Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

घाँस काट्न गएका पुरुषको शव फेला

Uncategorized
पूर्णपुष्टि, कार्तिक २३ गते । सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मङ्गलबार सोलुखोलामा भेटिएको हो । कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए । घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका दाजु धनबहादुर कार्कीले जानकारी दिए । कार्कीले बोकेको हसिया र नाम्लो खोला किनारमा भेटिएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान अगाडी बढाइएको छ ।...

चुनाव जितेभने उदयपुरको यातायातमा बेतिथिलाई अन्त्य गर्छु  : बुढाथोकी

Uncategorized
पूर्णपुष्टि, कार्तिक २२ ठुला दलहरुको आडमा व्यक्तिको जग्गामा राखिएको लाईसेन्स परिक्षा (ट्रायल) दिने ठाउँलाई सार्वजानिक जग्गामा ल्याउने प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरी बुढाथोकीले प्रतिवद्ध जनाएको छ । स्वतन्त्र राजनितिक शक्ति नेपालको तर्फबाट उदयपुर क्षेत्र नं १ मा उम्मेदवारी दिएका बुढाथोकीले यातायात कार्यालयले जनताहरुलाई अत्यादिक लुटीरहेको जनाए । व्यक्तिगत जग्गामा भएको परिक्षा स्थानका कारण ठुला दलका केही व्यक्तिहरु मोटाउने काम गरेको आरोप लगाउँदै तत्काल सार्वजानिक स्थानमा ल्याई जनताहरुलाई सुविधा सहज दिने उनले बताए । आफ्नै सवारीमा जवरजस्ती ट्रायल दिन लगाउने र पैसा लिएर सिकाउने प्रविद्धिको अन्त्य गर्दे निष्पक्ष परिक्षा बाट लाईसेन्स प्राप्त गर्ने प्रणालीको बिकास गर्ने बुढाथोकीको प्रतिवद्धता छ । परिक्षार्थीहरुलाई नियतबस त्यहाँका कर्मचारीहरुले फेल गराउँदै पैसा असुन्ले गरेको उनले जनाए । निष्...

२० दिन देखी हराएका व्यक्तिको शव सडेको अवस्थामा फेला

Uncategorized
पूर्णपुष्टि, कार्तिक २२ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ काप्राङका ५७ वर्षीय सञ्चार थिङको शव फेला परेको छ । भिमफेदी गाउँपालिका–८ दोभान खोलामा सडेगलेको अवस्थामा सोमबार बेलुकी शव फेला परेको हो । उनि गएको कार्तिक २ गते देखी परिवारको सम्पर्कमा आएका थिएनन् । मृतकका छोराले कपडाको आधारमा शवको पहिचान गरेको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।...

अवैध गाँजा सहित दुई जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, कार्तिक २२ सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्कारपियो चालक इटहरी उपमहानगरपालिका–४ सुनसरीका ३१ बर्षीय मनिस दर्नाल र सहचालक ३१ बर्षीय योगेन्द्र बजगाई रहेका छन् । हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद गरेको हो । अवैध गाँजा बरामद भए सँगै चालक दर्नाल र सहचालक बजगाई समेतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...

साउनेको दियालेमा अटो दुर्घटना हुँदा एक बालकको मृत्यु, आठ घाईते

Uncategorized
पूर्णपुष्टि, कार्तिक २२ सोमवार साँझ भएको अटो दुर्घटनामा एक बालकले ज्यान गुमाएको छ । त्रियुगा नगरपालिका १४ साउनेको दियाले स्थित प्र १–०५–००१ ह ००२७ नम्बरको अटो दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । अन्य आठ जना घाईते भएको छ । क्षमता भन्दा बढी यात्रु बोकेको उक्त अटो साउनेबाट गाईघाट तर्फ आउँने क्रममा अचानक ब्रेक फेल भई सडक छेउको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए । अटोमा क्षमता भन्दा बढी सवार रहेकोले पनि ब्रेक फेल भएको हुन सक्ने प्रहरीले जनाएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका ४ का तिर्थ मगरको ५ वर्षिय छोरा नुजल मगरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीले जानकारी दिए । अन्य आठ जना सामान्य घाइते भएका छन् उनले भने। घाइते हुनेहरुमा त्रियुगा नगरपालिका ४ बगहा बस्ने ४७ वर्षिय लिला...

उदयपुरको जितेन्द्र रोईलाले गरे हिमालको सफल आरोहण

Uncategorized
पूर्णपुष्टि, कार्तिक २१ उदयपुरको जितेन्द्र राईलाले हिमालको सफल आरोहण गरेको छ । राईलाले महालङ्गुर हिमशृङ्खला अन्तर्गत पर्ने ६४७० मि. अग्लो हिमाल आरोहण गरेको हो । उनि त्रियुगा नगरपालिकाको पर्यटन सल्हाकार तथा उदयपुर साईकलिङ्ग संघका अध्यक्ष समेत हुन् । भिजिट त्रियुगा २०२३ त्रियुगा नगरपालिका उदयपुर गाईघाट लेखेको व्यानर बोकेर हिमाल आरोहण गरेको हो । त्रियुगा नगरपालिकाको मेयर बसन्त बस्नेतले नगरपालिकाको व्यानर लियर ६४७० मि.अग्लो हिमाल आरोहण गर्न सफल भएकोमा जितेन्द्रलाई बधाई दिएको छ । उपमेयर महेश्वरी राईले पनि बधाई दिएका छन् । त्रियुगा नगरपालिकालाई बिस्वमै चिनाउन तपाईका पाईला अगाडी बढुन भन्दै हार्दिक शुभकामना दिएको छ ।...

राष्ट्रपतिद्धारा २० करोड लगानिमा बनेको अस्पतालको उद्घाटन

Uncategorized
पूर्णपुष्टि, कार्तिक २१ ग्ते । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा निर्मित १५ शैयाको हिमालयन शेर्पा अस्पतालको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । आइतबार सोलुखुम्बुको खुम्बु पासाङ ल्हमू गाउँपालिका– ३ फाक्दिङमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले हिमालयन शेर्पा फाउण्डेशनले २० करोड लागतमा निर्माण गरेको अस्पतालको उद्घाटन गरेकी हुन् । ओपिडी, ल्याब, प्रसुती, माउण्टेन मेडिसिन सेवा सुविधा रहेको अस्पतालबाट खुम्बु पासाङ ल्हमू ३ का फाक्दिङ क्षेत्रका ११ वटा बस्तीका र पर्यटक गरी करिब १० हजार नागरिक लाभान्वित हुने हिमालयन शेर्पा फाउण्डेशनका अध्यक्ष फुर्वा ग्याल्जे शेर्पाले जानकारी दिए । यसअघि उपचारका लागि स्थानीय लुक्ला वा नाम्चे धाउनुपर्ने बाध्यता थियो । फाउण्डेशनका अध्यक्ष शेर्पाका अनुसार स्थानीयको माग अनुसार निशुल्क उपचार सेवा प्रवाह गर्ने गरी अस्पतालको निर्माणको योजना अघि सा...

विद्युत चोरी गर्ने १० जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, कार्तिक २१ गते । नेपाल विद्युत प्रधिकरण पोखरिया वितरण केन्द्रले विद्युत चुहावट गर्ने पर्साका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मुडलीका राजकुमार बिन, गमहरियाका बिनोद साह, रमेश तिवारी, बहुअरीका झोटी यादव, चैनपुरका नन्दु प्रसाद यादव, बागेश्वरीका बृजलाल कुर्मी, रघुनाथपुरका ताहिर अँसारी, एकटाँगाका बिजय यादव, लालबाबु यादव, कन्चनपुरका जैनाथ पासवानलाई पक्राउ गरिएको हो । विद्युत तारमा हुकिङ गरी विद्युत चोरी गरेर प्रयोग गर्दै आएका १० जनालाई पक्राउ गरिएको विद्युत प्राधिकरणले पोखरिया वितरण केन्द्रले जनाएको छ । गस्ती टोलीले चोरीको विद्युत प्रयोग गरेर सञ्चालन गर्ने गरिएको पानी तान्ने मोटर २ थान, बाईपास गरिएको मिटर र फ्रिज पनि बरामद गरेको छ । विद्युत प्राधिकरण बितरण केन्द्र पोखरियाको विद्युत चुवाहट नियन्त्रण टोली, ईलाका प्रहरी कार्यालय पोखरियाको टोली र सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्प...

धरानमा भोलि सार्वजनिक बिदा

Uncategorized
पूर्णपुष्टि, कार्तिक २१ गते । धरान उपमहानगरपालिकाले कार्तिक २२ गते भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कात्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले आज एक विज्ञप्ति निकालेर उपमहानगरपालिकाभर मंगलबार सार्वजनिक बिदा दिने जानकारी दिएको हो । विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवालगायतका कार्यालयमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।...

सवारी दुर्घटना हुँदा ११ दिने शिशुको मृत्यु : ६ जना गम्भीर

Uncategorized
पूर्णपुष्टि, कार्तिक २१ गते । धनुषामा आफै गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक नवजात शिशुको ज्यान गएको छ, भने ६ जना गम्भीर घाइते भएका छन् । जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया गाउँपालिका नजिक हिजो दिउँसो अनियन्त्रित भई दुर्घटना भएको हो । सो दुर्घटनामा ११ दिने नवजात शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीकाअनुसार ६ जना गम्भीर घाइते भएका छन् । उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन् । गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार नजिकैको सेन्ट्रल हस्पिटलमा भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।...