Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

हेलिकोप्टर दुर्घटना :  दुर्घटनामा परेका पाँच जनाको शव भेटियो

हेलिकोप्टर दुर्घटना : दुर्घटनामा परेका पाँच जनाको शव भेटियो

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २६ । सोलुखुम्बुको सुर्केबाट काठमाडौका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पाँचजनाको शव भेटिएको भने थप एकजनाको खोजी भइरहेको छ । मंगलवार मनाङ एयरको नाइन एन(एएमभी कलसाइनको हेलिकोप्टर लामजुराडाँडामा बिहान ९स्५२ मा दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक नीराजन बस्नेतले बताए । उनले घटनास्थलमा दुई घण्टा पैदल हिँडेर पुगेको र त्यहाँको मौसम अहिले हुस्सु लागेको अवस्था रहेको जनाए । दुर्घटनामा मृत्यु भएकाहरुलाई कानुनी प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी रहेको पनि बस्नेतले जानकारी दिए । उनले यसका लागि काठमाडौंबाट एउटा हेलिकोप्टर घटनास्थलमा आइपुगेको पनि जानकारी दिए ।...
सम्पर्क बिहिन मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडाँमा दुर्घटना भएको आशंका

सम्पर्क बिहिन मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडाँमा दुर्घटना भएको आशंका

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ असार । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ । लामाजुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए । मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको छ । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् । हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिएको ठाउँ प्रहरी चौकीबाट साढे २ घण्टाको दुरीमा छन् । जिल्ला सदरमुकामबाट पनि प्रहरी टोली घटनास्थल तर्फ लागेको डीआईजी बास्तोलाले जानकारी दिए । सदरमुकामबाट लामाजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।...
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ असार । लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो। ‘पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन,’ सिटौलाले भने । हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन्। हेलिकप्टरका पाइलट नेपाली हुन्।...
आज विश्व जनसंख्या दिवस

आज विश्व जनसंख्या दिवस

समाचार
पूर्णपुष्टि,असार २६ । विश्व जनसंख्या दिवस नेपालमा आज पनि मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसङ्ख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता जनसङ्ख्या एक अर्ब पुग्न करिब तीन लाख वर्ष लागेको थियो । सन् २०२३ को जनसङ्ख्या दिवसमा आइपुग्दा पछिल्लो १२ वर्षमै एक अर्ब जनसङ्ख्या थपिएको छ । यससँगै संसारको जनसङ्ख्या आठ अर्ब पुगेको पनि भर्खरै घोषणा गरिएको थियो । विश्व जनसङ्ख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या प्रतिवेदन अनुसार‚ १५ नोभेम्बर सन् २०२२मा संसारको जनसङ्ख्या आठ अर्ब पुगेको अनुमान गरिएको हो । यस प्रतिवेदनले सन् २०२३ मा संसारको सर्वाधिक जनसङ्ख्या हुने देशको पहिलो सूचीमा भारत उक्लिने देखाएको छ। यसअघि चीनमा संसारकै ...
बैतडीमा लम्पी स्किनको डर लाग्दो रुप, ९ हजार मेर, ६४ हजार पशुमा संक्रमण

बैतडीमा लम्पी स्किनको डर लाग्दो रुप, ९ हजार मेर, ६४ हजार पशुमा संक्रमण

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ असार । बैतडीमा लम्पी स्किन रोगले भयानक रुप लिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका अनुसार रोग प्रकोपको रुपमा फैँलिदै नियन्त्रण बाहिर गएको जनाएको छ। यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए। यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७ घरपालुवा पशु सङ्क्रमित छन् । उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उहाँले बताए । लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरू र भैँसी बढी प्रभावित भएका छन्। उनले भने ‘लम्पी स्किनको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन । प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौं।’ लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्ति...
भारतको पहिरोमा एकै परिवारका तिन नेपालीको मृत्यु

भारतको पहिरोमा एकै परिवारका तिन नेपालीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि,२६ असार । भारतमा गएको पहिरोमा परी नेपाली परिवारको मृत्युृ भएको छ । भारतको हिमाचल प्रदेश, सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरी तीन जना नेपालीको मृत्यु भएको हो। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका(९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको सोमबार बिहान मृत्यु भएको आफन्त मुकुन्द खड्काले बताए। ‘देवबहादुर मेरी ठूली आमाको छोरा दाजु पर्नुहुन्छ,’ खड्काले भने, ‘दाजु, भाउजू र उहाँको छोराको पहिरोमा परेको खबर मलाई सँगै रहेका अन्य नेपालीले दिएका हुन्।’ त्रिवेणी गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर खड्काले पनि बिहान साढे १० बजेदेखि ११ बजेको बीचमा अविरल वर्षापछि झरेको पहिरोको कारण उनीहरूको मृत्यु भएको खबर पाएको बताए। क्यारामा विगत तीन(चार दिनदेखि अविरल वर्षा भइरहेको र उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको वडाध्य...
उदयपुरमा सचेतना जगाउँदै ट्राफिक सप्ताह सम्पन्न

उदयपुरमा सचेतना जगाउँदै ट्राफिक सप्ताह सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २५ । दुर्घटना न्यूनकिरणका लागि ट्राफिक सचेतना जगाउने उद्देश्यका साथ कोशी प्रदेश अनर्तगत उदयपुर सहित अन्य १४ जिल्लाहरुमा सञ्चालन भएको ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न भएको छ । सोमबार सदरमुकाम गाईघाटको बरुवा बकपार्क स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलको प्रमुख आतित्यतामा उक्त सप्ताह सम्पन्न भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफकि व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा गत मंगलवार देखि सञ्चान भएको सप्ताह कार्यक्रम आज एकै साथ १४वटै जिल्लाहरुमा सम्पन्न भएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रहरी प्रमुख फुयलले जिल्लामा बढ्दो अवस्थामा रहेको सवारी दुर्घटना न्यूनकिरणका लागि सप्ताह कार्यक्रम प्रभावकारी रहेकोे बताए । ग...
गैरकानुनी रुपमा सुन ल्याएको आरोपमा बैदेशिक रोजगारबाट फर्किएका १२ जना पक्राउ

गैरकानुनी रुपमा सुन ल्याएको आरोपमा बैदेशिक रोजगारबाट फर्किएका १२ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २५ । गैरकानुनी रुपमा सुन ल्याएको आरोपमा बैदेशिक रोजगारबाट फर्किएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा सुन ल्याउने १२ जनालाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा २५ वर्षीय रामदेव महरा, २४ वर्षीय धर्मदेव यादव, २३ वर्षीय धर्मप्रसाद मुराउ, ३४ वर्षीय पिधी पञ्जियार, ३६ वर्षीय लालबहादुर वली, २७ वर्षीय किसुनलाल साहु तेली, ३५ वर्षीय विनोदकुमार शाह, २२ वर्षीय आशाराम यादव, २८ वर्षीय रामेश्वर शाह, लेलेन्द्रकुमार राउत, २३ वर्षीय देवनारायण यादव र ५६ वर्षीय गुमिक शाह रहेका छन् । आईतबार बिहान १० बजे कतारबाट नेपाल आएका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका उनिहरुको साथबाट स–साना परिमाणका सुनका गहना बरामद भएको थियो । प्रहरीका अनुसार उनी...
बैतडीमा बस दुर्घटना : एकको मृत्यु, ३९ जना घाईते

बैतडीमा बस दुर्घटना : एकको मृत्यु, ३९ जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २५ । बैतडीमा बस दुर्घटनाहुँदा एकको मृत्यु भएको छ भने ३९ जना घाईते भएका छन् । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारी रहेका छन् । पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस मेलौली नगरपालिका–७ को सुवाखानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक योगश खत्रीले जानकारी दिए । भण्डारीको उपचारको क्रममा मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा मृत्यु भएको हो । बसमा सवार ३९ जना मध्ये १६ जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । गम्भिर घाईतेहरुलाई डडेलधुरा रेफर गरिएको छ भने अरुको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन । बस सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।...
लागूपदार्थ सेवन बिरुद्धको सचेतना र शंकास्पद चालकहरुको चेकजाँच

लागूपदार्थ सेवन बिरुद्धको सचेतना र शंकास्पद चालकहरुको चेकजाँच

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २५ । ट्राफिक सप्ताहको छैठौ दिन लागूपदार्थ सेवन (ला.प.से.) बिरुद्धको सचेतना र शंकास्पद चालकहरुको चेकजाँच अभियान संचालन गरिएको छ । सडक सुशासन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले संचालन गरेको “ट्राफिक सप्ताह २०८०” को छैठौं दिन झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा स्थित खानेपानीको सभाहलमा आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा चालकहरुलाई लागूपदार्थको सेवन बिरुद्धको सचेतना र शंकास्पद चालकहरुको चेकजाँच अभियानको शुभारम्भ गरिएको हो । यो अभियान एकैसाथ कोशी प्रदेशका १४ वटै जिल्लाहरुका २० स्थानबाट ला.प.से. किटद्वारा संकास्पद अवस्थामा रहेका सवारी साधनका चालकहरुको चेक जाँच गरी सुरुवात गरिएको हो । ट्राफिक प्रहरी प्रमुख प्रहरी उ...