Thursday, August 6News That Matters

Month: २ वर्ष अगाडि

उदयपुरको रौतामाईमा चट्याङ लागेर महिलाको मृत्यु

उदयपुरको रौतामाईमा चट्याङ लागेर महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ७ । उदयपुरको रौतामाई गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं. ७ बस्ने चन्द्रीका तामाङको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार आईतबार बिहान घरनजिकै रहेको रुखमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर तामाङको मृत्यु भएको हो ।...
इरानका राष्ट्रपती सहित विदेश मन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु

इरानका राष्ट्रपती सहित विदेश मन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ७ । इरानका राष्ट्रपती सहित विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । राष्ट्रपती इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको आइतबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । रोयटर्सको अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको थियो । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनिहरुको अवस्था अज्ञात थियो । उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए । दुर्घटना स्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो । राष्ट्रपति रायसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न अजरबैजान गएका थिए । बाँध उद्घाटन लगत्तै उनी तबरिज सहरतर्फ लागेका थिए । इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी तबरिज जानेक्रममा हेलिकप्टर बाटैमा दुर्घटनाग्रस्त भएको थियो । बाक्लो कुहिरोका...
कोशी सहित यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी सहित यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ७ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (सोमबार) कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।...
उदयपुर ‘ए’ डिभिजन लिग : बेल्टार र गाईघाटले अंक बाढे

उदयपुर ‘ए’ डिभिजन लिग : बेल्टार र गाईघाटले अंक बाढे

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ७ । उदयपुर उदयपुर ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको तेस्रो खेलमा एकता युवा क्लब बेल्टार र फुटबल क्लब गाईघाटले अंक बाढेको छ । आज सोमबार बिहान भएको खेलमा एकता युवा क्लब बेल्टार र फुटबल क्लब गाईघाटले २–२ गोलको बराबरी खेल्दै १–१ अंक बाढेको हो । खेलको ४ औं मिनेटमा जर्सि नं १० का सचिन खड्काले गोल गर्दै बेल्टारलाई आग्रता दिलाएका थिए । खेलको ३१ औं मिनेटमा जर्सि नं १२ का सन्दिप लिम्बुले गाईघाटका लागी गोल गर्दै खेल बराबरीमा ल्याए भने ३९ औं मिनेटमा जर्सि नं १० का रविशंकर चौधरीले गाईघाटका लागी दोस्रो गोल गरे । खेलको ५४ औं मिनेटमा बेल्टारका सोहि जर्सि नं १० का सचिन खड्काले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए । यस प्रतियोगिताको म्यान अफ द म्याच बेल्टारका सचिन खड्का बने । लिगको चौँथो खेल आज दिउँसो लालिगुराँस नव युवा क्लब र नव प्रभात नेपाल बिच हुनेछ । लिगमा ८ टिमको सहभागीता रहे...
त्रिनपामा हावाहुरीसँगै आएको वर्षाको कारण ३९ लाख बढी क्षती

त्रिनपामा हावाहुरीसँगै आएको वर्षाको कारण ३९ लाख बढी क्षती

Breaking News 1
पूर्णपुष्टि, जेठ ६ । उदयपुरको त्रियुगा नगरपालिकामा हावाहुरीसँगै आएको वर्षाको कारण ३९ लाख बढी क्षती भएको छ । आज बिहान हावाहुरी सँगै आएको वर्षाकाले पालिकाको विभिन्न स्थानमा बस्ने मानिसहरुको घर गुहालीमामा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईले जानकारी दिए । डिएसपी चापागाईका अनुसार विभिन्न स्थानका ५० वटा घर र गुहालीको छानो उडाउदाँ  ३९ लाख बढी ११ हजार रुपैया बराबरको क्षती भएको हो । त्रिनपामा ५० जना मानिसको घर लगायत गुहालीमा भएको क्षती विवरण यस्तो छ । १. जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नंबर ०६ बस्ने त्रिभुलालबिश्वकर्माको टिनको छाना भएको,भुईतल्लेपक्कि घरको छाना उडाईअं. १,००,००० (एक लाख) वरावरको क्षति भएको । २. ऐ.ऐ. बस्ने ०६ मोहनपुर बस्ने बर्ष ६३ को बद्री बहादुर पाण्डेको बासको टाटी बेरा र टिनको छानो भएको कच्चीघर को छानो उडाई अं. १ ...
उदयपुर ‘ए’ डिभिजन लिगमा आईडल फुटबल क्लब नेपालटारमाथि फ्युजनको ५ गोल

उदयपुर ‘ए’ डिभिजन लिगमा आईडल फुटबल क्लब नेपालटारमाथि फ्युजनको ५ गोल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ६ । आजबाट जारी उदयपुर ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ को उद्घाटन खेलमा फ्युजन क्लब बोक्से विजयी भएको छ । आज दिउँसो थारुहट रंगशालामा भएको औपचारिक उद्घाटन खेलमा फ्युजन क्लब बोक्सेले आईडल फुटबल क्लब नेपालटारलाई ५–० को फराकिलो गोल अन्तरले हराएको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको फ्युजन क्लब बोक्सेले दोस्रो हाफमा ५ गोल गरेको हो । दोस्रो हाफको १९ औं मिनेटमा जर्सि नं ५ कासुनिल श्रेष्ठले हेडिङ मार्फत गोल गर्दै फ्युजन क्लबलाई आग्रता दिलाएका थिए भने खेलको २७ औं मिनेटमा जर्सि नं १५ का अमित मगरले गोल गर्दै आग्रता दोब्बर बनाए । त्यस्तै खेलको ३३ औं मिनेटमा जर्सि नं १० का अविक मगरले तेस्रो गोल गरे । खेलको ३९ मिनेटमा अविक मगरले डिबक्स बाहिरबाट प्रहार गर्दै दोस्रो व्यक्तिगत गोल गरे भने फ्युजनका लागी चौथो गोल गरे । खेलको अतिरिक्त्त समयमा अमित मगरले दोस्रो व्यक्तिगत गोल गरे भ...
त्रियुगा नगरपालिकामा दर्ता नगरी संचालन गर्ने स्वास्थ्य संस्थाको अनुगमन

त्रियुगा नगरपालिकामा दर्ता नगरी संचालन गर्ने स्वास्थ्य संस्थाको अनुगमन

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ६ । उदयपुरको त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्रका स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । आईतबार त्रिनपाका उप–प्रमुख महेश्वरी राईको नेतृत्वमा गरिएको अनुगमनमा धेरै जसो स्वास्थ्य संस्थाले नगरपालिकामा दर्ता नै नगरी संञ्चालन गर्दै आएको पाईएको छ । आज दिउँसो ३ बजे देखी नगरपालिकाले फार्मेसी, मेडिकल, क्लिनिक–पोलिक्लिनिक र आयुर्वेद गरी ११ वटा स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो । अनुगमनको क्रममा धेरै जसो स्वास्य संस्थामा औषधी भण्डारन, फोहोर व्यवस्थापन र नविकरण तथा कागजी प्रकृयामा क्रुटि देखिएको उप–प्रमुख महेश्वरी राईले बताईन् । त्रिनपाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक उपेन्द्र कार्कीले अनिस आयुर्वेद पसल, शिवशक्ती मेडिकल, विश्वास मेडिकल, कटुवाल मेडिकल, रौता मेडिकल हल, रौता अस्पताल, मेडिकेयर पोलिक्लिनिक र अनिस आयुर्वेद पसलले नगरपालिका स्वास्थ्य शाखामा नविकरण नगरी संचालन ...
सिटिसँग साईकल ठोक्किएको निहुमा युवकको हत्या

सिटिसँग साईकल ठोक्किएको निहुमा युवकको हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ६ । सुनसरीमा सिटिसँग साईकल ठोक्किएको निहुमा एक युवाको हत्या भएको छ । इटहरी उप–महानगरपालिका–७ का २८ बर्षीय भिम भनिने राम कुमार पण्डितको हत्या आरोपमा इटहरी–७ का ३३ बर्षीय उमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार शनिबार बेलुका साढे ५ बजे इटहरी–७ स्थितमा इटहरी उप–म.न.पा. ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठोक्किएको थियो । सामान्य दुर्घटनाको निहुको विषयमा विवाद हुँदा चौधरीले खुकुरी प्रहार गरी पण्डितको हत्या गरेको प्रहरीले जनाएको छ । चौधरीले पण्डितको शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
संसदमा गृहमन्त्री रवी लामिछानेको जवाफ सुन्ने विपक्षी दलको निर्णय

संसदमा गृहमन्त्री रवी लामिछानेको जवाफ सुन्ने विपक्षी दलको निर्णय

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ । उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेलाई संसदमा विपक्षी दलले बोल्न दिने भएको छ । आज बिहान नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले आज गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको हो । विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए । संसदमा गृहमन्त्रीको जवाफ सुनेपछि चित्त बुझे संसद कार्यसुचीमा अगाडी बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने कांग्रेसका एक नेताले बताए । सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले संसद नै अवरुद्ध गर्दै आएको थियो भने अन्य विपक्षीदलले पनि कांग्रेसको मागलाई समर्थन गरेको छ ...
उदयपुरमा हावाहुरी र वर्षाका कारण विद्युत अवरुद्ध, ३० वटा भन्दा बढी पोलमा क्षती

उदयपुरमा हावाहुरी र वर्षाका कारण विद्युत अवरुद्ध, ३० वटा भन्दा बढी पोलमा क्षती

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ६ । उदयपुरमा भयानक हावाहुरीसँगै आएको वर्षाका कारण विद्युत अवरुद्ध भएको छ । आज बिहान करिब ३ बजेर २० मिनेटको  समयमा भयानक हावाहुरीसँगै आएको वर्षाका कारण विद्युत अवरुद्ध भएको हो । विद्युत प्राधिकरण गाईघाट शाखाका प्रमुख विजयबाबु खत्रीले जिल्लाको विभिन्न ठाउँमा ३० वटा भन्दा बढी विद्युतिय पोल ढलेको जानकारी दिए । उनका अनुसार त्रियुगा नगरपालिका–६ जलजलेदेखी गाईघाट आउने मेन ११ हजार हाईटेन्सन विद्युतको ३ वटा पोलमा हावाहुरीका कारण रुख लड्दा क्षती भएको छ । त्यस्तै हडिया–जोगिदह ऐरियाको ७ वटा विद्युतिय पोल, चुहाडे ऐरियाको ३ वटा पोल, कटारी ऐरियाको ४ वटा पोल र साही खोला ऐरियाको ३ वटा पोल हावाहुरीका कारण क्षती भएको प्राधिकरणका प्रमुख खत्रीले बताए । त्यस्तै अन्य एल–टी साहायक विद्युतिय पोलहरुमा पनि क्षती पुगेको उनले बताए । हावाहरीबाट क्षती भएको पोल मध्ये गाईघाट आउने मेन विद्युत पालको मर...