Wednesday, August 5News That Matters

Month: २ वर्ष अगाडि

उदयपुरमा सामुदायिक पुस्ताकलयहरुको प्रदेश स्तरिय सम्मेलन हुने

उदयपुरमा सामुदायिक पुस्ताकलयहरुको प्रदेश स्तरिय सम्मेलन हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ११ । उदयपुरको सदरमुकाम गाईघाटमा सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुको कोशी प्रदेश स्तरिय दोस्रो सम्मेलन हुने भएको छ । “पढौँ, पढाऔँ निरन्तर शिक्षका लागी पुस्तकालाय जाऔँ, सवल समाजको आधार पुस्तकालयको विकास र बिस्तार एक स्थानिय तह एक नमुना पुस्तकालय हाम्रो अभियान” भन्ने मुल नाराका साथ संघगम पुस्तकालयले प्रदेश स्तरिय दोस्रो सम्मेलन गर्न लागेको हो । सम्मेलनलाई उदयपुर जिल्लाको आठ ओटै पालिकाहरुले सहयोग गरेको छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल सामुदायिक पुस्ताकालयल सघं काठमाण्डौँ, पुस्तकालय महासंघ कोशी प्रदेश बिराटनगर र रिड नेपाल लगायत सम्बन्धित संघ संस्थाहरुको समन्वय सहकार्यमा सम्मेलन हुन लागेको हो । संगम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्काले सम्मेलनको लागि भव्य तयारी भैरहेको जनाए । प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा सम्मेलन हुन लागेको अध्...
गाईघाटदेखी रौताका लागि छोटो दुरीको सडक बेल्दोभानमा पक्कि पुल निर्माणका लागी नापजाँच शुरु

गाईघाटदेखी रौताका लागि छोटो दुरीको सडक बेल्दोभानमा पक्कि पुल निर्माणका लागी नापजाँच शुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ बैशाख । उदयपुरकै धार्मिक तथा प्रमुख पर्यटकीय स्थल रौता पोखरीका लागि छोटो दुरी मानिने बेल्दोभान जाँतेको सडकमा पक्की पुल निर्माण हुने भएको छ । उक्त पुल निर्माणका लागि मंगलबार नाँपजाँच भएको छ । गाईघाट देखी बाबारी, बेल्दोभान, जाँते, सिद्रे हुँदै डहर जोडिने सडक रौताका लागि अत्यादिक छोटो दुरीमा पर्ने सडक हो । रौताका लागि एक पक्की सडक र अन्य कच्ची सडहरु छन् । त्यस मध्य बेल्दोभानको सडक सबै भन्दा छिटो सडक हो । गाईघाट हुँदै बेल्दोभानको सडक करिब २३ किलो मिटर छ भने साउने हुँदै रौताको सडक ४२ किलो मिटर छ । उक्त सडक घुमाउरो भएका कारण ढिलो छ । तर छिटो सडकको स्तर उन्नती नहुँदा घुमाउरो सडकनै यात्रु तथा पर्यटकहरुले प्रयोग गर्न बाध्य छ । जनताहरुले छोटो दुरीको सडलाई प्रयोगमा ल्याउन बाराम्वार माग राखिरहेको छ । तर स्थानीय प्रदेश र संघिय सरकार यस प्रति पटक्कै सकरात्मक छैन् । बेल्दोभान स्थि...
नेपाल पत्रकार महासंघ उदयपुरको अधिवेशन बैशाख १७ गते

नेपाल पत्रकार महासंघ उदयपुरको अधिवेशन बैशाख १७ गते

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ बैशाख । नेपाल पत्रकार महासंघ उदयपुरको जिल्ला अधिवेशन यहि बैशाख १७ गते हुने भएको छ । गाईघाट स्थित महासंघकै भवनमा अधिवेशन हुने भएको हो । महासंघको नेतृत्व चयनलाई लक्षित गर्दै अधिवेशन हुन लागेको जिल्ला अध्यक्ष भरत खड्काले जनाए । अध्यक्ष खड्काका अनुसार माहाशसंघको आउँदो चुनावलाई अधिवेशनले बाटो खोल्ने छ । अधिवेशन पश्चात निर्वाचनको मिति तोकिने जनाईएको छ ।...
दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, बैशाख ११ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आबद्ध सामुदायिक विद्यालयका शिक्षकलाई कारबाही गर्न देश भरका शिक्षा विकाश तथा समन्वय ईकाईलाई निर्देशन दिएको छ । आईतबार मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत निर्देशन दिएको हो । शिक्षामन्त्री सुमना श्रेष्ठले वैशाख ४ मा दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयको आधारमा केन्द्रले त्यस्ता शिक्षकलाई हटाउन ७७ वटै जिल्लाका इकाइलाई पत्राचार गरेको हो । केन्द्रका शाखा अधिकृत हरिबहादुर श्रेष्ठले गरेको पत्राचारमा पदबाट हटाएको जानकारी मन्त्रालयमा पठाउन भनिएको छ । कारबाहीमा आवश्यक सहयोग र सहजीकरणका लागि ७ सय ५३ वटै स्थानीय तहलाई बोधार्थसमेत पठाइएको छ । मन्त्रालयले राजनीतिक दलमा सक्रिय शिक्षकका विषयमा उजुरी गर्न आग्रहसमेत गरेको छ । केन्द्रले उजुरीका आधारमा कारबाही प्रक्रियालाई निरन्तरता दिन ...
विशेष अदालतबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी सहित ४ जनाले पाए सफाई

विशेष अदालतबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी सहित ४ जनाले पाए सफाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ११ । त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीसहित चारजनालाई लागेको राजश्व चुहावट मुद्दामा विशेष अदालत काठमाण्डौले सफाइ दिएको छ । सात महिना अघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमेयर चौधरीसहित ४ जना विरुद्ध राजश्व चुहावट गरी भ्रष्टचार गरेको आरोप सहित मुद्दा दर्ता गरेको थियो । सोमबार विशेष अदालतका न्यायधिशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पूर्वमेयर सहित ४ जनालाई सफाई दिइएको हो । सफाई पाउनेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, नगरपालिकाका तत्कालीन राजश्‍व शाखा प्रमुख गुरूप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपाइटर तथा ठेकेदार राजेश्वर बछार रहेका छन् । अख्तियारको अभियोग पत्रमा तत्कालीन नगरप्रमुख चैधरीले नगरपालिकाभित्रका बरूवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्‍य पदार्थ माटोवाहेकको प्रारम्भिक वातावरणीय परीक्षण प्रति...
गाईघाटमा हुने तेस्रो बृहत औद्योगिक महोत्सवको उद्घाटन प्रदेश मन्त्री राम कुमार खत्रीले गर्ने

गाईघाटमा हुने तेस्रो बृहत औद्योगिक महोत्सवको उद्घाटन प्रदेश मन्त्री राम कुमार खत्रीले गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ बैशाख । गाईघाटमा भोली देखी सुरु हुने प्रदेश स्तरीय तेस्रो बृहत औद्यागिक महोत्सवको उद्घाटन प्रदेशका उद्योग, कृष तथा शहकारी मन्त्री राम कुमार खत्रीले गर्ने भएको छ । जिल्ला वासी समेत रहेका खत्रीले गाईघाटमा भव्य हुने महोत्सवको बृहत प्रदर्शनी तथा रैथाने खानाको उद्घाटन गर्ने भएको हो । महोत्सवको लागि तयारी आज सकिने भएको छ । हिरा टेन्ड हाउसमा राखिने स्टलहरुको ब्यापक तयारी भैरहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा व्यापारी, व्यवसायी, उद्यमी, उपभोक्ता, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बुद्धिजिवि सबैलाई उपस्थितका लागि आह्वान गरिएको छ । प्रदेशभरीको उत्पादनलाई प्रदर्शनीमा राखिने भएकाले यसले बिषेशगरी उदयपुरको उद्योग व्यवसायीहरुलाई ठुलो सहयोग पुग्ने आयोजकको आकलन छ । मेहनत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको, उद्योग गरौँ, उद्यमी बनौ, स्वदेशी वस्तुको प्रयोग गरौँ, भन्ने मुल नारासहित स्थानी...
साकेलामा प्रथम स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिता हुने

साकेलामा प्रथम स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिता हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ११ । उदयपुरको त्रियुगा नगरपालिका–११ साकेला टोलमा प्रथम स्वर्गीय दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने मुल नाराका साथ जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा साकेला युवा समुहले दोर्पाली स्मृती फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । साकेला खेल मैदानमा यहि बैशाख २२ गते देखी २९ गते सम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद रु. २० हजार सहित ट्रफी, मेडल र उपविजेताले नगद रु. १० हजार सहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । जिल्ला स्तरिय खेलाडी समेत रेहेका दोर्पालीको सम्झनामा फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।...
सिराहमा लागुऔषध सहित उदयपुरका एक युवक पक्राउ

सिराहमा लागुऔषध सहित उदयपुरका एक युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुटि, बैशाख ११ । सिराहामा लागुऔषध सहित उदयपृुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ सगरमाथा टोल बस्ने २० बर्षीय साइल राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका राईलाई दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– ४ ठाढीमा प्रहरी चौकी ठाढीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेको हो । राईको साथबाट नौ पत्ता (७२ एम्पुल) एसिटमिनोफर्म, दुई–दुई एम्पुल डाइजिपाम, बुप्रेनर्फिन र प्रोमेथाइजिन हाइड्रोक्लोराइड बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
कतारका अमिर आज नेपाल आउँदै, देशैभर सार्वजनिक बिदा

कतारका अमिर आज नेपाल आउँदै, देशैभर सार्वजनिक बिदा

Breaking News 3, समाचार
पूर्णपुटि, बैशाख ११ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउदैँ छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा थानीले वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्ने भएका हुन् । दुई दिने भ्रमणका क्रममा उनी मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । थानिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न स्वयं राष्ट्रपती पौडेल जाने राष्ट्रपतिको कार्यालयले जनाएको छ । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै आज देशैभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । साथै सरकारले कतारसँग हुने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधा...
उदयपुरमा बाख्रा फममा आगलागी, ३ लाख बराबरको क्षती

उदयपुरमा बाख्रा फममा आगलागी, ३ लाख बराबरको क्षती

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ११ । उदयपुरमा एक बाख्रा फममा आगलागी भएको छ । जिल्लाको बेलका नगरपालिका वडा नं ५ घुम्ने बस्ने २९ बर्षीय सन्तोष मगरको काठ टाटिबेराले बनेको फुसको छानो भएको बाख्रा फममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक राजन चापागाइका अनुसार सोमबार दिउँसो १ बजेको समयमा बाख्रा फममा जंगलबाट आएको डढेलोबाट फममा आगो सल्कन गई पुर्णरुपमा जलि नष्ट भएको हो । फममा आगलागीबाट ३ लाख बराबरको क्षती भएको र मानवीय तथा चौपायामा क्षति नभएको डिएसपी चापागाईले बताए । उक्त आगलागी प्रहरी चौकी लालबजार उदयपुरबाट खटिएको प्रहरी टोली, दमकल र स्थानिय बासिको सहयोगमा दिउँसो ४:५० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।...