Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

काठमाण्डौ महानगरले कक्षा ११ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला

काठमाण्डौ महानगरले कक्षा ११ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला

समाचार
पूर्णपुष्टि,असार २८ । काठमाण्डौ महानगरपालिकाले कक्षा विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाण्डौ डट जिओभी डट एनपी मा आवेदन पेस गर्नुपर्नेछ । शैक्षिक सत्र २०८०र८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ । विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि शुरु हुनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुनेछन् ।...
उदयपुरमा प्रदेश सभाका उप–सचिव चढेको गाडी दुर्घटना, ४ जना घाइते

उदयपुरमा प्रदेश सभाका उप–सचिव चढेको गाडी दुर्घटना, ४ जना घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २८ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ९,गैरुनको झिल्लेटोल स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा प्रदेश सभा सचिवालयको स्कार्पियो दुर्घटना भएको छ । बिहिवार बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको को १ झ ६५६ नम्बरको स्कार्पियोलाई विपरित दिशाबाट आउँदै गरेको प्र।नम्बर १–०२–००१ख ९३२२ नम्बरको मिनि ट्रकले ठक्कर दिई दुर्घटना भएको हो । दुर्घट्नामा परी स्कार्पियामा उप–सचिव सहित ४ जना सामान्य घाईते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनमा मोरङ बिराटनगर महानगरपालिका प्रदेश सभाका उप–सचिव गौतम अमात्यको ठाउँकोमा सामान्य चोट, मोरङग लेटाङ नगरपाकिला–३,का ५५ वर्षीय रेवा श्रेष्ठको अनुहारमा सामान्य चोट लागेको जनाएको छ । यस्तै सोही स्थानका बस्ने २३ वर्षीय रेनिशा श्रेष्ठको दाहिने हातमा सामान्य चोटपटक लागेकोे छ । यता मोरङ जिल्लाको बिराटनगर मनपा–५,मा बस्ने ४३ वर्षीय...
उदयपुरमा करेन्ट लागी सडकलाईन कर्मचारीको मृत्यु

उदयपुरमा करेन्ट लागी सडकलाईन कर्मचारीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २७ । उदयपुरमा करेन्ट लागेर बुधबार एक सडकलाईन कर्मचारीको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगपालिका ४ बगाहा घर भएका ४० बर्षीय कौलाश राई भन्ने युबराज राईको काम गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । राई बगाहा ४ फर्सेटस्थित सडकको बिजुलीको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका थिए । घाईते राईलाई उपचारको लागी तत्काल जिल्ला अस्पताल उदयपुर ल्याएकोमा उपचारको क्रममा साढेँ ३ बजे मृत्यु भएको हो । उपचार गर्न ल्याएका राईको मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक हरिनन्दन चौधरीका अनुसारर यस घटना सम्बन्धको थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी प्रहरी निरीक्षक सहितको टोली घटना स्थल तर्फ खटिएको जनाए ।...
उदयपुर प्रहरीले सार्वजानिक गर्यो, सामाजिक संञ्जालबाट अर्बौँ ठगी गर्ने  गिरोह

उदयपुर प्रहरीले सार्वजानिक गर्यो, सामाजिक संञ्जालबाट अर्बौँ ठगी गर्ने गिरोह

Breaking News 1
पूर्णपुष्टि, २७ असार । ईलाका प्रहरी कार्यालय कटारीले सामाजिक संञ्जालबाट ठगी गर्दै हिड्ने सात गिरोहलाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ परेका गिरोहहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा सार्वाजानिक गरिएको हो । ईप्रका कटारीका प्रहरी नायव उपरिक्षक ( डिएसपी ) रविन्द्र कार्कीका अनुसार फेसवुक, ह्वाटस्अप लगायत सामाजिक संञ्जालको माध्यमबाट ठगी गर्दै आएका एक इन्जीनियर सहित सात जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा भारतको उत्तराखण्ड राज्य जिल्ला पौडी गढवाल घर घई हाल झापा बिर्तामोड नगरपालिका वडा नं ५ इन्द्रटोल वस्ने ३६ बर्षिय प्रविन भट्ट, सप्तरी बिष्णुपुर गाउँपालिका २ सिम्राहाका २० बर्षिय रघुनन्दन साह, गुल्मी स्मा गाउँपालिका ५ का ३२ बर्षिय भुपाल बहादुर थापा, सप्तरी राजविराज नगरपालिका १ डुम्रीका २५ बर्षिय शनिचर साह, मोरङ बिराटनगर माहानगरपालिका वडा नं २० का ३७ बषि...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २७ । उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ साकेला टोल बस्ने २१ बर्षीय शिव अधिकारी र त्रियुगा नगरपालिका ११ बुद्धचोक बस्ने २० बर्षीय सिताराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मंगलबार दिउँसो करिब साढेँ ३ बजेको समयमा त्रि.न.पा. ६ जलजले ढाट स्थित ईलाका प्रहरी कार्यालय जलजलेबाट चेकिङमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको बसमा सवार उनिहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिए । प्रहरीले उनिहरुको साथबाट डाईजोपाम २२ एम्पुल,फेनार्गन २२ एम्पुल,ब्रुपिनोर्फिन २२ एम्पुल गरी जम्मा ६६ एम्पुल लागुऔषध बरामद गरेको चौधरीले बताए । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
डान्स बार लगेर ठगी गरेको आरोपमा ६ जना पक्राउ

डान्स बार लगेर ठगी गरेको आरोपमा ६ जना पक्राउ

समाचार
पूर्णपुष्टि,असार २७ । पशुपति दर्शन गर्न आएका भारतीय नागरिकलाई डान्स बार लगेर ठगेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली घर भई माछापोखरी बस्ने २३ वर्षीय अर्जुन कुँवर, काभ्रे घर भई सिनामंगल बस्ने ३१ वर्षीय शुभकुमार तामाङ र सुनसरी घर भई चाबहिल बस्ने ४० वर्षीय इन्द्र काफ्लेलाई प्रहरीले ठगी गरेको आरोपमा पक्राउ गरेको हो । त्यस्तै, धादिङ घर भई सिनामंगल बस्ने २२ वर्षीया सुमिना तामाङ, माछापोखरी बस्ने २० वर्षीया आस्मा तामाङ र २२ वर्षीया रिया साह ठकुरी पक्राउ परेका छन्। उनीहरूले भारतीय नागरिकहरूलाई डान्स बारमा लगेर ठगेको आरोप छ। परिसरका अनुसार पीडित भारतीय नागरिकहरू गत सोमबार बेलुकी गाडीमा आएका थिए । उनीहरुलाई एक जना व्यक्तिले रोकेर तपाईलाई खाने बस्ने राम्रो व्यवस्था गरिदिने र घुम्न पनि सहज बनाइदिने विश्वास दिलाउँदै ती व्यक्तिले भारतीय नागरिकहरूलाई काठमाडौं महानगर–९ रातोपुलस्थित ज्...
आजको राष्ट्रिय सभा बैठक स्थगित

आजको राष्ट्रिय सभा बैठक स्थगित

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार २७ । आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाईएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो । बिहिबार १० बजेसम्मका लागी बैठक स्थगित गरिएको छ । विशेष कारण भनिए पनि आज बिहान प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बताएको छ । दुर्लभ खालको पिएसपी रोगले पिडित रहेकी दाहालको बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो । यो रोग एक लाख मानिसमध्ये ५–६ जनामा मात्र देखिन्छ ।...
प्रधानमन्त्री प्रचण्ड पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रधानमन्त्री प्रचण्ड पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार २७ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेको लागी तय गरिएको बैठक प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको निधन भएपछि स्थगित भएको हो । कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले केन्द्रीय समिति बैठक स्थगित गरिएको जानकारी दिएका छन् । उनले कांग्रेस केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्नेबारे विज्ञप्ति निकालेर जानकारी दिइने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई समवेदना दिन नर्भिक अस्पताल पुगेका छन्।...
सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २७ । सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल घुससहित पक्राउ परेका छन् । अधिकृत पोखरेललाई एक लाख रूपैयाँ घुस रकम लिईरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुससहित नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ। पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्। पक्राउ पोखरेलमाथि थप अनुसन्धान अघि बढाएको आयोगले जनाएको छ ।...
बहुविवाह आरोपमा वडाअध्यक्ष पक्राउ

बहुविवाह आरोपमा वडाअध्यक्ष पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २७ असार । बहुविवाह गरेको आरोपमा महोत्तरीका एक जना वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले मंगलबार बेलुका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश महतोलाई बहुविवाह गरेको आरोपमा पक्राउ गरेको हो । वडाध्यक्ष महतोलाई उनका जेठी श्रीमती ललितादेवी महतोले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् । वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...