Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

सिता दाहालको अन्यष्टी आजै गरिने

सिता दाहालको अन्यष्टी आजै गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । ६९ वर्षीया दाहालको आज बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो । अन्तिम संस्कार अघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।...
सीता दाहालको आजै अन्त्येष्टि गरिने

सीता दाहालको आजै अन्त्येष्टि गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्त्येष्टि आजै गरिने भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी दाहालको अन्तिम संस्कार आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने सचिवालयले जनाएको छ । गम्भीर प्रकारको पार्किन्सन्सबाट गुज्रिइरहेकी उनको बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा घटेको थियो । तुरुन्तै अस्पताल पुर्‍याएकी उनको निधन भएको अस्पतालले जानकारी दिएको हो । यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन सीता दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन् । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।...
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ । दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।...
साइकल चालकलाई मुक्का हान्ने १ जना पक्राउ, २ जना फरार

साइकल चालकलाई मुक्का हान्ने १ जना पक्राउ, २ जना फरार

समाचार
पूर्णपुष्टि,असार २७ । विराटनगरको दुधफारम नजिकै साइकल चालकलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साइकल चालक पवन साहलाई कुटपिट गरेर सडकमा घिसार्नेमध्येका एक आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरेको हो । बा १५ च ३४४५ नम्बरको कारमा आएका उनीहरूले विपरीत दिशाबाट गुडिरहेको साइकलका चालक साहलाई मुक्का प्रहार गरी लडाएर सडकबाट घिसारेर किनारमा छाडेर हिँडेका थिए । कुटपिटमा संलग्न कुशल भेटुवाल र रोशन कार्की भने फरार छन् । पक्राउ परेका भेटुवाललाई प्रहरीले ज्यान मार्ने कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।...
उमेर नपुगी गरिने विवाह न्युनिकरण सम्वन्धी अन्तरक्रिया

उमेर नपुगी गरिने विवाह न्युनिकरण सम्वन्धी अन्तरक्रिया

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ असार । उमेर नपुगी गरिने विवाह न्युनिकरण सम्वन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर र युवा महिला संजालको अयोजनामा उमेर नपुगी गरिने विवाहः भोगाईमा आधारित विधमान अवस्था,चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । मंगलवार गाईघाटको होटल कोहवरमा किशोरी, युवा, ,सरोकारवला निकाय, जनप्रतिनिधी, प्रहरी र पत्रकारको विचमा वाल विवाह न्युनिकरणको विषयमा बृहत छलफल र अन्तरक्रिया भएको हो । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले उमेर नपुगी गरिने विवाहलाई न्युनिकरण गर्ने उद्धेश्यले जिल्लाको ८ वटै पालिकामा पालिका स्तरिय , त्रियुगा नगरपालिकको ७ वटा वडामा र १३ वटा टोल स्तरिय कार्यक्रम संचालन गरि सम्पन्न गरेको बताउनुभयो । उहाँले सानै उमेरमा विवाह गरेका ८० जना किशोरी,महिलाहरुको कथा संकल...
ताप्लीमा व्यवसायीक कृषि समूह र सहकारीलाई मिनिटिलर वितरण

ताप्लीमा व्यवसायीक कृषि समूह र सहकारीलाई मिनिटिलर वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २६ । उदयपुरको ताप्ली गाउँपाकिलामा बिभिन्न ११ वटा कृषि समूह सहकारी संस्था र फर्महरुलाई मिनिटिलर वितरण गरेको छ । मंगलबार एक कार्यक्रम बीच गाउँपालिका कृषि विकास शाखाको आयोजनामा स्थानीय कृषक समूह र सहकारीलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको हो । कृषि क्षेत्रलाई व्यवसायीक र यान्त्रीकरण नर्गका लागि सहजता होस भन्ने लक्ष्यका साथ स्थानिय कृषकलाई यान्त्रीक उपकरण प्रदान गरेको कृषि शाखाले जनाएको छ । व्यवसायीक कृषि उत्पादनलाई जोड दिन यान्त्रीकरण बढाउनदा सहज भएकोले गाउँपालिका यस्ता कार्यक्रम निर्माण गरि उपकरण बितरण गरिएको गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माले बताउनु भयो । ताप्ली गाउँपालिकाले चालु आर्थिक बर्षमा विभिन्न क्षेत्रमा तरकारी विकास पकेट क्षेत्र बनाई कृषि कार्यको थालनी गरिएको छ । गाउँपालिकाले चालु आ.व. मा गाउँपालिकामा सन्चालन हुनेगरी कृषि एम्बुलेन्स पनि खरिद गरिएको ...
पालिका केन्द्र जोड्ने पुल रद्द गरेकोमा रौतामाईको आपत्ति

पालिका केन्द्र जोड्ने पुल रद्द गरेकोमा रौतामाईको आपत्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २६ । उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं. २ स्थित रसुवा खोलाढुङ्गे पुलको १० करोड ८० लाख बजेट प्रदेश सरकारले रद्द गरेर पालिकाबासीलाई अन्याय गरेको छ । वर्षामा आवत–जावतमा खोलाको समस्या रहेकोमा बहुवर्षिय आयोजना अन्तर्गत पुल बन्ने कुराले त्यहाँका बासिन्दा खुसी थिए तर, हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारले बजेट रद्द गरिदिँदा पिडा ज्युका त्युँ बनेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट श्रोत सुनिश्चित भइसकेको अवस्थामा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रीस्तरको निर्णय भन्दै प्रदेश सरकारले पुल निर्माणको आयोजना रद्द गरेको थियो । प्रदेशको आर्थिक मामिला तथा योजना मञ्त्रालयले गत जेठ ३१ गते भौतिक पूर्वाधार विकास मञ्त्रालयलाई पत्र काट्दै योजना रद्द गरेको जानकारी दिएको थियो । पालिका केन्द्र आउजाउ गर्ने मुख्य नाकाको पुल योजना रद्द हुँदा पालिकाबासी दुःखी बनेका ...
तातो पानी खन्याएको आरोपमा पक्राउ परेकालाई स्थानीय नेताको दबावमा छाडियो

तातो पानी खन्याएको आरोपमा पक्राउ परेकालाई स्थानीय नेताको दबावमा छाडियो

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २६ । उदयपुरको त्रियुगा नगरपालिका–३, मोतिगडाका स्थानीय २४ वर्षीय करुणा राईलाई सुतिरहेको अवस्थामा तातोपानी खन्याईएको आरोपमा पक्राउ परेकाहरुलाई स्थानीय राजनैतिक दलको दबाबमा छाडिएको भन्दै पिडित पक्षले गुनासो व्यक्त गरेको छ । गत असारको १६ गते पिडित राईलाई सुतिरहेको अवस्थामा सोहि वडाका भुल्के स्थित सिसौघारी टोलका बस्ने ४० वर्षीय केशब मगर, उनको श्रीमती ३८ वर्षीय मिना मगर र उनकै छोरा २०वर्षीय प्रविण मगरले तातोपानी खन्याईएको थियो । पिडित राईका अनुसार घटना घटेको पाँच दिनपछि उनिहरु पक्राउ परेको थियो । हाल उनिहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय उदयपुरमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको जनाएको छ । उनिहरुलाई पक्राउ पछि केही समय राखेर प्रहरीले छोडेको खबरले पिडित महिला झन पीडा र क्रासमा बाँचिरहेको उनको काका बिनोद राईले बताए । उनका अनुसार पक्राउ गरेकाहरुलाई केही स्थानीय नेताहरुको...
त्रिनपा १५ मा ट्याक्टर दुर्घटना, एकजना गम्भीर

त्रिनपा १५ मा ट्याक्टर दुर्घटना, एकजना गम्भीर

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ असार । त्रियुगा नगरपालिका १५ रानीवाँसमा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाईते भएको छ । मंगलबार रानीवास नजिक घुम्तीमा भएको दुर्घटनामा परी ४ जना घाईते भएकोमा एक गम्भीर घाईते भएको स्थानीयले जनाएको छ । घाईतेहरुको पहिचान भने भएको छैन् । अन्दाजी ४० बर्षिया एक महिला सिकिस्त घाईते भएको वडाअध्यक्ष गणेश तिमिल्सीनाले जनाए । अध्यक्ष तिमिल्सीनाका अनुसार ती महिलालाई भने बसमा चढाएर तत्काल हस्पिटल पठाईएको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार घाईतेहरुलाई हस्पिटल लैजाने क्रम रहेको जनाए । उनिहरुको पहिचान र ठेगानाका लागि प्रहरी लागि परिरहेको जनाएको छ ।...
नेपाली महिला फुटबल टिम मैत्रीपूर्ण खेलको लागि ढाका प्रस्थान

नेपाली महिला फुटबल टिम मैत्रीपूर्ण खेलको लागि ढाका प्रस्थान

खेलकुद, समाचार
पूर्णपुष्टि,असार २६ । बंगलादेशसँगको दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यीय बंगलादेश ढाका प्रस्थान प्रस्थान गरेको छ । बंगलादेशको ढाकामा पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुने भएको हो । नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ । गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । नेपाल त्यो हारको बदला उसकै घरेलु मैदानमा लिने लक्ष्यमा छ । महिला फुटबल टोलीमा गोलकिपर– एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ रहेका छन् । यता डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली वाइवा रहेका छन् । यस्तै मिडफिल्डरका रुपमा रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति रा...