Monday, July 6News That Matters

Month: ३ वर्ष अगाडि

कोशीको मुख्यमन्त्री उद्धव थापाले गरे सपथ ग्रहण

कोशीको मुख्यमन्त्री उद्धव थापाले गरे सपथ ग्रहण

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असार २२ । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले आज सपथ ग्रहण गरेका छन् । बिहिबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन् । मुख्यमन्त्री थापाले सपथ लिएसँगै पहिलो चरणमा दुईजना मन्त्री नियुक्त गरेका छन् । उनले नेकपा एकिकृत सवाजवादीबाट कमल जबेगु र नेपाली काग्रेसबाट प्रदीप सुनुवारलाई मन्त्री बनाएका हुन् । नवनियुक्त दुबै मन्त्रीहरुले आजै शपथ लिएका छन् भने उनिहरुको मन्त्रालय तोकिएको छैन् । माओवादी केन्द्रले भने सरकारमा आफ्नो मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ । गठबन्धन दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।...
उदयपुरमा स्रष्टाहरुको लेखन शिविर सम्पन्न

उदयपुरमा स्रष्टाहरुको लेखन शिविर सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २२ । जिल्लको त्रियुगा नगरपालिकामा डा.रणशेर राई स्मृति फाउण्डेशन र वाङमय साहित्य प्रतिष्ठानको आयोजनामा भएको कोशी प्रदेश स्तरीय ‘स्रष्टाहरूको लेखन शिविर’ सम्पन्न भएको छ । बोक्सेको क्वबर रिसोर्टको सभाहलमा भएको स्रष्टालेखन शिविरमा प्रदेश अन्तरगतका १४ जिल्लाका साहित्यकारहरुको उपस्थिति रहेको थियो । बिहिवार देखि सञ्चालन भएको शिविर शनिवार सम्पन्न भएको हो । शिविरको उद्घाटनको दिन प्रतिष्ठानका अध्यक्ष महेन्द्रकुमार राईको सभापतित्वमा प्रमुख अतिथि वरिष्ठ स्रष्टा गणेश रसिकले बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए । कार्यक्रममा वरिष्ठ स्रष्टाहरू बुलु मुकारुङ, शरणकुमार राई, राममणि पोखरेललगायत विभिन्न जिल्लाको आमन्त्रित कविहरूले आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारद्वारा स्वागत गीत तथा नृत्य प्रदर्शन गरेका थिए । सोहि क्रममा प्रमुख अतिथि वरिष्ठ स्रष्टाहरू रसिक र मुक...
ललिता निवास जग्गा प्रकरणमा ४ पूर्व सचिव सहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवास जग्गा प्रकरणमा ४ पूर्व सचिव सहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ असार । बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् । प्रहरीका एक अधिकृतका अनुसार ललिता निवास प्रकरणमा पूर्वसचिवहरुसमेत गरी ४०६ जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति ९पुर्जी० लिइएको छ । तीमध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको प्रहरीले जनाएको छ । ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गर...
कलाकार सारुक ताम्राकार आफ्नै घरमा मृत भेटियो

कलाकार सारुक ताम्राकार आफ्नै घरमा मृत भेटियो

समाचार
पूर्णपुष्टि,असार २२ । कलाकार सारुक ता्राकारले आत्महत्या गरेका छन् । बिहीबार साँझ काठमाडौको रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए । उनका अनुसार बबुा आमासँगै बस्दै आएका उनले बुबाआमा घर बाहिर पार्टीमा गएको समयमा आत्महत्य गरेको जनाएको छ । मृतक भनिएका ताम्राकारले घरको छिडिमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् । सारुक पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । ‘बिहीबार बिहानसम्म सुटिङ गरेर फर्किएका हिरोको अचानक बेलुका यस्तो खबर आएपछि हामी सारुकको घर पुगेको थियौ’, रेग्मीले भने ‘उहाँको निधनले हामी निकै दुःखी छौ ।’ सारुको शवलाई पोष्ट मार्टमका लागि राती नै टिचिङ अस्पताल...
कोशी प्रदेशका मुख्यमन्त्री थापाको शपथ आज

कोशी प्रदेशका मुख्यमन्त्री थापाको शपथ आज

राजनीति, समाचार
पूर्णपुष्टि,असार २२ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनले बिहीवार साँझ सभामुखसहितको मत जोडेर मुख्यमन्त्री नियुक्त भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । कोशी प्रदेश नामकरण परिवर्तन नहुने पहिलो अभिव्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन् ।...
गुडिरहेको बसमा करेन्ट लाग्दा बुबा–छोराको मृत्यु

गुडिरहेको बसमा करेन्ट लाग्दा बुबा–छोराको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २१ । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बुबा–छोराको मृत्यु भएको छ भने बस धनी गम्भिर घाईते भएका छन् । बसमा सवार रोल्पाको गंगादेब गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको करेन्ट लागी मृत्यु भएको जिल्ला जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो । बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको र बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी ३५ बर्षीय महेन्द्र वली गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले बताए । गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी...
मन्त्री किरातीले प्रधिकरणका महानिर्देशकलाई सोधे दोस्रो स्पष्टीकरण

मन्त्री किरातीले प्रधिकरणका महानिर्देशकलाई सोधे दोस्रो स्पष्टीकरण

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २१ । पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किरातीले प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेका छन् । यसअघि असार ११ गते सोधेको ९ बुँदे प्रश्नको जवाफ नदिएपछि मन्त्रालयले अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेको हो । पर्यटन मन्त्रालयले बुधबारको मन्त्रिस्तरिय निर्णयबाट ‘सात दिनको समय राखेर सोधिएको जवाफ के कति कारणले जवाफ नदिएको हो’ भन्ने बारेमा तिन दिनको समय राखेर स्पष्ट जवाफ दिन महानिर्देशकलाई निर्देशन दिएको छ । यदी तिन दिन भित्रमा मन्त्रालयमा आईपुग्ने गरी स्पष्ट जवाफ नदिए कानुन बमोजिम प्रकिया अघि बढ्ने मन्त्रालयको स्पष्टीकरण पत्रमा उल्लेख छ ।...
आज कोशी प्रदेश सरकारमा गठबन्धनबाट थापाले दाबी गर्ने

आज कोशी प्रदेश सरकारमा गठबन्धनबाट थापाले दाबी गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असार २१ । कोशी प्रदेश सरकार गठन गर्न गठबन्धनका दलहरुले तयारी थालेका छन् । एमाले नेतृत्वको सरकार ढलेपछि गठबन्धनकाको समर्थनमा सरकारको नेतृत्व गर्न काग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका छन् । यहि असार १५ गते मुख्यमन्त्री हिक्मत कार्कीले विश्वाशको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको थियो । मुख्यमन्त्री कार्की पदमुक्त भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले गत १७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न दिएको समयसीमा आज साँझ ५ बजे सकिदैँछ । आज सरकार गठन गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा थापाले दाबी पेश गर्ने तयारी गरेका हुन् । राप्रपालाई सरकारमा सहभागी गराउन तयारी गरिएपनि राप्रपाले तत्काल निर्णय नदिएकोले गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई पनि जोडेर दाबी पेश...
जिल्ला ह्यान्डबल संघ उदयपुरलाई २० थान बल सहयोग

जिल्ला ह्यान्डबल संघ उदयपुरलाई २० थान बल सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २१ । बैदेशीक रोजगारको सिलसिलामा कतार पुगेको टेकप्रसाद गोतामे (ज्याकी चेन)ले जिल्ला ह्यान्डबल संघ उदयपुलाई २० थान बल सहयोग गरेको छ । गोखरा पुख्र्यौली घर भइ चितवन निवासी गोतमेले ३० हजार रुपैयाँ बराबरको बल फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, तेक्वान्दो प्रशिक्षक संगिना बैद्य र कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राईको उपस्थितिमा ह्यान्डबल प्रशिक्षक बिन्दा थापालाई हस्तान्तरण गरेको हो । गोतमेले खेलकुदलाई माया गर्दै यसअघि गत फागुनमा नेपाली राष्ट्रिय महिला फुटबल टिमका एघार खेलाडीलाई फुटबल बुट सहयोग स्वरुप प्रदान गरेका थिए । उनले एडिडास ब्रान्डको करिब एक लाख रुपैयाँ बराबरको बुट प्रदान गरेको हो । गोतमेले खेलकुदलाई माया गर्दै सामाजिक काम गरेकोमा प्रशिक्षक थापा र जिल्ला ह्यान्डबलले विशेष धन्यवाद प्रगट गरेको छ ।...
आज यी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

आज यी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि,असार २१ । देशभर आँशिकदेखि सामान्य बदली रही कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसो वा बेलुकीपख कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद् गोविन्द झाको आग्रह छ । उहाँका अनुसार देशका अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले कोशी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । काठमाण्डौलगायत आसपासका क्षेत्रमा घाम लागेको छ । तर, अहिले घाम लागे पनि फेरि बदली भइ दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।...