Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरको गाईघाटमा एक दिने पहिचान विषयक प्रशिक्षण हुँदै

उदयपुरको गाईघाटमा एक दिने पहिचान विषयक प्रशिक्षण हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १२ । उदयपुरको सदरमुकाम गाईघाटमा भोली एक दिने पहिचान विषयक प्रशिक्षण कार्यक्रम हुने भएको छ । शनिबार बिहान ११ बजे त्रियुगा नगरपालिका–१२ स्थितमा रहेको टावन हल होटलमा १ नं प्रदेश पुन:नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम संचालन हुने भएको हो। कार्यक्रमको मुख्य प्रशिक्षको रुपमा पूर्व मन्त्री गोपाल किराती रहने आयोजकले जनाएको छ । समितिले १४ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो । कार्यक्रममा पहिचानवादी दल तथा शुभेच्छुकहरुलाई उपस्थितिको लागि आयोजकले आह्वानसमेत गरेको छ ।...
सुरु हुन सकेन उदयपुर एक्स्पो मेला

सुरु हुन सकेन उदयपुर एक्स्पो मेला

Breaking News 1
पूर्णपुष्टि, माघ ११ । उदयपुरको त्रियुगा नगरपालिका–३ नदिकिनार बसपार्क गाईघाटमा आजबाट सुरु गरिने भनिएको उदयपुर एक्स्पो मेला २०८० सुरु हुन सकेन । तयारी पुरा नभएको कारण मेला आज सुरु गर्न नसकिएको आयोजकले जनाएको छ । जिल्ला उद्योग वाणिज्य संघका संस्थापक तथा संरक्षक गजेन्द्र कुमार भगतले तयारी पुरा नभएको कारण भोली शुक्रबार विधिगत पुजा आरधना गरी मेला सुरु गरिने बताएका छन् । औपचारीक रुपमा माघ १४ गते उद्घाटन गरी माघ २५ गते सम्म मेला संचालन गरिने उनले बताए । मेलामा राखिएको स्टलहरुमध्ये चार–पाँच ओटा स्टलहरुमा मात्रै खाजा नास्ता राखिएको छ भने अन्य स्टलहरु खाली देखिएको छ ।...
उदयपुरमा आमाबुवा स्नेह घर निर्माणका लागि महायज्ञ

उदयपुरमा आमाबुवा स्नेह घर निर्माणका लागि महायज्ञ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ११ । उदयपुरको सदरमुकाम गाईघाटमा आमावुवा स्नेह घर निर्माणका लागि श्रीमद्भागवत विराट ज्ञान महायज्ञको आयोजना गरिएको छ । राधाकृष्ण कुञ्ज बिहारी संस्था गाईघाटको आयोजनामा भएको महापुराणबाट संकलित रकम बृद्धबृद्धा, अशक्त, असाह्यको हेरचाह गर्न स्नेह घर निर्माण गरिने लक्ष्य राखिएको छ । संस्थाले त्रियुगा नगरपालिका २ मोतियाही स्थित रामजानकी चारधाम मन्दिर परिषरमा उक्त भवन निर्माणको तयारी गरेको जनाएको छ । संस्थाका सदस्य रविना खड्काका अनुसार सनातन धर्मको संरक्षणमा जोड दिँदै असाहय, वेवारिसे, घरबाट निकालिएका सबै आमावुवालाई भोजन, हेरचाह सहितको आवासीय व्यवस्था गरिने छ ।महापुराणको पहिलो दिन एक हजारको संख्यामा निस्किएका स्थानीयवासीले त्रियुगा नदीको जलासयबाट पवित्र जल उठाई गाईघाट बजार परिक्रमा सहितको कलसशोभा यात्रा गरी शिव स्थापना गरेर भगवानको पूजा आरधना गरिएको छ । सदरमुकामको तरकारी बजार परिष...
उदयपरको चौदण्डीगढीमा जंगली हात्तिको आतंक

उदयपरको चौदण्डीगढीमा जंगली हात्तिको आतंक

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ११ । उदयपुरको चौदण्डीगढीमा हात्तिको आतंक बढ्दै गएको छ । चौदण्डीगढी नगरपालिका वडा नं ५ सिवाई र बेल्हा बस्तिमा जंगली हात्तिको आतंक बढ्दै गएको हो । आज बिहान २ बजेको समयमा बेल्हाका छेवल चौधरीको घर दुई हात्तिले भत्काएर ढुकुटीको धान समेत नष्ट गरिदिएको बेल्हा आधारभूत विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीले बताए । प्रधानाध्यापक चौधरीका अनुसार यस क्षेत्रमा हरेक वर्ष यसैगरी जंगली हात्ति आएर स्थानीयवासीलाई त्रसित पार्ने र धन सम्पत्तिमा क्षती पु¥याउँने गरेको छ । हात्ति आतंकबाट बच्न या रोकथामको लागि वडाभरी सबैले विद्युतीय तार राख्न सुझाव दिएको वडाध्यक्ष तुलसीराम ढकाले बताए । उनका अनुसार स्थानीयवासीको ५ वटा घरमा क्षती पु¥याइ सिावाइ माध्यामिक विद्यालयको ५० मिटर घेराबेरासमेत भत्काइ दिएको छ । उक्त घटनामा मानवीय क्षती भने भएको छैन ।...
सिसि क्यामेरा गायव बनाएर बेलकाको  दुई सहकारीमा चोरी

सिसि क्यामेरा गायव बनाएर बेलकाको दुई सहकारीमा चोरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ माघ । उदयपुरको बेलका नगरपालिकामा बुधबार राती दुई सहकारी संस्थामा चोरी भएको छ । नगपालिकाको वडा नं ९ मा रहेको महिला साना किसान कृषि सहकारी संस्था लि. र सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. मा चोरी भएको हो। चोरीको क्रममा सिसि क्यामेरा समेत निकालेर लगेको पाईएको छ । कर्मचारी दिपन पाण्डेका अनुसार पैसा सँगै सिसि टिभी पनि निकालेर लगेको हो। महिला साना किसानबाट ९ हजार चोरी गरिएपनि यता सहयोगी ऋण सहकारी संस्थाबाट भने चोरी गर्न नपाएको बताईएको छ । महिला साना किसान कृषि सहकारी संस्था लि. मा मुल चेनगेटको चाबी साथै ढोकाको चाबी फुटाएर आर्थिक कारोबार गर्ने ठाँउ काउन्टरमा प्रवेश गरि र्याकहरु फुटाएर त्यहाँ भएको करिब रकम चोरी भएको सहकारीका प्रबन्धक शान्ता कुमारी अधिकारीले बताईन् । सहयोगी बचत तथा ऋण सहकारी संस्थाको भवनको दक्षिण तर्फ म्यानेजरको कार्यकक्षको झ्याल फुटाएर गृल निकाली भित्र प्रवे...
दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिता माघ १६ देखी

दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिता माघ १६ देखी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० मा दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिता २०८० सुरु हुने आउँदो माघ १६ देखी सुरु हुने भएको छ । बुधबार आयोजक वडा युवा तथा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै खेल माघ १६ गते देखी २७ गते सम्म संचालन गरिने जनाएको छ । राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद’ भन्ने नाराका साथै खेल माध्यमबाट युवाहरुलाई दुव्र्यसन मुक्त स्वास्थ्य समाज निर्माण गर्ने उदेश्यका साथ प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा घरेलु टिम फ्युजन फुटबल क्लब सहित स्टार युवा क्लब, कोशी प्रदेश प्रहरी रानी बिराटनगर, कटारी फुटबल क्लब, तालतयैया फुटबल क्लब, बसाहा क्लब, गाईघाट फुटबल क्लब, इटहरी फुटबल क्लब, गोलबजार स्पोर्टस क्लब, दुधौली स्पोर्ट क्लब, बोक्से युवा संजाल र त्रियुगा स्पोर्टस क्लब गरी १२ वटा टिमको सहभागिता रह...
रसुवाघाट पुलबाट हाम फालेर आत्महत्या गर्ने पुरुषको खुल्यो परिचय

रसुवाघाट पुलबाट हाम फालेर आत्महत्या गर्ने पुरुषको खुल्यो परिचय

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १० । उदयपुरको रसुवाघाटस्थित दुधकोशी झोलुङ्गे पुलबाट मंगलबार साँझ खसेका ब्यक्ति खोटाङको खोटेहाङ गाउँपालिका – ५ चिप्रिङका अन्दाजी ४२ वर्षिय गोपाल विष्ट रहेको प्रहरीले पुष्टि गरेको छ । पुलभन्दा केही तल कोशी किनारमा विष्टको मृत शरीर फेला परेको छ । उनको भवितब्य वा आत्महत्या बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिनुभयो । मृतकको शब पोष्टमार्टमका लागि खोटाङ अस्पताल लगिएको छ । रौतामाई गाउँपालिका ५ मा पर्ने रसुवा झोलुंगेपुलले उदयपुर र खोटाङ जोडेको छ । पक्की पुल नहुदा सो पुल एकमात्र कोशी वारपार गर्ने माध्यम थियो ।...
रसुवाघाट पुलबाट हाम फालेर एक पुरुषले गरे आत्महत्या

रसुवाघाट पुलबाट हाम फालेर एक पुरुषले गरे आत्महत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १० । उदयपुरको रसुवाघाटस्थित दुधकोशी झोलुङ्गे पुलबाट मंगलबार साँझ एक ब्यक्तिले हाम फालेर आत्महत्या गरेको स्थानीयले बताएका छन् । रौतामाई गाउँपालिका ५ मा पर्ने रसुवा झोलुंगेपुलले उदयपुर र खोटाङ जोडेको छ । पक्की पुल नहुदा सो पुल एकमात्र कोशी वारपार गर्ने माध्यम हो । स्थानीय कर्णबहादुर राईका अनुसार नाम, ठेगाना थाहा नभएको ती आत्महत्या गर्ने ब्यक्ति पुरुष रहेका छन् । पुलबाट हाम फालेको केही स्थानीय देखेपनि बचाउन सम्भव नभएको बताइएको छ । मृतकको शब कोशी किनारमा तैरिरहेको बताइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार घटनास्थल तर्फ प्रहरी गएका छन् । घटना स्थल पुगेर प्रहरीले घटनाको बारेमा बुझेपछि विस्तृत जानकारी आउने एसपी थापाले बताए ।...
उदयपुरमा इन्स्पेक्टरसहित २२ सशस्त्र प्रहरी सम्मानित

उदयपुरमा इन्स्पेक्टरसहित २२ सशस्त्र प्रहरी सम्मानित

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १० । उदयपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २२ जना प्रहरी पुरस्कृति तथा सम्मानित भएका छन् । २३ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी वल नेपाल नम्बर ५ गण हेडक्वाटरले आयोजना गरेको कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट कार्यसम्पादन गर्ने इन्स्पेक्टरदेखि परिचरसम्मका प्रहरीलाई एसपी अशोककुमार शाक्यले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा इन्स्पेक्टर भुवन बस्नेत, प्रहरी नायव निरीक्षक शिव कार्की, सहायक निरीक्षकद्धय गणेशबहादुर सुनवार, आशनारायण साह, वरिष्ठ हवल्दारहरु रिजालमान राई, कुलबहादुर खड्का, युवराज राई, प्रहरी हवल्दारहरु दोमनबहादुर परियार, पुष्प थापामगर, बिरेन्द्रकुमार कार्की, सहायक हवल्दारहरु प्रमोद राई, रमेशकुमार निरौला, डम्बर खड्का, मैया खत्री, जवानहरु चन्द्रबहादुर खड्का, रमिला राई, संजिवकुमार तामाङ, परिचरहरु जनकबहादुर वोगटी र कञ्चनकुमारी चौधरी रहेका छन् । त...
यु–१९ विश्वकपमा आज पाकिस्तानसँग खेल्दै नेपाल

यु–१९ विश्वकपमा आज पाकिस्तानसँग खेल्दै नेपाल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १० । आईसीसी यु–१९ विश्वकपमा आज नेपालले समुह चरणको दोस्रो खेल पाकिस्तानसँग खेल्दैछ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा हुने खेल नेपाली समय अनुसार दिउँसो १स्४५ मा सुरु हुनेछ । नेपाल समुह चरणको आफ्नो पहिलो खेलमा न्युजिल्याण्सँग पराजित भएको थियो । नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो । न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगिसकेको छ भने उता पाकिस्तान आजको खेलमा विजयी भएमा सुपर सिक्समा पुग्नेछ । नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेपाल पाकिस्तानसँग हारेपनि अफगानिस्तानसँगको अन्तिम खेलमा विजयी भएमा सुपर सिक्समा पुग्नेछ । नेपालले समुह चरणको अन्तिम खेल शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । विश्वकपमा नेपाल र पाकिस्तानबीच अहिले सम्म तीन खेल भ...