Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

कटारीमा गठबन्धनको अग्रता जारी

कटारीमा गठबन्धनको अग्रता जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ९ कटारी नगरपालिकामा गठबन्धनका राजेशचन्द्र श्रेष्ठले गति लिएको छ । हिजो सम्म एमालेका ज्ञानेन्द्र श्रेष्ठले पछि पारेको श्रेष्ठलाई आज बाट पून ः गठबन्धन अघि लागेको हो । भर्खरै मत गणनाको प्राप्त जानकारी अनुसार राजेशचन्द्र श्रेष्ठले ४ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र श्रेष्ठले ४ हजार ३ सय ५ मतले पछ्याई रहेका छन् । स्वतन्त्र उम्मेदावर कृष्ण प्रसाद बरालले ३ हजार ४ सय २७ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार गिता खड्काले ४ हजार ५ सय ८२ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका विनोद कटुवालले २ हजार ८ सय ४४ मत प्राप्त गरेका छन् । एकिकृत समाजवादी ह्दय बहादुर तामाङले २ हजार ७ सय ३३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर थापाले २ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् ।...
राष्ट्रियसभा सदस्यद्वारा सदन तथा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यद्वारा सदन तथा सरकारको ध्यानाकर्षण

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ राष्ट्रियसभाका सदस्यहरुले मुलुकका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेलले कांग्रेस नेतृत्वको सरकारले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेकपा (एमाले) का भैरवसुन्दर श्रेष्ठले सरकारले सात महिनाको अवधिमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई महङ्गी ब्योहोर्न बाध्य पारेको आरोप लगाउँदै छिमेकी मुलुक भारतमा समेत सरकारले जनतालाई सहुलियत दिइरहेको बताउनुभयो । विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का मायाप्रसाद शर्माले अहिले आम जनता महँगीको मारमा परेको जनाउँदै निर्वाचनसमेत महँगो बन्दै गएको बताउनुभयो । उहाँले विगतमा भएका बलात्कारका घटनाको छानविन गर्न कानुनी हदम्यादको समस्या देखिएको भए पनि दोषीलाई कानुनी कठघरामा ल्याउनैपर्न...
तरकारी : पारिको होइन, बारीको खाउ

तरकारी : पारिको होइन, बारीको खाउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ निजी लगानीमा स्थापना गरिएको बञ्जरा एग्रो फार्मले हाल फार्मदेखि घरसम्म’ अभियान सञ्चालनमा ल्याएको छ । ‘पारिको हैन बारीको खाउ, ताजा लिन बञ्जार एग्रो जाउ’ नारा दिएका बञ्जरा एग्रो कृषिकर्म गर्न चाहने नयाँ कृषक एवं व्यवसायीका लागि पाठशालासमेत बनेको छ । सो अभियानअन्तर्गत बञ्जरा फार्मले थोक क्रेतासँगै खुद्रा क्रेताको खोजीमा लागेका छन् । आफ्नो फार्ममा भएको उत्पादनलाई उपभोक्तामाझ लैजानका लागि बञ्जराले फार्मभित्र र फार्म बाहिर दुई वटा स्टल सञ्चालनमा ल्याएको हो । विराटनगरको बरगाछी चोक नजिकै पश्चिमतर्फ चाँदनी चोकमा सञ्चालनमा ल्याएको स्टलमा बञ्जराकै उत्पादन लौका, काँक्रा, घिरौँला, साग, डल्लो खुर्सानी, धनियाँ, रायको साग, भिण्डी र गोलभेंडाजस्ता हरियो तरकारी बिक्री सुरु भएको छ । आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी बञ्जरा फार्मको उत्पादित तरकारी विषादीरहित अर्गानिक रहेको बताइए...
बाख्रा चराउन गएकी किशोरी मृत फेला

बाख्रा चराउन गएकी किशोरी मृत फेला

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ ताप्लेजुङकमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरुले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)...
चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैं छान्न पाइने

चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैं छान्न पाइने

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको दिन र फारम भरेको केही दिनमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने तयारी अघि बढाएको छ । चालक अनुमतिपत्रको परीक्षाका लागि सेवाग्राहीले आफ्नो अनुकूलको दिन छान्न सक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । अहिले यातायात व्यवस्था कार्यालय विगतमा सेवाग्राहीले भरेका फारमबाट परीक्षा सञ्चालन गरिरहेका छन् । विभागले भने अनुमतिपत्र छपाइसँगै नयाँ ‘एप्लिकेसन’ बनाउन लागेको छ । अनलाइन फारम भरेकाबाट परीक्षा १५ दिनभित्र क–कसको लिइने भनी प्रकाशित गरिने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताउनुभयो । त्यो चरणमा पालो आएका सेवाग्राहीले कुन कार्यालयबाट र कुन दिन परीक्षा दिने भनी छान्न पाउने उहाँले जानकारी ...
के धरानवासीको हर्ष बन्लान् त हर्क ?

के धरानवासीको हर्ष बन्लान् त हर्क ?

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ९ स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी हुनुभएको छ । साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाउनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्नुभएको हो । साम्पाङले २० हजार ८२१ मत प्राप्त गर्नुभएको छ भने उहाँ प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गर्नुभयो । यस्तै निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुस...
सशस्त्र प्रहरीद्धारा ६४ किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्धारा ६४ किलो गाँजा बरामद

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ सशस्त्र प्रहरीको टोलीले बाराको पचरौतना नगरपालिका–९ बलधुसुवाबाट करिब ६४ किलो प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । बारास्थित सशस्त्र प्रहरी बल नेपाल नं १२ गणका अनुसार प्याकिङ गरी कार्टुनमा तयार गरी राखिएको उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो । प्याकिङ गरी टाउकोमा बोकी लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फालेर चारजना मानिस फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाउने तयारी भइरहेको छ । (रासस)...
१ नाले घरेलु बन्दुकसहित एक पक्राउ

१ नाले घरेलु बन्दुकसहित एक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ पर्सा प्रहरीको टोलीले  एक नाले घरेलु बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा पर्सागढी नगरपालिका– ९ बस्ने वर्ष २७ का मनोज भन्ने शिवु माझी मुसहरलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । बन्दुक बोकी बडेर्वाबाट तेलिया टोलतर्फ जाँदै गरेको भन्ने सूचना प्राप्त भएपछि खोजतलास तथा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय एकटाँगा र अस्थायी प्रहरी पोष्ट मनवाबाट संयुक्त टोलीले तेलिया टोल जाने सडकखण्डबाट मुसहरलाई पक्राउ गरेको थियो । प्रहरी टोलीलाई देख्नासाथ भाग्ने खोजेका थिए । तर प्रहरीले सक्रियता देखाउँदै १ नाले घरेलु बन्दुकसहित मुसहरलाई पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेको मुसहरलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले ब...
हत्या अभियोगमा एक युवक पक्राउ, तिन जना फरार

हत्या अभियोगमा एक युवक पक्राउ, तिन जना फरार

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ प्रहरीले २३ वर्षीय युवकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका– ५ ठूलो बाघमोर्चा बस्ने वर्ष २३ का प्रवीण पाख्रिनको हत्या आरोपमा १७ वर्षीय एक युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ गरिएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । हालसम्मको अनुसन्धानबाट खुलेका अन्य तीन फरार रहेकाले उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको हो । गत जेठ ६ गते ठोरी गाउँपालिका– ५ बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिले ढुङ्गाले टाउँको र अनुहार समेतमा प्रहार गरी बेहोस् भएका पाख्रिनको वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारका क्रममा आइताबार मत्यु भएको थियो । (रासस)...
लाटोकोसेरोसहित दुई भारतीय पक्राउ

लाटोकोसेरोसहित दुई भारतीय पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ पर्सामा प्रहरीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ का ३५ वर्षीय शेख अनवर रहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । लाटोकोसेरोलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वन्यजन्तु सरंक्षण ऐनसम्बन्धी कसूर मुद्दा अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ । (रासस)...