Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा मगर समुदायले धुमधामका साथ मनायो माघे सक्राती

उदयपुरमा मगर समुदायले धुमधामका साथ मनायो माघे सक्राती

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ ६ । उदयपुरमा मगर समुदायले ‘माघ्यासकराटी तथा हुर्रा महोत्सव २०८०’ धुमधामका साथ मनाएका छन् । शनिबार नेपाल मगर संघ त्रियुगा नगर समिति ४, ५, ६ को आयोजना तथा त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकालगायतको समन्वयमा त्रि.न.पा–४ बगाहा फर्सेट स्थित मगर सङ्ग्रहलायमा माघे सक्राती धुमधामका साथ मनाईएको हो । नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष सीता राणा मगरले माघे सक्रातीको अबसरमा मगर समुदायले यो चाडलाई दशै चाडजस्तै घरघरमा बसेर मनाउदा अति उत्तम हुने बताउनुभयो । नेपालमा मगरको मौलिक पर्वहरु लोप हुँदै गईरहेको छ ‘उनले भने’ आफ्नो मौलिक पर्व, भेषभूषा, खानपान, सस्कार सस्कृती संरक्षणको लागि आफै लागिपर्नुका साथै एकजुट हुनुपर्छ । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले माघे सक्राती महोत्सवको अबसरमा शुभकामना दिदै पर्वको संरक्षणको लागि नगरले सधै साथ र सहयोग गरिरहने बताएका छन् । मेयर बस्नेतले...
कटारीमा लागू औषध सेवन नगर्ने युवाहरुको दृढता

कटारीमा लागू औषध सेवन नगर्ने युवाहरुको दृढता

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ६ । उदयपुरको प्रमुख ब्यापारिक केन्द्रहरु मध्येको एक कटारीमा “लागू औषध सेवन नगर्ने मैले दृढता गरे” भन्दै युवाहरुले लागूऔषध दुब्र्यसनमा नफस्ने प्रतिबद्धता गरेको दिन आज हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले थालेको लागू औषधविरुद्धको अभियान अन्तर्गत कटारीमा गरिएको कार्यक्रममा युवाहरुले अबदेखि लागू औषध सेवन नगर्ने प्रतिबद्धता गरेका हुन् । उनीहरुले अभियानबोर्डमा हस्तारसहित लिखित प्रतिबद्धता जनाए । जिल्ला प्रहरी प्रमुखमा एसपी रमेश थापा आएसंगै समाजमा ब्यप्त लागूऔषध दुर्ब्यसनविरुद्ध अभियान थालिएको हो । अभियानमा लागूऔषध सेवनकर्ता युवाहरु र उनीहरुको संगतमा परेकाहरुलाई जम्मा गरेर लागू औषध सेवन नगर्न र त्यसबाट हुने हानी, नोक्सानी, कानुनी कारवाहीको बारेमा सचेतना दिने गरिएको छ । लागूऔषध सेवन त्यागेर समाजसेवामा लागेकाहरुबाट लागूऔषधविरुद्धको ज्ञान, अनुभव र चेतनाका कुरा सुनाउने गरिएको छ । प...
खोटाङ प्रतिभा-२०८० बिजेता अश्विन राईको “तिम्रो मायाँले” सार्वजनीक

खोटाङ प्रतिभा-२०८० बिजेता अश्विन राईको “तिम्रो मायाँले” सार्वजनीक

मनोरञ्जन
पूर्णपुष्टि,माघ ६ । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेयातको सह–आयोजनामा आयोजित ‘खोटाङ प्रतिभा-२०८०’का बिजेता अश्विन राईको आवाजमा “तिम्रो मायाँले” बोलको नयाँ गित शुक्रवार सार्वजनीक भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान नेपालका उपकुलपति तथा वरिष्ठ गायक शम्भु राईले रचना गरेको उक्त गीत उनकै युट्युब च्यानलबाट शुक्रवार सार्वजनिक गरेको हो । अश्विन राईको पहिलो प्रस्तुती स्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । उक्त गितमा डाइरेक्सन तथा कोरियोग्राफी अभि लामाले गरेका छन् । यता भिडियोमा भने अश्विन राई आफै खेलेका छन् उनलाई मोडल बिमला लिम्बुले साथ दिएकी छिन् । गीतको म्युजिक भिडियोमा दुई प्रेमीको मिलन र बिछोडका बिभिन्न दृश्य आदि समावेश गरिएको छ । उक्त गीतमा एक प्रेमीले आफ्नो प्रेमीकालाई भेट्न उनको घर आएको तर प्रेमीकालाई परिवारले सहर बोलाएर गाउँ छाडी गएको सम्वाद सुन...
मुगौला बिरामीले उदयपुर अस्पतालबाटै पाउन थाले डायलासिस सेवा

मुगौला बिरामीले उदयपुर अस्पतालबाटै पाउन थाले डायलासिस सेवा

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ५ माघ । उदयपुरमा डायलासिस सेवा सुरु भएको छ । जिल्लामा केहि समय अघिमात्रै डायलासिस सेवाको उद्घाटन गरेका थिए । मृगौला बिरामीहरुले सेवा संञ्चालन भएसँगै डायलासिस पहिलो पटक उदयपुर अस्पतालबाटै गराउन पाएको जनाए । उदयपुरगढी गाउँपालिका ४ डुम्रेका दिलबहादुर मगरले आफ्नै जिल्लाको सरकारी अस्पतालबाट उदयपुरमै डायलासिस सेवा पाएको जनाए । मगरले पहिले धरान बिराटनगर जस्ता ठाउँमा गएर उपचार गराउँदै आएका थिए । २९ वर्षीय मृगौला बिरामी मगर ३ महिनायता मृगौलाका रोगी पत्ता लागेको उनलाई धरान, बिराटनगर र काठमाडौँका विभिन्न अस्पताल धाउँदा १२ लाखभन्दा बढी खर्च भईसकेको छ । पटकपटकको परीक्षणपछि दुवै मृगौला खराव भएको पत्ता लागेसँगै उनले शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक डाईलासिस गराएको बताएका छन् । चिकित्सकले उनलाई प्रत्येक साता दुईपटक डाईलासिस गराउन सुझाएको छ । जस अनुसार उनी या धरान, बिराटनगर या काठमाडौ...
उदयपुरका आठै पालिकामा गठित विपद् व्यवस्थापनका पदाधिकारीहरुलाई ३ दिने तालिम

उदयपुरका आठै पालिकामा गठित विपद् व्यवस्थापनका पदाधिकारीहरुलाई ३ दिने तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ माघ । उदयपुरका आठ ओटै स्थानीय तहमा गठन भएको नेपाल रेडक्रस सोसाईटीका सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई स्थानीय व्यवस्थापन सम्बन्धि तिन दिने तालिम संञ्चालन गरिएको छ । वल्र्ड भिजन नेपालको सहयोग तथा हुरेण्डेक उदयपुर र नेपाल रेडक्रस सोसाईटी उदयपुरको संयुक्त आयोजनामा शुक्रबारदेखी आईतबार सम्मका लागि तालिम संञ्चालन गरिएको हो । उदयपुरको बढ्दो बिवद् समस्याबारे अध्यान गर्दै बिपद् बाट बँच्न पूर्व तयारी र न्युनिकरण गर्नका लागि समितिका पदाधीकारीहरुलाई तयारी र व्यवस्थितको निम्ति तालिम प्रदान गरिएको हुरेण्डेक उदयपुरले जनाएको छ । पछिल्लो समय उदयपुरमा आगलागी, बाढी पहिरो जस्ता बिपदले आक्रान्त पारिरहेको अवस्था छ । त्यो सँगै भुकम्प र अन्य प्राकृतिक विपदको समस्याहरु पनि प्रसस्तै छ । यस्तो अवस्थामा अग्रसर भई उद्धार तथा समन्वय गर्न यस तालिमले सहयोग पुराउने हुरेण्डेक उदयपुरका का...
उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ५ । उदयपुरमा लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–४ का २२ बर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार अस्थाई प्रहरी चौकी चुँहाडेवाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–८ चुँहाडेबाट श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले फेनारगन १७ एम्पुल, ब्रुपिनोफिन १७ एम्पुल, प्रोमेथाईजिन १७ एम्पुल गरी जम्मा ५१ एम्पुल बरामद गरेको डीएसपी चौधरीले बताए । पक्राउ परेका श्रेष्ठलाई उदयपुर जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।...
उदयपुर कटारीमा फोहोर सँगै नवजात शिशु मृत फेला

उदयपुर कटारीमा फोहोर सँगै नवजात शिशु मृत फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ माघ । उदयपुरको कटारी नगरपालिका ३ स्थित राजावासमा फोहोरको डम्पिङ साईटमा नवजात शिशुको शव फेला परेको छ । कटारी नगरपालिका– ३, राजावासमा रहेको फोहोर विसर्जनस्थल (डम्पिङ साइट) मा फालिएको फोहोरमा नवजात शिशुको शव फेला परेको हो । वडा सदस्य पुष्प खाँले फोहोर सङ्कलन गरी फोहोर छुट्याउने क्रममा कामदारले फोहोरसँगै फालिएको कपडाभित्र शिशुको शव देखेको बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए । वडा सदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले सङ्कलन गरी लगेर फालेको फोहोरमा शव भेटिएको हो । इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अङ्ग बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखे...
उदयपुरमा वन मुद्धाका १ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा वन मुद्धाका १ जना फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ४ । उदयपुरमा वन मुद्धाका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ बस्ने २८ बर्षीय मिथुन सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार अस्थाई प्रहरी चौकी बगाहाबाट खटिएको प्रहरी टोलीले सदालाई पक्राउ गरेको हो । वन सम्वन्धी कसुरमा ३ महिना कैद र २ हजार रुपैँया जरिबाना तोकिएका सदालाई पक्राउ गरी फैसला कार्यान्वयको लागी जिल्ला अदालत पठाईएको डिएसपी चौधरीले जनाए ।...
गाईघाटमा आधुनिक सडक बन्ने

गाईघाटमा आधुनिक सडक बन्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ३ ।  उदयपुरको सदरमुकाम गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ । विश्व बैंकले गर्ने ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत त्रियुगा नगरपालिका वडा नं १०, ११ , १२ र १३ मा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएको हो । स्थानिय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय गरिसकेको छ भने विश्व बैंकसँग एक अर्ब ५० करोड अमेरिकी डलर (करिब रु दुई खर्ब) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता गरेको छ । गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको एक अर्ब बढी रुपैयाँमा सडक निर्माण हुने लागेको र ४ वटै वडाका ९ वटा योजनाको सम्पूर्ण प्रक्रिया पुरा गरि ठेक्का प्रक्रिया शुरु भएको त्रियुगा नगर पालिकाका मेयर बसन्त बस्नेतले जानकारी दिए । मेयर बस्नेतका अनुसार उक्त परियोजना अन्तर्गत त्रियुगा नगरपालिका छनोटमा परि गाईघाट बजारका सडक...
उदयपुरको बेहड्वामा चौथो सास्कृतिक माघी महोत्सव सम्पन्न

उदयपुरको बेहड्वामा चौथो सास्कृतिक माघी महोत्सव सम्पन्न

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ३ । उदयपुरको बेहड्वामा चौथो सास्कृतिक माघी महोत्सव सम्पन्न भएको माघ २ गते मंगलवार बृहत सास्कृतिक कार्यक्रम सहित चौथो माघी महोत्सव सम्पन्न भएको छ ।संघर्षशिल युवा समुह त्रिनपा १३ बेहड्वाको आयोजना र मलिथम थारु सेवा समाज उदयपुरको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । सास्कृतिक नृत्य प्रतियोगितामा थारु समुदायको पौराणिक र आधुनिक गरी २ वटा विधा राखिएको थियो । पौराणिक तर्फ हनुमाण आराधाना मण्डली प्रथम र निल हिरा समाज दोस्रो भएका थिए । यस्तै आधुनिक तर्फ जलजले युवा समुह प्रथम,सृजनशिल युवा क्लव दोस्रो र त्रिनपा १२ सोापुरका कृति शर्मा तेस्रो भएका थिए ।यस्तै सान्त्वना क्रमशः कालिक कर्णधार युवा समुह चौदन्डिगढी,जनजागरण युवा समुह लक्ष्मिपुर र चन्द्रमाया युवा समुह रुपनी भएका थिए । प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुनेलाई क्रमशः १० हजार ५ रुपैया,५ हजार ५ रुपैया,२ हजार ५ सय ५ रुपैया र १ हजार ५ ...