Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

निर्वाचनमा खटिने उदयपुरका पर्यवेक्षकलाई अभिमुखिकरण तालिम

Uncategorized
पूर्णपुष्टि, कार्तिक २७ गते । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) उदयपुरले शनिबार निर्वाचनमा खटाईने पर्यवेक्षकलाई एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि छनौट भएका १५ जनालाई त्रियुगा नगरपालिक–१२ गाईघाटमा तालिम दिइएको हो । छनौटमा परेका पर्यवेक्षकहरुले मंसिर ४ गतेका दिन स्वच्छ निष्पक्ष विवरण टिपोट गरि नियोकमा बुझाउनु पर्ने छ । खटिएको निर्वाचन स्थलको सम्पूर्ण जानकारी पर्यवेक्षकले पाँच वटा एस्एम्एस् मार्फत नियोकमा पढाउनु पर्ने नियोक उदयपुरका अध्यक्ष ललित शाहले बताउनुभयो । जिल्लाको सबै पालिकामा निर्वाचनका दिन नियोकले कर्मचारी परिचालन गर्ने शाहले जानकारी दिनुभयो । पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिता, उत्तर दायित्व तथा वहन गर्नु पर्ने जिम्मेवारीको विषयमा नियोक उदयपुरको सचिव ब्रजेस काफ्लेले एक रिर्पोट प्रस्तु...

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, कार्तिक २७ गते । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ झापा घर भई बुद्धशान्ति–३ मा बस्दै आएका ३१ बर्षीय मोहमद हुसेन रहेका छन् । हिजो राती ९ बजे लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट खटिएको प्रहरी  टोलीले चेकजाँचको क्रममा हुसेनको साथबाट १०२ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।प्रहरीका अनुसार मेचीनगर–८ का बिकाश राजबंशीको कोठामा लुकाई राखेको २५ ग्राम २५० मिलि ग्राम ब्राउ सुगर र डिजिलट तराजु १ थान समेत बरामद भएको छ । बिकाश राजबंशी घरकोठामा नरहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका हुसेनको इलका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।...

अटो दुर्घटनामा नातिबाजेको मृत्यु

Uncategorized
पूर्णपुष्टि, कार्तिक २७ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ स्थित भित्रि सडक खण्डमा अटो दुर्घटना हुँदा नातिबाजेको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथिभरा याङबरक गाउँपालिका–१ का ७५ बर्षीय धन बहादुर गुरुङ र ११ बर्षीय इशान गुरुङ रहेका छन् ।हिजो बिहान साढे ६ बजे खोक्सेबाट सुकेटारतर्फ जादै गरेको प्रदेश १–०२–००३ ह ३९०० नम्वरको अटो टेम्पो अनियन्त्रित भई सडकबाट तल खस्दा उनिहरुको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाईते भएका चालक गंगा राम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।...

पत्रकार सरोजराज अधिकारी होटलको पंखामा झुन्डिएको अवस्थामा फेला

Uncategorized
पूर्णपुष्टि, कार्तिक २५ गते । पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले बताए । एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए । उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन् । प्रहरीका अनुसार निवेदन परेपछि अधिकारीको मोबाइल टर्याक गर्दा सुन्धारको एक होटलमा देखियो । होटलमा उनको नाम इन्ट्री गरिएको थियो । प्रहरी तथा उनकी श्रीमती कोठामा गई जाँच गर्दा अधिकारी पंखामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी परिसर काठमाडौंले जनाएको छ । अधिकारीको मृत्यु ६ बजेदेखि ७ बजेभित्र भएको अनुमान भए पनि उनी दुई दिनदेखि त्यहीँ बसेको देखिएकाले यकिन नभइसकेको प्रहरीले जनाएको छ । अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक...

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताले चितवनमा सम्बोधन गर्ने

Uncategorized
पूर्णपुष्टि, कार्तिक २५ गते । लोकतान्त्रिक–वाम गठबन्धनले भोली शनिबार चितवनमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु आउने भएका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईले सम्बोधन गर्ने छन् । यस्तै नेकपा (एमाले) ले पनि चितवनमा चुनावी सभा गर्दैछ । कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने छन् ।...

निर्वाचन सम्बन्धित सूचना कल सेन्टरबाट

Uncategorized
पूर्णपुष्टि, कार्तिक २५ गते । निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पु¥याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ । आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नं. ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सक्नेछन् । २४ घण्टा नै खुला रहने यो फोन नं. मा बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्येक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिनेछन् भने त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वतः रेकर्ड हुने व्यवस्था छ । जसको जवाफ पछि कर्मचारीहरूले दिने छन् ।...

एमाले एक्लौ छैन : ओलीले खुलाए जसपा र राप्रपासँग तालमेल गर्नुको कारण

Uncategorized
पूर्णपुष्टि, कार्तिक २५ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जनता समाजवादी पार्टी र राप्रपासँग तालमेल गरेको बताएका छन् । आज धरानको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले एक्लै नरहेको प्रमाणितका लागि तालमेल गरिएको बताएका हुन् । ‘कांग्रेस र माओवादीले एमाले एक्लै छ एक्लै छ भनेपछि त्यसो होइन भनेर देखाउनका निम्ति विदेशीको इशारामा नचल्ने पार्टीसँग हामीले तालमेल ग¥यौं,’ ओलीले भने । ‘गठबन्धनमा रहेका हुँडारहरूको जत्थाले चारतिरबाट सिध्याउन खोजे तर एमाले सिधिन्नेवाला छैन,’ ओलीले भने । सत्ता गठबन्धनबाट बाहिरिएपछि एमालेले जसपासँग सहकार्य गरेको ओलीले बताए । एमालेसँगको सहकार्यपछि जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्ने उनको भनाइ छ ।...

कटारी ६ मा एमाले परित्याग गरि ७ जना माओवादीमा प्रवेश

Uncategorized
पूर्णपुष्टि, कार्तिक २५ गते । उदयपुरको कटारी नगरपालिका–६ मा गरिएको गठबन्धनको चुनावी सभामा नेकपा एमालेका ७ जना कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले परित्याग गरेर तविलाल सार्की, खबी बहादुर सार्की, उद्धव बहादुर सार्की, मिन बहादुर सार्की, कमल बहादुर सार्की, निर बहादुर राई र ज्ञान कुमार सार्की माओवादीमा प्रवेश भएका हुन् । उनीहरुलाई नेकपा माओवादीका नेता तथा संविधान सभा सदस्य मोहन खत्री, जिल्ला अध्यक्ष विनोक कटुवाल दिवसले अविरमाला लगाएर स्वागत गरेका हुन् । चुनावी सभामै नवप्रवेशीहरुलाई नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगनाथ खतिवडाले बधाई दिएका थिए ।...

आगोबाट जली ५ वर्षीय बालकको मृत्यु

Uncategorized
पूर्णपुष्टि, कार्तिक २४ गते । भोजपुरको हतुवागढी गाउँपालिका–५ स्थितमा आगोलागी हुँदा ५ वर्षीय बालकको जली मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे हतुवागढी–५ का शन्त बहादुर राईको भान्साकोठामा खाना पक्राउने क्रममा ग्याँस लिक भई आगलागी हँदा आयुष राईको मृत्यु भएको हो । बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठामा आगलागि भएको थियो । आगलागिबाट राईको ३० वर्षीय  श्रीमती आशाराई र ५ वर्षीय छोरा जली घाईते भएकोमा स्थानिय स्वास्थ्य केन्द्र घोडेटारमा प्राथमिक उपचार पश्चात दुबैलाई थप उपचारको लागि घोपा धरान लैजादैँ गर्दा आयुषको बाटोमा नै मृत्यु भएको हो । उक्त आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...