महोत्सवमा सहभागी उद्यमी र व्यवसायीहरुसँग उर्जा सम्बन्धि अन्तक्रिया
पूर्णपुष्टि, बैशाख १३ । कोशी प्रदेश स्तरीय तेस्रो बृहत औद्योगिक महोत्सव तथा रैथाने खान प्रदर्शनीमा सहभागि उद्यमी, व्यवसायीहरुसँग उर्जा सम्बन्धि अन्तक्रिया गरिएको छ ।
महोत्सवको दोस्रो दिन नविकरणीय उर्जा तथा वैकल्पिक प्रवर्धन केन्द्र बिराटनगरबाट आएका प्राविधिक टोली र उद्यमी र व्यावसायीबिच अन्तक्रिया भएको हो । नविकरणीय उर्जा तथा वैकल्पिक प्रवर्धन केन्द्र बिराटनगरका सल्लाहकार शिव कार्कीले उर्जाको महत्व, यसको व्यावसाय, रोजगारी र आम्दानीसँग कसरी जोड्ने सकिन्छ भन्ने बारेमा सहभागीहरुलाई जानकारी गराएको छ ।
वैकल्पिक उर्जाले नविकरणीय उर्जामा आधारित व्यवसायलाई प्रवद्र्धन गर्न नविकरणीय उर्जा, दक्षता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बताए । यस कार्यक्रम अन्तर्गत नेपालमा २३ सय साना घरेलु उद्योग स्थापना गरेको उनले बताए । परम्परागत सिपमा आधारीत व्यावसायलाई वैकल्पिक उर्जाले प्रवद्र्धन गर्न राम्...








