Monday, July 6News That Matters

Month: ३ वर्ष अगाडि

लञ्च भएको २ दिनमै थ्रेड्सको ८१ मिलियन प्रयोगकर्ता, ट्वीटरलाई चुनौती दिँदै

लञ्च भएको २ दिनमै थ्रेड्सको ८१ मिलियन प्रयोगकर्ता, ट्वीटरलाई चुनौती दिँदै

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २३ । फेसबुकका संस्थापक तथा सिईओ मार्क जुकरवर्गको नयाँ एप थ्रेड्सले दुई दिनमै ८१ मिलियन प्रयोगकर्ता पाएको छ । बिहिबारबाट लञ्च भएको माइक्रोब्लगिङ सामाजिक सञ्जाल थ्रेड्स एकसाथ आईओएस र एन्ड्रोईडमा आएको थियो । थ्रेड्सको प्रयोगकर्ता संख्या गणना गरिरहेको क्वीभर क्वान्टिटेटिभका अनुसार आज शनिबार १२ बजेसम्म ८१ मिलियन प्रयोगकर्ता पुगेको छ । उक्त एप इन्टरनेटमा सबैभन्दा छोटो समयमा धेरै प्रयोगकर्ता पाउने एप बनेको छ । सार्वजनिक भएको २ दिन नबित्दै थ्रेड्सले ३० मिलियन भन्दा बढी प्रयोगकर्ता पाएको थियो । जुन, यसअघि च्याटजिपीले पाएको भन्दा बढी हो । च्याटजिटीपीले सार्वजनिक भएको ५ दिनमा १ मिलियन प्रयोगकर्ता पाएको थियो । विश्वको धनी व्यक्ति एलन मस्कको ट्वीटरलाई चूनौती दिन भन्दै जुकरवर्गले थ्रेड्स सार्वजनिक गरेको हो । मस्कले ट्वीटर किनेपछि व्यापक परिवर्तन गरिरहेका छन् । उनले ट्वीटरमा ब्लुट...
उदयपुरमा ब्राउन सुगर सहित एक जना पक्राउ

उदयपुरमा ब्राउन सुगर सहित एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २३ । उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– ३ मिलन चोक बस्ने ४२ बर्षीय किशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चौधरीले आफ्नो घरमा ब्राउन सुगर बिक्री बितरण गर्ने भन्ने बिशेष सुचनाको आधारमा बिहिबार अन्दाजी साढेँ ९ बजे राती जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घर खान तलासी गर्दा लुकाई छिपाई राखेको २ ग्राम ब्राउन सुगर सहित चौधरीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोरङमा ब्राउन सुगर सहित २ युवक पक्राउ यसैगरी मोरङमा ब्राउन सुगर सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली–६ का २४ बर्षीय शेफ खान र २८ बर्षीय दिपेश अग...
दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा ३ को मृत्यु, २ जना घाईते

दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा ३ को मृत्यु, २ जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २३ । मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा ना६ख ६६६७ नंको ट्रक र ना६ख ६३१ नंको ट्रक ठोक्किएर आगलागी हुँदा तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा ना ६ ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति ननगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका–२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरिक्षक (डिएसपी) टेक बहादुर कार्कीले जानकारी दिए । आज बिहान २ बजे दुर्घटनाहुँदा आगलागी भएको सवारी निभाउन हेटौंडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ...
दुई ट्रक एक आपसमा ठोक्किदा आगलागी,  ३ को मृत्यु

दुई ट्रक एक आपसमा ठोक्किदा आगलागी, ३ को मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ असार । मकवानपुरको मनहरि गाउँपालिकामा दुईवटा ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बिहान करिब १ः४५ बजेको समयमा मनहरि(६, नयाँ बस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएर दुर्घटना भएको हो । मकवानपुर प्रहरी प्रमुख एसपी वामदेव गौतमका अनुसार दुर्घटनामा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवन, राप्ती(८ का २८ वर्षीय रिहान रुम्बा तामाङ र सहचालक गोरखा जिल्ला गण्डकी(२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ तथा ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरि(३ का २० वर्षीय अमृत प्रजाको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना।६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना।६ ख ६३१ नम्बरको ट्रक ठक्कर खाएर दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको थियो । दुर्घटनामा ६६६७ नम्बरको ट्रकमा स...
समाजसेवी भागवत राउतको पहलमा शैक्षिक सामाग्री तथा पोशाक वितरण

समाजसेवी भागवत राउतको पहलमा शैक्षिक सामाग्री तथा पोशाक वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २२ । उदयपुरका युवा नेता तथा समाजसेवी भागवत राउतको पहलमा त्रियुगा नगरपालिका–६,पात्लेबास अवस्थित पञ्चकन्या माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा राष्ट्रिय पोशाक वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमको बिच कोशी प्रदेशका उप-सभामुख सिर्जना दनुवारको प्रमुख आतित्यमा ‘सुनौलो भबिष्यका हकदार, उज्यालो भबिस्यको कर्णधार’ भन्ने मुल नाराको साथ शैक्षिक उन्नयन र बिकासमा सहयोग पुर्‍याउने हेतुका साथ उक्त सामाग्री वितरण गरिएको हो । समाज सेवी राउतले नेपाल सरकारले शिक्षाको स्तर बढाउन अधिक अग्रसर हुनुपर्ने बताउदै शिक्षाले मात्र देशको गरिवी अन्तय हुन सक्ने जनाए । शिक्षाको विकास भए मात्र देशको गरिवी कम हुने उनको दावी छ । विद्यार्थीहरुको हौसला बढाउन र विद्यालय प्रति आकर्षण बढाउन बेला बखतमा यस्ता कार्यक्रमहरु गरिरहेको समेत उनको भनाई छ । उता उप-सभामुख दनुवारले विद्यालय स्तर सम्मको शिक्ष...
चौदण्डीगढीमा रोकिएन गिटी वालुवा उत्खनन, आवाज उठाउँदा उल्टै दुव्र्यवहार भएको आरोप

चौदण्डीगढीमा रोकिएन गिटी वालुवा उत्खनन, आवाज उठाउँदा उल्टै दुव्र्यवहार भएको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ असार । आसार लागे सँगै बन्द भएको गिटी वालुवा उत्खनन कार्य चौदण्डीमा अझै रोकिएन । नगरको ९ नं वडामा रहेको स्थानीय छेडी खोलामाबाट शुक्रबार बिहान गिटी वालुवा उत्खनन भएपछि स्थानीयहरुले बिरोध गरेका थिए । स्थानीय सुनिता श्रेष्ठका अनुसार गिटी वालुवा बन्द भएपछि पटक पटक गरी तिन चोटी त्यस खोलाबाट उत्खनन कार्य भैरहेको जनाईन् । सूर्यदय सामुदायिक वनक्षेत्र अन्तर्गत पर्ने त्यस खोला क्षेत्रबाट पहिले पनि उत्खनन गरेका थिए । उत्खनन कार्य नरोकिएपछि स्थानीयहरुले बिरोध गर्दा उल्टै दुव्र्यवहार भएको आरोप छ । सोही वडाका वडाअध्यक्ष प्रकाश राउतले सुनिता श्रेष्ठलाई दुव्र्यवहार गरेको स्थानीयहरुले आरोप लगाएको छ । श्रेष्ठले आफु खेतमा काम गरिरहेको अवस्थामा एक्कासी टिपर र जेसिवीले खोला उत्खनन गरेको र त्यसवारेमा भाईहरुले आफुलाई जानकारी गराएको उनले बताईन् । खबर पाउन साथ बन्द भएको गिटी वालुवा के कारणले...
मोरङमा लेखा अधिकृत दुईलाख घुस सहित पक्राउ

मोरङमा लेखा अधिकृत दुईलाख घुस सहित पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ असार । मोरङमा घुस सहित लेखा अधिकृत पक्राउ परेको छ । जिल्लाको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकृत शेखर खनाललाई दुई लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनको लागि उनले घुस माग गरेका थिए । घुस मागेको भन्ने सूचना पाएपछि इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको प्रवक्ता दाहालले बताए।...
उदयपुरको कटारीमा अव विज्ञान संकाय पढाई हुँने

उदयपुरको कटारीमा अव विज्ञान संकाय पढाई हुँने

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २२ । जिल्लाको कटारी नगरपालिकामा अवस्थित त्रिवेणी माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०८०/८१ देखि विज्ञान विषय पनि पढाई सुरु हुँने भएको छ । यहि असार २० गते नगर शिक्षा समितिको वैठकको निर्णय अनुसार यसै शैक्षिक सत्रबाट त्रिवेणीमा माविमा विज्ञान विषय अध्ययन अध्यापनका लागि नगरपालिकाले अनुमति दिएको हो । उक्त विद्यालयमा यस अघि शिक्षा, समाजशास्त्र, बाणिज्यशास्त्र र कृषी विज्ञान पढाइ भइरहेको बेला अब भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बिषय मात्र पढाई हुँने गरेको थियो । विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले एसईईको नतिजा प्रकाशन भएसँगै कक्षा ११ मा विज्ञान संकायमा पठन पाठन हुने जानकारी गराउनुभएको छ । विज्ञान विषय पढाई हुने भएपछि कटारी नगरपालिकाका मेयर राजशेचन्द्र श्रेष्ठले कटारीका सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुखहरुसँग छलफलको लागि बोलाएको थियो । नगरले आगाम...
पर्यटक जान योग्य बन्यो उदयपुरगढी

पर्यटक जान योग्य बन्यो उदयपुरगढी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ असार । उदयपुरकै पहिलो सदरमुकाम उदयपुरगढी पछिल्लो समय पर्यटकमय बनेको छ । जिल्लाकै इतिहास बोकेका उदयपुरगढी संरक्षण र पून : निर्माणका अभावले अस्तव्यस्त थियो । देशकै पर्यटनको सय गन्तव्य भित्र पर्न सफल उदयपुरगढीले लामो इतिहाँस बोकेको जानकारहरु बताउँछन् । इतिहाँसकार तथा बरिष्ठ पत्रकार कौशल चेम्जोङले माहाभारत रामायण, मुन्धुम लगायत धार्मिक ग्रन्थहरुको आधारमा हेर्ने हो भने उदयपुरको इतिहाँस इ.सा पूर्व ५ सय देखी सुरु भएको पाईन्छ । चेम्जोङका अनुसार उदयपुरगढी पनि किराँती राजाहरुबाटै सासित रहेका थिए । इतिहाँसको ग्रन्थलाई आधार मान्दै चेम्जोङले भने,” यस ठाउँमा पनि किराँती राजाहरुले साशन गरेको पाईन्छ । उत्तर पूर्वी हिमालयको क्षेत्रमा किरातीहरु सासन गर्नेगर्दथ्यो । ओबाहाङ, मावोहाङ र श्रीजंगाहाङले यस ठाउँमा साशन गरेको पाईएको कुरा चेम्जोङले सुनाए । यी राजाहरुले केन्द्रीय सत्तालाई समेत चुनौती...
प्रहरी बढुवामा भएको आर्थिक चलेखललाई शून्यमा झारिएको गृहमन्त्रीको दाबी

प्रहरी बढुवामा भएको आर्थिक चलेखललाई शून्यमा झारिएको गृहमन्त्रीको दाबी

राजनीति, समाचार
पूर्णपुष्टि,असार २२ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका छन् । मन्त्री श्रेष्ठले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रहरीको बढुवामा आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका हुन् । उनले भने ‘मेरो सचिवालयले कहीँ आर्थिक चलखेल गरेको देखाउनुभयो भने म राजनीतिक नै गर्दिन । प्रहरीको सरुवा बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको छु ।’ श्रेष्ठको भनाइ छ । प्रहरीमा वरिष्ठ प्रहरी निरीक्षक (असई)बाट इन्स्पेक्टर (प्रहरी निरीक्षक) मा बढुवा गर्ने तयारी भइरहेको छ । ३७ जनामध्ये २६ जना पीएसओहरुमात्र रहेको बुझिएको छ । फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले मिटरव्याजीहरुलाई कारवाहीका लागि कानुन बनाएर कारबाही गर्नुपर्छ भनेर सुरु देखि आफू लागेको पनि बताए । ‘म मिटरव्याजीलाई कानुन बनाएर कारबाही गर्नुपर्छ भनेर सुरु देखि नै लागेँ, तर कानुन बनाउने...