Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

प्रधान न्यायाधीशद्वारा नव निर्मित उदयपुर जिल्ला अदालत भवनको उद्घाटन

प्रधान न्यायाधीशद्वारा नव निर्मित उदयपुर जिल्ला अदालत भवनको उद्घाटन

Breaking News 1, समाचार
पुर्णपुष्टि,असार २५ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १० मा अवस्थित जिल्ला अदालतको नव निर्मित भवन प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले उद्घटन गरेका छन् । सोमबार एक कार्यक्रम बीच न्यायाधीश सत्य मोहन जोशीको अध्यक्षतामा जिल्ला अदालत भवनको औपचारीक रुपमा प्रधानन्यायाधीश कार्कीले उद्घटन गरेका हुन् । उद्घाटन गर्दै कार्कीले अदालतले छिटोछरितो र विना झन्झट न्याय प्राप्त गर्ने वातावरण बनाउनुपर्ने बताए । अहिले अदालतले न्याय र कानून नमर्ने गरी फैसला भन्दा मिलापत्रलाई महत्व दिएर न्याय सम्पादन गरिरहेको जनाए । कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश प्रकासमान सिह, जिल्ला न्याधिवक्ता राजकुमार राउत, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर बिश्वकर्मा, त्रियुगा नगरपालिकाका प्रमुख वसन्त कुमार बस्नेत, नगर उपप्रमुख महेश्वर राई, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिह...
भाउजू हत्या आरोपमा देवर पक्राउ

भाउजू हत्या आरोपमा देवर पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ असार । नवलपरासी (पश्चिम) मा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन्। रामग्राम नगरपालिका(१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको आरोपमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। जग्गाको विषयमा विवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा भाउजू मिरा गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा पठाइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ।...
बलत्कारलाई मजाक बनाएको भन्दै सन्दीप क्षेत्री विवादमा

बलत्कारलाई मजाक बनाएको भन्दै सन्दीप क्षेत्री विवादमा

Breaking News 1, राजनीति
पूर्णपुष्टि, २५ असार । टिभी प्रस्तोता तथा कलकार सन्दीप क्षेत्री अहिले विवादमा परेको छ । उनको पछिल्लो कार्यक्रमलाई लिएर क्षेत्रीको आलोचना सुरु भएको हो । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शोमा क्षेत्रीले कलकार पल शाहलाई अतिथिको रूपमा निम्ता गरेका थिए । शाहले कार्यक्रममा जेल पर्दाको अनुभव सुनाएका थिए । उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै यतिबेला उनको आलोचना भइरहेको हो । ‘पल शाह र सन्दीपको घिनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक,’ अमृता लम्सालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् । त्यस्तै, दिनेश काजीले लेख्छन्, ‘एउटा छोरीको बाउ सन्दीप क्षेत्री कसरी यस्तो निर्लज्ज, पतित हुन सक्छ रु।।।को पीडामा उसको छोरीको अनुहार याद आएन छ रु अझ अट्टहास पो ग...
जोर्डन जान लागेका १५ जनालाई विमानस्थलबाट फर्काइए

जोर्डन जान लागेका १५ जनालाई विमानस्थलबाट फर्काइए

समाचार
पूर्णपुष्टि,असार २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन् । आइतबार विमानस्थल पुगेका उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ । जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्। विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए । त्यस विषयमा अनुसन्धान गर्ने र छलफलका लागि मेनपावर व्यवसायीलाई बोलाइएको जानकारी दिए । ुव्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ,’ उनले भने । महानिर्देशक अधिकारीका आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ ।...
कोशी प्रदेशका उपसभामुख दनुवारको पहलमा विद्यालयको घेराबारा निर्माण

कोशी प्रदेशका उपसभामुख दनुवारको पहलमा विद्यालयको घेराबारा निर्माण

Breaking News 2, समाचार
पूर्णपुष्टि,असार २५ । उदयपुरगढी गाउँपालिका वडा नम्बर ५का एक विद्यालयमा कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारको पहलमा घेराबारा निर्माण गरिएको छ । उपसभामुखको पहलमा गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री आधारभूत विद्यालय केउरेनीको कम्पान्डमा घेराबारा गरिएको हो । जिल्लाको पहाडी भेमा अवस्थित यस विद्यालयमा वर्षेनी आउँने बाढि पहीरोले विद्यालयमा क्षेती पुर्याउने गरेको छ । सोही अनुरुप आर्थिक मामिला तथा योजना मन्त्रालय कोशी प्रदेशको ५ लाख रुपैयाँ सहयोगमा विद्यालयको घेराबारा निर्माण भएको विद्यालयका प्रधानाध्यापक जीवन श्रेष्ठले जानकारी दिए । कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले करिब १ सय २० जना विद्यार्थी अध्यनरत छन् ।...
साउनको सोमबारे व्रतका लागि पशुपति क्षेत्रमा भक्तजनहरुको घुइचो

साउनको सोमबारे व्रतका लागि पशुपति क्षेत्रमा भक्तजनहरुको घुइचो

समाचार
पूर्णपुष्टि,असार २५ । आज असारको २५ गते अर्थात यो महिनाको अन्तिम सोमबार भए संगै चान्द्रमास अनुसार साउनको पहिलो समोबारका लागि पशुपति क्षेत्रमा भक्तजनाहरुको बढ्दो घुइचो देखिन थालेको छ । चान्द्रमास अनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । साउन महिनाका सोमबारमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहजरुपमा प्रवेश गराउन सबै तयारी पूरा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बार मानी धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्ने भएकाले विशेष तयारी गरिएको हो । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबार व्रत बसी शिवको आराधना गरे अटल सौभाग्य प्राप्ति हुने विश्वासले पनि पशुपतिमा महिलाको भीड लाग्ने गर्छ ।...
मृगलाई हानेको गोली साथीलाई लागेपछि

मृगलाई हानेको गोली साथीलाई लागेपछि

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ असार । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए। घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ। मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘घटना २२ गते रातिको भन्ने बुझिएको छ,’ प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अव...
दुर्घट्ना न्यूनिकरणका लागि नयाँ प्रविधिद्धारा मापसे जाँच

दुर्घट्ना न्यूनिकरणका लागि नयाँ प्रविधिद्धारा मापसे जाँच

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २३ । उदयपुरको त्रियुगा नगरपालिका–६, लालपत्तामा ‘ट्राफिक सप्ताह २०८०’ कार्यक्रम अन्तरगत अवैध ओसार–पसार तथा लागुऔषधको दुव्र्यसन न्युनिकरणका लागि नयाँ प्रविधिका मापसे र लापसे जाँच अभियान सुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरको आयोजनामा आईतवार लालपत्ता चेक पोष्टमा एक कार्यक्रम बीच दुव्र्यसन न्युनिकरणका लागि नयाँ प्रविधिका उपकरणद्धारा ट्राफिक ईन्चार्ज तथा बरिष्ट नायव निरिक्षक लोक बहादुर दियालीले एक सवारी चाकलको परिक्षण गरी अभियान सुरु गरिएको हो । कोशी प्रदेश अन्तरगतका १४ वटै जिल्लाहरुमा गत १९ गते मंगलवार देखि ट्राफिक सप्ताह कार्यक्रम विविध कार्यक्रम गरि संञ्चालन गरिरहेको छ । यस्तै उदयपुर र सिहराको सिमा क्षेत्रको रुपमा रहेका लालपत्ता चेक पोष्टबाट लागुऔष प्रयोग कर्ताहरु अत्याधिक मात्रामा पक्राउ पर्ने भएकोले सवारी दुर्घटनाको कारण लागु पदार्थ सेवन (लापसे) गरेको पाइएपछि प्...
सरकार गठनको बिषयमा सांसद बुर्जाको असन्तुष्टी, प्रदेश सभा सदस्यबाट राजीनामा दिने चेतावनी

सरकार गठनको बिषयमा सांसद बुर्जाको असन्तुष्टी, प्रदेश सभा सदस्यबाट राजीनामा दिने चेतावनी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ असार । कोशी प्रदेश सरकारको बिषयलाई लिएर प्रदेश सभा सदस्य नारायण बुर्जा मगरले असन्तुष्टी पोखेका छन् । दुई पटक सम्म चुनाव जितेर आउँदा पनि पार्टीले मुल्याँङकन नगरेको बुर्जाले फेसवुकमा लेखेका छन् । बुर्जाको असन्तुष्टीको अवस्थालाई हेर्दा आफुलाई मन्त्री नबनाएको कारण असन्तुष्टी पोखेको भन्ने बुझिन्छ । कोशी प्रदेशमा हिकमत कार्की नेतृत्वको सरकार ढले पछि काँग्रेसको नेतृत्वमा हाल पून ः सरकार गठन भएको छ । बुर्जाले फेसबुकमा लेखेका स्टाटस तल जस्ताको तस्तै उल्लेख गरिएको छ । आदरणीय आम जनसमुदाय । म र मेरो मतदाता माथी बारम्बार अन्याय भयो।दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङकन गर्न सकेन,कोशी प्रदेश सरकार गठन प्रति मेरो विमति छ।यसै कुरालाई मध्येनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासंग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजिनामा दिने मनसाय बनाई सकेको ...
रास्वपा उदयपुरले विभिन्न विभागीय जिम्मेवारी तोक्यो

रास्वपा उदयपुरले विभिन्न विभागीय जिम्मेवारी तोक्यो

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असार २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरले विभिन्न विभागीय जिम्मेवार तोकेको छ । त्रियुगा नगर समिति, उदयपुरले नगरपालिका भित्रका र्याट स्वास्थ्य गुनासो लगाएत अत्यन्तै महत्त्वपूर्ण विभागको जिम्मेवारी तोकेको हो । यही असार १३ गते आईतबार सम्पन्न भएको रास्वपा त्रियुगा नगर भेला र पालिका विभागको जिम्मेवारी तोक्ने क्रममा असार २१ गते पत्र जारी गर्दै विभिन्न विभागीय पदको जिम्मेवारी दिएको छ । रावस्पाका त्रियुगा नगर सभापती उत्तम रिजालले जारी गरेको पत्रमा र्यापिङ एक्सन टिम संयोजकमा त्रि.न.पा ११ का हरी बहादुर बुढाथोकी नियुक्त भएका छन् भने सचिवमा त्रि.न.पा ३ का टिकाराम गिरी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्याको विभागको संयोजकमा त्रि.न.पा ११ का डा. देवी कुमारी गौतम नियुक्त भएका छन् भने सदस्यमा त्रि.न.पा १३ का तेज बहादुर कटुवाल र त्रि.न.पा ३ का सुर्य नारायण साह नियुक्त भ...