असफल पार्टी र पुराना नेताहरुलाई बाराम्वार भोट हालेर देशको भविष्य नबिगार्नुस : लिङ्देन
Uncategorized
पूर्णपुष्टि, कार्तिक
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले एउटै पार्टीलाई जनताहरुले भोट हालेर नेतृत्वमा पुराईरहे देशको भविष्य अझै धरापमा पर्दै जाने जनाएको छ । चुनावी आमसभामा उदयपुरको बेल्टार आएका लिङ्देनले ठुला र पुराना असफल पार्टीहरुले देशलाई थप संकटमा पारीसकेको संकेत गरे । पटक पटक गरी ५ चोटी प्रधानमन्त्री बनिसकेको शेरबहादुर देउवाले अब ६ चोटी प्रधानमन्त्री बनेर यो देश बन्छ भन्नु बेकार हैन ? उनले आमसभामा उपस्थित जनताहरु समक्ष प्रश्न गरे,“
ठुला पार्टी जनताहरुका बिच असफल भैसकेको र जति नेतृत्वमा पुग्दा पनि उनिहरु आफुमात्रै बन्ने तर देश बनाउन नसक्ने कुरा उपस्थितिहरु समक्ष लिङ्देनले राखे, उनले यो नेतृत्व छान्ने समय पनि भएको हुँदा मंसिर ४ को चुनावमा हलोमा भोट हान्न समेत अनुरोध गरे । भ्रष्टचार गरेर खानु आमाको खुन चुस्नु सोसहर रहेको कुरा पटक पटक प्रस्टाउँदै यसको न्युनिकरण गरी देश र ज...
