Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरको पालिकामा काग्रेसको पहिलो जित

उदयपुरको पालिकामा काग्रेसको पहिलो जित

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ४ उदयपुरमा नेपाली काग्रेसले एक पालिकाको प्रमुख जितेको छ । नेपाली काग्रेसको तर्फबाट बेलका नगरपलिकाको प्रमुखमा अशोक कार्कीले जित निकालेका हुन । कार्कीले निवर्तमान मेयर दुर्गा बहादुर थापालाई हराएका हुन । अहिलेसम्म जिल्लामा नेपाली काग्रेसले एक पालिका प्रमुखमा मात्र जितेको छ । यस्तै काग्रेसले जिल्लामा चार पालिकाको उपाध्यक्ष जितेको छ । काग्रेसबाट रौतामाईमा भुपेन्द्र थापा, ताप्लीमा धनमाया राई, लिम्चुङ्गबुङमा पुष्पलाल राई र उदयपुरगढी गाउँपालिकामा जित बं. खड्काले उपाध्यक्ष जितिसकेका छन ।...
बेलका नगर प्रमुखमा जितेको कार्कीले ७४ मा आफैलाई हराएका एमालेका थापालाई पराजित गरे

बेलका नगर प्रमुखमा जितेको कार्कीले ७४ मा आफैलाई हराएका एमालेका थापालाई पराजित गरे

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ४ बेलका नगरपालिकामा भर्खर मत गणाना सकेर अन्तिम मत परिणामा सार्वाजानिक गर्दा कांग्रेसका अशोक कार्कीले नगर प्रमुखमा बिजयी हाँसिल गरे । उनले आफ्नो निकटतम प्रतिद्धन्दी नेकपा एमालेका निवर्तमान मेयर समेत रहेका दुर्गा कुमार थापालाई अत्यादिक मतान्तरले पराजित गर्दै बेलका नगरको प्रमुख पद आफ्नो पोल्टोमा पारे । हाल बिजयी कार्की ७४ सालमा हाल पराजित भएको थापा सँगै पराजित भएका थिए । तर ५ बर्ष पछि उनले फेरी उनै थापालाई पराजित गर्दै नगर प्रमुखको कुर्सि सुरक्षित गरे । थापाले यो पटकको चुनावमा निकै नमज्जाले हार ब्यहोरे । सुरुमा जित्ने कुरामा हौसिरहेका थापाले पछिल्लो समय हार्ने संकेत दिँदै आएको थिए । एक तिहाँई मत नगन्दै सुरु बाट पछि परेको थापाले बिचमै आफुले हार्ने संकेत गरेर फेसवुमा स्टाटस लेखेका थिए । उनले आफ्नै पार्टी बाट अन्तरर्घात भएको जनाउँदै पोष्टहरु गरिरहेका थिए । नेपाली कांग्रेस...
उदयपुरको बेलका नगरपालिका प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमाले बिजयी

उदयपुरको बेलका नगरपालिका प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमाले बिजयी

Breaking News 1, समाचार
र्पूापुष्टि, जेष्ठ ४ बेलका नगरपालिकाको प्रमुख पदमा गठबन्धनले जित हात पारेको छ । गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका आशोक कार्कीले १०१२० मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी उमालेका दुर्गा कुमार थापाले ६९८० मत ल्याउँदै पराजित भएका छन् । एमालेका उम्मेदवार थापा यस अघी बेलकाको पूमुख थिए । अघिल्लो चुनावमा थापा सँगै पराजित भएका कार्कीले यसपटक भने उनलाई नै पराजित गरेका छन् । यता गठबन्धनले प्रमुखमा पराकिलो मतले जित निकाले पनि उप्रमुखमा भने हार बेहोरेका छन् । उप्रमुखमा भने एमालेकी उम्मेदवार जिरा राई निर्वाचित बनेकी छिन् । राईले ८२७६ मत ल्याएर विजयी हुँदा गठबन्धनका तामाङ्गले ७४९५ मत प्राप्त गरे ।...
३ मत अन्तरमा वडा अध्यक्ष विजयी

३ मत अन्तरमा वडा अध्यक्ष विजयी

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ४ बेलका नगरपालिका ४ मा वडा अध्यक्षमा ३ मत अन्तरले तीर्थराज अधिकारी विजयी भएका छन । नेपाली काग्रेसबाट उम्मेदवारी दिएका अधिकारीले ३ मतको झिनो अन्तरले प्रतिष्पर्धी एमालेका कोपिला प्रसाद अधिकारीलाई पराजित गरेका छन । विजेता तिर्थ राज अधिकारीले ५०६ मत प्राप्त गर्दा एमालेका कोपिला प्रसाद अधिकारीले ५०३ मत प्राप्त गरेका थिए ।...
धरानको मतगणना स्थलमा माओवादीको नाराबाजी, विद्यालय तोडफोड

धरानको मतगणना स्थलमा माओवादीको नाराबाजी, विद्यालय तोडफोड

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ४ गते । धरान उपमहानगरपालिका–२० को मतगणनास्थलमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन् । वडाको मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले विरोध जनाएको हो । माओवादी कार्यकर्ताहरूले मतदान अधिकृतको विरोध गर्दै मतगणना स्थल पब्लिक स्कुलमा तोडफोड गरेका छन् । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र सदर गर्नुपर्ने उनीहरूको माग छ । अहिले पनि उनीहरूले नाराबाजी गरिरहेका छन् । माओवादी केन्द्रका धरान सह–इन्चार्ज सुदर्शन श्रेष्ठले निर्वाचनमा खटिएका कर्मचारीले चरम लापरबाही गरेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । हस्ताक्षर नगरिएका मतपत्र सदर नगरेको अवस्थामा धरान–२० मा पुनः मतदान गर्नुपर्ने उहाँको भनाइ छ । नाराबाजी र मतगणनास्थल तोडफोडसँगै धरानको मतगणना स्थगित भएको छ ।...
त्रियुगामा कहिले हुन्छ मत गणना ?

त्रियुगामा कहिले हुन्छ मत गणना ?

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ४ जिल्लाका सात पालिकामा मतगणना भई चारपालिकाको मतपरिणाम सार्वजनिक भैसकेपनि त्रियुगा नगरपालिकाको मतगणना कहिले हुन्छ भन्ने टुङ्गो लागेको छैन । देशैभरी बैशाख ३० गते मतदान भएको थियो । तर त्रियुगाको १२ नं. वडाको जनप्रेमी आधारभुत विद्यालयमा खटिएका मतदान अधिकृतले धाधली गर्दा मतदान स्थगित भएको थियो । मतदान अधिकृतले मतदान स्थगित भएको सुचना जारी भएको ६ दिन बितिसक्दा पनि मतदान गर्ने बारे कुनै निर्णय भएको छैन । १२ नं. वडाका धेरै मतदाताले आफ्नो प्रतिनिधी छान्नको लागी मतदान गर्न पाएका छैन । सो वडाका मतदाताले वडामा मतदान कहिले हुन्छ ? भनेर प्रश्न गर्न थालेका छन । त्रियुगाको १२ नं. वडामा मतदान स्थगितभएसँगै नगरपालिकाको मतगणना हुन सकेको छैन । जिल्लाका अन्य पालिकाको पनि अन्तिम परिणाम सार्वजनिक भैसके पनि त्रियुगाको मतगणना हुने विषयमा टुङ्गो नलाग्दा उम्मेदवारमा छटपटी बढ्दै गएको छ ।...
उदयपुरमा गाउँपालिका तर्फको २६ ओटा वडाहरुमा कस्ले कहाँ जिते ?

उदयपुरमा गाउँपालिका तर्फको २६ ओटा वडाहरुमा कस्ले कहाँ जिते ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ उदयपुरको मत परिणाम सार्वजानिकको क्रम जारी छ । यहाँ गणना पनि तिव्र रुपमा भैरहेको छ । त्रियुगा बाहेक अन्य सबै वडाहरुको मत गनणाकोकामहरु भैरहेको छ । जिल्लामा रहेको ४ ओटै गाउँपालिकाको मत परिणाम सार्वजानिक भैसकेको छ, भने नगरपालिकाहरुको गणाना भैरहेको अवस्था छ । ४ नगरपालिकाहरु रहेका मध्य बेलका, चौदण्डीगढी र कटारीको मत गणना भैरहेको छ । चौदण्डीगढी र बेलकामा चुनाव सकिएकै बेलाबाटै गनणना सुरु भएको थियो भने कटारीमा विवादका कारण मंगलबार बेलुका देखि मात्र मत गणना सुरु भएको थियो । त्रियुगाको भने विवादकै कारण अझै पनि मत गणनामा समस्या परेको छ । ७५ वडाहरु रहेको उदयपुरमा हाल हामिले गाउँपालिका तर्फको २६ वडाहरुको मत सर्वाजानिक भए अनुसार कस्ले काहाँ जिते भनेर प्रस्ट पार्न खोजेका छौ । नगरपालिकाहरुको पनि धेरै वडाहरुमा तगणना सकिएको भएपनि जारी रहेकाले गाउँपालिकाहरुमा सबै वडाहरु सकिए सँगै त्यस त...
चौदण्डीमा एमाले जीतको नजिक

चौदण्डीमा एमाले जीतको नजिक

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ४ गते । उदयपुरको चौदण्डीगढी नगरपालिकाको प्रमुख र उप–प्रमुख पदमा एमाले जीतको नजिक पुगेको छ । प्रमुख पदमा एमालेबाट उम्मेदवारी दिएका कालुमान लामाले ८३१३ मत प्राप्त गरेको छ । निकटतम प्रतिस्प्रर्धी काँग्रेसका खगेन्द्र राईले ७५०१ मत प्राप्त गरेको छ । प्रमुखमा काँग्रेस भन्दा एमाले ८१२ मतले अगाडी देखिएको छ । यस्तै, उप–प्रमुखमा पनि एमालेकै मणिकादेवी दुलाल अगाडी छिन् । उनले ८९११ मत प्राप्त गर्दा काँग्रेसकी रिता कुमारी चौधरीले ७२२७ मत प्राप्त गरेकी छिन् ।...
प्रहरीको कुटपिटबाट उम्मेदवारसहित ४ जना घाईते

प्रहरीको कुटपिटबाट उम्मेदवारसहित ४ जना घाईते

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ४ गते । प्रहरीले कुटपिट गर्दा संखुवासभाको मादी नगरपालिकाका माओवादीकातर्फबाट प्रमुखका उम्मेदवारसहित चार जना घाईते भएका छन् । प्रहरीको कुटपिटबाट गठबन्धन तर्फबाट प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका दावाछत्र शेर्पासहित चार जना घाइते भएका छन् । गएराति १० बजे प्रमुख पदका उम्मेदवार शेर्पा खाना खाएर मतगणना स्थल तर्फ जाँदै गर्दा प्रहरीले निर्घात कुटपिट गरेको बताए । उम्मेदवार शेर्पाको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ । मादक पदार्थ सेवन गरेका प्रहरीले उम्मेदवार शेर्पाको घरमै गएर श्रीमती र छोरोलाई समेत कुटपिट गरेको उनले बताए । प्रहरीको कुटपिटबाट उम्मेदवार शेर्पाको श्रीमती, छोरा र श्रीमती समेत घाइते भएको उनले बताए । प्रहरीको कुटपिटबाट काँग्रेस कार्यकर्ता श्याम शेर्पा समेत घाइते भएको छन् । प्रहरीको कुटिपिटबाट शेर्पाको हात बाँचिएको छ । प्रहरीको कुटपिट गम्भिर घाइते भएका श...
कटारी १३ र १४ मा एमाले वडा अध्यक्षमा विजयी

कटारी १३ र १४ मा एमाले वडा अध्यक्षमा विजयी

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ४ उदयपुरको कटारी नगरपालिकाको १३ र १४ नं. वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन । वडा नं १४ मा एमालेका सम्भु क्षेष्ठले ४८९ मत प्राप्त गरी विजयी भएका छन । यस्तै वडा नं. १४ मा एमालेकै अमर मगर विजयी भएका हुन । अमर मगरले ५७३ मत प्राप्त गर्दै विजयी भएका छन ।