Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

सोमवारदेखी अत्याधिक बर्षाको सम्भावना

सोमवारदेखी अत्याधिक बर्षाको सम्भावना

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३१ असार । हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि आजबाट केही मात्रामा कम वर्षा भएको छ । आज राति पनि भारी वर्षाको सम्भावना छैन । “मनसुन आज र भोलिलाई सामान्य छ । शनिबार र आइतबारको तुलनामा सोमबार र मङ्गलबार बढी वर्षा हुने सम्भावना छ । भोलि दिउँसोका लागि विगतको तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ”, उनले भने । उनको भनाइमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा ...
ठमेलमा होटल संञ्चालकलाई हातपात गर्ने ७ जना पक्राउ

ठमेलमा होटल संञ्चालकलाई हातपात गर्ने ७ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३१ असार । ठमेलस्थित क्लब ओम्नियामा झगडा गरेको आरोपमा ७ जना पक्राउ परेको छ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ सहित ७ जनालाई प्रहरी पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी ९एसपी० सिताराम रिजालका अनुसार असार १५ मा क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर सानुभाइ सहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेर भागेका थिए । सानुभाइ इन्काउन्टरमा मारिएका ‘गुन्डा नाइके’ कुमार श्रेष्ठ ‘घैटे’का सहयोगी थिए । काठमाडौँको गुन्डा समूहमाथि निगरानी गरिरहेका एक जना प्रहरी अधिकृतका अनुसार अहिले सानुभाइ ‘समीरमान सिंह बस्नेत बाहेक अरूलाई मान्दिनँ’ भन्छन् । पोखराबाट पछ्याएर थानकोट पुगेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । ओम्निया क्लबमा भएको झगडामा संलग्न आरोपमा पक्राउ पर्नेमा सानुभाइ सहित टोखा घर भएका ३३ वर्षीय ...
खैराझोडामा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुई गम्भीर घाईते

खैराझोडामा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुई गम्भीर घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ३१ । उदयपुरको चौदण्डीगढी नगरपालिका १० खैराझोडामा मोटरसाईकले पैदल यात्रीलाई ठक्कर दिँदा मोटर साईकल चालक र पैदल यात्री दुवै गम्भीर घाईते भएको छ । मदन भण्डारी राजमार्ग स्थित बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको स ८ प ४६५२ नं को मोटरसाईकलले बाटो क्रस गर्दै गरेको सोही ठाउँको ४५ बर्षिय उदेश राईलाई ठक्कर दिएको थियो । राईको अनुहार र टाउकोमा गम्भीर चोट लागेको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । यस्तै मोटर साईकल चालक चौदण्डीगढी ३ बसाहाका २९ बर्षिय रबिन्द्र राई पनि गम्भीर घाईते भएको कार्यालयले जनाएको छ । राईको अनुहार र देव्रे खुट्टामा चोट लागेको छ । घाईते दुवैलाई उपचारको लागि धरान घोपा पठाईएको छ ।...
इन्टर मियामीसँग मेसीले गरे आधिकारीक सम्झौता, २०२५ सम्म खेल्ने

इन्टर मियामीसँग मेसीले गरे आधिकारीक सम्झौता, २०२५ सम्म खेल्ने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ३१ । अमेरिकी क्लब इन्टर मियामीले अर्जेन्टाइन स्टार लिओनल मेसीलाई आधिकारीक रुपमा अनुबन्ध गरेको छ । ३६ बर्षीय विश्व विजेता मेसीले शनिबार २०२५ सम्मका लागी मियामीको सम्झौता हस्ताक्षर गरेका हुन । २०२१ मा स्पेनिस क्लब बार्सिलानाबाट फ्रेन्च क्लब पिएसजी पुगेका मेसीले गत सिजन पिएसजी छाडेका हुन् । मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘ अमेरिकामा इन्टर मियीसँग आफ्नो खेल जीवनको नयाँ सुरुआतका लागि म निकै उत्साहित छु ‘उनले भने’ यो उत्कृष्ट अवसर हो र हामी सबै मिलेर यसलाई राम्रो प्रोजेक्ट बनाउनुपर्छ ।’ मेसीले पहिलो पटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् । मेसीले यहि जुलाई २१ मा क्रुज अजुल विरुद्ध मियामीका लागी डेब्यु खेल खेल्ने भएका छन् । इन्टर मियामीको ओर डेभिड बेकहमले मेसी अनुबन्ध पछि सपना पूरा भएको बताएका छन् । गत बर्ष अर्जेन्टिनालाई तेस्रो विश्वकपको उपा...
आजदेखि भंगहासम्म चल्ने भयो जनकपुर–जयनगर रेल

आजदेखि भंगहासम्म चल्ने भयो जनकपुर–जयनगर रेल

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ३१ । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा आजदेखी महोत्तरीको भंगहासम्म चल्ने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको जानकारी दिए । थप १७ किलोमिटर रेल सेवाको उद्घाटन महोत्तरीको भंगहा स्टेशनमा आज बिहान साढे १० बजे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाबाट गरिने महाप्रबन्धक झाले बताए । उद्घाटन कार्यक्रममा सहभागी हुन यातायातमन्त्री ज्वाला आज महोत्तरी आउँदै छन् । यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो भने आजबाट १७ किलोमिटर थप भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।...
चार्जमा रहेको फोन उठाउदा करेन्ट लागी महिलाको मृत्यु

चार्जमा रहेको फोन उठाउदा करेन्ट लागी महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ३० । चार्जमा रहेको फोन उठाउदा करेन्ट लागी झापामा एक महिलाको मृत्यु छ । मृत्यु हुनेमा गौरीगन्ज गाउँपालिका–१ टुनु बस्तीकी ५५ बर्षीय सिला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शुक्रबार दिउँसो ३ बजे करेन्ट लागी घटना स्थलमै मृत्यु भएको डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । खेतमा काम गरेर घर फर्किएकी उनले चार्जमा राखेको फोन आएपछि मोबाइल उठाउँदा करेन्ट लागेको थियो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा पर्याप्त वर्षात नभएपछि असार अन्तिमसम्म २५ प्रतिशत मात्र रोपाई

उदयपुरमा पर्याप्त वर्षात नभएपछि असार अन्तिमसम्म २५ प्रतिशत मात्र रोपाई

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ३० । उदयपुर जिल्लामा पर्याप्त वर्षात नभएपछि असार अन्तिमसम्म २५ प्रतिशत मात्र धान रोपाई भएको छ । असार सकिनै लाग्दा पनि भनेजस्तो बर्षात नभएपछि जिल्लामा रोपाई हुन नसकेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । केन्द्रका कृषी प्रसार अधिकृत महेश कुमार चौधरीका अनुसार बर्षेनी १४ हजार ९ सय ३४ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको याहाँ हालसम्म २५ प्रतिशत मात्र रोपाई भएको छ । गत बर्ष जिल्लामा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान खेति गरिएको थियो भने यसवर्ष असार अन्तिमसम्म ३ हजार ७ सय ३३ हेक्टरमा मात्र धान रोपाई भएको छ । समयमा वर्षा नभएपछी धान रोपाई प्रभावित भएको छ ‘अधिकृत चौधरीले भने’ वर्षा सुरुभएपछी रोपाई बढ्नेछ । किसानहरुले १४ सय ५४ हेक्टरमा लगाएको चैते धान उठाईसक्न लागेको र बर्षा नभएको कारण उठाउन सजिलो भएको उनले बताए । जिल्लाको उदयपुरगढी गाउँपालिकाको नेपालटार र कटारी...
उदयपुरमा ‘गाइघाट कोरा च्यालेन्ज’ २०८०

उदयपुरमा ‘गाइघाट कोरा च्यालेन्ज’ २०८०

Breaking News 1
पूर्णपुष्टि, ३० असार । उदयपुरमा “गाईघाट कोरा च्यालेन्ज २०८०” कार्यक्रमको आयोजना गरिएको छ । त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले शनिवार पिपलचोकमा कोरा च्यालेन्ज २०८० लाई उद्घाटन गर्दे कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमलाई उदयपुर साइक्लिङ संघले आयोजना गर्नुका साथै त्रियुगा नगरपालिकाले सहयोग गरेको छ । संघका अध्यक्ष जितेन्द्र रोइलाका अनुसार निश्चित गोलाकार दुरीमा आफुले आफैलाई च्यालेन्स गरेर साइक्लिङ कला प्रस्तुत गर्ने कार्यक्रम हो यो । पाचौ संस्करणको रुपमा आयोजना हुर्दै गरेको यो च्यालेन्ज साढे पाँच किलोमिटरको रहेको छ । वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा साइक्लिङ गर्ने विशेष कार्यक्रम रहेको रोईलाको भनाई छ । साईकलिङ गाईघाट बजारबाट सुरु भई त्रियुगा नगरपालिकाको ११ नं। वडा, १२ नं।, १३ नं। हुदै ३ नं। देखि क्रमशः १० नं। वडासम्म अर्थात गाईघाट–पुरानोगाईघ...
उदयपुरमा ‘प्रथम सेभेन ए साईड झरी च्यालेन्ज फुटबल कप २०८०’ सुरु

उदयपुरमा ‘प्रथम सेभेन ए साईड झरी च्यालेन्ज फुटबल कप २०८०’ सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार २९ । जिल्लाको त्रियुगा नगरपालिका-१० बोक्से (खशीबजार)मा ‘प्रथम सेभेन ए साईड भरी च्यालेन्ज फुटबल कप २०८०’ सुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ नयाँ बस्ती फुटबल क्लबको आयोजनामा शुक्रबार देखि झरी च्यालेन्ज फुटबल कप सुरु भएको हो । आजबाट सुरु भएको उक्त कपको उद्घाटन त्रियुगा नगरपालिका वडा नम्बर १०का वडाअध्यक्ष किरण पाण्डेले गरेका थिए । नयाँ बस्ती फुटबल क्लबका अध्यक्ष हेम राईका अनुसार यस कप आगामी साउन १४ गतेसम्म संचालन हुने जनाएको छ । त्रियुगा नगरपालिका अन्तरगतका बिभिन्न १६ वडाका टिमहरुले प्रतियोगितामा सहभागिता जनाएको छ । प्रतियोगिताको उपाधी टिमले नगद २५ हजार रूपैयाँ सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपबिजेता टिमले नगद १५ हजार सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छ ।...
न्युनतम सेवा सुविधा सुधार मुल्याङकनमा कटारी अस्पत्ताललाई ८० अंक प्राप्त

न्युनतम सेवा सुविधा सुधार मुल्याङकनमा कटारी अस्पत्ताललाई ८० अंक प्राप्त

Breaking News 1
पूर्णपुष्टि, २९ असार । कटारी कटारी अस्पत्तालले न्युनतम् सेवा सुविधामा सुधार गरेको छ । नगर अस्पत्तालको सेवा मापदण्ड लेखाजोखा मूल्याकंन गर्दा कटारी अस्पत्तालले ८० प्रतिशत सेवा दिईरहेको पाईएको हो । प्रदेश र केन्द्र सरकारको स्वास्थ्य क्षेत्रका जानकारहरुले मापदण्ड बमोजिम लेखा जोखा गर्दा ८० प्रतिशत सेवा दिईरहेको पाईएको हो । लेखाजोखाको मापदण्ड बमोजिमको निरिक्षण गर्न केन्द्र सरकार मातहतबाट मदन भण्डारी ट्रमा सेण्टरका मेडिकल सुपरिटेण्डेट रवि साहको नेतृत्वमा प्रदेश अन्तर्गतका स्वास्थ्यकर्मीहरु अस्पत्ताल आईपुगेका थिए ।मापदण्ड बमोजिम अनुगमन गर्दा कटारी अस्पत्तालले ८० नम्बर प्राप्त गरेको कटारी अस्पत्तालका व्यवस्थापन समिति सदस्य पवन श्रेष्ठले बताउनुभयो । शूक्रबार एक कार्यक्रमका वीच प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सुधार ल्याउन अस्पत्तालका कार्यालय सहयोगी देखि लिएर मेडिक...