Friday, August 7News That Matters

Month: ३ वर्ष अगाडि

रसुवाघाट पुलबाट हाम फालेर एक पुरुषले गरे आत्महत्या

रसुवाघाट पुलबाट हाम फालेर एक पुरुषले गरे आत्महत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ९ । उदयपुरको रसुवाघाटस्थित दुधकोशी झोलुङ्गे पुलबाट आज साँझ एक ब्यक्तिले हाम फालेर आत्महत्या गरेको स्थानीयले बताएका छन् । रौतामाई गाउँपालिका ५ मा पर्ने रसुवा झोलुंगेपुलले उदयपुर र खोटाङ जोडेको छ । पक्की पुल नहुदा सो पुल एकमात्र कोशी वारपार गर्ने माध्यम हो । स्थानीय कर्णबहादुर राईका अनुसार नाम, ठेगाना थाहा नभएको ती आत्महत्य गर्ने ब्यक्ति पुरुष रहेका छन् । पुलबाट हाम फालेको केही स्थानीय देखेपनि बचाउन सम्भव नभएको बताइएको छ । मृतकको शब कोशी किनारमा तैरिरहेको बताइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार घटनास्थल तर्फ प्रहरी गएका छन् । घटना स्थल पुगेर प्रहरीले घटनाको बारेमा बुझेपछि विस्तृत जानकारी आउने एसपी थापाले बताए ।...
उदयपुरमा सशस्त्र प्रहरीले ग¥यो रक्तदान

उदयपुरमा सशस्त्र प्रहरीले ग¥यो रक्तदान

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ९ । उदयपुरमा सशस्त्र प्रहरीले २३ औं सशस्त्र प्रहरी दिवसको पुर्वसन्ध्यामा रक्तदान गरेका छ । सोमबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण हेडक्वाटरले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अनुरुप २१ जनाले रक्तदान गरेका हुन् । संगठनले बर्षेनी आफ्नो स्थापना दिवस मनाउनेक्रममा रक्तदानसँगै अन्य खेलकुद र सामाजिक गतिबिधि सञ्चालन गर्दै आएको कार्यालय प्रमुख एसपी अशोककुमार शाक्यले जानकारी दिए । एसपी शाक्यका अनुसार दिवसको अवसरमा मंगलबार सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत भएका सबै प्रतियोगिता विजेतालाई पुरस्कृति गरिने छ । रगतको अभावमा कोहि पनि विरामीको ज्यान नजाओस भन्ने हेतुले संगठनले विगत बर्षमा झै रक्तदान कार्यक्रम गर्दै आएको एसपी शाक्यले बताए । नेपाल रेडक्रस सोसाईटी र स्वास्थ्य कार्यालय उदयपुरको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम संचालन गरिएको थियो भने प्रहरी नायव उपरीक्षक डिएसपी होमन...
८० के.जी. गाँजा सहित दुई जना पक्राउ

८० के.जी. गाँजा सहित दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ९ । सुनसरीमा ८० के.जी. गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महनगरपालिका–११ का २९ बर्षिय कुमार तामाङ र ३० बर्षिय राम बहादुर राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बिषेश सुचनाको आधारमा सोमबार दिउँसो २ : ४५ बजे अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका–६ नहरचौक स्थीतमा उनिहरुलाई गाँजा सहित पक्राउ गरेको हो । रासिबाट भारततर्फ जादै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा अटोको पछाडीको डिकि र अटोको भित्र सिलिङको भागमा प्लाष्टिकमा १ किलोको पोका बनाई राखेको ८० वटा पोकामा भएको जम्मा ८० के.जी. गाँजा बरामद भएसँगै चालक तामाङ र पछाडी सवार राईलाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुुसन्धान भईरहेको ...
काठमाण्डौँबाट नक्कली चिकित्सक पक्राउ

काठमाण्डौँबाट नक्कली चिकित्सक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ८ । काठमाण्डौँबाट एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ का ४० बर्षीय सम्बुद्ध भट्टाचार्य रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार सोमबार नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर धौलागिरी पोलिक्लििनिक संचालन गर्दै आएका भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो । उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन्। प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए।उनले चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए।...
उदयपुरमा कुटपिट मुद्धाका फरार महिला पक्राउ

उदयपुरमा कुटपिट मुद्धाका फरार महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माद्ध ८ । उदयपुरमा कुटपिट अंगभंग मुद्धाका फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–२ बस्ने ३२ बर्षीय सबिता वि.क. रहेको जिल्ल प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता (डिएसपी) हरिनन्दन चौधरीका अनुसार आईतबार ईप्रका रामपुर ठोक्सिला र प्रचौ भागलपुरबाट खटिएको प्रहरी ५ महिना २ दिन कैद र दुई हजार रुपैँया जरिवाना तोकिएको वि.क. लाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ।...
गाईघाट मेनचोकमा अटो र कार दुर्घटना, अटो चालक घाईते

गाईघाट मेनचोकमा अटो र कार दुर्घटना, अटो चालक घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, ८ माघ । गाईघाटको मेन चोकमा कार र अटो दुर्घटना हुँदा अटो चालक घाईते भएको छ । घाईतेको पहिचान खुल्न बाँकी रहेको ट्राफिक प्रहरी उदयपुरले जनाएको छ । पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको कार र दक्षिण बाट उत्तर तर्फ गैरहेको अटोलाई कारले ठक्कर दिँदा अटो चालक घाईते भएको हो । कार अटो दुवै जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । भने घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
गाईघाट बरुवा बसपार्कमा दोस्रो प्रदेश महोत्सव २०८० को शिलन्यास

गाईघाट बरुवा बसपार्कमा दोस्रो प्रदेश महोत्सव २०८० को शिलन्यास

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ७ माघ । आउँदो फागुन १ देखी गाईघाटमा सुरु हुने भनिएको दोस्रो प्रदेश महोत्सव २०८० को विधिगत शिलन्यास भएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा हुने भव्य महोत्सवको औपचारिक रुपमा विधिगत शिलन्यास गरिएको हो । बरुवा बसपार्क स्थित महोत्सव स्थानमा पुजा आजा र बाँस गाडेर संघका अध्यक्ष रमेश रसाईलीले महोत्सव आरम्भको शिलन्यास गरेको हो । महोत्सव तयारीको लागि आजै बाट संरचनाहरु सुरु गरिने अध्यक्ष रसाईलीको भनाई छ । संघका पदाधिकारी, संघ संस्था तथा व्यपारीहरु सहितको उपस्थितिमा महोत्सवको शिलन्यास भएको छ । महोत्सवलाई सफल बनाउन गाईघाटका ब्यपारी, स्थानीय सरकार, संञ्चारकर्मी, संघ संस्था लगायत सबै क्षेत्रहरु लागि परिरहेको छ ।  ...
गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ७ । पूर्वी नवलपरासीमा गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीया गर्भवती चनिसरा लम्कामगरको हत्या आरोपमा उनका श्रीमान ३३ बर्षीय शेरबहादुर लम्कामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपारासीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेदबहादुर पौडेलका अनुसार आइतबार बिहान करिब १ बजेतिर हुप्सेकोट गाउँपालिका–६ स्थित एक घरमा ती महिलाको हत्या भएको हो । घटनाबारे स्थानीयले आइतबार बिहान करिब ७ बजेतिर प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट पौडेलको टोली घटनास्थलमा खटिएको थियो। आरोपित श्रीमान शेरबहादुर मानसिक रूपमा अस्वस्थ देखिएको डिएसपी पौडेलले बताएका छन् । गएराति श्रीमान–श्रीमतीसँगै खाना खाएर सुतेका थिए। १ बजेतिर भने एक्कासी श्रीमानले श्रीमतीमाथि खुर्पा र कोदालो प्रहार गरी ...
गाईघाट बरुवा बसपार्कमा दोस्रो प्रदेश महोत्सव २०८० को शिलन्यास

गाईघाट बरुवा बसपार्कमा दोस्रो प्रदेश महोत्सव २०८० को शिलन्यास

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ माघ । आउँदो फागुन १ देखी गाईघाटमा सुरु हुने भनिएको दोस्रो प्रदेश महोत्सव २०८० को विधिगत शिलन्यास भएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा हुने भव्य महोत्सवको औपचारिक रुपमा विधिगत शिलन्यास गरिएको हो । बरुवा बसपार्क स्थित महोत्सव स्थानमा पुजा आजा र बाँस गाडेर संघका अध्यक्ष रमेश रसाईलीले महोत्सव आरम्भको शिलन्यास गरेको हो । महोत्सव तयारीको लागि आजै बाट संरचनाहरु सुरु गरिने अध्यक्ष रसाईलीको भनाई छ । संघका पदाधिकारी, संघ संस्था तथा व्यपारीहरु सहितको उपस्थितिमा महोत्सवको शिलन्यास भएको छ । महोत्सवलाई सफल बनाउन गाईघाटका ब्यपारी, स्थानीय सरकार, संञ्चारकर्मी, संघ संस्था लगायत सबै क्षेत्रहरु लागि परिरहेको छ ।...
यु–१९ विश्वकपमा आज नेपालले न्युजिल्याण्डसँग खेल्ने

यु–१९ विश्वकपमा आज नेपालले न्युजिल्याण्डसँग खेल्ने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ ७ । यु–१९ विश्वकप क्रिकेट २०२४ मा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा आफ्नो पहिलो खेल नेपालले आज दिउँसो पौने २ बजे वेस्ट लन्डनमा टेष्ट राष्ट्र न्युजिल्याण्डसँग खेल्नेछ । यु–१९ विश्वकपमा नेपाल र न्युजिल्याण्डबिच ८ वर्षपछि भेट हुदैँछ । यू–१९ विश्वकपमा नेपाल र न्युजिल्यान्ड तेस्रो पटक खेल्न लागेको हो । यसअघिको दुवै खेलमा नेपालले न्युजिल्याण्डलाई हराएको थियो । नेपालले न्युजिल्याण्डलाई २००६ को प्लेट फाईनलमा एक विकेट र २०१६ को समूह चरणमा १६ रनले हराएको थियो । समुह डि मा नेपाल सहित न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालको दोस्रो खेल माघ १० गते बुधबार (२४ जनवरी) मा पाकिस्तान र तेस्रो खेल माघ १२ गते शुक्रबार (२६ जनवरी) शुक्रबार अफगानिस्तानसँग हुनेछ । देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोली कम्तीमा सुपर सिक्स पु...