Thursday, August 6News That Matters

Month: २ वर्ष अगाडि

आजदेखी उदयपुरमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हुँदै

आजदेखी उदयपुरमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हुँदै

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ६ । उदयपुरमा आजदेखी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता-२०८१ हुँदैछ । गाईघाटस्थित थारुहट रंगशालामा आजदेखी ‘ए’ डिभिजन लिग सुरु हुने भएको हो । उदयपुर जिल्ला फुटबल संघले आयोजना गरेको लिगमा ८ टिमको सहभागिता रहेको छ । उक्त ८ टिमलाई ‘क’ र ‘ख’ गरी दुई समुहमा विभाजन गरिएको छ । समुह ‘क’ मा फुटबल क्लब बगाहा, साथि समुह, बेल्टार एकता युवा क्लब र गाईघाट फुटबल क्बल रहेको छ भने समुह ‘ख’ मा आदर्श युवा क्लब, फ्युजन फुटबल क्लब बोक्से, लालिगुराँस नव युवा क्लब र नव प्रभात नेपाल रहेको छ । आज हुने लिगको खेल बिहान ८ बजे फुटबल क्लब बगाहा र साथि समुहबिच हुनेछ । आजदेखी सुरु भएको प्रतियोगिता १५ गते सम्म संचालन हुनेछ ।...
उदयपुरमा आत्माहत्या न्यूनिकरण सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न

उदयपुरमा आत्माहत्या न्यूनिकरण सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ५ । उदयपुरको सदरमुकाम गाईघाटमा आत्महत्यान्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिका उदयपुरको सहकार्यमा बिभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गर्दै सचेतनामूलक कार्यक्रम सम्पन्नभएको हो । पछिल्लो समय जिल्लामा लागु औषध दुर्व्यसनी, आत्महत्या र दुर्घटना बढ्दै गएको अवस्थामा यस्ता नकारात्मक गतिविधिलाई रोक्न जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न खाले कार्यक्रमहरू आयोजना गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद धिमिरेज्यूको अध्यक्षता तथा त्रियुगा नगरपलिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतज्यूको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक भिडियो डकुमेन्ट्रि सडकनाटक,साहित्यिक संस्कृतिक प्रदर्शनी समेत गरिएको थियो । कार्यक्रममा जिल्ला प्र...
नेपाली प्रहरीका ४ एसएसपी डिआईजी बढुवाका लागी सिफारिस

नेपाली प्रहरीका ४ एसएसपी डिआईजी बढुवाका लागी सिफारिस

Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ जेठ । नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागी सिफारिस भएका छन् । गृह मन्त्रालय बढुवा समिति सचिवालयको बैठकले शुक्रबार एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा। मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो । बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् छन् भने कार्की, केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत् छन् ।  ...
भूमिहिन २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण

भूमिहिन २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ५ । सुनसरीमा विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आज एक कार्यक्रमकाबिच निर्माण भएको भवन हस्तान्तरण गरेका हुन् । त्यहाँस्थित भूमिहीन दलित–आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि (भूमिहीन परिवारलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने गरी) र सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुरक्षित आवास परियोजना अन्तर्गत गढी गाउँपालिका औराबनी, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र सङ्कल्प नेपालले संयुक्त रूपमा उक्त भवन निर्माण सम्पन्न गरेको हो । गढी गाउँपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । २०७९ पुस २० गते सम्झौता भएको उक्त परियोजना २०८० फागुन २५ गते सम्पन्...
त्रिनपा १६ साहिखोला सिमलगाछीको कल्भर्ट पुलले तिन वडालाई जोड्यो, आवतजावतमा सहज

त्रिनपा १६ साहिखोला सिमलगाछीको कल्भर्ट पुलले तिन वडालाई जोड्यो, आवतजावतमा सहज

Breaking News 1
पूर्णपुष्टि, ४ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १६ साहिखोला सिमलगाछीमा निर्माण भएको कल्भर्ट पुल संञ्चालनमा आएको छ । आर्थिक बर्ष २०७९/८० मा बजेट स्वीकृत भई निर्माण सुरु भएको कल्भर्ट काम ८०८१ निर्माण कार्य सम्पन्न सँगै संञ्चालनमा आएको हो । उक्त पुलले त्रियुगा नगरपालिकाको ८, ९ र १६ लाई जोडेको छ । १६ नं वडाका अध्यक्ष मान वहादुर राईका अनुसार सवा १३ मिटर लम्वाई रहेको उक्त पुलले १६ नं वडाको मात्रै करिब डेढ सय घरधुरीलाई आवत जावतमा सहज बनाएको छ । अध्यक्ष राईका अनुसार वडाको साहिखोला सिमलगाछीमा निर्माण उक्त पुलको लागत २९ लाख रहेको छ । अध्यक्ष राईले उक्त पुल निर्माणका लागि स्थानीय जनताहरुको माग रहेको र स्थानीय सरकारले उनिहरुको पुरा गरेको जनाए । पुल नहुँदा धेरै जनताहरुले सास्ती भोग्नु परेको अवस्थामा आज त्यो समस्या सहज भएको भन्दै जनताहरुमा खुसी छाएको जनाए । उनले स्थानीय जनताहरुले मागेको कुरा पु...
लागुऔषध ओसार पसारमा संलग्न २ जनामाथि प्रहरीले चलायो गोली

लागुऔषध ओसार पसारमा संलग्न २ जनामाथि प्रहरीले चलायो गोली

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ ४ । सुनसरीको रामधुनी नगरपालिका–६ ईचौल स्थितमा लागुऔषध ओसार पसारमा संलग्न २ जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध ओसार पसारमा संलग्न सप्तकोशी नगरपालिका–५ सप्तरीका ३५ बर्षिय श्याम सुन्दर खंग र ईटहरी उप–महानगरपालिका–५ सुनसरीका ४० बर्षिय श्याम प्रसाद निरौलालाई गोली प्रहार गरी पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । । बिहिबार साझँ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका उनिहरुलाई चेक जाँच गर्दा प्रहरी माथी नै आक्रमण गरेको प्रहरीको भनाई छ । त्यस पश्चात प्रहरीले प्रतिकार स्वरुप १ राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाईते भएको र संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गोली लागी घाईत...
सुधार केन्द्रमा युवकको हत्या गरेको आरोपमा सञ्चालक सहित १७ जना पक्राउ

सुधार केन्द्रमा युवकको हत्या गरेको आरोपमा सञ्चालक सहित १७ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ ४ । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनर्स्थापना केन्द्रमा एक युवकको हत्या गरेको आरोपमा संञ्चालक सहित १७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुनस्र्थापना केन्द्रका सञ्चालक बलराम खत्री सहित होम तामाङ, रोशन ऐर, विपुल सापकोटा, विनोद शाही, सुदर्शन अधिकारी, भूपेन्द्र खड्का, आकाश अधिकारी, नविन रावल, नमराज चौधरी, सञ्जिव मन्ने, सुमन भट्ट, गौरव आचार्य, कमल रिजाल र दुई जना नाबालक छन् । वैशाख २५ मा दिउँसो सुधार केन्द्रका सञ्चालक र आश्रितहरूले कुटेर २५ वर्षीय सुनिल शाहीको हत्या गरेको अनुसन्धाबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी (डीएसपी) कवीन्द्र बोहराले जनाएको छ । उनीहरु विरुद्ध ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी दिए ।...
उदयपुरका एक युवकले गरे लबुचे हिमालको सफल आरोहण

उदयपुरका एक युवकले गरे लबुचे हिमालको सफल आरोहण

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ ४ । उदयपुरका एक युवाले लबुचे हिमालको सफल आरोहण गरेका छन् । जिल्लाको बेलका नगरपालिका–७ मैनामैनीका जलन राईले बुधबार ६ हजार १ सय ९० मिटर अग्लो लबुचे हिमालको सफल आरोहण गरेका हुन् । खुम्बु क्षेत्रमा २ वर्ष अघि द माउन्टेन मेडिकल ईष्टिच्युटमा ल्याब कक्षमा कर्मचारीका रुपमा पुगेकै कारण आफु हिमालको सफल आरोहण गर्न सफल भएको बताएका छन् । आरोहीहरुको अनुभव र संगतले आफु आरोहणमा जाने जोश पलाएको राईको भनाई छ । ‘यो सफलताका लागि खुम्बु क्षेत्रका कृयाशिल व्यक्तित्व, आफन्तहरुको साथ रहेको छ ‘राईले भने’ उहाँहरुको साथ सहयोगले यो सफलता पाएको हुँ । लबुचेको आरोहणसँगै राईले आगामी लक्ष्य आईशल्याण्ड पिक , आमादब्लम र सगरमाथा चढ्ने रहेको बताए ।...
एमालेले टुंग्यायो कोशीमा ३ मन्त्रीको नाम

एमालेले टुंग्यायो कोशीमा ३ मन्त्रीको नाम

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ४ । नेकपा एमालेको नेतृत्वको कोशी प्रदेश सरकारमा एमालेले पठाउने तिन जना मन्त्रीको नाम टुंगो लागेको छ । एमाले स्रोतका अनुसार एमालेबाट लिलावल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्कीको नाम टुंगोमा पुगेको छ । अहिलेसम्म ३ जनाको नाम फाइनल जस्तै छ तर निर्णय भईनसकेको एमाले संसदीय दल स्रोतले जनाएको छ । यस अघि एमालेबाट राम राना बिनाविभागीय मन्त्री बनिसकेका छन् । कोशी प्रदेशमा रहेको ९ मन्त्रालय मध्ये एमालेले मुख्यमन्त्रीसहित ५ र माओवादी केन्द्रले ३ मन्त्रालय लिने सहमति भईसकेको छ । दुबै दलबाट एक–एक जना बिनाविभागीय मन्त्री भईसकेका छन् । उता माओवादी केन्द्र भने आफ्नो मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन् । कोशी प्रदेशमा १३ जना सांसद रहेको माओवादीमा दलका नेता इन्द्रबहादुर आङ्बोबाहेक सबै मन्त्रीका आकांक्षी छन् । यसअघि गणेश उप्रेतीलाई सरकारमा पठाएको माओवादी केन्द्रले अब दुर्गा चापाग...
सगरमाथामा बेपत्ता भएका २ मंगोलियन आरोहीमध्ये एकको शव फेला

सगरमाथामा बेपत्ता भएका २ मंगोलियन आरोहीमध्ये एकको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ ४ । सगरमाथामा बेपत्ता भएका २ मंगोलियन आरोहीमध्ये एकको शव फेला परेको छ । जेठ १ गतेदेखि चौथो क्याम्पबाट बेपत्ता भएका युखजर्गल सिडेनडम्बाको शव फेला परेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । निर्देशक गुरुङका अनुसार उनिसँगै बेपत्ता भएका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको छ । प्रतिकुल मौसम पछि ३ दिन यता आरोहण समेत प्रभावित बनेको विभागले जानकारी दिएको छ ।...