पूर्णपुष्टि, १२ चैत्र ।
नेकपा एमाले उदयपुरको जिल्ला अधिवेशन आज भोली गाईघाटमा हुने भएको छ । मोतिगडाको होटल इम्पायर इन मा अधिवेशन हुने भएको हो । अधिवेशनको औपचारिक कार्यक्रम मंगलबार र वन्दसत्र भने भोली बुधबार हुने एमाले उदयपुरले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेलले गर्ने भएको छ ।
...
पूर्णपुष्टि, १२ चैत्र ।
उदयपुरका पत्रकार कौशल चेम्जोङलाई भर भुर्तेल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । झापाको ‘पवित्रा भेषराज खतिवडा स्मृति प्रतिष्ठान’ ले यस वर्ष भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट उदयपुरका बरिष्ठ पत्रकार कौशल चेम्जुङलाई पुरस्कृत गरेको हो ।
चेम्जोङलाई नगद ४१ हजारसहित सम्मान गरिएको छ । प्रतिष्ठानले मोफसलका क्रियाशिल पत्रकार मध्ये वरिष्ठ पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको छ। यो झापा जिल्लाको सबैभन्दा ठूलो राशीको पुरस्कार हो । यस अघि यो पुरस्कार जिल्लाभरीका पत्रकारहरुमा मात्र सिमित थियो ।
यस बर्षदेखि झापा बाहिरका पत्रकारलाई समेत यो पुरस्कार दिने नीति लिईएको प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले वताए । साढे तिन दशक पत्रकारितामा समय विताएका चेम्जोङ सामुदायी रेडियो त्रियुगा गाईघाटको संस्थापक हुन् । यो सँगै उनि अन्य संञ्चार माध्यमहरुमा आबद्ध छन् । करिब ३५ ब...
पूर्णपुष्टि, १२ चैत्र ।
उदयपुरमा सुनकोशी नदीमा बेपत्ता परेका तिन बालवालिका अझै फेला परेका छैन । आईतबार करिब ३ बजेको समयमा होली खेल्दै कोशी पुगेका त्रियुगा नगरपालिका १४ साउनेका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगर अझै फेला नपरेको वडा अध्यक्ष हिमराज मगरले जनाए। अध्यक्ष मगरका अनुसार उनिहरुको निरन्तर खोजी कार्य भैरहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्दन चौधरीका अनुसार उदयपुरबाट प्रहरी र शसस्त्र प्रहरीको गोताखोर टोली खोजी कार्य तर्फ घटना स्थल गएको जनाएको छ । नेपाल प्रहरीको ६ जना र सशस्त्र प्रहरीको ९ जना गरी जम्मा १५ जना गोताखोर टोली समेत खोजी कार्यको लागि खटिएको डिएसपी चौधरीले जनाए ।...
पूर्णपुष्टि, ११ चैत्र । उदयपुरमा आईतबार होली खेल्ने क्रममा बेपत्ता तिन बालवालिकाको खोजी कार्य तिव्र रुपमा भैरहेको छ । त्रियुगा नगरपालिका १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगरको खोजी कार्य भैरहेको हो । उदयपुर प्रहरी, वडा अध्यक्ष हिमराज मगर सहितको जनप्रतिनिधि र स्थानीयहरुले बेपत्ताहरुको खोजि कार्य गरिरहेको छ । आईतबार दिउँसो तिनबजे तिर साउने बजारबाट धाप्लाङ कोशी तर्फ झरेका उनिहरु कोशिमा छिरेर बेपत्ता भएको वडा अध्यक्ष हिमराज मगरले जनाए ।...
पूर्णपुष्टि, ११ चैत्र ।
उदयपुरमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । जिल्लाको कटारी नगरपालिका ५ छाउरी खोला नजिक पुरुषको शव फेला परेको हो। शव टाउको एकातिर शरिर एकातिर रहेको अवस्थामा फेला परेको छ । भुल्के स्थित छाउरी खोला छेउमा नाम, थर, वतन नखुलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
शव खोला किनाराको घारीमा शरीरको तल्लो भाग भेटिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएसपी) सुबास राईले बताए ।
स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा प्रहरीले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टमको लागि कटारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
...
पूर्णपुष्टि, चैत्र ११ । उदयपुरमा होली खेल्ने क्रममा दुधकोशीमा बगेर आज तीन बालबालिका बेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले बताए ।
बालबालिकाहरुको समुह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेका मध्ये चारपाँच जनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको पुष्टि गरेको छ । घटनास्थलतर्फ खोजतलासका लागि प्रहरी खटिएको जनाएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जनाएका छन् ।
स्थानीयका अनुसार घटना दिउसो अन्दाजी साढे ३ बजेतिरको हो ।...
पूर्णपुष्टि, ११ चैत्र ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले होलीको बेला जथाभावी सवारी नचलाउन अनुरोध गरेको छ । यदि नियमविपरिद सवारी चलाउने र होहल्ला गरेमा कडा कार्वाही गरिने जनाईएको छ । ट्राफिक इन्चार्ज श्याम सुन्दर पोखरेलले ट्राफिक नियम पालना गरी सवारी चलाउनु पर्ने भन्दै नियममा रही सवारी साधनको प्रयोग गर्न अनुरोध गरेको छ ।
बिगतमा होलीमा घटेको दुर्घटनाले मानवीय क्षेतीको मध्य नजर गर्दै वर्तमान होलीमा भने त्यस्तो अवस्था नहुनका लागि सभ्य र भव्य रुपले होलीमा सवारीको प्रयोग गर्न अनुरोध गरेको छ । तिव्र गती, हेल्मेट नलगाउने, क्षमता भन्दा बढी यात्रु, मापासे तथा लापासे र दुई जना बढी मोटरसाईकलमा मान्छे चढाउने जस्ता कार्य गरी सवारी नचलाउन ट्राफिक प्रहरी कार्यालय उदयपुरले अनुरोध गरेको छ । ट्राफिक प्रहरीले भोली गाईघाट बजारमा मुख्य तया सुरक्षा र चेकिङको कामलाई तिव्रता दिने छ ।...
पूर्णपुष्टि, ११ चैत्र ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले २०८० को फागु पूर्णिमा होलीको लागि सुरक्षा संमयन्त्र पूर्ण रुपमा तयारी रहेको जनाए । यहि चैत्र ११ र १२ गते रहेको होलीलाई सुरक्षीत तथा मर्यादित बनाउन उदयपुर प्रहरीले सुरक्षा परिचालन गर्ने जनाएको छ । उदयपुरका प्रहरी नायव उपरिक्ष (डिएसपी) हरिनन्दन चौधरीका अनुसार उदयपुर प्रहरीले होली पर्वलाई मर्यादित पार्न सबैखाले सुरक्षाहरु तयारी गरेको छ । गाईघाट बजार क्षेत्रहरुमा सरक्षा परिचालन गरी भिँडभाँडमा हुने गलत क्रियाकलापहरुलाई प्रहरीले नियन्त्रण गर्ने उनले जनाए । प्रहरीले होलीलाई सभ्य र भव्य वनाउन सबैलाई अनुरोध गरेको छ ।
सबैले सचेत भएर होली पर्व मनाए पर्वको उच्च सम्मान र मनोरञ्जनको सदुपायोग हुने भन्दै सव्य होली भव्य होलीको रुपमा मनाउन अनुरोध गरे । कसैको इच्छा बिपरिद रंग, लोला, पानी छ्याप्ने काम नगर्न प्रहरीको अनुरोध छ । प्रहरीले सवारी साधनको प...
पूर्णपुष्टि, फागुन १० । उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेमा मोटरसाईकलको ठक्करबाट ४ बर्षिया बालिका घाईते भएकी छिन् । रौतामाईबाट चुहाडे तर्फ आउँदै गरेको प्र १–०५–००१ प २७१३ नं को मोटरसाईकले चुहाडेकी सुमन माझीकी छोरी एलिसा माझिलाई ठक्कर दिँदा माझीको ठाउकोमा चोट लागेका थिए ।
उनलाई तत्तकाल जिल्ला अस्पताल उदयपुरमा उपचार पछि थप उपचारको लागि न्युरो हस्पिटल विराटनगर लगिएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक रौतामाई ७ का २६ बर्षिय विमल बहादुर मगरलाई सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।...
पूर्णपुष्टि, फागुन १० । सुनसरीको धरानमा प्रेमिकाको हत्या आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका १७ का १९ बर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार धरान उप–महानगरपालिका १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्या आरोपमा भुजेललाई धनकुटा नगरपालिका– ९ मुलघाटबाट लुकिछिपी बसेको अवस्थामा फेला पारी बिहीबार पक्राउ गरिएको हो । प्रहरीका अनुसार गत चैत ७ गते धरानको वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूल बिच रहेको खोल्सामा पहिचान नखुलेको महिला मृत अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट DOG सहितको प्रहरी टोली र वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट Forensic...