Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

आज कोशी लगायत केही प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

आज कोशी लगायत केही प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २४ । आज कोशी लगायत केही प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र भोलिदेखि मनसुनी रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्ने भएकोले धेरै स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाकी मौसमविद बिनु महर्जनले भोलिदेखि मनसुनी रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा रहेकोले एरिया कभरेजका हिसाबले देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको बताएकी छन् । उनका अनुसार लगातार वर्षात नभई हिजो अस्तिकै जस्तो ट्रेण्डमा पर्नेछ । मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाशको क्षेत्रलाई बुझिन्छ । त्यो रेखा उत्तरतर्फ सर्यो भने नेपालमा बढी पानी पर्दछ । वर्षाको समयमा बाढी, पहिरोको जोखिम हुने...
आज गायक रवीन तामाङको अन्त्येष्टि गरिदैँ

आज गायक रवीन तामाङको अन्त्येष्टि गरिदैँ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २४ । गायक तथा अभिनेता रविन तामाङको अन्त्येष्टि आज गरिदैँ छ । रविनको व्यवस्थापन समूहका आशिष पराजुलीले तामाङ परम्परा अनुसार स्वयम्भुमा अन्तिम संस्कार गरिने जानकारी दिए । गत मंगलबार बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत फेला परेका ६० बर्षीय तामाङको प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ । उनको अन्तिम संस्कार गर्नुअघि श्रद्धनजलिका लागी आज बिहान संगीत तथा नाट्य एकेडेमी नक्शालमा राखिने छ । रविनको दुई छोरीहरु छन् । उनिहरु फ्रन्समा छन् । नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको हो । रविनले पछिल्लो समय फिल्ममा समेत अभिनय गर्दै आएका थिए । रविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका तामाङले नेपाली रक गायनलाई समाजसँग जोड्न महत्वपूर्ण योगदान गरेको मानिन्छ ।...
कोशी प्रदेश सरकारमा खटपट सुरु, एकीकृत समाजवादीले शपथ बहिष्कार गर्ने

कोशी प्रदेश सरकारमा खटपट सुरु, एकीकृत समाजवादीले शपथ बहिष्कार गर्ने

Breaking News 1
पूर्णपुष्टि, २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा सत्ता गठबन्धनभित्र खटपट सुरू भएको छ। मुख्यमन्त्रीले सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै गठबन्धन घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ। उसले आज हुने शपथ ग्रहण बहिस्कार गर्ने निर्णय गरेको छ। सरकार गठनपूर्व सुरूआतमा गठबन्धनका दलहरूबाट एक(एक जना मन्त्री बनाउने सहमति भएको तर अहिले कांग्रेस र माओवादीबाट दुई(दुई जनालाई मन्त्री बनाउन लागिएको भन्दै एकीकृत समावादीले आपत्ति जनाएको हो। एकीकृत समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राइले आज हुने शपथ ग्रहण समारोह बहिष्कार गर्ने निर्णय भएको जानकारी दिए। आज विस्तार हुने मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बन्दैछन्। कांग्रेसबाट रामकुमार खत्री पनि आजै...
आज कोशी सरकरमा माओवादी केन्द्र सहभागी हुँदै

आज कोशी सरकरमा माओवादी केन्द्र सहभागी हुँदै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार २४ । कोशी प्रदेश सरकारमा आज माओवादी केन्द्र सहभागी हुदैँछ । माओवादी केन्द्रबाट जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुदैँछन् । काग्रेंस संसदीय दलका नेता उद्धव थापाले शुक्रबार मुख्यमन्त्रीको सपथ ग्रहण गरेसँगै दुई मन्त्री नियुक्त गरेका थिए । थापाले पहिलो चरणमा नेपाली काग्रेंस र एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गरेका हुन् । कोशीको मुख्यमन्त्री उद्धव थापाले आज कागे्रंस र माओवादीका एक–एक जना मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् बिस्तार गर्न लागेका हुन् । यसअघि नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन मन्त्री रहेका आचार्यले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । आचार्य माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ हुन्...
महिला दुर्व्यवहार आरोपमा चौदण्डीगढी नगरपालिका ९ का वडाअध्यक्ष राउत पक्राउ

महिला दुर्व्यवहार आरोपमा चौदण्डीगढी नगरपालिका ९ का वडाअध्यक्ष राउत पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का वडाअध्यक्ष प्रकाश राउतलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महिलामाथी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय वेल्टारले शनिबार राउतलाई पक्राउ गरेको हो । सूर्योदय सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने छिडी खोलामा अवैध रुपमा ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी स्थानीय सुनिता श्रेष्ठलाई हातपात र दुर्व्यवहार गरेको आरोपमा राउतलाई नियन्त्रणमा लिइएको उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए । वडाध्यक्ष राउतले शुक्रबार खोलामा एस्काभेटर र टिपर नै प्रयोग गरेर अवैध रुपमा गिट्टी निकासी गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न श्रेष्ठ त्यहाँ पुगेकी थिइन् । सोही क्रममा विवाद हुँदा राउतले हातपात गरेको पीडित महिलाले आरोप लगाएकी छन् । वर्षाको समयमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न कानुनले रोकेको...
एमालेले आज पनि संसद बिरोध जारी राख्ने

एमालेले आज पनि संसद बिरोध जारी राख्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ असार । नेकपा एमालेले आजको संसद बैठक पनि अवरुद्ध गर्ने जनाएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक ११ बजे बोलाइएको छ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आजको संसद बैठकमा पनि विरोध जारी राख्ने बताए । ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायमै छ, त्यसैले आज पनि हाम्रो विरोध जारी रहन्छ उनले भने, । सरदार प्रितम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तकको यही असार १८ गते काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रितम सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई एकपटक प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक(पटक दिल्ली गएको बताएका थिए । त्यसयता एमालेले संघीय संसदका दुवै सदनमा अवरोध गर्दै आएको छ । एमालेको अवरोध कायम रहने भएपछि गत शु...
उदयपुरमा ६ महिनामा २७३ ओटा मानव अधिकार ज्यादतीका घटना

उदयपुरमा ६ महिनामा २७३ ओटा मानव अधिकार ज्यादतीका घटना

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ असार । उदयपुरमा पछिल्लो ६ महिनामा मानव अधिकार उल्लङघन र ज्यादतीका २७३ ओटा घटना घटेको प्रतिवेदन सार्वजनिक भएको छ । ‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४’ का लागी ईन्सेकले आज (शनिबार) आयोजना गरेको अर्ध बार्षिक पूर्व समिक्षा कार्यक्रममा यस्तो प्रतिवेदन सार्बजनिक भएको छ । ०७९ पुस १७गते देखीअसार २० गते सम्म जिल्लामा बालिकाबलत्कार २३, महिला बलत्कार ९, घरेलु हिंसा २२५, हत्या ४, कुटपिट ३, वहुविवाह ३, बालविवाह २, बालिका तथा महिला बेचबिखन ३ र झडपका एउटा गरि २७३ ओटा घटना अभिलेख भएको ईन्सेक उदयपुर प्रतिनिधि राकेश नेपालीले बताए । प्रतिवेदनम ३ वर्षिया बालिका देखि ४२ बर्षिया महिला सम्म बलात्कार घटनाको पीडित बनेको उल्लेख गरिएको छ । महिला तथा बालिकाहरु आफ्नै दाई, भाई, आफन्त, नजिकका छिमेकी र नातेदार बाट पीडित भएको ईन्सेकले अभिलेखमा उल्लेख गरेको छ ।  ...
भुल्केका सर्पदंश केन्द्रलाई निःशुल्क औषधि 

भुल्केका सर्पदंश केन्द्रलाई निःशुल्क औषधि 

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ असार । सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केलाई त्रियुगा नगरपालिका उदयपुरले शनिबार पाँच लाख मुल्य बराबरको औषधि निःशुल्क उपलब्ध गराएको छ । चालु आर्थिक बर्षको विनियोजित वजेटबाट नगरपालिकाले सर्पको टोकाईबाट हुने उपचारसँग सम्बन्धि ५४ प्रकृतिका औषधिहरु खरिद गरी निःशुल्क उपलब्ध गराएको हो ।औषधि हस्तान्तरण गर्दै मेयर बसन्तकुमार बस्नेतले उपलब्ध औषधि मुलपुँजीको रुपमा लिई आगामी बर्षहरुमा निरन्तरता दिन आग्रह गरे । उनले भने, ‘यो तपाईहरुका लागि मुल पुँजि हो यसबाट विरामीलाई सुपथ मुल्यमा विक्री गरेर आम्दानी गर्नुहोस र त्यहीँबाट आगामी बर्ष औषधि खरिद गर्नुस ‘सधै मागेर चलाउने भन्दा पनि यसको निरन्तरता आत्मनिर्भर कसरी हुन सक्छ योजना बनाउनुस, मेयर बस्नेतले भने, ‘यस्तो पवित्र कार्यमा व्यक्ति, संघसंस्था आजिवन सदस्य र साधारण सदस्य बन्न सक्छन त्यसका लागि बिद्यानलाई फराकिलो बनाई विस्तार गर्नुस जस...
एसईईको ग्रेड विद्धि परिक्षा साउनमा हुने

एसईईको ग्रेड विद्धि परिक्षा साउनमा हुने

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, असार २३ । माध्यामिक शिक्षा परिक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परिक्षा साउनमा लिईने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै आगामी महिना साउनको २६ र २७ गते परिक्षा सञ्चालन गरिने जानकारी दिएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने र बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थी पनि परिक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । सुचनामा भनिएको छ ‘ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने छ ।’ परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ । गएको चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा बोर्डले असार २१ गते सार्वजन...
चौदण्डीगढी–९ का अध्यक्ष राउत विरुद्ध जाहेरी दर्ता

चौदण्डीगढी–९ का अध्यक्ष राउत विरुद्ध जाहेरी दर्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २३ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष प्रकाश राउत विरुद्ध स्थानिय सुनिता श्रेष्ठले प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । क्षेष्ठले आफुमाथी अध्यक्ष राउतले हातपात तथा दुव्र्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दर्ता गराएकी हुन् । उनी सूर्यदय सामुदायिक वन उपभोक्ता समितिको सचिव समेत रहेकी छन् । हिजो शुक्रबार सामुदायिक वन क्षेत्र अन्तर्गत पर्ने छेडी खोलाबाट अवैधरुपमा गिट्टी उत्खनन भइरहेको कार्यलाई रोक्न खोज्दा वडाध्यक्ष राउतले तथानाम गालिग्लोज गर्दै हातपात गरेपछि पक्राउ गरी कारबाहीको माग गर्दै उनिसहित पाँछु चौधरी,सुनिल कार्की र नीरबहादुर कार्कीले जाहेरी दिएको बताइन् । वडाध्यक्ष राउतको सहयोगी जीवन भनिने बालकुमार राईको विरुद्धमा समेत जाहेरी दिएको श्रेष्ठले बताएकी छन् । असार १ गतेदेखी असोज मसान्तसम्म नदिजन्य पदार्थको उत्खन्नमा रोक लगाईए...