Monday, July 6News That Matters

Month: ३ वर्ष अगाडि

लोमान्थङ गाउँपालिकाले राजा झिग्मि सिङ्गी पलवरको छोराको विवाहमा दियो सर्वाजनिक विदा

लोमान्थङ गाउँपालिकाले राजा झिग्मि सिङ्गी पलवरको छोराको विवाहमा दियो सर्वाजनिक विदा

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १८ ।मुस्ताङको लोमान्थङ गाउँपालिकाले राजा झिग्मि सिङ्गी पलवर विष्टको छोराको विवाहमा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको अध्यक्ष टसि न्हर्वु गुरुङले आईतबार निकालेको सार्वजनिक विदा सुचनामा मुस्ताङ्गी ऐतिहासिक, सांकृतिक तथा धार्मिक राजा झिग्मि सिङ्गी पलवर विष्टका जेष्ठ छोरा झिग्मि धिण्डुप फुन्छोक पलवर विष्टको शुभ–विवाह उत्सव लोमान्थङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले असार १८ गते सोमबार बिदा दिईएको उल्लेख छ । सुचनामा भनिएको छ ‘गाउँ कार्यपालिकाको कार्यालय, मातहतमा सम्पुर्ण कार्यलय तथा शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिईएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागी अनुरोध छ ।...
रौतामाईमा बन्यो “रौतारानी अचार”

रौतामाईमा बन्यो “रौतारानी अचार”

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १८ ।  उदयपुरको रौतामाई गाउँपालिकाका महिलाहरुले गाउँमै मिठो अचार उत्पादन गरेका छन् । गाउँमै उपलब्ध हुने अमला, कागती, मुला, गाजर आदिको अचार बनाएका हुन् । “रौतारानी” नाम दिएर अचार उत्पादन गरेका छन् । उनीहरुले अमलाको छुट्टै र मिसाइएको अचार उत्पादन गरेका हुन् । रौतामाई गाउँपालिकाको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को आर्थिक तथा प्राविधिक सहयोगमा उदयपुर कृषि सहकारी संस्थाले असार १६ र १७ गते भुट्टारमा तालिम सञ्चालन गरेको हो । श्रीमान् बैदेशिक रोजगारमा रहेका १३ जना महिला तालिममा सहभागि थिए । उनीहरुले अचार बनाउनेदेखि प्याकेजिङसम्मको सिप पाएका छन् । तालिमको समापन तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै पालिका अध्यक्ष बिरेन्द्रकुमार मगरले महिलाहरुले मिठो र स्वास्थवर्धक अचार उत्पादन गर्न सफल भएको बताउनुभयो । अचार उत्पादनलाई पालिकाको पहिचानसंग जोडेर प्रवर्द्धन गरिने र आगामीवर्ष थप क...
जंगली हात्तीले  किचेर झापामा एक वृद्धाको मृत्यु

जंगली हात्तीले किचेर झापामा एक वृद्धाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १८ । झापामा आज बिहान जंगली हात्तीले किचेर एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१० मा पूजाको लागी फूल टिप्न हिँडेकी ८० बर्षीय पन्नादेवी साहलाई सडकमा हात्तीले किच्दा मृत्यु भएको वडा नं १० का वडाध्यक्ष नारायण खनालले बताए । वडाध्यक्ष खनालका अनुसार एक वर्ष अघिदेखि छोरीको घरमा बस्दै आएकी सिलगुढी निवासी साहको आज बिहान हात्तीले कुल्चेर ज्यान गएको हो । झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए ।...
अन्तरर्जातीय विवाह गरेको निहुँमा घरमा आगजनी गर्ने किशोरीको दाई पक्राउ

अन्तरर्जातीय विवाह गरेको निहुँमा घरमा आगजनी गर्ने किशोरीको दाई पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १८ । जुम्लामा अन्तरर्जातीय विवाह गरेको निहँमा किशोरीको दाईले केटापक्षको घरमा आगजनी गरेका छन् । तातोपानी गाउँपालिका–४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका २२ बर्षीय हिक्मत गिरीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान घरमा आगजनी भएपछि भरतले गिरीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिए । हिक्मतमाथि आगजनी कसूरमा अनुसन्धान भइरहेको छ। घरमा आगजनी हुनुको कारण भरतको कान्छा भाई मुकुन्द नेपालीले हिक्मतकी अन्दाजी १४ बर्षकी बहिनिलाई भगाएर गरेको अन्तरर्जातीय विवाह हो । मुकुन्दले हिक्मतकी बहिनिलाई असार ११ गते भगाएका थिए । आगजनी भएको घर भरतले चार वर्ष अघि बनाएका थिए । उक्त घरमा साइँला भाई तिर्थ र मुकुन्द बस्दै आएका थिए भने भरत जुम्ला बजार बस्छन् । तिर्थ काम...
आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै

समाचार
पूर्णपुष्टि,असार १८ । अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ। यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ । सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिनेगर्छन् । चाहे मुस्लिमहरूको मदर्सामा तपाइलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक, शिक्षिकाहरू किन नहुन रु उनिहरुले सिकाएका र दिएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौं । असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथाप...
भारतबाट घटेर आयो एलपिजी ग्यासको मूल्य

भारतबाट घटेर आयो एलपिजी ग्यासको मूल्य

समाचार
पूर्णपुष्टि,असार १८ । छिमेकी मुलुक भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको हो । यो नयाँ मूल्य सँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको पनि निगमले जनाएको छ । यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ घाटा थियो । यस्तै हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५ रूपैयाँ, डिजेल र मट्टीतेल एक सय ५५ रूपैयाँ, हवाई इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट र खाना पकाउने एलपिजी ग्यास सिलिन्डरको १८ सय रूपैयाँ छ ।...
पार्टी प्रवेश गरि पार्टी प्रती गद्दार गर्नेलाई तुरुन्तै कारवाही हुन्छ : महामन्त्री थापा

पार्टी प्रवेश गरि पार्टी प्रती गद्दार गर्नेलाई तुरुन्तै कारवाही हुन्छ : महामन्त्री थापा

Breaking News 1, समाचार
बिज्ञान पराजुली पूर्णपुष्टि,असार १८ । राष्टिय स्वतन्त्र पार्टीका कोशी प्रदेश महामन्त्री लालबिक्रम थापाले गलत नियतले पार्टी प्रवेश गरि पार्टी प्रती गद्दारि गर्नेलाइ तुरुन्तै कारवाही गर्ने चेतावनी दिएका छ्न । आईतवार गाइघाट स्थित टाउनहल होटलमा आयोजित त्रियुगा नगरको प्रथम भेलालाई सम्बोधन गर्दै थापाले उक्त्त चेतावनी दिएका हुन । मिसन २०८४ लिएर आफुहरु अगाडि बढेको र यो क्रमलाई कोहि कसैले रोक्न छेक्न नसक्ने दाबी गर्दै अब आउने निर्वाचनमा आफ्नो पार्टी देशकै पहिले पार्टी हुने जिकिर गरे । कार्यक्रममा रास्वपा केन्द्रिय सदस्य निशा मेहताले रास्वपामा धेरैजसो युवा र बौद्धिक बर्गको जमात भएकोले ब्य्वस्था परिवर्तनको लागि सबैले एकजुट भएर हातेमालो गर्ने बेला आएको बताएका छन् । उनले आफ्ना कार्यकर्ताहरुलाइ कोहि पार्टी र ब्यक्ति प्रती पुर्वाग्रहि ढङ्गले टिकाटिप्पणी नगर्न आग्रह सम्मेत गरेका हुन । भेलाको उदघाटन ...
उदयपुरमा अटो दुर्घटना हुँदा चालकको ज्यान गयो, एक गम्भीर घाईते

उदयपुरमा अटो दुर्घटना हुँदा चालकको ज्यान गयो, एक गम्भीर घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ असार । उदयपुरमा अटो टेम्पु दुर्घटना हुँदा चालकको मृत्युृ भएको छ । मृत्यु हुनेमा त्रियुगा नरपालिका १२ का १८ बर्षिय मोहमद रुस्तम रहेको छ । दुर्घटनामा टाउको पछाडी चोट लागेको रुस्तमको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । रुस्तम सँगै अटोमा रहेको ७ बर्षिय बालक मोहमद नसिर भने गम्भीर घाईते भएको छ । उनलको जिल्ला अस्पताल उदयपुरमा उपचार भैरहेको जनाईएको छ । दुर्घटना उदयपुरगढी गाउँपालिका ७ अधेरी स्थित मदनभण्डारी राजमार्गमा भएको हो । उक्त टेम्पु नेपालटार बाट गाईघाट तर्फ आउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
नक्कली स्वास्थ्यकर्मी सुई लगाउँदा–लगाउँदै पक्राउ

नक्कली स्वास्थ्यकर्मी सुई लगाउँदा–लगाउँदै पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ असार । पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ । स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन गर्न लगाएका थिए । । उनले श्रीमतीको नाम राखेर श्यामा क्लिनिक चलाउँदै आएको पत्ता लागेको छ । पुर्ख्यौली घर जनकपुर भए पनि विगत १७ वर्षदेखि बैतडी बस्दाबस्दै श्यामाले स्थानीय बिरामीसँग बैतडेली र डोटेली भाषा बोल्ने गरेको पाइएको छ । श्यामाले नै बिरामीको रगत तानेर ल्याबमा परीक्षण गर्ने गरेको बताइएको छ । उनमा स्वास्थ्य उपचार तथा औषधीसम्बन्धी कुनै शिक्षा नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले स्थानीयको जनगुनासोपछि गत जेठ २ गते मेडिकल सिल गरेको थियो । प्रशासनले सिल गरे...
कोशी प्रदेशमा राप्रपाको सर्त मुख्यमन्त्री तर्फ

कोशी प्रदेशमा राप्रपाको सर्त मुख्यमन्त्री तर्फ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ असार । कोशी प्रदेशमा सरकार नेतृत्वको निर्णायक भएर बसेको राप्रपाले नयाँ गठबन्धन सँग सामेल हुन मुख्य मन्त्रीको प्रस्ताव अघि सारेको छ । कोशी प्रदेशमा कांग्रेस र एमाले नेतृत्वका दुबै गठबन्धनमा स्पष्ट बहुमत नभएका कारण नयाँ सरकार गठनमा अन्योल बढिरहँदा सत्ताको साँचो बोकेर बसेको राप्रपाले मुख्यमन्त्री पाउनुपर्ने सर्त अघि सार्न थालेको हो । ुनयाँ गठबन्धनबाट सरकार गठनका लागि प्रस्ताव आउँदा हामीले मुख्यमन्त्री पाउनुपर्ने सर्त राख्नेछौं,ु राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने । कोशी प्रदेशमा अहिलेको गठबन्धनमा एमाले र राप्रपाका गरी ४६ सदस्य रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा राप्रपाको भने ६ सिट छ । एमाले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनमा जटिलता देखिएको छ । प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, नेकप...