Monday, July 6News That Matters

Month: ३ वर्ष अगाडि

किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १९ । एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा कञ्नपुरमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । १६ बर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्री पक्राउ परेका छन् । सोही नगरपालिका ५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र किशोरीलाई आईतबार राति जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधरमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
फूलै फुलले सजिएको काठमाडौका सडक

फूलै फुलले सजिएको काठमाडौका सडक

समाचार
पूर्णपुष्टि,असार १९ । काठमाण्डौँ महानगरले सुन्दर सहर बनाउँने र हरियाली प्रबद्र्धन गर्नका लागि फूलसहितको गमला राख्ने अभियान सुरु गरेको छ । उपत्यकाका विभिन्न सडक पेटीकाहरुमा फूलसहित गमला राख्न सुरु गरिएको हो । जस्तै बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो ।
अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ बालबालिकाको मृत्यु, एक घाईते

अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ बालबालिकाको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १९ । अर्घाखाचीँमा घरमाथि पहिरो खस्दाँ ३ बालबालिकाको मृत्यु भएको छ भने एक बालक गम्भिर घाईते भएका छन् । पाणिनी गाउँपालिका–१ कोप्चेमा मंगलबार बिहान गंगा रास्कोटीको घरमाथि पहिरो झरेको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए। । परिवारका सदस्य उठेर काममा गएका बेला घरभित्रै सुतिरहेका बालबालिका पहिरोमा पुरीएको उनले बताए । उनका अनुसार बिहान ६ बजे घरमाथिको ढिस्को भत्कँदा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटीको मृत्यु भएको हो । १४ वर्षका सचिन्द्र रास्कोटी गम्भीर घाइते भएका छन् । सुचना पाएलगतै खटिएको प्रहरीको टोलीले स्थानियको सहयोगमा सचिन्द्रलाई जिवितै उद्धार गरेका हुन् । मृतक र घाइते बालबालिका भाइभाइका छोरा हुन्। उद्धार गरिएका बालकलाई उपचारका लागि पाल्पा अस्पताल लगिएको अध्यक्ष न्यौपानेले जनाए । बालबालिकाको शव पोखराथोकमा ...
मलेसियालाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

मलेसियालाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असार १९ । एसीसी पूरुष यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई फराकिलो रन आन्तरमा हराउँदै उपाधि जितेको छ । मंगलबार भएको फाईनल खेलमा नेपालले मलेसियालाई २२१ रन अन्तरमा पराजित गर्दै उपाधि चुमेको हो । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले मलेसियालाई २५३ रनको लक्ष्य दिएको थियो । निर्धारित ३५ ओभर खेलेको नेपालले ८ विकेट गुमाएर २५२ रन बनायो । नेपालले दिएको बिशाल रनको लक्ष्य पछ्याएको मलेसियाले १४.५ ओभरमा अलआउट हुँदै ३१ रनमात्र बनायो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा मलेसियाको ब्याटरहरु धेरै समय मैदानमा टिक्न सकेनन् । नेपालका लागी कप्तान अभिषेक तिवारीले ५ विकेट लिए भने सन्तोष यादवले ३ विकेट लिए । सागर गिरी र अशोक धामीले समान १–१ विकेट लिए । नेपाली टोलीका लागी नरेन भट्टले शतक प्रहार गरे । ८९ बल खेलेका उनले दश चौका र दुई छक्का मद्दतमा सार्वाधिक ११२...
रौतामाई ७ मा खहरे बाढिको कारण लाखौँको क्षेती

रौतामाई ७ मा खहरे बाढिको कारण लाखौँको क्षेती

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १९ । उदयपुरको रौतामाई गाउँपालिका–७ पुवारे डहरमा गए रातिको वर्षाका कारण खहरे बाढिले लाखौको क्षेती भएको छ । लगातार वर्षका कारण स्थानिय टेकवहादुर दुलाल सार्कीको करिब ४ रोपनी खेत,पाकेको मकै,धानको बीउ र भैसिको कटेरो पुरिएकोछ भने स्थानिय रामवहादुर सार्किको एउटा वङ्गुर सहित खोर पुरिएको हो । जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्र जोडिने सडक बाटोको कारण मुर्कुची, पुवारे, डुम्रीथुम्का, रानिवास, तेलतेले जाँनेमा क्षेती पुगेको स्थानिय पिडितहरुले जनाए । मकै थन्काउँने बेला भएको र अव धान रोपाईको तयारीमा रहेको स्थानीयहरु धानको बीउ सहित खेत नै बाढिले पुरिदिए पछि किसानहरु पिडामा परेको टोल विकास समितिका अध्यक्ष नारायण वहादुर रायामाझि बताए । रौतामाइ गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आले रौतामाइ,७ का वडा अधक्ष मनोजकुमार राना र अस्थायी प्रहरी चौकी मुर्कुचि र टोल विकास समितिद्वारा क्षति भए...
उदयपुरमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु

उदयपुरमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १९ । उदयपुरको गाईघाटमा बढ्दो सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ मंलवारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कोशी प्रदेश अन्तर्गत रहेका १४ वटा जिल्लाहरुमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयको सहकार्यमा सप्ताहव्यापी ट्राफिक जनचेतना मूलक कार्यक्रम आयोजना गरी मनाउने भएको हो । गाईघाटमा स्थित त्रियुगा बसपार्कमा त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले एक सवारी चालकलाई हेल्मेट लगाईदिएर ट्राफिक सप्ताहको उद्घाटन गरेका हुन् । सप्ताहको उद्घाटन गर्दै प्रमुख बस्नेतले ट्राफिक सप्ताह कार्यक्रम प्रवाभकारी नरहेको बताएको छ । ट्राफिक सप्ताहलाई जनताले रमाईलोको रुपमा मात्र लिएको जनाए । ट्राफिक व्यवस्थापनमा नियम सबैले पालना गरेर सहयोग पुर्याउँनु पर्नेमा नियम उल्लंघन गर्नेहरुले नगरपालिका अथावा प्रहरीका उच्च अधिक...
नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ उदयपुरको अध्यक्षमा पून : प्रधान

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ उदयपुरको अध्यक्षमा पून : प्रधान

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ असार । नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ उदयपुरको अध्यक्षमा पून ः ज्ञानु प्रधान चयन भएकी छिन् । जिल्लाको दोस्रो साधारण सभा तथा अधिवेशनले प्रधानलाई दोस्रो पटक पनि नेतृत्वमा चयन गरेको हो । सोमबार केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको उपस्थितिमा जगत भवन स्थित भएको साधारण सभा तथा अधिवेशनले प्रधानको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा शोभा खत्री, प्रथम उपाध्यक्षमा सुवास परियार, दित्तिय उपाध्यक्षमा सुमित्रा मगर, माहासचिवमा संगिता खड्का, सचिवमा अन्नखातुन अली, कोषध्यक्षमा प्रमिला परियार, सह–कोषध्यक्षमा श्याम कुमारी राई रहेका छन् । यस्तै सदस्यहरुमा जावेद अली, प्रेम परियार, धन वहादुर परियार र राकेश रनपहेली रहेका छन् । यस्तै सल्लाहकार समितिमा संयोजकमा कल्पना दर्नाल, सदस्यमा वनाद परियार, टिका मोते र मनोज परियार रहेको छ । निर्वातित कार्यसमित...
नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार १८ । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा चलिरहेको प्रतियोगिताको सेमिफाईनलमा सिंगापुरलाई हराउँदै नेपालले फाईनलमा स्थान सुरक्षित गरेको हो । बायोमास ओभल क्रिकेट मैदानमा भएको सेमिफाईनलमा नेपालले सिंगपुरमाथि ८७ रनको जित निकालेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो । नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा सिंगपुरलाई सहजै हराएको हो । नेपालका लागी कृतिक कामतले सर्बाधिक ३ विकेट लिए भने कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले समान १–१ विकेट लिए । सिंगपुरका ओपनर रविचन्द्रनले सर्वाधिक २४ रन बनाए भने अर्को ओपनर श्रेयन च्यायु २ रनमा आउट भए । रहील थाक्करले ७ रन बनाए भने कविर बेर्लियाले ११ बनाए । प्रनव धनुकाले १४ रन बनाउनुबाहेक दोहोरो अंकको रन छुन सकेनन् । यस...
एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा परीक्षा बोर्ड

एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा परीक्षा बोर्ड

शिक्षा, समाचार
पूर्णपुष्टि,असार १८ । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । ‘असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका अनुसार काम भइरहेको छ’ , उनले भने, ‘उत्तरपुस्तिका परीक्षणको काम सकिए पनि प्राविधिक काम बाँकी छ।’ कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अंक पुनर्जाँचको काम भइरहेको छ । यसपटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागु हुने वा नहुनेबारे निर्णय हुन बाँकी रहेको जनाएको छ । सरकारले गत वर्षको एसईई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थिय...
नक्कली छोराछोरीलाई नागरिकता बनाईदिन खोजेको आरोपमा दम्पती पक्राउ

नक्कली छोराछोरीलाई नागरिकता बनाईदिन खोजेको आरोपमा दम्पती पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १८ । बुटवलमा नक्कली छोराछोरीलाई नागरिकता बनाईदिन खोजेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । झुटो विवरण पेश गरी नक्कली छोराछोरीको नागरिकता बनाईदिने खाज्ने बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी पत्नी ४२ वर्षीया सीतालाई पक्राउ गरिएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । उनीहरुले आफूसँग सम्बन्ध नभएका दुई जनालाई छोरी र एक जनालाई छोरा भनी नागरिकता बनाइदिन खोजेको आरोप छ । नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा आइतबार पुगेका उनीहरुलाई झुटो विवरण पेश गरेको सूचनाको आधारमा पक्राउ गरेको सूचना अधिकारी ज्ञवालीले बताए । । बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतको सिफारिसमा नागरिकता बनाउनेहरु कशौधन दम्पतीकै छोरा छोरी भनि खुलाएको छ । पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय बुटवलले हिरासतमा...