Monday, July 6News That Matters

Month: ३ वर्ष अगाडि

एसईई नतिजा प्रकाशित गर्न आज बोर्डको बैठक बस्दै, आजै नतिजा सार्वजनिक गरिने

एसईई नतिजा प्रकाशित गर्न आज बोर्डको बैठक बस्दै, आजै नतिजा सार्वजनिक गरिने

समाचार
पूर्णपुष्टि,असार २१ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने आज अन्तिम बैठक बस्दै छ । तिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बोलाइएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । बोर्डको बैठकपछि सम्भवतः आज नै नतिजा सार्वजनिक गरिनेछ । बोर्डले यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो । त्यो विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ । तर, बोर्डले अघिल्लो वर्ष र यो वर्ष पुरानै अक्षरा...
आज वर्षकै सबैभन्दा लामो अत्याधिक गर्मीको दिन

आज वर्षकै सबैभन्दा लामो अत्याधिक गर्मीको दिन

समाचार
पूर्णपुष्टि,असार २१ । आज यस वर्षकै सबैभन्दा लामो दिन र अत्याधिक गर्मी हुने भएको छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने विज्ञप्तिमा उल्लेख गरे । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर छ । बिहीबार दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ । उनले सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुन जान्छ भन्नुभयो । सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । समितिका कार्यकारी निर्देशक डा. शर्माले भने, “पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्द...
चौदण्डीगढीमा सर्पको टोकाईबाट एक वृद्दाको मृत्यु

चौदण्डीगढीमा सर्पको टोकाईबाट एक वृद्दाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २० । उदयपुरको चौदण्डीगढी नगरपालिकामा विषालु सर्पको टोकाईबाट एक जना वृद्दाको मृत्यु भएको छ । सर्वको टोकईबाट उदयपुरको चौदण्डीगढी–७, भूल्केकी ७२ वर्षीया जमुना घिमिरेको मृत्यु भएको हो । मंगलवार साँझमा आफ्नै घर नजिक सर्पले डसेपछि उपचारको लागि १८ नं.वाहिनी भूल्के लानेक्रममा वृद्दाको बाटोमै निधन भएको वडाध्यक्ष केशब अधिकारीले जानकारी दिए । उनका अनुसार घट्ना भए लगतै उपचारको लागि बेल्टार स्थित नगर अस्पताल गगिएको थियो । उक्त अस्पतालमा सर्पदंशको औषधि नभएको कारण उपचार नहुने नभएपछि तत्काल २० भायल औषधि जिल्लाबाट माग गरिएको वडाध्यक्ष अधिकारीले बताए । नगरको अस्पतालमा आवश्यक जनशक्ति अभावसँगै सर्पदंशको उपचार प्रभावकारी हुँन नसकेको स्थानीयहरु बताउँछन् । यो समयमा सर्पको टोकाईबाट सुरक्षीत रहन आफ्नो घर आँगन वरपर झाडिहरु सफाई गर्नुका साथै सुत्ने ओछ्यान सधै झुल टाँगेर सुत्ने गरौं ।...
साउनेको बाजगरामा माझी समुदायहरुलाई परपरागत सामाग्री हस्तान्तरण

साउनेको बाजगरामा माझी समुदायहरुलाई परपरागत सामाग्री हस्तान्तरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २० । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-१४ साउँनेमा परम्परागत सिप र ज्ञानको जगेर्ना तथा संरक्षणका लागि माझी समुदायहरुलाई बिभिन्न परपरागत सामाग्री हस्तन्तरण गरिएको छ । मानव अधिकार र वातारवरण विकास केन्द्र हुरेण्डेक उदयपुरको आयोजनामा बुधवार साउनेको बाजगरा स्थित श्री साङ्गछोलिङ्ग गुम्बा आधारभूत विद्यालयको प्रांगनमा पुगि उक्त सामाग्री हस्तान्तरण गरिएको हो । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, विराटनगरको सहयोगमा गरिएको सामाग्री हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले उक्त सामाग्रीहरु वितरण गरेकी हुन् । माझी समुदायहरुले प्रयोग गर्ने ठुलो जाल ८ पीस, सानो जाल ७ पिस, लाईफ ज्याकेट १५ थान, बल्छि क्रमस १ नम्बर २,३,४,५,७ र १० नम्बर, कालो र सोतो बल्छि धागो ५ थान, जालमा प्रयोग गरिने डोरी १०० पीस र जालमा प्रयोग गर्ने ५०० मिटरको रस्सी हस्तान्तर...
इन्जीनियर यादव घुस सहित पक्राउ

इन्जीनियर यादव घुस सहित पक्राउ

Breaking News 1
पूर्णपुष्टि, २० असार । रूपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्दकुमार यादव ४५ हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर यादवलाई बुधबार घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। वडा नम्बर ७ अन्तर्गतको सडक पिसिसी र ग्राभेल गर्ने कामको नापजाँच पछि भुक्तानी दिनको लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। घुस मागेको सूचना पाएपछि खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।...
लेखापाल र कार्यालय सहयोगी घुस सहित पक्राउ

लेखापाल र कार्यालय सहयोगी घुस सहित पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० असार । महोत्तरी जिल्लाको सम्सि गाउँपालिकाका लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरिन यादव घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीहरुलाई सेवाग्रहीसँग एक लाख २५ हजार रुपैँया घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो । कोभिड १९ सम्बन्धि जनचेतनामूलक कार्यक्रमको भुक्तानी प्रयोजनका लागि लेखापाल राउत र कार्यलय सहयोगी यादवले उक्त रकम बुझेको आयोगले जनाएको छ । यसैबीच रुपन्देही जिल्लाको टोटहीमाई गाऊँपालिका वडा नं– ७ मा सडकको पिसीसी र ग्राभेल कार्यको नाँपजाँचको भुक्तानी प्रयोजनका लागि ईन्जिनियर अरविन्द कुमार यादव ४५ हजार घुस लिंदै गर्दा आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।...
त्रिनपा १५ को बाझो जमिनमा वृक्षारोपन

त्रिनपा १५ को बाझो जमिनमा वृक्षारोपन

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २० । त्रियुगा नगरपालिका १५ स्थितमा रहेको बाझो जमिनमा घाँस खेती सुरु गरिएको छ । स्थानिय किसानहरुलाई फाईदा पुग्ने गरी त्यस क्षेत्रको बाझो जमिनमा घाँस खेती सुरु गरिएको हो । हुरेण्डेक उदयपुरले डिभिजन वन कार्यालय गाईघाटसँगको सहकार्य र वल्र्ड नेवर्सको साझेदारीमा सञ्चालित नेपाल एकिकृत ग्रामिण विकास परियोजना अन्र्तगत समुहमार्फत घाँस लगायतका बोटविरुवा रोपेको हो । संस्थाले भोक, गरिवी, रोगविरुद्ध दिगो समाधान खोज्न र स्वस्थकर वातावरण निर्माण गर्ने लक्ष्यकासाथ समुह परिचालन गरि बृक्षारोपण गरेको हो । दश वटा समुह रहेको उक्त वडाका दुई सय सात घरधुरीलाई कृषिको दिगोपनाका लागि विभिन्न १३ प्रजातिका एक हजार घाँसका विरुवा रोपेको कार्यक्रम संयोजक विनु सुबेदीले जानकारी दिईन् । संस्थाले डाँले तथा भुई घाँस, अमला, हर्रो, वर्रो, वकाईनो, अम्बा, रिठ्ठा लगायतका कोषे, अकोषे विरुवा रोपेको र यस वाहे...
बिदेश जाने सोँच बदलेर कृषिमा रमाउँदै भुपु असही निरौला

बिदेश जाने सोँच बदलेर कृषिमा रमाउँदै भुपु असही निरौला

Breaking News 1, समाचार
बिन्द्र राई पूर्णपुष्टि, २० असार । त्रियुगा नगरपालिका (४ बगहा नमस्ते चोकमा बस्दै आएका भुपु असही अर्थात् किसान निरौला विगत १७ वर्षदेखि कृषि मौसमी नगदे तरकारी खेती व्यवसाय अगाल्दै आईरहेका छ्न् । मानिस विदेश पलान भईरहेको बेला आफुले चाहिँ प्रहरी जागीरेको रिटायड जिन्दगीलाई गाउँघरमा नै बसेर कसरी सदुपयोग गर्ने विचारमा थिए । कृषिको माध्ययमबाट समाजलाई केही दिन र गर्न सकिन्छ, भन्ने विचार लिएर निरौलाले २०६३ सालमा त्रियुगा नगरपालिका ( बगहामा पाथीभरा कृषि फर्म दर्ता गरेका थिए । न्युन लगानीमा १० कठ्ठा नीजी र १२ कट्ठामा बार्षिक २४ हजार भाडा तिरेर २२ कट्ठामा काउली खेतीबाट यो व्यवसाय सुरुवात गरेका थिए। पहिलो लटमा काउली खेतीबाट मनग्गे आम्दानी लिएपछि अन्य मौसमी तरकारी खेती लगाउन आकर्षित भएको निरौला बताउँछन् । उनले यो व्यवसायमा ...
टिफरको ठक्करबाट आमा छोरीको मृत्यु

टिफरको ठक्करबाट आमा छोरीको मृत्यु

Breaking News 1
पूर्णपुष्टि, २० असार । इटहरीमा टिप्परले ठक्कर दिँदा आमा छोरीकै मृत्यु भएको छ । मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका(८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको टिप्पर ठक्कर बाट मृत्यु भएको हो । करिब पोने ४ बजे धरानबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले आमा छोरी सवारको १४प५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि मंगलबार दिउँसो केही समय इटहरी तनावग्रस्त बनेको थियो । टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका थिए । स्थानीयवासीले टिपर तोडफोड गरेका थिए ।...
उदयपुरमा ७ जना किशोरीलाई स्टेसनरी सामाग्री बितरण

उदयपुरमा ७ जना किशोरीलाई स्टेसनरी सामाग्री बितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २० । ‘समानता, समाबेशी र मानबअधिकारका लागि हाम्रो अभियान’ भन्ने मुलनाराको साथ उदयपुरको गाईघाटमा पहिलोपटक महिनावारी भएका किशोरीहरुलाई स्टेसनरी सामाग्री बितरण गरिएको छ । मंगलवार त्रियुगा नगरपालिकाको आयोजना होटल एवनमा भएको एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पहिलोपटक महिनावारी भएका ७ किशोरीहरुलाई हट ब्याग, स्टेशनरी सामग्री बितरण गरी सम्मान गर्नु भएको हो । नगरपालिकाको सहयोग, मुलधार महिला सेवा समाज (मासबेस) उदयपुरको आयोजनामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले महिनावारी प्राकृतिक भएको र महिनावारी सुरु संगै महिलालाई मात्र प्रकृतिले सन्तान जन्माउन सक्ने क्षमता प्रदान गरेको छ यस्मा सबैले गर्व गर्नुपर्ने बताए । “महिनावारी भएको बेला महिलालाई भेदभाब गर्नु हुदैन। पहिलोपटक महिनावारी भएका किशोरीलाई सम्मान कार्यक्रमले महिनावारी प्रति...