Wednesday, August 5News That Matters

Month: २ वर्ष अगाडि

बरुवा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा भोजराज गुरागाई

बरुवा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा भोजराज गुरागाई

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १६ । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्से बरुवा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा भोजराज गुरागाई निर्वाचित भएका छन् ।शनिबार भएको निर्वाचनमा उनले आफ्नो प्रतिद्धन्दी टिकादत्त भट्टराई र भगवती प्रसाद घिमिरेलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । गुरागाईले भट्टराईलाई १ मत र घिमिरेलाई १२२ मतले पराजित गरेको हो । त्यस्तै उपाध्यक्षमा सिता बस्नेत, सचिवमा चन्द्र प्रसाद पोखर, कोषाध्यक्ष जिना राई, सह–सचिव जिवन राई, सदस्यहरुमा झलक बहादुर थापा, टेक बहादुर सार्की, तनिसा राई, दिपक खतिवडा, ज्ञानु श्रेष्ठ, तिर्थमाया थापा मगर (शेर्पा) र बुद्धी प्रसाद सिजाल निर्वाचित भएका छन् ।...
पूर्वी स्टार सिजन १ गायन प्रतियोगिताको उपाधी अरुन बराईलीले जित्यो,

पूर्वी स्टार सिजन १ गायन प्रतियोगिताको उपाधी अरुन बराईलीले जित्यो,

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ बैशाख पूर्वी स्टार सिजन १ गायन प्रतियोगिताको उपाधी अरुन बराईलीले जितेको छ । विहिबार धरान १५, स्थित किरात याक्थुङ चुम्लुङको हलमा सम्पन्न ग्राण्ड फिनालेमा पाँच प्रतिस्पर्धीहरुलाई पछि पार्दै वराईलीले पुर्वी स्टार सिजन १ को उपाधि चुमेको हो । प्रतियोगितामा फर्स्ट रनर (अप शान्ती लिम्बु, सेकेन्ड रनर(अप सागर तामाङ बनेको छ । विजेता बने सँगै बराईलीले नगद ४ लाख सहित सुनको सिक्री, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् भने, एउटा गित रेकर्ड गर्ने अवसर समेत पाउने भएका छन । यस्तै फष्ट रनरअप सिक्मिकी शान्ति लिम्बुले नगद १ लाख ५० हजारको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छन् भने, एउटा गित रेकर्ड गर्ने अवसर समेत पाउने भएकी छन् । यसैगरि असामका सागर तामाङ सेकेन्ड रनरअप भएका छन । सेकेन्ड रनरअप भएसँगै तामाङले नगद ५० हजारको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् भने, एउटा गित रेकर्ड ...
कोशी प्रदेश पुस्तकालय महासंघको अध्यक्षमा उदयपुरका भरत खड्का चयन

कोशी प्रदेश पुस्तकालय महासंघको अध्यक्षमा उदयपुरका भरत खड्का चयन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ बैशाख । कोशी प्रदेश पुस्तकालय महासंघको अध्यक्षमा उदयपुरका भरत खड्का चयन भएको छ । खड्कालाई सर्वसहमत अध्यक्षमा चयन गराएको हो । खड्काको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको छ । अध्यक्ष खड्का सहित उपाध्यक्षमा प्रेम प्रकाश फलाहारी, माहासचिवमा बिनोद खतिवडा, सचिवमा उषा परियार, कोषाध्यक्षमा राम प्रसाद दाहाल रहेका छन् भने सदस्यहरुमा शिव प्रसाद बास्तोला, दिल वहादुर राई, इन्द्र थापा, घनश्याम बराल, भिम लिखा, बाबुराम श्रेष्ठ, उषा गुरुङ सुदेश वस्ती, राजन भण्डारी, चिन्तामणी पौडेल, अन्जना वस्नेत रहेका छन् । अन्य बाँकी रहेका सदस्यहरुलाई कार्यसमितिले मनोनित गर्ने जनाएको छ । यस्तैगरी उद्धव बिष्टको संयोजकत्वमा सल्लाहकार समिति पनि निर्माण गरिएको छ । सल्लाहकार समितिको अन्य सदस्यहरुमा टंक प्रसाद गुरागाई, महेन्द्र राई, तिलकण्ठ तिवारी, भैरब प्रसाद सापकोटा चयन भएको छ । संगम सामुदायिक ...
त्रियुगा नगरको निजि विद्यालयहरुलाई शुल्क निर्धारण

त्रियुगा नगरको निजि विद्यालयहरुलाई शुल्क निर्धारण

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ फागुन । त्रियुगा नगरपालिकाभित्रका निजी विद्यालयहरुलाई शुल्क निर्धारण गरिएको छ । त्रियुगा नगरपालिकाले संस्थागत विद्यायललाई विद्यार्थीसँग लिने शुल्क निर्धारण गरि दिएको हो । त्रियुगा नगर पालिकाका प्रमुख वसन्त कुमार बस्नेतकोको अध्यक्षतामा बसेको शुल्क निर्धारण समितिको बैठकले संस्थागत बिद्यालयको बर्गीकरण गर्दै शुल्क निर्धारण गरेको हो । विभिन्न ५ बिषयको मापदण्ड बनाएर बिद्यालयलाई स्वमुल्याङकन गरि आफ्नो बिद्यालयको आफैले वर्गीकरण गर्न पाउने गरि शुल्क निर्धारण समितिले निर्णय गरेको छ । अहिले स्वमुल्यांकन गरेका बिद्यालयको नगरपालिकाले राखेका मापदण्ड पूरा गरेर आफ्नो बिद्यालयलाई वर्गीकरणमा राखेको हो या हैन भन्नेवारे नगर शिक्षा समितिले अनुगमन गरेर त्यसको भेरीफाई गर्ने नगर प्रमुख बस्नेतले बताउनु भयो । नगरपालिकाले अनुगमन गर्दा कक्षामा हुन पर्ने न्युनतम विद्यार्थी संख्या, विद्यार्थी...
गाईघाटमा २२ गतेदेखी प्रथम स्व. दिपक (दोर्पाली) स्मृति फुटवल प्रतियोगिता हुने

गाईघाटमा २२ गतेदेखी प्रथम स्व. दिपक (दोर्पाली) स्मृति फुटवल प्रतियोगिता हुने

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १५ बैशाख । गाईघाट स्थित साकेला टोलमा प्रथम स्व. दिपक (दोर्पाली) स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । त्रियुगा नगरपालिका ११ साकेला खेल मैदानमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजक साकेला युवा समुहले शनिवार प्रतियोगिताबारे पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । खेलमा १० ओटा टिमहरु सहभागी भएको जस मध्ये त्रियुगा नगरपालिका बाहिरको पनि टिम सहभागी रहेको अयोजकले जनाएको छ । प्रतियोगिताका बिजेताले रु २० हजार नगद ट्रफि र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले रु १० हजार नगद र ट्रफि र प्रमाण पत्र पाउने छ । खेल २२ गते देखी सुरु भई २९ गते समापन हुने आयोजकले जनाए ।...
१८ बुद्धे घोषणा पत्र सहित प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलन सम्पन्न, कस्तो छ घोषणा पत्र ?

१८ बुद्धे घोषणा पत्र सहित प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलन सम्पन्न, कस्तो छ घोषणा पत्र ?

Breaking News 1
पूर्णपुष्टि, १५ बैशाख । शुक्रबारदेखी उदयपुरमा संञ्चालन भएको कोशी प्रदेश स्तरीय सामुदायिक पुस्तकालयको सम्मेलन सम्पन्न भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले उद्घाटन गरेको उक्त सम्मेलन १८ बुद्धे घोषणा पत्र जारी गर्दै हिमालय होटलमा सम्पन्न भएको हो । घोषणा पत्रमा पुस्तकालय व्यवस्थापनलाई बिषेश प्राथामिकता दिईएको छ । सम्मेलनले प्रदेशको दोस्रो कार्यसमिति पनि निर्माण गरेको छ । पूर्व अध्यक्ष समेत रहेको भरत खड्काकै नेतृत्वमा दोस्रो प्रदेश कार्यसमिति तय गरेको हो । १४ ओटै सामुदायिक पुस्तकालयहरुको उपस्थितिमा सम्मेलन भव्य सम्पन्न गरिएको अध्यक्ष खड्काले जनाए । “पुस्तौँ पुस्ताका लागि पुस्तकालय, सवल समाजको आधार पुस्तकालयको विकास र विस्तार, एक स्थानीय तह एक नमुना पुस्तकालय हाम्रो अभियान भन्ने नारालाई जोड गर्दैै देशैभरीका ७ ओटै प्रदेशलाई पुस्तकालयमय बनाउने अध्यक्ष खड्काको भनाई छ । यस्तो छ घोषणा पत्र । ...
प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको उद्घाटन

प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको उद्घाटन

Breaking News 1
पूर्णपुष्टि, बैशाख १४ । उदयपुरमा प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलन सुरु भएको छ । १४ र १५ गते गाईघाट स्थित सँगम सामुदायिक पुस्तकालयमा आयोजना हुने सम्मेलन शुक्रबारदेखी सुरु भएको हो । सम्मेलनको उद्घाटन कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका छन् । उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले यस सम्मेलनले पुस्तकालयमा भएका समस्याहरु पहिचान गरी निराकरण केके हुन सक्छ चासो दिने बताए । उनले पुस्तकालयको क्षेत्रमा राम्रोक कामको थालनी भएको पनि जनाए । कुनै पनि कुरा परफेक्ट हुन सक्दैन र त्यस क्रममा जति यो सम्मेलनबाट कुरा सुनेर आफुले धेरै कुरा सिकेको अनुभव भएको खापुङले बताए । सम्मेलनका आएर पुस्तकालयहरुको समस्या प्रष्ट रुपमा बुझ्न पाएको पनि उनले बताए । कुनै बेला पुस्तकालय स्थापनाको निम्ति समाजनै लागेको जस्तो थियो आज त्यो स्थिति नरहेको उनको भनाई छ । आफु सानो हुँदा संस्कृतको पाठमा विद्या, धन र सर्वध...
उदयपुरमा सार्वजनिक अपराध र कुटपिट मुद्धाका दुई फरार प्रतिवादी पक्राउ

उदयपुरमा सार्वजनिक अपराध र कुटपिट मुद्धाका दुई फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १४ । उदयपुरमा सार्वजनिक अपराध र कुटपिट मुद्धाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ चप्पन बस्ने सरोज वि.क. र त्रिनपा–१० बस्ने बिकास मगराती रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिल्ला अदालतको मिति २०७२÷११÷१० गतेको फैसलाले वि.क. लाई सार्वजनिक अपराध मुद्धामा ५ हजार रुपैँया जरिवाना र २०६९÷२÷३१ गतेको फैसलाले मगरातीलाई गाली बेईज्जती र कुटपिट मुद्धामा १ हजार रुपैँया जरिवाना तोकेको थियो । उनिहरुलाई विहिबार जिप्रका बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएसपी चापागाईले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
रौतामाई ७ मा आगलागी घर गोठ जलेर नष्ट

रौतामाई ७ मा आगलागी घर गोठ जलेर नष्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ बैशाख । उदयपुरको रौतामाई गाउँपालिका ७ मा भएको आगलागिले घर गोठ जलेर नष्ट भएको छ । आगलागीमा सोहि पालिकाको दोर्जेलिङ भन्ने स्थानमा बिधुत सर्ट भइ अचानक आगालागी हुँदा खड्ग बहादुर कटुवाल र निजकै जेठा छोरा विस्णु बहादुर कटुवालको १÷१ वटा घर २÷२ वटा गुवाली,१ भन्सा घर,१ बाख्राको खोर जलेर नष्ट भएको हो । आगलागीमा परी पशु चौपाय, खाध्यान्न र लत्ताकपडा लगायत अन्य सम्पूर्ण समानहरु जलेर नष्ट भएको स्थानीयले जनाएको छ ।...
उदयपुरमा हुने प्रदेश स्तरिय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पुरा

उदयपुरमा हुने प्रदेश स्तरिय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पुरा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ बैशाख । १३ र १४ गते उदयपुरमा आयोजना हुने कोशी प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पुरा भएको छ । गाईघाट स्थित संगम सामुदायिक पुस्तकालयमा हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको कर्यक्रम संयोजक भरत खड्काले जनाए । कर्यक्रमको प्रचार प्रसार, सभाहल कार्यक्रको तालिकाहरु तयारी अवस्थामा रहेको पुस्तकालयका अध्यक्ष समेत रहेका खड्काले जनाए । कार्यक्रमको दुई दिन हुने कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङयले गर्ने भएको छ । “पढौँ, पढाऔँ निरन्तर शिक्षका लागी पुस्तकालाय जाऔँ, सवल समाजको आधार पुस्तकालयको विकास र बिस्तार एक स्थानिय तह एक नमुना पुस्तकालय हाम्रो अभियान” भन्ने मुल नाराका साथ प्रदेश स्तरीय दोस्रो पुस्तकालय सम्मेलनको भव्य तयारी भएको खड्काले जनाए । सम्मेलनलाई उदयपुर जिल्लाको आठ ओटै पालिकाहरुले सहयोग गरेको छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय,...