Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

चौदण्डीमा एमाले ८ र काग्रेस २ वडामा विजयी

चौदण्डीमा एमाले ८ र काग्रेस २ वडामा विजयी

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ५ चौदण्डीगढी नगरपालिकाको १० वडा मध्ये एमालेले ८ वडामा जितेको छ । चौदण्डीगढीको वडा नं. १ मा एमालेबाट सिताराम राई, २ मा हरी खड्का, ४ मा लङ्गराज राई, ५ मा तुलसी ढकाल , ७ मा केशव अधिकारी, ८ मा भगनाथ मगर, ९ मा प्रकाश राउत र १० मा धमेन्द्र खड्काले जित निकालेका छन । बाकीँ वडा नं ३ र ६ मा काग्रेसले जितेको छ । वडा नं ३ मा पर्शुराम राई र ६ मा अम्बर खड्का विजयी भएका छन ।...
भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित युवक पक्राउ

भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ५ झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसी रहेका छन । बुधवार दिउँसो साँढे १ बजेको समयमा भारतबाट नेपाल तर्फ आँउदै गरेका उनलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्राम (हालको बजार मुल्य अनुसार २८,८७,१८२.६५) रुपैयाँ बराबरको सुन बरामद गरेको हो ।सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।...
मत गणनाले कटारी नगरपालिकाको सम्पूर्ण काम प्रभावित

मत गणनाले कटारी नगरपालिकाको सम्पूर्ण काम प्रभावित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ५ गते । उदयपुरको कटारी नगरपालिकामा मंगलवारबाट मात्रै मत गन्न थालिएको छ । कटारीमा मत गणनाको कारणले गर्दा नगरपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवा सुविधा बन्द गरिएको छ । बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै उक्त कुरा बताएको हो । कटारीका प्रमुख प्रशासकिय अधिकृतका अनुसार नगरपालिका कार्यालमा मत गणना गरिने भएकाले अत्यावश्यक काम बाहेका सबै सेवा सुविधा अनिचितकालको लागि बन्द गरिएको बताएका छन् । उक्त बन्द अवधिमा सेवाग्राहीलाई हुने कठिनाई प्रति नगरपालिकाले क्षमाप्रार्थी रहेको समेत सूचनामा उल्लेख गरिएको छ ।...
प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य

प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य

Breaking News 3, राजनीति, समाचार
डढेलधुरा, जेष्ठ ५ सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा ९एमाले० ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस्तै भित्रिमधेसको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका विमला महता निर्वाचित हुनुभयो । यस नगरपालिकाका वडाहरुमा पनि कांग्रेसको सहज जित भएको छ । कांग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि जितेको छ । यहाँका आलिताल र अजयमेरु गाउँपालिका...
पोखरा महानगरमा प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता

पोखरा महानगरमा प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता

Breaking News 1
पोखरा, जेष्ठ ५ पोखरा महानगरपालिकामा प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा ९एमाले०को अग्रता रहेको छ । हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गर्नुभएको छ । एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ तथा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गर्नुभएको छ । रासस...
कैदी झुन्डिएको अवस्थामा भेटिए

कैदी झुन्डिएको अवस्थामा भेटिए

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ५ रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो । शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ । –––...
त्रिनपा -१२ काे पुन:मतदान, झनै अन्याैल र आशंकामा

त्रिनपा -१२ काे पुन:मतदान, झनै अन्याैल र आशंकामा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ४ । उदयपुरकाे त्रियुगा नगरपालिका १२ काे पुन:मतदानकाे कुरा झनै अन्याैल र आशङ्कामा डुबेकाे छ । मतदान राकिएकाे छ दिन वितिसकेकाे छ । एक मुख्य निर्वाचन अधिकृतकाे राजिनामा पश्चात अर्काे नियुक्ति भईसक्दा पनि त्रिनपा -१२ काे विषय अन्याैलताकाे गर्भमै सिमित पारिए पछि झनझन अन्याैलता र आशंकामा डुब्दै गएकाे मतदाताहरु बताउछन् । हिजाे नियुक्त नयाँ मुख्य निर्वाचन अधिकृतमार्फत आज केही निर्णय आउला भन्ने मतदाताहरु र उम्मेदवारहरुमा तिब्र आशा रहेकाे थियाे । तर, अहिलेसम्म कुनै निर्णय नआउदा निर्वाचन आयाेगकाे नियतप्रती नै सर्वसाधारणमा आशंका बढ्न थालेकाे एक मतदाताले बताए । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले त्रिनपा -१२ संग सम्बन्धित सम्पूर्ण कागजात आयाेगका पठाईएकाे र केन्द्रकै स्पष्ट निर्देशनकाे प्रतीक्षा  भईरहेकाे कार्यालय स्राेतबाट बुझिएकाे छ ।...
 चौदण्डीगढीमा दुवै पदमा एमाले र बेलकामा प्रमुखमा गठबन्धन (काङ्ग्रेस) उपप्रमुखमा एमालेको जीत

 चौदण्डीगढीमा दुवै पदमा एमाले र बेलकामा प्रमुखमा गठबन्धन (काङ्ग्रेस) उपप्रमुखमा एमालेको जीत

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ४ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा दुबै पद नेकपा एमालेको जीत भएको छ । प्रमुख मदमा कालु लामा ८८६३ मतका साथ विजयी हुनुभयो । उहाँको निकटतम् प्रतिद्वन्द्वि नेपाली काङ्ग्रेसका खगेन्द्र राईले ८०१२ मत प्राप्त गर्नुभयो । निवर्तमान मेयर रहनु भएको राईलाई ८५१ मत अन्तरले एमालेका लामाले पराजित गर्नुभएको हो । पालिकाको उपप्रमुखमा नेकपा एमालेकी मणीकादेखि दुलालले ९५६६ मतका साथ विजय हाँसिल गर्नुभयो । उहाँले काङ्ग्रेसकी उपप्रमुख उम्मेदवार रिता कुमारी चौधरीलाई १८०६ मतको लामो अन्तरले पराजित गर्नुभएको हो । काङ्ग्रेसकी चौधरीको ७७६० मत प्राप्त भयो । पराजित हुने काङ्ग्रेसका प्रमुख र उपप्रमुख उम्मेदवार दुबै चौदण्डीगढीको निवर्तमान मेयर र उपमेयर हुन् । नौं वटा वडा रहेको सो पालिकामा ४ वडाध्यक्ष काङ्ग्रेस, ३ वडाध्यक्ष एमाले र २ वडाध्यक्ष माओवादी केन्द्रले जितेको छ । १ नं। वडाध्यक्षमा काङ्ग्रेसका द...
गठबन्धन अस्वीकार गरेको चौदण्डीमा कांग्रेसले गुमायो मेयर उपमेयर दुवै पद

गठबन्धन अस्वीकार गरेको चौदण्डीमा कांग्रेसले गुमायो मेयर उपमेयर दुवै पद

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ४ चौदण्डीगढीमा मेयर र उपमेर दुवै एमालेले जितेको छ । नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी लगायतका दलहरुले देशैभरी गठबन्धन भैरहेको अभियानलाई नमान्ने केहि त्यस्ता जिल्लाहरुमा र पालिकाहरुमा नेपाली कांग्रेस एक्लै चुनावमा होमिदा हार सिर्जना बेहोरीरहेको अवस्था छ । यस्तै गरी ४ ओटा नगरपालिका र ४ ओटा गाउँपालिका रहेको उदयपुरको सन्दर्भमा पनि केहि पालिकामा भने गठबन्धन हुन सकेन, जिल्लाको त्रियुगा र चौदण्डीगढीमा बाहेक सबै स्थानीय तहमा गठबन्धन हुन सफल भयो र परिणाम पनि गठबन्धनकै पक्षमा रहेको छ । कांग्रेसकै कारण त्रियुगा र चौदण्डीगढीमा गठबन्धन हुन सकेन, कांग्रेसको एक्लो निर्णय र जवरजस्ती, आत्माविश्सका कारण उदयपुर सिंगल चुनावमा लड्ने हुँदा चौदण्डीगढीमा मेयर र उपमेयरका उम्मेदवारको दुवै पद दुर्घटनामा परे । त्रियुगा र चौदण्डीमा गठबन्धनले कर्यौ प्रयास गर्दा पनि कांग्रे...
चौदण्डीगढीमा एमालेको दुवै पदमा जीत

चौदण्डीगढीमा एमालेको दुवै पदमा जीत

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ४ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमालेले तीत निकालेको छ । प्रमुख पदमा कालुमान लामा र उपप्रमुखमा मणिकादेवी दुलाल विजयी भएका छन् । प्रमुखमा लामाले ८८६३ मत प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वि नेपाली काङ्ग्रेसका खगेन्द्र राईले ८०१२ मत ल्याएका छन् । एमालेसंग पराजित राई निवर्तमान मेयर हुन् । निवर्तमान मेयर राई ८५१ मत अन्तरमा लामाबाट पराजित भएका हुन् । उपाध्यक्षमा दुलाल ९५६६ मतका साथ उपप्रमुखमा विजयी बनेकी छिन् । उनको निकटतम् प्रतिद्वन्द्वि काङ्ग्रेसकी रिताकुमारी चौधरीले ७७६० मत ल्याएकी छिन् । १८०६ मत अन्तरले पराजित चौधरी निबर्तमान उपमेयर हुन् । सो पालिकामा नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकिकृत समाजवादी०को दुई दलिय गठबन्धन तेस्रो स्थानमा रह्यो । गठबन्धनको तर्फबाट प्रमुख पदका नेकपा एसका नरेन्द्र राउतको ४३७५ मत प्राप्त भएको छ भने उपप्...