Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

त्रियुगामा आज साढे १० बजेबाट मतगणना गरिने

त्रियुगामा आज साढे १० बजेबाट मतगणना गरिने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको त्रियुगा नगरपालिकामा स्थगित भएको मत गणना आज ‐मंगलवार) बाट गरिने छ । त्रियुगाको १२ नं. वडामा भएको विवादका कारण त्रियुगामा स्थगित भएको गणना आज १०ः३० बाट सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । निर्वाचन आयोगको जेठ ९ गतेको निर्णय अनुसार स्थानीय तहको निर्वाचन वैशाख ३० गतेमा भएको मतदानको मतगणना आजबाट गरिने छ ।...
भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार विजयी

भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार विजयी

Breaking News 1, समाचार
भरतपुर, जेष्ठ १० भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा ९एमाले०का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गर्नुभएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नुभएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गर्नुभयो । दाहाल विसं। २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । विसं २०३३ असार २३ गते भरतपुर महानगरपालिका–१४ भीमसेन नगरमा जन्मनुभएकी दाहाल न...
केही दलहरुकाे असहमतिकाबीच त्रियुगाकाे मतगणना गर्ने निर्णय

केही दलहरुकाे असहमतिकाबीच त्रियुगाकाे मतगणना गर्ने निर्णय

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० । दलहरुकाे व्यापक असहमतिकाबीच त्रियुगाकाे मतगणना आज सुरु गर्ने भएकाे छ । मुख्य निर्वाचन अधिकृत उत्तम  सिलुवालले आजबाट मतगणना सुरु गर्ने बताउनुभयाे । "निर्वाचन आयाेगबाट मतगणना गर्ने निर्णय आएकाे छ" सिलुवालले भन्नुभयाे -"मतगणनाकाे तयारी गर्दैछाैं" त्रियुगा-१२ काे मतदान विवादित भएसंगै स्थगित भएकाे थियाे । मतदानटाेली पुन: मतदान गर्ने भन्दै सुचना टासेर हिडेकाे थियाे । तर, लामाे समय निर्णय नआउदा त्रिनपा १२ मा पुन:मतदान हुने वा सिधै मतगणना हुने भन्ने अन्याैलता छाएकाे थियाे । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राप्रपा लगायतले पुन मतदानकाे माग राखेका छन् । नेकपा एमाले र नेपादरली काङ्ग्रेसले भने मत गणनाका लागि दवाव दिदैआएकाे थियाे ।...
दिखलीपाछाबाट जनप्रतिनिधी हुनेलाई अभिनन्दन

दिखलीपाछाबाट जनप्रतिनिधी हुनेलाई अभिनन्दन

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ९ । राेदुङ चामलिङ दिखलीपाछा राेमिपाेमीकाे गाईघाटमा सञ्चालन भएकाे दाेस्राे राष्ट्रिय  सम्मेलनमा आफ्नाे पाछाबाट जनप्रतिनिधि हुनेहरुलाई अभिनन्दन गरेकाे छ । उदयपुरकाे लिम्चुङबुङ गाउपालिकाकाे उपाध्यक्षमा निर्वाचित पुष्पलाल राई, साेहि पालिकाकाे वडा नं. ४ काे वडाध्यक्ष क्षत्र राईलाई राई संस्कार अनुसार सिर उभ्याउनीसहित अभिनन्दन एवम् सम्मान गरेकाे हाे ।  अन्य दुई वडासदस्यसमेतलाई आयाेजककाे अभिनन्दन रहेकाे छ ।  त्यसैगरि मुन्धुम मासिककाे सम्पादक, प्रकाशक राजबल राईलाई पनि सम्मान गरिएकाे थियाे ।...
राेदुङ चामलिङ दिखलीपाछा राेमिपाेमीकाे दाेस्राे राष्ट्रिय  सम्मेलन गाईघाटमा

राेदुङ चामलिङ दिखलीपाछा राेमिपाेमीकाे दाेस्राे राष्ट्रिय  सम्मेलन गाईघाटमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ९ । राेदुङ चामलिङ दिखलीपाछा राेमिपाेमीकाे दाेस्राे राष्ट्रिय  सम्मेलन गाईघाटमा आजदेखि सुरु भएकाे छ । सम्मेलनमा देशैभर छरिएर रहेका राई दिखलीपाछाहरुकाे प्रतिनिधिमुलक सहभागिता रहेकाे छ ।  सम्मेलनकाे बन्दशत्रले भाेली नयाँ केन्द्रीय कार्य समिति चयन गर्ने बताईएकाे छ । साे अबसरमा दिखलीपाछाकाे बंशावली माेवाईलमै हेर्न मिल्नेगरी एप्स सार्वजनिक गरियाे ।...
हर्क साम्पाङले रचेको इतिहास

हर्क साम्पाङले रचेको इतिहास

Breaking News 1, बिचार, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ९ । धरान उपमहानगरपालिकामा सायद कसैले पनि सोचेका थिएनन् होला कि यो पटक हर्क साम्पाङले चुनाव जित्लान भनेर । सर्बसाधारण मतदाताहरुमा केही आशा र भरोसा रहेछ । भित्रभित्रै मतदान दिएर जिताए । तर, ठूला दलहरु र तिनका नेता र उम्मेदवारहरुले कसैले पनि सोचेका थिएनन् एक स्वतन्त्र ब्यक्तिले सिङ्गो दलबललाई पराजय भोगाउला भनेर । तर, यो परिणाम मै देखि सकियो । विना दलबल जनताको घर आगनमा पुगेर मलाई एक भोट भन्दै हिड्ने स्वतन्त्र मेयरका उम्मेदवार साम्पाङ अन्ततः विजयी बने । उनको विजयले अव दलहरु र तिनका ठूला नेता भनाउदाहरुलाई निकै सोच्न बाध्य बनाएको छ । पैसा र पहुँचको भरमा पनि हर्क साम्पाङ जस्ता ब्यक्तिलाई हराउन नसकिने रहेछ भन्ने शिक्षा पनि भएको छ । जनता अव आफैमा सचेत र सजग पनि हुन थालेको आभाष यसपटक धरानको चुनावले देखाएको छ । हर्कलाई दलबल, भिडभाडमा रमाउनेहरुले चिनेका थिएनन् तर, मतदाताले कत्ति मजाल...
मकवानपुरमा ४२२ किलो गाँजा बरामद

मकवानपुरमा ४२२ किलो गाँजा बरामद

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका–३ बायोखोलास्थित डाँडाबास–पालुङबाट प्रहरीले ४२२ किलो गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सडक किनारमा रोकिराखेको ना६ख ३२४३ नम्बरको मिनि ट्रकबाट गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । चौध बोराभित्र २८ प्याकेटमा गाँजा राखेको फेला परेको हो । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)...
खैरो हिरोइनसहित ६ युवक पक्राउ

खैरो हिरोइनसहित ६ युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ९ प्रहरीले खैरो हेरोइनसहित एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २४६ ग्राम खैरो हिरोइनसहित भक्तपुरका २७ वर्षीय विवेक त्चायना, ताप्लेजुङका ३४ वर्षीय कर्णबहादुर सेलिङ, झापाका २४ वर्षीय योगेशकुमार सेलिङ, झापाका १९ वर्षीय हरदीप राजवंशी र भारतको पश्चिम बङ्गालका २३ वर्षीय अर्जुन रोयलाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार अवैध रुपमा लागुऔषध कारोबार गरेको अभियोगमा झापा र काठमाडौँबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिको साथबाट बरामद गरिएको खैरो हेरोइनको मूल्य अन्दाजी रु २४ लाख ६० हजार बराबर रहेको ब्युरोले जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत लागुऔषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ब्यु...
कटारीमा प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता

कटारीमा प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ९ । उदयपुरको कटारी नगरपालिकाको पछिल्लो मतगणनाको परिणाममा प्रमुखमा गठबन्धनतर्फको प्रमुख पदका उम्मेदवार नेपाली काङ्ग्रेसको राजेशचन्द्र श्रेष्ठको अग्रता छ भने उपप्रमुखमा नेकपा एमालेकी गिता खड्काको अग्रता छ । प्रमुखमा ३१६ मतको अन्तरले काङ्ग्रेसको श्रेष्ठको अग्रता छ । ४६९५ मत रहेको श्रेष्ठको निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठको मत ४३७९ रहेको छ । उपप्रमुखमा फराकिलो मत अन्तर रहेको छ । १७८२ मतअन्तरले एमालेकी खड्का अगाडी छिन् । उनको ४६५२ मत प्राप्त हुँदा निकटतम् प्रतिद्वन्द्वि गठबन्धनतर्फका उपप्रमुख उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विनोद कटुवालको २८७१ मत रहेको छ । प्रमुखमा एमाले र काङ्ग्रेसको अग्रता आलोपालो आउने गरेको छ । तर, उपप्रमुखमा भने सुरुदेखि नै एमालेले अग्रता कायम गरेको छ ।...
कटारी ४ नं. वडाध्यक्षमा ३ मतले स्वतन्त्र उम्मेदवार विजयी

कटारी ४ नं. वडाध्यक्षमा ३ मतले स्वतन्त्र उम्मेदवार विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ९ । उदयपुरको कटारी नगरपालिकाको वडा नं. ४ मा झिनो मतले वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । मात्र ३ मतले भुपेन्द्रसिंह तामाङ वडाध्यक्षमा विजयी बनेका हुन् । ४० वर्षिय तामाङको चुनाव चिन्ह मुढा रहेको थियो । तामाङले ६६८ मत प्राप्त भएको छ । ६६५ मत प्राप्त गरेको निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेका चिनबिर दनुवार ३ मतले पराजित बन्न पुगे । सो पालिकाको वडा नं. ८ मा पनि मुढा छापका स्वतन्त्र उम्मेदवार नविन्द्रकुमार तामाङले जीत हात पारेका छन् । उनी पनि झिनो मतले विजयी बनेका हुन् । उनले ५५३ मत पाउदा निकटतम् प्रतिद्वन्द्वि नेकपा (माओवादी केन्द्र) का कमलबहादुर श्रेष्ठले ५४१ मत पाएका छन् । १२ मतअन्तरले स्वतन्त्र उम्मेदवार तामाङ विजयी बनेका हुन् ।...