Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

वडाअध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

Uncategorized
पूर्णपुष्टि, कार्तिक २० गते । काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो । रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।...

सुनको मूल्यमा वृद्धि

Uncategorized
पूर्णपुष्टि, कार्तिक २० गते । आज सुनको मूल्य एक हजार चाँर सय रुपैयाँले वृद्धि भएको छ । आज सुनको मूल्य ९४ हजार पाँच सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी ५० रुपैयाँले वृद्धि भएर तोलाको एक हजार दुई सय २५ रुपैयाँ कायम भएको छ । शुक्रबार बजारमा चाँदी एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।...

दाउराको चिर्पट प्रहार गरि श्रीमतीको हत्या

Uncategorized
पूर्णपुष्टि, कार्तिक २० गते । ओखलढुंगामा दाउरको चिर्पट प्रहार गरि श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–११ सोब्रु बस्ने कल्पना खड्का राईको हत्या गरेको अभियोगमा उनकै श्रीमान रामबहादुर राई पक्राउ परेको हो । उनलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । रामबहादुरले मादक पदार्थ सेवन गरी श्रीमतीसँग सामान्य विवादमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । चिर्पटले हिर्काउँदा कल्पनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।...

मतपत्र छपाइको काम सकियो

Uncategorized
पूर्णपुष्टि, कार्तिक १८ गते । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाईको काम सम्पन्न भएको छ । निर्वाचनका लागि आठ कारोड मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ । यसपटक मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगी कायम हुने मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको छ । प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरिएको हो । आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ । हाल पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका मतपत्रहरू प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी गरिरहेको छ । यसअन्तर्गत शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल...

बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार पठाइने

Uncategorized
पूर्णपुष्टि, कार्तिक १८ गते । जिल्ला अदालत, काठमाडौंले शुक्रबार बलात्कार आरोपी सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । ‘त्यही अनुसार उनलाई थुनामा पठाउने तयारी भइरहेको छ’, मैनालीले भने । लामिछानेले ५ भदौमा होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको भन्दै २१ भदौमा एकजना नाबालिकाले प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दिएलगत्तै प्रहरीले किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराएको थियो । लामिछाने चाहिँ त्यसबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमाइकामा थिए । पक्राउ पूर्जी जारी भएपछि उनलाई क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो । एक महिनासम्म अमेरिकामा लुकेका उनी अन्तर्राष्ट्रिय अपराध...

उदयपुरमा नमुना मतदान गरियो

Uncategorized
पूर्णपुष्टि, कार्तिक १८ गते । उदयपुरमा शुक्रबार नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले स्थित उदयश्री बहुमुखी क्याम्पसमा कार्यक्रम सम्पन गरिको हो । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा नमुना मदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । कार्यालयको अनुसार निर्वाचनको समयमा मतदातालाई मतदान गर्ने शिक्षाको अभाव हुँदा मतपत्र रद्द हुने सम्भावना बढी हुन्छ । मतपत्र सतप्रतिशत सहि गराउनका निम्ति सो कार्यक्रमको आयोजना गरिएको कार्यालयले जनाएको छ ।  ...

खुकुरी प्रहार गरी आमाको हत्या : छोरा पक्राउ

Uncategorized
पूर्णपुष्टि, कार्तिक १८ गते । ७० वर्षीया आमाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । काठमाडौंको सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङ बिहीबार आमाको हत्या अभियोगमा पक्राउ परेका हुन् । आफ्नै डेरा कोठामा जय बहादुरले खुकुरी प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।...

उदयपुरमा रबी लामिछानेको पार्टीबाट उम्मेदवार बनेका अधिकारीको चुनावी अभियान तिब्र

Uncategorized
पूर्णपुष्टि, कार्तिक १८ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उद्धव अधिकारीले उदयपुरमा चुनावी अभियान तिव्र बनाएको छ । अधिकारी उदयपुरको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । उनले १ नं क्षेत्रमा घरदैलो सहितका कार्यक्रम गरी अभियानलाई तिव्र बनाएको हो । अधिकारीका अनुसार हाल मतदाताहरुको घरघर गएर अमुल्य मत माग्ने काम भैरहेको जनाए । रबी लामिछाने नेतृत्वको पार्टी जनताको अधिकार र न्याय सुनिश्चित गर्ने पार्टी रहेको भन्दै घण्टीमा अत्यादिक मत हालेर आफुलाई बिजयी गराउन मतदाताहरुलाई आह्वान गरेका छन् । उनले पुरानो पार्टीहरु जनताको लागि भारी हुँदै गएको र यस्ता पार्टीले आश्वासन बाहेक केहि पुरा नगर्ने जनाउँदै नयाँ पार्टीमा भोट लगाउन मतदाताहरुलाई अनुरोध गरे । आफ्नो पार्टीमा भ्रष्टचार रहित उम्मेदवारी रहेको हँृुदा देश र जनताका समृद्धिका लागि यस पार्टीले नेतृत्व गर्न आवश्यक रहेको भन्दै ...

मोटरसाईकलको ठक्करबाट अधिकृत सुब्बाको मृत्यु

Uncategorized
पूर्णपुष्टि, कार्तिक १८ काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ । ३२ बर्षीया सुब्बा परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत रहेको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी सुब्बालाई ठक्कर दिँदा गम्भिर घाईते भएकी थिईन् । उनको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएको मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते भएका छन् । उनको उपचार महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।...

उदयपुरका तिन साईकल यात्रीले माहाकाली हुँदै मेची आएर यात्रा टुँङ्ग्याए

Uncategorized
पूर्णपुष्टि, कार्तिक १७ उदयपुरका तिन साईकल यात्रीले मेची माहाकाली यात्रा सफलता पूर्वक सम्पन्न गरेको छ । उदयपुरलाई पर्यटन क्षेत्रमा अघि बढाउन साईकल यात्रा बाट प्रचार प्रसार सहित स्वास्थ्यका लागि खेलकुद साईकलिङ भन्ने उदेश्य सहित यात्रामा निस्केका तिन जनाले यात्रा सफल पुर्वक सम्पनन गरेको हो । त्रियुगा नगरपालिका ७ चुहाडेका आङ पासाङ सेर्पा, त्रिनपा ११ का अबैध नारायण चौधरी र त्रिनपा १० का कृष्ण अधिकारीले मंगलबार मेची पुलमा आएर यात्रा सम्पन्न गरेको हो । उनिहरुलाई कार्तिक ४ गते त्रियुगा नगरपालिकाबाट मेयर वसन्त कुमार वस्नेतले भव्य विदाई गरेका थिए । यात्रामा सहभागी आङ पासाङ सेर्पाका अनुसार १० दिनमा आफ्नो यात्रा पुरा भएको जनाउनुभयो । कार्तिक ५ गते बाट सुरु गरिएको यात्रा १५ गते मेचीमा आएर टुँगिएको शेर्पाले जनाउनुभयो । माहाकाली पुल जुन नेपाल र इन्डियाको बोर्डरबाट यात्रा सुरु गरी मेची पुलमा आएर यात्रा ...