Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा दुई युवक घाईते

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा दुई युवक घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ३ । उदयपुरमा मोेटरसाईकल दुर्घटना हुँदा दुई युवक घाईते भएका छन् । दुर्घटनाबाट घाईते हुनेमा बेलका नगरपालिका–५ का २९ वर्षीय कुलबहादुर कटुवाल र यादवराज पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार मंगलबार बेलका नगरपालिकास्थित मदन भण्डारी राजमार्गअन्तर्गत सिसुवा खोलामा मोटरसाइकल दुर्घटना भएको हो । पुर्वदेखि पश्चिमतर्फ जाँदै गरेको बा ६२ प १८२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई पिल्लरमा ठोकिएर दुर्घटना भएको डिएसपी चौधरीले बताए । दुर्घटनाबाट कटुवालको दुवै खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते सामान्य बोल्न सक्ने भएपनि अवस्था भने असामान्य रहेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । त्यस्तै मोटरसाईकलमा सवार पाण्डेको दाईने खुट्टा र दाईने हातमा चोट लागेको छ । घाईते दुवैजनालाई बेलक...
ताप्लीमा माघे सकराती कार्यक्रम भब्य सम्पन्न

ताप्लीमा माघे सकराती कार्यक्रम भब्य सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २ । ताप्ली गाउँपालिका, उदयपुरकाे सहयाेग तथा नेपाल मगर संघ ताप्लीकाे आयाेजनामा माघे सकराती, मगर माैलिक सांस्कृतीक कार्यक्रम ताप्ली-३ निगालबासमा भब्यरुपले सम्पन्न भयाे । मगर संस्कृती र कलाकाे जगेर्ना गर्ने, भाषा, भेषभुषाकाे संरक्षण, सम्बर्धन गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे हाे । कार्यक्रममा राष्ट्रिय कलाकार शिव थापामगरले हुर्रा गीतमा नचाएका थिए साथै हुर्रा नाच तथा सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पालिका उपाध्यक्ष धना मगरले कार्यक्रमलाई सम्बाेधन गर्दै मगर समुदाय सांस्कृतिक क्षेत्रसंगै शिक्षा क्षेत्रमा पनि अगाडि बढ्नु पर्ने बताउनुभयाे । यसका लागि पालिकाकाे सहयाेग रहेकाे बताउनुभयाे । पालिकाले मगर जाती मात्र नभई सबै जातजातिकाे भाषा, संस्कार, संस्कृती जगेर्ना र शिक्षा, स्वास्थ्य पहुचमा जाेड दिदै आएकाे बताउनुभयाे । विशेष अतिथि ...
उदयपुर एक्स्पो महोत्सवको लागि प्रचार प्रसार र तयारीमा जुट्यो आयोजक समिति

उदयपुर एक्स्पो महोत्सवको लागि प्रचार प्रसार र तयारीमा जुट्यो आयोजक समिति

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ माघ । उदयपुर एक्स्पो महोत्सव २०८० का लागि जिल्ला उद्योग बाणिज्य संघ उदयपुर तयारीमा जुटेको छ । यहि माघ ११ गतेदेखी २१ गते सम्म हुने भनिएको एक्स्पो सांस्कृतिक कार्यक्रम र स्टलहरुले मनोरञ्जन गराउने आयोजकले जनाएको छ । महोत्सवले स्थानीय कृषि, लघु उद्योग, पशुपंक्षी पालन, खुद्रा व्यवसायी, परम्परागत संस्कार संस्कृति, रहन सहन र पर्यटनमा बिषेश फाईदा पुग्ने संघका अध्यक्ष चुडामणी कार्कीले जनाए । मंगलबार महोत्सवबारे पत्रकार सम्मेलन गर्दै जिल्ला समन्वय समिति लगायत ८ ओटै पालिकाहरु र अन्य संघ संस्था, प्रशासन र सुरक्षा निकायहरुको सहकार्यमा गर्न लागिएको जनाए । महोत्सव त्रियुगा बषपार्क नजिक हुने महोत्सवको उद्घाटन नेपाल सरकारका अर्थ मन्त्री प्रकाश शरण महतले गर्ने आयोजकको भनाई छ । साधारण टिक रु १०० र विद्यार्थीहरुका लागि रु ७०, सामुहिक डे«समा रु ५० जेष्ठ नागरिक र अपाङ्गताका लागि भने परिचय...
उदयपुरको चौदण्डीगढी दरबारबाट किरातीहरुको नयाँ बर्ष (येलेदङ) ५०८४ भव्य

उदयपुरको चौदण्डीगढी दरबारबाट किरातीहरुको नयाँ बर्ष (येलेदङ) ५०८४ भव्य

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ माघ । उदयपुरका राई समुदायहरुले बिभिन्न कार्यक्रमको आयोजना गरी नयाँ बर्ष (येलेदङ ५०८४) मनाएको छ । आईतबार चौदण्डीगढी नगरपालिकाको वडा नं १ मा रहेको ऐतिहासिक स्थल चौदण्डीगढी दरबारमा किरात सांस्कृतिक कलकार संघ उदयपुरले आयोजना गरेको शुभकामना आदान प्रदान सहितका कार्यक्रम गरिएको हो । शुभकामना आदान प्रदानका प्रमुख अतिथि समेत रहेका आदिवासी जनजाति आयोगका सदस्य शरण राईले येलेदङ किरातीहरुको महत्वपूर्ण समय रहेको जनाए । यस दिन किरातीहरुको नयाँ बर्षको रुपमा समय फेरीने जनाए । यस सँग सम्बन्धित किरात समुदायहरुले येलेद संम्वतलाई थप प्रचार प्रसार गर्नु पर्ने सदस्य राईको बुझाई छ । उदयपुरमा चौदण्डीगढी दरबार, गाईघाट, बेल्टार, बेलका लगायत स्थानहरुमा येलेदङ धुमधाम मनाईएको छ । यो सँगै किरात समुदायहरु बसोवास गर्ने पूर्वी जिल्लाहरुमा राई, लिम्वु, याख्खा र सुनुवारहरुले बिभिन्न सांस्कृतिक कार्यक्र...
कलावार सेवा समाज उदयपुरको अध्यक्षमा पुन : अर्जुन कुमार चौधरी

कलावार सेवा समाज उदयपुरको अध्यक्षमा पुन : अर्जुन कुमार चौधरी

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २९ । कलावार सेवा समाज उदयपुरको प्रथम अधिवेसन सम्पन्न भएको छ । शनिबार अर्जुन कुमार चौधरीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट पुन स् अध्यक्षमा चौधरी नै दोहोरिएका हुन् । शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा चौधरी सहित उपाध्यक्षमा आनन्द कुमार भगत, सचिवमा दिलिप कुमार चौधरी, सह–सचिवमा अमित कुमार भगत, कोषध्यक्षमा सन्तोष कुमार भगत तथा सदस्यहरुमा राम दनुवार चौधरी, सन्तोषी चौधरी, महेश भगत, जोगेन्द्र प्रसाद भगत, दिपेन्द्र कुमार गुप्ता, सुरेन्द्र प्रसाद चौधरी, वन्दना शाह र प्रविन चौधरी चयन भएका हुन् । प्रमुख अतिथिमा केन्द्रिय उपाध्यक्ष तथा प्रदेश संयोजक रमेश भगत, विशेष अतिथिमा केन्द्रिय उपाध्यक्ष तथा प्रदेश संयोजक गोपी लाल भगत लगायतको उपस्थिति रहेको थियो ।...
उदयपुरमा युवतीमाथि जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ

उदयपुरमा युवतीमाथि जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ

Breaking News 2, समाचार
 पूर्णपुष्टि, पुष २९ । उदयपुरमा युवतीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी गर्न खोजेको आरोपमा त्रियुगा नगरपालिका १२ डिएम गेट बस्ने बर्ष २५ को मुस्ताक अली पक्राउ परेका छन् । अलीमाथि स्थानिय एक युवतीलाई हातपात गरेको आरोप छ । अलिको आक्रमणबाट युवतीको संबेदनसिल अंगदेखि शरीरको बिभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ । पिडित महिलाका अनुसार बिहिबार साँझ स्थानीय व्यायामशालाबाट फर्कने क्रममा मादक तथा नसालु पदार्थ सेवन गरेको अलीले जबर्जस्ती करणी गर्ने शैलिले आक्रमण गरेको थियो । पक्राउ परेका अलिलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।...
नेकपा माओवादी केन्द्र जनताको हितमा लड्ने पार्टी हो – मु्क्सामहाङ मेन्याङबो (मुकेश)

नेकपा माओवादी केन्द्र जनताको हितमा लड्ने पार्टी हो – मु्क्सामहाङ मेन्याङबो (मुकेश)

Breaking News 2, राजनीति, समाचार
पूर्णपु्ष्टि, पुष २९ । नेकपा माओवादी केन्द्र जनताको हितमा लड्ने पार्टी रहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मुक्सामहाङ मेन्याङबो (मुकेश) ले बताएका छन् । ‘जनातासँग माओवादी विशोष रुपान्तरण अभियान’ सम्बन्धि पूर्णपुष्टिसँगको संवादमा मेन्याबो ९मुकेश० ले सो कुरा बताएका हुन् । माओवादी केन्द्र अहिले सत्तापक्षमा रहेकोले यो सरकार जनताको सरकार बनाउने उदेश्यका साथ लागि परेको उनले बताए । सरकारले जनताको भवना, मर्म र समस्या बुझेर हल गर्नका निम्ति ‘जनतासँग विशेष रुपान्तरण अभियान’ संचालन गरेको उनले बताए । जनतासँग विशेष रुपान्तरण अभियान मिसन ०८४ को निम्ति नभएर अरु पार्टीहरु जस्तो निर्वाचनमा मात्र जनता सामु जाने र निर्वाचन पछि जनताको सामु नपर्ने पार्टी जस्तो माओवादी पार्टी हैन् भन्ने सन्देश दिन पनि अभियान संचालन गरिएको उनले बताए । माओवादी निर्वाचनमा, निर्वाचन पछि र जनताको बिचमा आईरहने पार्टी रहेक...
विश्वकर्मा सुनचाँदी व्यवसाय संञ्जालको चौँथो बार्षिक साधारण सभा उदयपुरमा सम्पन्न

विश्वकर्मा सुनचाँदी व्यवसाय संञ्जालको चौँथो बार्षिक साधारण सभा उदयपुरमा सम्पन्न

Breaking News 3, समाचार
पूर्णपुष्टि, २८ पौष । विश्वकर्मा सुनचाँदी व्यवसायी संञ्जाल बिजी एन्टस् गु्रपको केन्द्रीय चौँथो बार्षिक साधारण सभा उदयपुरमा सम्पन्न भएको छ । शनिवार जिल्ला समन्वय समितिको प्रमुख गौर बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता तथा नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाईलीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यस संञ्जालले बिषेशतया गहना उत्पादन गरी देशभरीका सुनचाँदी व्यवसायीहरुलाई वितरण गर्ने र विदेशमा समेत पठाउने काम गर्छ । देशभरीका सुन व्यवसायीहरुको सियर लगानीमा बिजी एन्ट्स गु्रप संञ्चालन गरिएको छ । नेपाल सरकार सँग लिगल रुपमै सम्बन्ध राखेर नारायणघाटबाट गहना उत्पादन गरिरहेको आयोजकले जनाएको छ ।...
विनोद राई बने द भ्वाइस अफ नेपाल सिजन ५ को बिजेता

विनोद राई बने द भ्वाइस अफ नेपाल सिजन ५ को बिजेता

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष २८ ।  रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ५ को बिजेता विनोद राई बनेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा टिम मिलनका विनोद राईले अन्य तिन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । सर्वाधिक भोट ल्याएको आधारमा उनले उपाधिसँगै २० लाख नगद हात पारे भने विभिन्न गिफ्ट ह्याम्पर पनि पाए । भ्वाइ अफ नेपालको फाइनालिस्टमा कोच मिलन नेवारको टीमबाट विनोद राईसहित कोच प्रमोद खरेलको टीबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको टीमबाट कुमार प्रयास राई पुगेका थिए ।...
त्रिनपा ११ मा जेष्ठ नागरिक सहित ६३६ जनालाई न्यानो कपडा

त्रिनपा ११ मा जेष्ठ नागरिक सहित ६३६ जनालाई न्यानो कपडा

Breaking News 2, समाचार
पूर्णपुष्टि, २७ पौष । त्रियुगा नगरपालिका ११ नं वडा कार्यालयले जेष्ठ नागरिक, अपाङगता भएको व्यक्ति र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाको बार्षिक कार्यक्रम अन्तरगत बिनियोजित ४ लाख रकम बाट न्यानो कपडा बितरण गरिएको अवडा ध्यक्ष सुमन्त कोइरालाले बताए । एकल महिला १६५, जेष्ठनागरिक ४२० र अपांग भएका ५१ जना लाई न्यानो कपडा बितरण गरीएको अध्यक्ष कोईरालाको भनाई छ । चिसो मौसममा जाडोबाट बचाउन अशक्त र तागत घट्दै गएको ब्यक्तिहरुलाई कपडा वितरण गरिएको हो । कपडा पाएपछि जेष्ठन नागरिकहरु खुसी भएको छ । जाडो छल्न वडाले दिएको कपडाको भरपुर सदुपयोग गरिने उनिहरुले जनाए ।  ...