Monday, July 6News That Matters

Month: ३ वर्ष अगाडि

विश्वकप फुटबल : नेपालको प्रारम्भिक टोली घोषणा

विश्वकप फुटबल : नेपालको प्रारम्भिक टोली घोषणा

खेलकुद
पूर्णपुष्टि,असार १७ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एन्नेसीले ३० खेलाडीको प्रारम्भिक टोली छनोट गरेका हुन् । छनौट हुनेमा गोलकिपरतर्फ किरनकुमार चेम्जोङ, अनिस देउला, दिप कार्की र अभिषेक बराल छन् । यस्तै डिफेन्डरमा विमल पान्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन, छिरिङ लामा र अन्जन राईलाई छनोट गरिएको छ । एरिक विष्ठ, सुदिप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र क्रितिसरत्न चुन्जु मिडफिल्डरमा छनोट भएका छन् । स्ट्राइकरहरुमा आयुस घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, विमल घर्तिमगर, आशिष चौधरी, जिलेस्पीजङ कार्की र दिनेश हेन्जानलाई छनोट गरिएको छ । प्रारम्भिक टोलिको बन्द प्रशिक्षण अगष्ट १ बाट सुरु हुने एन्फाले ज...
नापी सर्वेक्षक र लेखपढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नापी सर्वेक्षक र लेखपढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्रहीसँग लिएको एक लाख ७५ हजार घुसरकम सहित पक्राउ परेका मनमैजुस्थित काठमाडौं नापी कार्यालयका नापी सर्वेक्षक रेमश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा उपरकोटीले कार्कीमार्फत घुसररिसवत बुझेका थिए । आयोगका प्रवक्ता भोला दाहालका अनुसार सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम बिगो जरिवाना सजायसमेत हुने गरि विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो ।...
उदयपुरमा बालिका बलत्कार गरेको आरोपमा एकजना पक्राउ

उदयपुरमा बालिका बलत्कार गरेको आरोपमा एकजना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ असार । उदयपुरमा एक जनालाई प्रहरीले बालिका बलत्कार गरेको आरोपमा पक्राउ गरेको छ । ताप्ली गाउँपालिका (३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
सरकारमा जाने जनमतको तयारी

सरकारमा जाने जनमतको तयारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ असार । जनमत पार्टी पून : सरकारमा जान तयार भएको छ । जनमतले राखेका शर्तहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको छ । आईतबार प्रधानमन्त्री समेत रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टी अध्यक्ष सिके राउतबीच भएको छलफलपछि जनमत पार्टी सरकारमा जान सकरात्मक देखिएको हो । प्रधानमन्त्री प्रचण्डलाई बिहान भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउतले तीन शर्त राखेका थिए । बजेट, मधेस प्रदेशमा बिना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा अध्यक्ष राउतले प्रधानमन्त्रीसँग छलफल गरेका थिए । जनमत पार्टीका नेता अब्दुल खानका अनुसार प्रधानमन्त्री सकरात्मक देखिएकाले सरकारमा जाने सम्भावना बढेको छ । ‘बजेट गरिएको असमानता हटाउने, मधेसमा बिना विभागीय मन्त्री बनाइएकालाई जिम्मेवारी दिने र केन्द्रको मन्त्रालयका विषयमा ...
६ महीनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

६ महीनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

समाचार
पूर्णपुष्टि,असार १७ । सन् २०२३ को ६ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए। सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ। यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो । बोर्डका अनुसार यस वर्षको जनवर...
स्कुटर दुर्घटनामा परी बाबुको मृत्यु, छोरी घाइते

स्कुटर दुर्घटनामा परी बाबुको मृत्यु, छोरी घाइते

समाचार
पूर्णपुष्टि,असार १७ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवकता बसन्त पाठकका अनुसार बा. ९३ प ५८८१ नम्बरको स्कुटर स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको जनाएको छ । उनको इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको प्रहरीरीले जानकारी दिए । स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वर्षीय अनिता त्वाटी दुर्घटनामा सामान्य घाइते भएकी छन् । उनी उपचारपछि गएराति नै घर फर्किसकेकी छन् ।...
बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याड्मिन्टन प्रतियोगितामा कुनकुन जोडीले मारे बाजी ?

बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याड्मिन्टन प्रतियोगितामा कुनकुन जोडीले मारे बाजी ?

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १७ असार । उदयपुरको बेलका नगरपालिकामा बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । बेलका नगर युवा तथा खेलकुद बिकास समितिको आयोजना र बेलका नगरपालिकाको सहयोगमा आयोजना गरिएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो । नगरको वडा नं ९ भचुवा नवनिर्मित कभर्डहलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । मेयर कप ब्याडमिन्टन प्रतियोगितामा (ए) (बि) र भेट्रान्स गरि ३ वटा समुह बीच खेल भएको थियो। जसमा समुह (ए) अन्तर्गत जइन राई र रिदम कार्की प्रथम, नुनिराम राई र बिवस शाह दोस्रो, सुशील तिम्सिना, भगत राई, सन्देश तामाङ र इन्द्र राई (४ जना) तेस्रो हुनु भएको छ। बिजेता टिमलाई नगद रु। क्रमश ः १० हजार, ८ हजार, ६ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी समुह (बि) अन्तर्गत मदन राई र नेपाल धन राई प्रथम, राजेश मण्डल र तारा खड्का दोस्रो र पदम राई,सत्य नारायण चौधरी, नम...
कृषिप्रधान देश नेपालमा दुई करोड किलो कोदो आयात

कृषिप्रधान देश नेपालमा दुई करोड किलो कोदो आयात

समाचार
पूर्णपुष्टि,असार १७ । नेपाललाई कृषिप्रधान देश भनिए पनि कोदोसमेत विदेशबाट आयात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामै ६४ करोड रुपैयाँभन्दा धेरैको कोदो आयात भएको जनाएको छ । गएको साउनदेखि जेठ महिनासम्म झण्डै दुई करोड किलो कोदो आयात गर्दा ६४ करोड ३७ लाख रुपैयाँ बाहरिएको छ । यो अंग्रेजी वर्ष सन् २०२३ लाई संयुक्त राष्ट्र सङ्घले कोदो वर्षको रूपमा मनाइरहेको छ । सोही अनुरुप चालु आर्थिक वर्ष २०७९र८० लाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउने नेपाल सरकारले यसअघि निर्णय गरेको छ । नेपालमा भारत, चीन, इन्डोनेसिया लगायतका देशबाट कोदो आयात हुन्छ । नेपालको लागि कोदो चौथो मुख्इ वालीको रुपमा चिन्छि । तीन तहका सरकारले कोदोजन्य बालीलाई केन्द्रमा राखेर रैथाने बाली प्रवर्द्धन कार्यक्रम विगत पाँच वर्षदेखि सञ्चालित छ । यसको खेती कम मलिलो तथा सुक्खा जग्गामा गर्न सकिन्छ र ...
प्रचण्ड र सिके राउतबीच भेट वार्ता, सरकार नछाड्न आग्रह

प्रचण्ड र सिके राउतबीच भेट वार्ता, सरकार नछाड्न आग्रह

Breaking News 1
पूर्णपुष्टि, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई सरकार नछाड्न आग्रह गरेको छ । आईतवार प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भएको भेटवार्तामा यस्तो आग्रह गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सरकारलाई दिएको समर्थन कायम राख्ने या फिर्ता लिने भन्नेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो क्रममा प्रधानमन्त्री प्रचण्डले समर्थन फिर्ता नलिन आग्रह गरेका थिए । आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा समेट्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका छन् । पछिल्लो समय जनमतलाई सरकारमा समेट्न ढिला गरेकाले प्रचण्डसँग सिके राउत रुष्ट रहँदै आएका छन् । प्रधानमन्त्री प्रचण्डले गत पुस ११ गते शपथ लिए लगत्तै जनमतले कृषि र उद्योग मन्त्रालय मागेको थियो । पहिलो चरणमा जनमतले ...
दलित भन्दै कोठा छोड्न दबाब दिने घरबेटी पक्राउ

दलित भन्दै कोठा छोड्न दबाब दिने घरबेटी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ असार । दाङमा आफ्नो घरमा कोठा भाडामा बस्ने व्यक्तिलाई दलित भनेर विभेद गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा प्रहरीले घोराही उपमहानगरपालिका(१७ का ताराप्रसाद पोखरेललाई पक्राउ गरेको हो । पोखरेलमाथि आफ्नो घरमा डेरामा बसेका अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आधारमा विभेद गर्दै कोठा छाड्न दबाव दिएको आरोप छ । परियारका अनुसार दलित भएको थाहा पाएपछि शुक्रबार पोखरेलले कोठा छाड्न दबाबव दिएका हुन् । भाडामा बस्ने परियार र विश्वकर्माले शुक्रबार नै प्रहरीमा उजुरी दिएपछि प्रहरीले पोख्रेललाई नियन्त्रणमा लिएको छ । डीएसपी राजनकुमार गौतमका अनुसार पीडित पक्षको जाहेरी आएमा अनुसन्धान सुरु हुने जनाए । प्रेस सेन्टर नेपाल र दलित पत्रकार संघले परियार र विश्वकर्मामाथि भएको घटनाको बिरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।...