Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरकाे मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश सिलुवाल नियुक्त

उदयपुरकाे मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश सिलुवाल नियुक्त

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ३ । उदयपुरमा मुख्य निर्वाचन अधिकृतमा उदयपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश उत्तम सीलुवाल नियुक्त भएका छन् । स्वास्थ्यकाे कारण देखाउदै यसअघिकाे मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजिनामा दिनु भएपछि आज न्यायाधीश सिलुवाल नियुक्त भएका हुन् । आज न्यायाधीश खनालकाे राजिनामा स्वीकृत भएसंगै निर्वाचन आयाेगले नयाँ मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश सिलुवाल सम्पूर्ण जिम्मेवारी तथा भुमिकाकाे लागि नियुक्त भएका हुन् ।...
चौदण्डीमा एमालेको फराकिलो अग्रता

चौदण्डीमा एमालेको फराकिलो अग्रता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ३ गते । उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमालेले फराकिलो अग्रता बनाएको छ । एमालेबाट प्रमुखपदका आकाङक्षी कालुमान लामाले ६३०७ मत प्राप्त गरेका छन् । काँग्रेसका खग्रेन्द्र राईले ५४३६ मत प्राप्त गरेका छन् । काँग्रेस भन्दा एमाले ८७१ मतान्तरले अगाडी रहेको छ । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार अगाडी छिन् । एमालेकी मणिकादेवी दुलाल ६५६३ मत प्राप्त गर्दा काँग्रेसकी रिताकुमारी चौधरीले ५०८४ मत ल्याएकी छिन् । चौदण्डीमा १८१३८ मत गनिसकिएको छ ।...
कटारीको मतगणना आजबाट हुने

कटारीको मतगणना आजबाट हुने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ३ गते । उदयपुरको कटारी नगरपालिकामा आज साझ ५ बजेबाट मतगणना सुरु हुने भएको छ । मतदानको दिन वैशाख ३० गते मतदान सम्पन्न भएपछि विवा हुदा कटारी–१० को सोरुङ्गविसेको कालिका मा.वि.को मतदान केन्द्रमा गोली चल्दा एकजनाको मृत्यु भएसँगै स्थानियले मतपेटिका उठाउन दिएका थिएनन् । मृतकका परिवारसँगै सातबुदे सहमती भएसँगै मतपेटिका कटारी ल्याएपनि मतगणना हुन सकेको थिएन् । आज बसेको सर्वपक्षिय बैठकले आजबाट मतगणना गर्ने निर्णय गरेसँगै मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन अधिकृत राजकुमार राउतका अनुसार आज ५ बजेबाट मतगणना कार्य सुरु हुने बताएका छन् ।...
उदयपुरगढीको ८ वडा मध्ये ४ वडामा गठबन्धन विजय

उदयपुरगढीको ८ वडा मध्ये ४ वडामा गठबन्धन विजय

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ३ गते । उदयपुरको उदयपुरगढी गाउँपालिकाको ८ वटै वडामा मतगणना सम्पन्न भएको छ । ८ वटा वडा मध्ये ४ वडामा गठबन्धनले जित हासिल गरेको छ भने २ वडामा काँग्रेस, १ वडामा एमाले र १ वडामा स्वतन्त्र उम्मेदवारले जिते हो । वडा नं. १ मा एकिकृत समाजवादीबाट दिलबहादुर राना मगर वडाअध्यक्षमा निर्वाचित भएका छन् । महिला सदस्यमा केशरकुमारी चापागाई र दलित महिला सदस्यमा नरमाया सार्की एसबाट निर्वाचित भएका छिन् । ३ नम्बर वडामा प्यानलै माओवादीको आएको छ । वडाअध्यक्षमा मनोजकुमार कार्की, महिला सदस्यमा विष्णुमाया जर्घा मगर, दलित महिला सदस्यमा गौरीमाया कामी छिन् । यता खुल्ला सदस्य तर्फ नरदल विश्वकर्मा र सन्तोष मगर निर्वाचित भएका छन् । वडा नं. ४ मा माओवादीबाट रामबहादुर घलेले वडा अध्यक्षमा जितेका छन् । महिला सदस्यमा स्वतन्त्र उम्मेदवार मिनाकुमारी तामाङ र दलित महिला सदस्यमा सोना कुमारी मोते छिन् । खुल्ला सदस्...
लिम्चुङबुङ गाउँपालिकाको ५ वडामा कस्ले कहाँ जिते ?

लिम्चुङबुङ गाउँपालिकाको ५ वडामा कस्ले कहाँ जिते ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ३ उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकाका ५ वटा वडाको मत गणना सकिएसँगै वडा अध्यक्षहरु विजय भएका छन् । ५ वटा वडा मध्ये २ वडामा माओवादी र १–१ वडामा ज.स.पा.र काग्रेसले जित हासिल गरेको छ भने १ वडामा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेको छ । १ नं. वडामा माअ‍ेवादीबाट अध्यक्षमा जनदिप मगर विजय भएका छन । खुल्ला सदस्यमा माओवादीबाट होम बं. राई र काग्रेसबाट नविन कुमार राई निर्वाचित भएका छन भने महिला सदस्यमा माओवादीबाट अन्जु राई र दलित महिला सदस्यमा देवी कुमारी कामी निर्वाचित भएकी छिन । २ नं. वडामा माओवादीबाट अध्यक्षमा जितेन्द्र राई विजय भएका छन । खुल्ला सदस्यमा माओवादीबाट भिम चन्द्र रार्ई र काग्रेसबाट केवल वानिया निर्वाचित भएका छन भने महिला सदस्यमा माओवादीबाट जमुना कुमारी कार्की र दलित महिला सदस्यमा प्रिथि रसाईली निर्वाचित भएकी छिन । ३ नं. वडामा स्वतन्त्रबाट अध्यक्षमा गुरु म...
रौतामाईको ८ वडामा कस्ले कहाँ जीते ?

रौतामाईको ८ वडामा कस्ले कहाँ जीते ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ३ गते । उदयपुरको रौतामाई गाउँपालिकाको ८ वटै पालिकामा मतगणना सकिएको छ । रौतामईको अध्यक्षमा गठबन्धनका उम्मेदवार विरेन्द्रकुमार मगर ४३०५ मतका साथ विजयी भएको छन् । उपध्यक्ष पदमा नेपाली काँग्रेसबाट भूपिद्रबहादुर थापा ३६९९ मतका साथ जित हासिल गरेका हुन् । रौतामाईमा ५ वटा वडामा नेकपा एमालेले जीत हासिल गरेको छ । यता २ वटा वडामा काँग्रेसले विजय गरेको छ । माओवादी केन्द्रले भने १ वटा वडामा मात्रै जीतेको छ । रौतामाईको वडा नं. १ मा एमालेबाट प्यानलै विजयी भएको छ । अध्यक्ष पदमा रुद्रबहादुर कार्की ४२६ मतका साथ विजय भएका छन् । त्यस्तै महिला सदस्यमा ज्ञानकुमारी मग, दलिद सदस्यमा फूलमाया वि.क.र खुल्लामा तिलकबहादुर खड्का, मंगलबहादुर तामाङ्गले जीत हात पारेको छ । वडा नं. २ मा पनि एमालेको प्यानलले जितेको छ । वडाध्यक्षमा होमबहादुर दाहालले ५२३ मतका साथ जितेका छन् । महिला सदस्यमा चित्र रेखा हुमागा...
ताप्ली गाउँपालिकाको ५ वडामा कस्ले कहाँ जिते  ?

ताप्ली गाउँपालिकाको ५ वडामा कस्ले कहाँ जिते ?

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ३ उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाका ५ वटा वडाको मतगणना सकिएसँगै वडा अध्यक्षहरु विजय भएका छन् । ताप्लीमा प्रमुखमा ढुङ्गराज विश्वकर्मा १७८७ मतका साथ विजय भएका छन भने उपप्रमुखमा धनमाया मगर २५८६ मतका साथ विजय भएकी हुन । ५ वटा वडा मध्ये २ वडामा एमाले र २ वडामा काग्रेसले जित हासिल गरेको छ । यता एउटा वडामा गठबन्धनले जित हासिल गरेको छ । १ नं. वडामा एमालेको प्यानलै विजय भएको छ । ३९९ मत ल्याएर उद्धव हमाल वडा अध्यक्षमा विजय भएका छन भने वडा सदस्यहरु सरोज राई, तेज बं. राई, पदम माया सुनुवार र मन कुमारी सार्की विजय भएका छन् । २ नं. वडामा एमालेबाट २५८ मत ल्याएर छत्र बं. क्षेष्ठ विजय भएका छन । खुल्ला सदस्यमा काग्रेसबाट डोलराज राई र चक्र बं. राई निर्वाचित भएका छन भने एमालेबाट महिला सदस्यमा कविता राई र दलित महिला सदस्यमा तुलामाया सार्की निर्वाचित भएका छिन । ३ नं. वडामा काग्रेस...
बेलकामा अग्रता फराकिलो पार्दै गठबन्धन

बेलकामा अग्रता फराकिलो पार्दै गठबन्धन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ३ गते । उदयपुरको बेलका नगरपालिकामा गठबन्धनले फराकिलो अग्रता बनाउदँै लगेको छ । गठबन्धनबाट प्रमुखमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका अशोक कार्कीले ७०७६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्प्रर्धी एमालेका दुर्गा कुमार थापाले ५०९३ मत प्राप्त गरेको छ । एमालेका उम्मेदवार भन्दा गठबन्धनका उम्मेदवार १९८३ मतको फराकिलो अन्तरसहित अगाडी देखिएका छन् । प्रमुख पदमा गठबन्धनका अशोक कार्की फराकिलो मतान्तरसहित अगाडी देखिएपनि उपप्रमुखमा भने एमालेकी जिरा राई अगाडी छिन् । उनले ५८९४ मत प्राीत गर्दा गठबन्धनका मनोज तामाङ्गले ५२६९ मतसहित पछ्याइरहेका छन् ।...
सुनको मूल्य प्रतितोला रु ९६ हजार ७००

सुनको मूल्य प्रतितोला रु ९६ हजार ७००

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ३ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपास कारोबार भइरहेको छ । रासस...
नौ मतदान केन्द्रमा आज मतदान

नौ मतदान केन्द्रमा आज मतदान

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ३ गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार आज मतादान भइरहेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नपा–५ को नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माविको १ मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरको पिस क्रियटिभ एकेडेमीस्थित १ मतदान केन्द्र रहेको छ । राजनीतिक दल र उम्मेदवार तथा अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ । स्थगन भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न ...