प्रमुखमा कसले कती मत ल्याए ?

चौदण्डीको प्रमुखमा कसले कती मत ल्याए ?

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ५ चौदण्डीगढी नगरपालिकाको प्रमुखमा एमालेका कालुमान लामा ८८६३ मत ल्याउदै विजयी भैसकेका छन । सो पालिकाको प्रमुखका आंकाक्षीले पाएको मत विवरण खगेन्द्र राई (काग्रेस)–८०१२ नरेन्द्र कुमार राउत (एकिकृत समाजवादी)–४३७५ कमलध्वज राई (पुतली चिह्न)–६२१ राम प्रसाद आचार्य (रा.प्र.प्रा)–४७९ भुमीराज राई (मंगोल नेशनल)–३० प्रशान्त कुमार राई (हास चिह्न)–२९ अम्बर ब. विष्ठ (गुलाफ)–१८...
३ मतले विजयी

३ मतले विजयी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,जेठ ५ गते । कटारी नगरपालिकाको वडा नं. ११ मा एमालेका उम्मेदवार ३ मतले विजयी भएका छन् । एमालेबाट वडाध्यक्ष लडेका अनन्त हायुू ३ मतको झिनो मततान्तरले विजयी भएका छन् । हायूले ४१५ मत ल्याइ विजयी हुँदा निकटमत प्रतिस्प्रर्धी माओवादीका दिपक बुडा क्षेत्री ४१२ मत ल्याई पराजित भएका हुन् ।