Monday, July 6News That Matters

Month: २ वर्ष अगाडि

उदयपुरको तिन गाउँपालिकाले सरकार सँग मागे पक्की सडकको लागि बजेट

उदयपुरको तिन गाउँपालिकाले सरकार सँग मागे पक्की सडकको लागि बजेट

Breaking News 1
पूर्णपुष्टि, ६ चैत्र । उदयपुरको तिन पहाडी गाउँपालिकाले नेपाल सरकारलाई पक्की सडकको लागि बजेट माग गरेको छ । लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकाले नेपाल सरकारको अर्थ मन्त्रालयमा पक्की सडकको माग राखेका हुन् । यि तिनै पालिकाका अध्यक्षहरुले अर्थ मन्त्री बर्षमान पुनलाई आवश्यक बजेटको लागि मंगलबार साझा माग पेश गरेको छ । लिम्चुङबुङ गाउँपालिकाबाट सुरु भएको एउटै पुस्तामा समृद्ध पालिकामा पछिल्लो समय रौतामाई र ताप्ली पनि जोडिएका हुन् । पछिल्लो समय यी तिन पालिकाले पक्की सडकको लागि आवश्यक बजेट माग गर्न सरकार सँग दौडधुप गरिरहेको अवस्था छ भने सम्बन्धीत निकायहरु सँग समन्वयका लागि लडिरहेको छ । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई, रौतामाईका बिरेन्द्र मगर र ताप्लीका ढुँगराज बिक एकै साथ मन्त्रालयमा पुगेर बजेट माग गरेको छ । यी तिनै पालिकाको सिमानाहरुमा सडक एक आपसमा ...
भोलीदेखी गाईघाटमा जुत्ता चप्पल महोत्सव शुभारम्भ हुने

भोलीदेखी गाईघाटमा जुत्ता चप्पल महोत्सव शुभारम्भ हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ चैत्र । गाईघाटमा भोली (बुधबार) देखी जुत्ता चप्पल महोत्सव २०८० सुरु हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन हाम्रो अभियान भन्ने नारा सहित गाईघाटको पिपलचोक स्थित एक महिने महोत्सव सुरु गरिने भएको हो । महोत्सवबारे सोमबार साँझ पत्रकार सम्मेलन गरी आयोजक समितिले जानकारी गराएको हो । महोत्सवको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतले गर्ने जनाईएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्दै देशलाई राजश्वमा सहयोग पुराउने र बिदेशी आयतलाई नियन्त्रण गर्ने उदेश्य सहित गाईघाटमा पनि नेपाली ब्राण्डको जुत्ताहरुलाई महोत्सवको रुपमा प्रदर्शन गरिने जानाईएको छ । नेपालको जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरुको संयुक्त समुहहरुले महोत्सव गर्न लागेको हो । महोत्सवमा स्पोर्ट, बियर हिल, फर्सट् वाल्क, रोयल, डिजे प्रोडक्सन र क्रस रोडका ब्राण्डहरु सहभागी रहेको मेला संयोजक होमनाथ उपाध्...
कटारी नगरपालिकामा वडाध्यक्षहरुले गरे तालाबन्दी

कटारी नगरपालिकामा वडाध्यक्षहरुले गरे तालाबन्दी

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ६ । उदयपुरको कटारी नगरपालिकामा वडाध्यक्षहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यपालिकामा १७ जना सदस्यले असहमति जनाएको बुँदाहरु नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई मिलेर मनोमानी गरेको भन्दै ९ जना वडाध्यक्षहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । वडाध्यक्षहरुले उपभोक्ता समितिले दुःख पाएको, कार्यपालिकामा निर्णय नभएको, काम आफू अनुकूल गरेको, योजना सम्झौता नगरेको, भुक्तानीमा सर्वसाधरणलाई दुःख दिने गरेको जनगुनासो आएकाले प्रशासकीय अधिकृतको कार्यकक्ष र नगरपालिकाको कार्यालयमा सोमबार वडा अध्यक्षहरुले तालाबन्दी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टाराई आए पछि नगरमा बेथिति बढेको भन्दै तालाबन्दी गर्नु परेको वडा नं‍. २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले बताए ।...
उदयपुर विकास धोषणापत्र जारी

उदयपुर विकास धोषणापत्र जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ५ । उदयपुरको समग्र विकासका लागि साझा धारणा तय भएको छ । जिल्ला समन्वय समिति उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको ब्यवस्थापनमा सर्बपक्षीय दल तथा संघीय, प्रदेश सांसदहरुको उपस्थितिमा जिल्लाको समग्र विकासका लागि साझा धारणा तय भएको हो । जिल्लाको सडक, नदी नियन्त्रण, प्राकृतिक स्रोत साधन सदुपयोग, एयरपोर्ट, मेडिकल कलेज, शिक्षा, स्वास्थ्य, कृषि आदिको विषयलाई एकिकृतरुपमा अगाडी बढाई समग्र विकासमा एकजुट हुने प्रतिबद्धता सहित १९ बुँदे त्रियुगा घोषणापत्रसमेत जारी गरेका छन् । उदयपुर विकास बोर्डका पूर्व संयोजक तथा त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीले प्रस्तुत गरेको अवधारणा पत्रमा ब्यापक छलफलपछि घोषणापत्र जारी गरिएको हो । उदयपुर निर्वाचन क्षेत्र नंं. २ का संघीय सांसद अम्बर रायमाझी, प्रदेश उपसभामुख सिर्जना दनुवार, प्रदेश सांसदहरु राजन किराँती (बासु), सम्झना तामाङ, गिता रेग्...
बन डढेलोबाट बचाउन अनुरोध गर्दै पन्चेबाजा र्याली

बन डढेलोबाट बचाउन अनुरोध गर्दै पन्चेबाजा र्याली

Breaking News 1
पूर्णपुष्टि, ५ चैत्र । डिभिजन वन कार्यालय गाईघाटले बनलाई डढेलोबाट बचाउन अनुरोध गर्दै पन्चेबाजा र्याली गरेको छ । सोमवार कार्यालयबाट पन्चेवाजा सहित निस्किएको र्याली बोक्से, करमगाछी, नयाँवस्ती, सँगम टोल हुँदो पिपलचोकमा कोणसभा गरिएको थियो । कार्यालयका वन अधिकृत डा. इन्द्र प्रसाद सापकोटाले बन जंगल रहे मानव जिवन रहने जनाए । पहिले मानव सचेत वन्नु पर्छ, जंगललाई मानवले नै बचाउने हो अनि जंगलले फेरी मान्छेलाई बचाउँछ, सापकोटाले भने,” । सापकोटाका अनुसार उदयपुर जंगलबो बिचमा रहेको हुँदा जंगल र वस्तीहरुलाई जोगाउने काम गर्नु पर्ने जनाए । उनले सबै नागरिकहरु वन बचाउन सचेत बन्नु पर्ने भन्दै कहि कतै जंगलमा आगो लगाएर बन जंंगल र मानव अस्थित्व मेट्न प्रयास नगर्न अनुरोध गरे । यसले बन जंगलमा रहेको बन्यजन्तुहरुलाई पनि मास्ने हुँदा मानव जिवन सहज बनाउन बन बचाउनु पर्ने जनाए । सहायक वन अधिकृत जागेश्वर साहल...
उदयपुरको बेलकामा एक पुरुषले गरे झुण्डिएर आत्महत्या

उदयपुरको बेलकामा एक पुरुषले गरे झुण्डिएर आत्महत्या

Breaking News 1
पूर्णपुष्टि, ५ चैत्र । उदयपुरको बेलकामा सोमबार एक पुरुष झुण्डिएको अवस्थामा फेला परेको छ । नगरपालिकाको वडा नं। ९ को कमलाबारी साकेला पार्क छेउ माछापुच्छ्रे सामुदायिक बनको भवन नजिकै ति पुरुष झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार ति पुरुष उदयपुरगढी गाउँपालिकाका कृष्ण बहादुर तामाङ भन्ने खुलेको छ । तामाङ चौतारीको फलैचाको बलोमा आफुले लगाएको गल्पनले झुण्डिएका थिए । आफन्तको भनाइ अनुसार कृष्ण तामाङ गत मंगलबार देखि घरबाट हराएका थिए। आत्महत्याको कारण भने अहिलेसम्म खुलेको छैन। तामाङको लाशलाई हाल पोस्टमार्टमको लागी उदयपुर जिल्लाको सदरमुकाम गाईघाट लगिएको छ। भने थप अनुसन्धान प्रहरीले गरिरहेको अवस्था छ ।...
कंक सामुदायिक वनमा पदाधिकारी असन्तुष्टीको जालो, पत्रकार भन्दै धम्काएको आरोप

कंक सामुदायिक वनमा पदाधिकारी असन्तुष्टीको जालो, पत्रकार भन्दै धम्काएको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ चैत्र कंग सामुदायिक वन उपभोक्ता समितिको पदाधिकारीहरु फेरवदलले व्यक्तिमा चरम असन्तुष्टी बढेको छ । सगरमाथा विमान स्थल निर्माणका लागि काटिएको काठ बेचविखन प्रक्रियामा उपभोक्ता र समितिबीच बढेको द्धन्दले काठ बिक्रि वितरणमा समस्या पर्दै आएको हो । समितिको स्वार्थका कारण बिक्रि वितरण प्रक्रिया नमिलेको र काठमा आर्थिक चलखेल हुन सक्ने भन्दै उपभोक्ताहरुले बिरोध गरेका थिए । सोही वन उपभोक्ता समितिका उपभोक्ता तथा हालको समिति सदस्य समेत रहेका सम्भु खड्काले काठ बेचविखनमा समितिको स्वार्थ बढ्दै गएपछि समितिनै ख्यारेज गरी नयाँ समिति निर्माण गर्नु पर्ने माग राखेको बताए । काठ बेचेको पैसा मन्त्रालयमै पठाउनु पर्ने अडान समितिले राखेपछि उपभोक्ताहरु बिच्कीएको अवस्था थियो । उभोक्ताहरुले आफ्नो समुदायको वन बेचेर मन्त्रालयको बिकास गर्न पर्ने अवस्था नरहेको र यस्तो नियम कुनै पनि हालतमा उल्लेख नरहेको भन्दै...
गाईघाटबाट काठमाण्डौँ चल्ने नाईट बसमा अनिवार्य दुई जना चालकको ट्राफिक प्रहरीद्धारा अनुगमन

गाईघाटबाट काठमाण्डौँ चल्ने नाईट बसमा अनिवार्य दुई जना चालकको ट्राफिक प्रहरीद्धारा अनुगमन

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरले लामो दुरीका सवारीहरुमा अनिवार्य दुई चालक कार्यन्वयन भए नभएको बारे अनुगमन गरेको छ । आईतबार प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा अनुगमन गरेको हो । गाईघाट स्थित त्रियुगा बसपार्कमा लामो तथा रात्री कालिन सवारीमा अनुगमन गरिएको हो । बिषेशगरी गाईघाटदेखी काठमाण्डौँ चल्ने सवारीमा अनिवार्य दुई चालक गरिए वा नगरिएको भन्नेबारे अनुगमन भएको छ । लामो यात्राको क्रममा निद्रा र थकानले चालकलले कुनै पनि बेला सवारी दुर्घटनाको परिस्थितिमा लैजान सक्ने भन्दै अनिवार्य दुई चालकको निति बनाएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेलले जनाए । पोखरेलका अनुसार गाईघाट देखी हेटौडा सम्म एउटा चालक र हेटौडा देखी काठमाण्डौँ सम्म फेरी अर्को चालक फेरिनु पर्ने नियम रहेको इन्चार्ज पोखर...
मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

Breaking News 1
पूर्णपुष्टि, फागुन ६ । मोरङमा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पथरी शनिश्चरे नगरपालिका–१० का ५० बर्षीय प्रेम बहादुर चौहान रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुत्रबार पथरी शनिश्चरे नगरपालिका–१ पश्चिम बस स्टेण्ड स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट साईकलयात्री चौहानको मृत्यु भएको हो । साँझ साढे ६ बजे कानेपोखरीबाट पथरीतर्फ आउदै गरेको प्रदेश १–०२–०५२ प २२१७ नम्बरको मोटरसाईकलले चौहानलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते  चौहानलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक शनिश्चरे नगरपालिका–१ का ५१ बर्षिय किरण घिमिरे समेत सामान्य घाईते भएकोले पथरी अस्पतालमा उपचारभईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
आगलागीमा परी एकै घरका तिन बालबालिकाको मृत्यु

आगलागीमा परी एकै घरका तिन बालबालिकाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ६ । भोजपुरमा एकै घरको तिन जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा हतुवागढी गाउँपालिका–७ पिप्लेका केदार कार्कीको ५ बर्षीय छोरा प्रनिष कार्की, रमेश कार्कीको ७ बर्षीय छोरी दिप्सिका कार्की र दिप्सिकाकै भाई ३ बर्षीय दिउनिस कार्की रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बिहिबार साँझ पौने ७ बजे घरमा कोही नभएको अवस्थामा अचानक गाईगोठमा आगोलागी हुँदा खेल्दै गरेका एकै घरका दाजुभाईका ३ जना बालबालिको मृत्यु भएको हो । केदार कार्की र रमेश कार्की दाजुभाई हुन् । घटना घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...